प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०२।२२ गते देखि ऐ. २३ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०२-२३

  • A
  • A-
  • A+
Share

सिन

जिल्ला

विवरण

कै

सुन जस्तो देखिने पहेलो धातु सहित मानिस नियन्त्रणमा

१.

काठमाण्डौं

चन्द्रागिरी न.पा.२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा काँकडभिट्टाबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ३१३९ नं.को यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको A साईडको ३ नं. सिटमा सवार देश भारत WEST BENGALघर बताउने अं. वर्ष ३१ को महादेव सामन्तलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको कट्टु भित्र कागजमा बेरी लुकाई छिपाई गरि ल्याएको अवस्थामा सुन जस्तो देखिने पहेलो धातु फेला परेकोले उक्त धातुलाई मान्यता प्राप्त तराजुमा तौल गर्दा शुद्ध तौल २ सय ७४  ग्राम रहेकोले निज महादेब सामन्तलाई नियन्त्रणमा लिई  आ.अ.भईरहेको ।

 

कर्तब्य ज्यान

सप्तरी

सुरुङगा न.पा.८ मलहन्वा बस्ने अं.वर्ष ५० को कन्तलाल चौधरीको घरमा अपरिचित ४/५ जना डाका समुह आई निजको घरमा रहेको पाँच तोला सुन,दुई के.जी.चाँदी र ६० हजार नगद लुटी लैजाँदै गर्दा निज कन्तलाल चौधरीले प्रतिकार गर्दा निजको शरिरमा धारिलो हतियार प्रहार गरी, गोली समेत फायर हुँदा निजको घटनास्थलमै मृत्यु भएको र छिमेकी अं.वर्ष ४० को रामाकान्त चौधरी हो-हल्ला सुनी निज कन्तलाल चौधरीको घरमा आई बचाउन खोज्दा रामाकान्त चौधरीको टाउको र ढाडमा समेत धारिलो हतियार प्रहार हुँदा घाइते भएको भनी ऐ.०१:२० बजे खबर प्राप्त हुनासाथ प्र.चौ.धातीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि प्रदेशिक अस्पताल लहान सिरहा पठाएको, अवस्था मध्यम रहेको, उक्त स्थानमा इ.प्र.का.कडरबोनाबाट प्र.नि.को कमाण्डमा ९ जना र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा ९ जनाको टोली खटी गई आ.अ.भइरहेको, डाका समुहको पहिचान तथा खो.त.कार्य भइरहेको,शव घटनास्थलमै रहेको, घटनास्थलमा नपड्किएको गोली ३ राउन्ड र १ राउण्ड खोका फेला परेको ।

 

दैलेख

माहाबु गा.पा. वडा नं. ४ बतासे भन्ने स्थानमा शिकार खेली घर फर्कीने क्रममा ऐ. वडा नं. ४ काप्रिखोला बस्ने बर्ष ३० को सुर्य बहादुर थापा बलामी लड्न गई निजले  बोकेको भरुवा बन्दुक पट्किन जाँदा सँगै रहेको ऐ.ऐ. बस्ने बर्ष अं. ३४/३५ को पुर्ण बहादुर थापा सलामी मगरको छातिमा लाग्न गई निजको घटना स्थलमै मृत्यु भएको भनि निज सुर्य बहादुर थापा बलामी ऐ.०४:०० बजे आफै प्रहरी चौकीमा गैडाबाज दैलेखमा आई जानकारी गराए पश्चात निजलाई नियन्त्रणमा लिई, प्र.नि. कृष्ण खड्काको कमाण्डमा SOCO सहित ५ जनाको प्रहरी टोली खटी गएको ।

 

ज.ज.क./यौन दुर्व्यवहार

इलाम

सन्दकपुर गा.पा.४ स्थित मिति २०८२।०२।२१ गते १७:०० बजे इलाम-श-३(०८१/०८२)सानीआमाको घरमा बस्दै आएकी वर्ष अं.१५ की इलाम-श(०८१/०८२)” (बुबा आमा नभएको भन्ने बुझिएको) लाई देश भारत विहार राज्य पट्ना डिस्टिक मोतीहारी जिल्ला महुव्वा पञ्चायत विन्दाबासिनी घर भई हाल जि.इलाम सन्दकपुर गा.पा.४ सुर्य बहादुर गुरुङको घरमा अस्थाई बसोबास गरी सिरक डस्ना बनाउने काम गर्ने अं.वर्ष ३५ को मसुद्दिन मियाले बालयौन दुरुपयोग गरेको भनी ऐ.२२ गते १४:०० बजे जि.प्र.का.इलाममा पीडितको सानीआमाले जाहेरी दरखास्त दिएको हुँदा प्र.चौ.माबुबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको ।

 

                                                                               हातहतियार बरामद

१.

अछाम

इ.प्र.का. बगुडाठाँटीबाट प्र.स.नि.को कमाण्डमा वस्तु स्थिति बुझ्न खटिएको टोलीले ऐ. मेल्लेख गा.पा.२ डाँडाश्री पाटन बस्ने अं.वर्ष ४९ को  लाल सिंह धामीको गोरु बाँध्ने गोठमा लुकाई छिपाई राखेको जंगली जनावर थारको ३ फिट ६ ईन्च लामो छाला र ऐ.बस्ने अं.वर्ष ६८ को मने बहादुर धामीको गोरु बाँध्ने गोठमा लुकाई छिपाई राखेको भरुवा बन्दुक थान १ र ऐ.बन्दुकमा प्रयोग हुने केप थान १ फेला पारी सामान सहित दुबै जनालाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।

 

२.

मोरङ

 

केराबारी गापा ६ तामाङ टोल बस्ने धन बहादुर श्रेष्ठको घरमा इप्रका केराबारी बाट प्रबनानि को कमाण्डमा खटिएको प्रहरीको गस्ति टोलीले शंका लागि चेकजाच गर्ने क्रममा निजको १ तले घरको पश्चिम पटिको कोठामा तन्नाले छोपि राखेको अबस्थामा १ नाल भरुवा बन्दुक सहित निज धन बहादुर श्रेष्ठको छोरा बर्ष २६ को गणेश श्रेष्ठ र ऐ. बस्ने लाल बहादुर तामाङको छोरा बर्ष ३२ को सन्तबिर तामाङ समेतलाई सोहि कोठामा फेला पारी नियन्त्रणमा लिई इप्रका केराबारीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको । ।

 

                                                                                    ला.औ.

१.

काठमाण्डौ

 

का.जि.टोखा न.पा.वडा नं.०९ गोंगबु कुलान्त मार्ग स्थित सडक-खण्डमा ला.औ.कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रभाग गोँगबुबाट प्र.नि.शरण विक्रम शाह(९८५१२३९१०२)को कमाण्डमा सादा पोशाक सहितको टोली खटिई गई उक्त स्थानमा निम्न मानिसहरुलाई फेला पारी सोधपुछ,चेकजाँच तथा खानतालसी गर्दा निजहरु मध्य कम्लेश मैनालीले भिरेको पहेलो हरीयो साईड ब्यागमा रातो रङको प्लाष्टिकले पोको पारी लुकाई छिपाई राखिएको अवस्थामा निम्नानुसारको लागु औषध र १० थान मोबाईलहरु बरामद गरी निजहरुलाई समेत नियन्त्रणमा लिई प्रभाग गोँगबुमा ल्याई थप अ.अ.कार्य भईरहेको।घटनास्थल प्रभाग गोँगबुबाट अं.५०० मिटर पूर्व उत्तर पर्ने। निम्न बरामदी सामानहरु ;- १) ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ प्लाष्टिक सहितको तौल ३.५१ ग्राम र प्लाष्टिक बाहेकको तौल ३ ग्राम बरामद गरिएको । निम्न मानिसहरु ;- १) जि. झापा दमक न.पा.वडा नं.१ घर भई हाल का.जि.स्वयम्भु बस्ने बर्ष २६ को पवन सम्वाहाम्फे । २) जि.पाँचथर हिलिहाङ गा.पा.वडा नं.६ घर भई हाल का.जि.गोंगबु बस्ने बर्ष २८ को कम्लेश मैनाली । ३) जि.पाँचथर मिक्लाजुङ गा.पा.१ घर भई हाल का.जि.टोखा न.पा.९ म्याग्दीचोक बस्ने बर्ष ३२ को समिर राई ।

 

सम्बन्धित समाचार
मिति २०८२।०३।०७ गते देखि ऐ. ८ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०८

सिन जिल्ला विवरण कै कर्तव्य ज्यान १. रुपन्देही बुटवल उ.म.न.पा.९ फाईनाईसचोक आईसिआई पथ स्थित गणेश पौडेलले संचालन गरेको हिमालय स्टोरको बाहिरपट्टि पेटीमा मागी खाई हिड्नेजस्तो देखिने अं.वर्ष ४५ को पुरुष व्यक्ति तन्नाले मुख छोपेको अवस्थामा मृत फेला परेको भनी प्रहरी बिट राजमार्ग चौराहामा जानकारी प्राप्त हुनासाथ व.प्र.का.बुटवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पो.मा.को लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको, मृतकको साथमा जि.गुल्मी मालिका गा.पा.६ बस्ने वर्ष २९ को ज्योति वि.क.को नामको भोटर कार्ड समेत फेला परेको, विगत ४ वर्षदेखि ऐ.सैनामैना न.पा.६ रामापुर बस्ने वर्ष ३७ को बालकृष्ण न्यौपानेसँग बुटवल बजारको एरियामा कवाड संकलन गरी हिँड्ने भन्ने बुझिएकोले शंकास्पद निज बालकृष्ण न्यौपानेलाई इ.प्र.का.बुटवलबाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले ऐ.बुटवल उ.म.न.पा.७ श्रवण पथमा फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा आफूले ढुङ्गा प्रहार गरी मारेको भनी स्वीकार गरेको ।   २. कैलाली   थप अपडेट:-मिति २०८२।०३।०६ गतेको बिहान अ.०६:०० बजे, गौरीगंगा न.पा.०७ कैलाशपुर बस्ने लक्ष्मण नाथको श्रीमती बर्ष २५ को तुलसी नाथ आफ्नो घर नजिकै रहेको सडकको नालामा मृत अवश्थामा फेला परी आफन्तले घरको आँगनमा ल्याई राखेको खबर इ.प्र.का. मसुरिया कैलालीमा प्राप्त हुनासाथ प्र.ब.ना.नि.को कमाण्डमा प्रहरी टोली खटिई घटनास्थल सुरक्षित राखी इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट प्र.ना.उ. को कमाण्डमा SOCO को टोली खटी गई ऐ. ११:०० बजेको समयमा घटनास्थल कार्य पुरा गरी लास पो.मा. को लागी से. १ च ४५७ नं. को एम्बुलेन्स द्वारा सेती प्रादेशिक अस्पताल धनगढी, कैलाली पठाएको, मृतकको सुत्ने कोठामा निजको १६ दिनको बच्चा रहेको, मृतकको श्रीमान रोजगारीको शिलशिलामा भारतमा रहेको, ऐ. ०७ गते १९:०० बजे मृतक तुलसी नाथ लाई कर्तव्य गरी हत्या गर्ने मृतककै देवर बर्ष २० को नबिन नाथ लाई पक्राउ गरी निजको साथ बाट मृतकले कानमा लगाउने गरेको सुनको रिङ थान – ८ (आठ) वटा र चाँदीको रिङ थान – ४ (चार) वटा  निज नबिन नाथको साथ बाट रीतपूर्वक बरामद गरिएको  ।   ज.ज.क. १. झापा   मिति २०८२।०२।३१ गते अं. १८:३० बजेको समयमा जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं.७ डाँफे चौक स्थित सुन्दरलाल राजवंशीको चिया बगान स्थितमा सांकेतिक वतन ०४-१-११-छ बस्ने वर्ष १९ को सांकेतक नाम "A (081/082)" काका नाता पर्ने ऐ.बस्ने वर्ष १७ की सांकेतिक नाम "अं-१"लाई मिति २०८१।११।०३ गते अं. २३:०० बजेको समय देखी पटक पटक गरी अन्तिम पटक गरी ज.ज.क गरेको भनि मिति २०८२।०३।०५  गते अं.१९:०० बजे जि.प्र.का झापामा जाहेरी निवेदन दिइएको हुदाँ उक्त स्थानमा जि.प्र.का झापाबाट प्रसनि संजय माझीको कमाण्डमा प्रहरी खटि गई निज दुबै जनालाई नियन्त्रणमा लिई जिप्रका झापामा ल्याई सोधपुछ तथा अनुशन्धान कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको,उक्त स्थान जिप्रका झापाबाट २ किमि दक्षिण पश्चिम । जानकारीको लागि –पीडित जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. ७ सालमारा बस्ने बर्ष ३५ को संजय राजवंशीको छोरी वर्ष १७ की स्वास्तिका राजवंशी । पिडकः- ऐ. बस्ने सोमलाल राजवंशीको छोरा वर्ष १९ को अर्जुन राजवंशी ।   २. प्यूठान मिति २०८२।०२।२२ गते अं.०९:०० बजे अर्घाखाची सितगंगा न.पा. ७ घर भई जि.प्युठान सरुमारानि गा.पा.२ मैदान खारा स्थित मामा घर गएकी वर्ष ४ की बालिकालाई ऐ.बस्ने (कानुनको बिबादमा परेको बालक) वर्ष १३ को बालकले ज.ज.क.गरेको भन्ने ऐ.०६ गते १९:१५ बजे,खबर प्राप्त हुनासाथ जि.प्र.का.प्युठानबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई पिडकलाई नियनम्त्रणमा लिई जि.प्र.का.प्युठानमा ल्याई राखिएको ।   धारिलो हतियार(खुकुरी) प्रहार १. मकवानपुर हेटौडा उ.म.न.पा.७ हरीयाली बस्ने वर्ष ३२ को कृष्ण क्षेत्रीलाई सोही स्थान बस्ने वर्ष ४२ को मिन बहादुर लोप्चनले एक्कासी आई धारिलो हतियार(खुकुरी) प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट हरियालीबाट प्र.ह. र इ.प्र.का.पशुपतिनगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि हेटौडा अस्पताल मकवानपुरमा ल्याई उपचार भईरहेको, अवस्था मध्यम,  कुटपिट गर्ने मिन बहादुर लोप्चन फरार खो.त. कार्य भईरहेको ।   सुन बरामद १. कास्की पोखराको विभिन्न स्थानहरुमा अवैध रुपमा विक्री वितरणको लागि भारतबाट सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ. पोखरा म.न.पा.२२ पुम्दी भुम्दीबाट भारत घर भएको अं. वर्ष ४९ को कुलदिप सिंह र जि. रुपन्देही तिलोत्तमा न.पा.५ बस्ने वर्ष ४७ को राम बहादुर बि.क.समेत २ जनालाई सुन जस्तो देखिने पहेँलो रङको धातुबाट बनेका पत्थर सहितको गरगहना (मुन्द्रा, मंगलसुत्र लगायत) अं.८२ तोला सहित फेला पारी नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।   हात हतियार बरामद १. झापा मेचीनगर न.पा. वडा न.६ काँकरभिट्टा बसपार्क स्थित इ.प्र.का. काँकरभिट्टाकाबाट प्र.ना.उको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजांच गर्दा देश भारत दुर्गानगर सिलिगुडि बस्ने वर्ष अं. ३५ को जय प्रकाश कुमार पाठकलाई  WB 70 G 3232 नं.को गाडि सहित नियन्त्रणमा लिई इ.प्र.का काँकरभिट्टामा ल्याई चेकजाँच गरि हेर्दा उक्त गाडीको चालक बस्ने सिटमुनी राखेको STAR RX ( IN XAMPL CO2 001907 4.5 MM) MAKE IN INDIA लेखिएको एयर पेस्तोल जस्तो देखिने चालु अस्थामा रहेको हतियार १ थान र उक्त हतियारमा भएको म्याग्जिनमा एयर वुलेट जस्तो देखिने ५ थान राउण्ड, चालक बस्ने सिटदेखि वाँयातर्फको सिटको मुनी दुवै साईडमा १-१ थान दाव सहितको खुकुरी जम्मा २ थान फेला परेको र जय प्रकाश कुमार पाठकको शरीरबाट REDMI मोवाईल १ थान, SAMSUNG कम्पनीको मोवाईल १ थान गरी जम्मा २ थान मोवाईल सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का. काँकरभिट्टामा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।   ला.औ. १. मकवानपुर मनहरी गा.पा.९ रजैया स्थित पूर्व-पश्चिम सडकखण्डमा नेपाल सुरक्षा बेश कत्ले खोला मकवानपुरबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले ऐ.०३।०५ गते अं.२१:३० बजे गस्ती गर्दै जाने क्रममा ऐ. मनहरी गा.पा.९ स्थितमा रहेको ज्यामिरे कालिका सामुदायिक बनभित्र मानिसहरुको आवाज बोलेको जस्तो सुनि जंगलभित्र गई हेर्दा उक्त टोलीलाई देख्नासाथ मानिसहरू भागेको, निजहरुले पिठ्युमा बोकी लिई हिडेको प्लाष्टिकको दुई वटा बोराभित्र लुकाई छिपाई ल्याएको ला.औ.गाँजा.नियन्त्रणमा लिई नेपाल सुरक्षा बेश कत्ले खोला मकवानपुरमा ल्याई राखेकोमा ऐ.०३।०६ गते १०.५० बजे इ.प्र.का.मनहरीमा ल्याई बुझाई तौल गर्दा ला.औ. गाँजा १२ के.जी.७७० ग्राम भएकोले थप अनुसन्धान कार्य भईरहेको ।   २. झापा   काकरभिट्टाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर न.पा.वडा नं. ५ स्थित भन्सार चोकमा भारतबाट नेपाल तर्फ आई रहेको चालक जि. काठमाण्डौ म.न.पा. वडा नं.२६ बस्ने वर्ष २४ को निवेश कुँवरले चलाई लिई आई रहेको बा.प्रदेश ०१-०३० च ७७९३ नं.को नेटाकम्पनीको ब्लु रंगको कार रोकी चेक जाँच गर्ने क्रममा चालक निवेश कुँवरले कालो प्लाष्टिकमा प्याक गरि चालकबस्ने सिटमा राखेर त्यसमाथि बसेर लुकाईछिपाई ल्याई रहेको अवस्थामा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ फेला परेकोले उक्त लागू औषध जस्तो देखिने खैरो लिसाइलो पदार्थलाई तत्कालै मान्यताप्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक सहित ५१ (एकाउन्न) ग्राम ९९० (नौ सय नब्बे) मिली ग्राम रप्लाष्टिकं बाहेक ४७ (सडचालिस) ग्राम ६९० (छ सय नब्बे) मिलि ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिनेलिसाइलो पदार्थ र कारलाई नियमानुसार बरामद गरि कार चालक निवेश कुँवर र कारमा सवार जि.लमजुङ कोलासोतार गा.पा.वडा नं.७ बस्ने वर्ष २२ की नोजिना रानामगरलाई समेत नियन्त्रणमा लिई जि.प्र.का. झापामा ल्याई थप अनुसन्धान भई रहेको।  

मिति २०८२।०३।०५ गते देखि ऐ. ६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०६

सिन जिल्ला विवरण कै कर्तव्य ज्यान १. मकवानपुर थाहा न.पा.१ कुन्छाल बस्ने मनोज गोपालीको श्रीमती वर्ष ५० की तुलमाया गोपालीलाई छिमेकी देवर नाता पर्ने सोही स्थान बस्ने अ.वर्ष ३५ को बिमलमान गोपालीले धारिलो हतियार प्रहार गरी घटनास्थलमा नै मृत्यु भएको (टाउको र जिउ छुट्टिएको) र बिमलमान गोपाली फरार भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट बज्रबाराहीबाट प्र.स.नि., इ.प्र.का.पालुङबाट प्र.नि.र इ.प्र.का.भिमफेदीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फरार ब्यक्तिको खो.त.गर्ने क्रममा थाहा न.पा.३ थानाबजार स्थित इ.प्र.का.पालुङबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले खुकुरी सहित नियन्त्रणमा लिई इ.प्र.का.पालुङमा ल्याई राखेको, मृतकको माईतिपक्ष घटनास्थलमा आईपुगेको ,पो.मा.बाकी ।   ज.ज.क. १. इलाम   इलाम न.पा.७ बस्ने अं.वर्ष ४६ की बोली नआउने पूर्ण रुपले अपाङ्गता भएकी महिलालाई इलाम न.पा. ६ गढी बस्ने वर्ष ३२ को नर बहादुर विश्वकर्माले ज.ज.क गरेको भनी ऐ.०३।०५ गते अं.१४:३० बजे जि.प्र.का.मा पीडितको श्रीमानले जाहेरी दरखास्त दिनसाथ प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी थप अनुसन्धान कार्य भईरहेको पिडितको अवस्था सामान्य ।   कैदि मृत्यु सम्बन्धी १. कैलाली   जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १ स्थित रहेको कारागार कार्यालय कैलालीमा रेहको बैकिङ कसुर मुद्धाको  कैदी जिल्ला डडेलधुरा भागेश्वर गाउपालिका ५ बस्ने बर्ष २८ को हरी सिंह पालीको प्रेसर कम भइ र  एक्कासी ज्वरो आई औ.उ.को लागी सेती प्रादेशिक अस्पताल धनगढीमा लगि डाक्टरको सल्लाह अनुसार बेडभर्ना गरी उपचार भई रहेको अवस्था सिरियस, उक्त स्थानमा जि.प्र.का. कैलाली बाट प्र.स.नि. अम्मर सिंह भण्डारी  (९८४९४०५५१५) को कमाण्डमा ५ जनाको प्रहरी टोली खटि गएको । थप टिपोटः- मिति २०८२।०३।०३ गते ००;१५ बजे निज कैदिको उपचारको क्रममा मृत्यु भई लाश सोही अस्पतालमा नै रहेको । थप टिपोट ;- ऐ. ०१;३० बजे उक्त लाश पो.मा. को लागी सेती प्रादेशीक अस्पतालको लाश घरमा राखिएको ।   थप टिपोट;- मिति २०८२।०३।०४ गते अं.१८;४५ बजेको समयमा स.प्र.जि.अ. श्री किरण जोशीको संयोजकत्त्वमा ७ सदस्यी छानबिन समिति गठन गरिएको भनि जिल्ला प्रशसन कार्यालय कैलालीको  च.न.५७८३ को पत्र प्राप्त भएको । थप टिपोट ;-  मिति २०८२।०३।०५ गतेको अं.१५;०० बजेको समयमा जि.डडेल्धुरा भागेश्वर गाउपालिका ५ बस्ने बर्ष २७ कि मृतकको श्रीमती जानकी साउँदले कर्तव्य ज्यान मुद्धामा सु.प.प्र.प्र.का.धनगढी कैलाली दरबन्दी भई जि.प्र.का.कैलालीमा कार्यरत (क.को.न.३०८९५४ ) प्र.ना.नि.हरजित नाथलाई किटानी जाहेरी दिएको हुँदा निज प्र.ना.नि.लाई जि.प्र.का.कैलालीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको,पो.मा.को काम सम्पन्न भइ लास आफन्तलाइ बुझाउने काम भैरहेको ।   ला.औ. १. तनहुँ   आबुखैरैनी गा.पा. २ खानीखोला तुलसी होटल स्थितमा काठमाण्डौबाट गल्याङको लागी छुटेको ग २ ख १२६४ नं.को माइक्रो बस खाना खान रोक्ने क्रममा माइक्रो बसमा शंकास्पद झोला भेटिएको छ भन्ने खबर प्राप्त पश्चात यस कार्यालयबाट प्र.स.नि.चेत नाथ अधिकारी (९८४१८१८१४०) को कमाण्डमा ४ जनाको टोली खटि गई माईक्रो बस सहित झोलालाई यस कार्यालयमा ल्याई चेकजाच गर्दा उक्त खैरो रगको झोला भित्र लुकाई छिपाई ल्याउदै गरेको अवैध लागु औषध पोल्यान (गाँजाको धुलो) तत्काल तौल गर्दा ५ किलो ५५ ग्राम फेला परेकोमा उक्त लागु औषध को-कसको भन्ने नखुलेको,माइक्रो बसको (धनी) चालक जिल्ला स्याङजा गल्याङ न.पा. १ बस्ने वर्ष ३३ को रोशन श्रेष्ठ र सह- चालक जिल्ला पर्वत स्थायी वतन भई हाल जिल्ला नवपरासी नवलपुर ३ घर बताउने वर्ष २६ को दिपक आचार्य समेतलाई आवश्यक सोधपुछको लगि नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको।  

मिति २०८२।०३।०४ गते देखि ऐ. ५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०५

सिन जिल्ला विवरण कै कर्तव्य ज्यान १. सर्लाही मिति २०८२।०३।०३ गते १९:३० बजे गोडैता न.पा. ६ बगदह बस्ने वर्ष २७ को  राम अधिन राय  र ऐ.बस्ने विलास रायको श्रीमती वर्ष ६८ की राम दुलारी राय बीच गोरेटो बाटोको बिषयलाई लिई झै-झगडा तथा कुटपिट हुँदा राम दुलारी राय र निजको बुहारी वर्ष ३५ की पबिता देवी घाईते भई प्रदेशिक अस्पताल मलंगवामा उपचार भईरहेकोमा राम दुलारी रायलाई थप उपचारको लागि काठमाडौं तर्फ लैजाने क्रममा जि.सिन्धुली माझिटार स्थित घाईतेको अवस्था बिग्रि जिल्ला सरकारी अस्पताल सिन्धुलीमा लगी चेकजाँच गर्दा डाक्टरले  ऐ.०४ गते १५:३५ बजे मृत घोषणा गरेको भनी सोही अस्पतालमा खटिएको प्र.क.मार्फत  खबर प्राप्त भएको, शव सोही अस्पतालमा रहेको, कुटपिट गर्ने राम अधिन राय नियन्त्रणमा, पबिता देवीको अवस्था सामान्य ।   ज.ज.क., बालयौन दुर्व्यवहार १ मोरङ   उर्लाबारी न.पा.७ स्कुलडाँडा स्थित राधिका मा.वि.उर्लाबारी मोरङको कम्प्युटर कक्षा कोठामा ऐ.विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक जि.झापा दमक बजार बस्ने वर्ष ५५ को तीर्थ कुमार श्रेष्ठले मिति २०८२।०२।२६ गते १४:०० बजे सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत सांकेतिक नाम २०८१ उर्लाबारी ३० क लाई बाल यौन दुरूपयोग गरेको भनी पीडितको दिदी सांकेतिक नाम २०८१ उर्लाबारी ३० ले ऐ.०३।०४ गते १७:०० बजे इ.प्र.का.उर्लाबारीमा जाहेरी दरखास्त दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई पीडितलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि कोशी अस्पताल विराटनगर पठाइएको, पीडक फरार रहेकोले खो.त.भइरहेको ।   शंकास्पद बस्तु फेला १ कञ्चनपुर   कृष्णपुर न.पा.९ चप्परखोला स्थित भगवती चौधरीको खेतमा रहेको केराको बोट उखेल्ने क्रममा उक्त बोट मुनी तारले बेरेको नट बोल्टले कसेको बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.रैकवारबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखिएको,ऐ.१९:३० बजे श्री बराह दल गुल्म भगतपुर ब्यारेक महेन्द्रनगर कञ्चनपुर बाट नेपाली सेनाका सह-सेनानी सुरज कटुवालको कमाण्डमा ७ जनाको टोली घटनास्थल तर्फ खटी गई हेरी फर्केको, ५ गते पुन: सेनाको टोलि  जाने, घट्ना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि रहेको ।   धारिलो हतियार प्रयोगद्वारा आत्महत्या ( आत्महत्या) १. काठमाण्डौ   बुढानीलकण्ठ न.पा.१ तौलुन स्थित निरशा श्रेष्ठको आमा वर्ष ६८ की बिन्दु कुमारी श्रेष्ठले धारिलो हतियार खुकुरी प्रयोग गरी आत्महत्या गरेको भनी प्रभाग बूढानीलकण्ठमा जानकारी गराउनासाथ प्रभाग बूढानीलकण्ठबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निज मृतक महिला आफ्नै छोरी ज्वाईको घरमा बसी मधुमेह,प्याराल्याईसिस्को उपचार गराई रहेको र आज छोरी र ज्वाई काममा गएको अवस्थामा ११:०० बजेदेखी १५:५५ बजेसम्ममा घरमा कोही नभएको अवस्थामा निज मृत्तक बृद्व महिलाले धारिलो हतियार खुकुरी प्रयोग गरी आफ्नै शरीरमा चोट लगाई खाना खाने कोठाबाट रगतहरू चुहाउँदै शौचालयमा शव फेला परेको, थप अनुसन्धानको लागि बृत्त महाराजगंजबाट प्र.ना.उ.को कमाण्डमा SOCO अधिकृत सहितको टोली खटी कानुनी प्रकृया पश्चात शव पो.मा.का लागि त्रि.वि.शि.अ.महाराजगंज पठाएको, घटनास्थलबाट धारिलो हतियार खुकुरी समेत फेला परेको ।   ला.औ. १. काठमाण्डौ   का.जि.काठमाण्डौ म.न.पा.१५ अजिमा हल नजिक जि.धनुषा जनकपुर उ.म.न.पा.घर भई हाल ऐ.१५ अजिमा हल नजिक सोनाम शेर्पाको साढे दुई तले घरको भुई तलामा डेरा गरी बस्ने वर्ष २० की मनिषा ठाकुरको कोठामा ला.औ.वेचविखन भन्ने गोप्य सुचनाको आधारमा वृत्त स्वयम्भुबाट प्र.ना.उ.उद्वव सिंह भाटको कमाण्डमा खटिएको प्रहरीले उक्त स्थानबाट निम्न ला.औ.,मोबाईल फोन थान-२ र नेपालि रुपैयाँ २,२५,८००।-( दुई लाख पच्चिस हजार आठ सय) समेत बरामद गरी निज मनिषा ठाकुरलाई पक्राउ गरी वृत्त स्वयम्भुमा ल्याई राखिएको।घटनास्थल वृत्त स्वयम्भुबाट अं.६०० मिटर उत्तर पर्ने । निम्न ; १) ट्रमाडोल २१५० पत्ता ( २१५०० पिस ट्याब्लेट )। २) ( फेनारागन -२६० पिस ,डाईजापाम -२६०,नुर्फिन -२६० पिस ) गरी जम्मा ७८० एम्पुल  

मिति २०८२।०३।०३ गते देखि ऐ. ४ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०४

सिन जिल्ला विवरण कै फुटकर ज्यान १. रसुवा   नौकुण्ड गा.पा.५ र कालिका गा.पा.५ घट्टेखोला स्थित हाल नामथर वतन नखुलेको अं.वर्ष १६ की र अं.वर्ष १३ की २ जना बालिकाको शव खोलामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.कालिकास्थानबाट प्र.नि.र जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा टोली पुगी बुझ्दा मृतकहरु ऐ.नौकुण्ड गा.पा.५ सिस्नेरि बस्ने लाल बहादुर मोक्तानको छोरीहरु अं.वर्ष १४ की (माइली छोरी) सर्गम मोक्तान र वर्ष १० की (कान्छी छोरी) सबिना मोक्तान रहेको, निजहरु ऐ.२ गते १७:०० बजे आफ्नै घरबाट ऐ.कालिका गा.पा.५ जिबजिबे स्थित कोठामा जान्छु भनी हिँडेको, निज मृतकहरुको हजुरआमा मंगली मोक्तान र ठुलो बुबा धन बहादुर मोक्तानबाट सनाखत हुन आएको, शवको कानुनी प्रकृया पश्चात पो.मा.को लागि त्रिशुली अस्पताल नुवाकोट पठाएको । - मिति २०८२।०३।०३ गते अं.१९:०० बजेको समयमा निज मृतकको दिदी जिल्ला रसुवा नौकुण्ड गा.पा. वडा नं.०५ बस्ने बर्ष १४ की सादना मोक्तान लाइ अनुसन्धानको शिलसिलामा आफन्त द्वारा आफै उपस्थित गराएको र मिति २०८२।०३।०४ गते ०१:२५  बजेको समयमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्र.ना.उ.हेम बहादुर शाहीको कमाण्डको टोलिले आवश्यक सोधपुछको लागि जिल्ला रसुवा नौकुण्ड गा.पा. वडा नं.०६ किमारजुङ स्थित नौकुण्ड फेमिलि रिसोटबाट निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नियन्त्रणमा लिइ इ.प्र.का. कालिकास्थान रसुवामा ल्याइ राखेको १.जिल्ला रसुवा नौकुण्ड गा.पा. वडा नं.०६ बस्ने बर्ष ४० को तेन्जेन थिङ तामाङ । २.ऐ.ऐ. बस्ने बर्ष २५  को आरिया घिसिङ । ३.ऐ.ऐ. बस्ने बर्ष ३८ को सिङ्गि वाङ्जु लामा । ४.ऐ.ऐ. बस्ने बर्ष १६  की डोल्मा घिसिङ   । ५.ऐ.ऐ. बस्ने बर्ष १५ की सजिना नेगी । ६.ऐ.ऐ. बस्ने बर्ष १६ की अनुसा घिसिङ ।   ज.ज.क./उद्योग २ झापा झापा ३१ गते रातको २४:०० बजेको समयमा जिल्ला झापा सांकेतिक वतन ‘०४-५-१७-च’ ( बास्तविक वतन कमल गा.पा.-६ गुवाबारी) स्थित आफ्नै घर कोठामा सांकेतिक नाम ‘ह’ लाई आफ्नै झडकेलो बुवा सांकेतिक नाम ‘ह १’ ले ज.ज.क. गरेको भनी आज मिती २०८२।०३।०३ गते अ.१९:३० बजेको समयमा इप्रका दमकमा जिल्ला झापा कमल गा.पा. वडा नं.६ स्थितमा रहेको श्री मंगलमय माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका बर्ष ४३ की लक्ष्मी ढकालले लिखित जाहेरी दिएकोमा निज सांकेतिक नाम ‘ह १’ लाई इप्रका दमकबाट खटिएको प्रसनि बाबुराम न्यौपानेको समेतको टोलीले निजलाई निजकै घरबाट नियन्त्रणमा लिई इप्रका दमकमा ल्याई थप अनुसन्धान भईरहेको ।   ३ सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा न.०२ कोलडाँडा बस्ने बर्ष ५८ की महिलालाई मिति २०८२।०३।०२ गते अ.८:३० बजे ऐ.बिरेन्द्रनगर न.पा.वडा न.०२ कोलडाँडा बस्ने वर्ष ५० को राम चन्द्र सुनारले जबरजस्ती करणी गरेको भनी मिति २०८२।०३।०३ गते १०:०० बजे जि.प्र.का.सुर्खेतमा जानाकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्र.नि. को कमाण्डमा ४ जनाको प्रहरी टोली खटी गई पिडक राम चन्द्र सुनारलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, ।   ४ ईलाम देउमाई न.पा.०२ खाम्द्रुङ स्थित सांकेतिक वतन ०३-५-६ बस्ने सांकेतिक नाम इलाम क्ष-१(०८१/०८२) को छोरी बर्ष अं.१९ की मानसिक सन्तुलन ठिक नभएको सांकेतिक नाम इलाम -क्ष (०८१/०८२) लाई निजकै बहिनी सांकेतिक नाम इलाम -क्ष-३(०८१/०८२)को boyfriend जिल्ला इलाम फाकफोकथुम गा.पा.०६ सिमसार बस्ने सारु भन्ने राई जातिको साथी तत्काल नाम थर वतन नखुलेको पुरुष मानिसले ज.ज.क गरेको भनी आज मिति २०८२।०३।०३ गते अं.२०:३० बजे जि.प्र.का. इलाममा पिडितको बुबा सांकेतिक नाम इलाम क्ष-१(०८१/०८२) ले जाहेरी दरखास्त दिन साथ तत्काल इ.प्र.का. मंगलबारेबाट प्र.नि.को कमाण्डमा प्रहरी खटि  गई पिडकको खो.त. कार्य भई रहेको ।   सुन वरामद १ काठमाण्डौ एयर अरेवियाको उडान नं. G9 530 को फ्लाईट द्वारा शार्जाहबाट काठमाडौं आगमन भएकी यात्रु भारतीय नागरिक राहदानी नम्बर X73528851 वाहक वर्ष ५३ की MEENA SURJEET SINGH KHEMANI (महिला) लाई आगमन भन्सार एरियाको भन्सार चेकजाँच पश्चात टनेल गेट अगाडी निजको गतिबिधी शंकास्पद देखिएकोले उक्त स्थानमा डिउटी खटिएको प्रहरीले चेकजाँच गर्दा निजको मलद्वारबाट बेलना आकारको प्लास्टिकले र्‍याप गरेको ३ (तिन) वटा डल्ला सुन जस्तो देखिने अर्धठोस पदार्थ जम्मा अन्दाजी तौल ११५९ ग्राम सहित लुकाई छिपाई ल्याएकोले निजलाई नियन्त्रणमा लिई बरामद सामान त्रि.अ.बि.सु.का.गौचर लेखा शाखामा राखी निज महिलालाई पत्र सहित एकरात सुरक्षित राख्न प्रहरी बृत्त गौसाला पठाईएको, ऐ.०४ गते कार्यालय समयमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागी त्रि.अ.वि.भन्सार कार्यालय सिनामंगल बरामदि सामान सहित पठाईने ।   पक्राउ/नियन्त्रण १ काठमाण्डौ अल्फावेट नखुलेको ९९७१ न.को गाडीमा मानिस अपहरण गरि लगेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले ऐ.००;४५ बजेको समयमा का.जि.नागार्जुन न.पा.-०८ सहकारी चोक भिमढुङ्गाबाट बा १७ च ९९७१ नं.को स्कारपिओ गाडी र उक्त गाडीमा सवार जि. कालिकोट रास्कोट न.पा. ५ घर  भई हाल का.जि.का.म.न.पा.३० रातो पुल कोठा गरी बस्ने वर्ष २४ को प्रशान्त शाहीले देश भारत हैदराबाद काचिगौड स्थित एक घरमा चोरी गरेको भन्ने सूचनाको आधारमा हैदरावादबाट Inspector K Raghu Kumar को कमाण्डमा खटिएको प्रहरी टोलिले निजलाई मिति २०८२/०२/०३ गते १६:३० बजे जिल्ला ललितपुर, बंगलामुखीबाट दुई जना र ऐ. मिति ०३/०३ गते अ. २३;३० बजे का.जि.का.म.न.पा ३० रातोपुलबाट निज प्रशान्त शाहीकी श्रीमतीलाई समेत नियन्त्रणमा लिएर जाँदै गरेको अवस्थामा प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक कारबाही तथा अनुसन्धानको लागी . जि.कालिकोट रास्कोट न.पा.-५ घर  भई हाल का.जि.का.म.न.पा ३० रातो. पुल कोठा गरी बस्ने वर्ष २४ को प्रशान्त शाही ,जि.कालिकोट रास्कोट न.पा.५ घर  भई हाल ऐ. रातो पुल कोठा गरी बस्ने प्रशान्त शाहीको श्रीमती वर्ष १९ की निकिता बुढा शाही, जि.कालिकोट पचाल झरना गा.पा.०२ घर भई हाल का जि बुढानिलकण्ठ न.पा.०२ भंगाल बस्ने वर्ष २६ को युवराज शाही, जि. कैलाली घोडाघोडी न. पा.०१ घर भई हाल का जि गाठाटार कोठा गरी बस्ने वर्ष २५ को सागर शाही , जि. धादिङ नौविसे ०२ घर भई हाल का.जि.का.म.न.पा १४ स्युचाटार बस्ने वर्ष ४५ को सुवास रुपाखेती (चालक), देश भारत भई हैदरावाद प्रहरी परीसरमा कार्यरत Inspector  K Raghu Kumar, देश भारत भई हैदरावाद प्रहरी परीसरमा कार्यरत Sub Inspector Suresh Kumar ,देश भारत भई हैदरावाद प्रहरी परीसरमा कार्यरत Police Constable  Shiva Kumar लाई नियन्त्रणमा लिई प्रहरी वृत्त स्वयम्भूमा ल्याई राखिएकोमा भारतीय प्रहरीहरू र चालक लाई  होटल  पिस जोनमा विहान सम्पर्क गर्ने आउने गरि राखिएको ।   ला.औ. १ बारा   जितपुर सिमरा उ.म.न.पा.८ ईम्लिप्रति स्थित फिल्डबाट बिशेष सुचनाको आधारमा जि.प्र.का.बाट खटिएको सुचना संकलनको टोली र इ.प्र.का.सिमराबाट प्र.ह.को कमाण्डमा संयुक्त रुपमा खटिएको टोलीले ऐ.८ लोसण्डा बस्ने अं.वर्ष ४५ को रामपुकार सहनीलाई २ वटा बोरामा गरी अं.२२ के.जी.लागु औषध गाँजा सहित नियन्त्रणमा लिई इ.प्र.का.सिमरा बारामा ल्याई राखिएको ।   २ सुनसरी   भोक्राहा नरसिंह गा.पा.६ ढलान रोड स्थित इप्रका लौकही र ला.औ.नि.ब्युरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आउदै गरेको जि. धनकुटा छथर जोरपाटी गा.पा.१ बस्ने वर्ष २९ को दिलिप गजमेर (विश्वकर्मा) लाई चेकजाँच गर्दा निजको साथबाट ला.औ.खैरो हेरोईन जस्तो देखिने पदार्थ २३.३६ ग्राम, OPPO कम्पनीको मोवाईल समेत फेला पारी निजलाई नियन्त्रणमा लिई जि.प्र.का. सुसनरीमा ल्याई थप अनुसन्धान भईरहेको ।   ३ कास्की   जि.प्र.का. कास्कीबाट प्र.नि. राज कुमार कार्की (९८४११८५४४८) को कमाण्डमा र लागू औषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोलिले जिल्ला कास्की पोखरा म.न.पा. ८ प्रतिभा मार्ग स्थित निम्न मो.सा. हरुमा सवार निम्न मानिसहरुलाई शंका लागी निजहरु को शरीर खानतलासी गर्दा निजहरुले बोकेको पछाडी भिर्ने कालो खैरो रंगको झोला भित्र लुकाइ छिपाइ राखेको अवैध लागुऔषध tapantadol-१०० mg को १०५० ट्याब्लेट, निजहरुले प्रयोग गरेको मो.सा. र मोबाइल ५ थान सहित नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जि.प्र.का. कास्की ल्याई राखेको, जि.प्र.का. कास्कीबाट अं. १ कि.मि. दक्षिण पर्ने, बि.बि. पछि । निम्न;- १) ग १७ प ७२३३ नं. को मो.सा. चालक जि. स्याङ्जा पुतलिबजार न.पा. ५ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१७ घारिकुलो बस्ने बर्ष २५ को राजेश ब. पौडेल । २) ऐ. मो.सा. पछाडि सवार जिल्ला चितवन घर भई हाल पोखरा ८ प्रतिभामार्ग बस्ने बर्ष २३ कि रोज कुँवर । ३) ग १४ प ३३५९ नं. को मो.सा. चालक जि. स्याङ्जा पुतलिबजार न.पा. ५ घर भई हाल पोखरा ७ पुरानो एयरपोर्ट बस्ने बर्ष २८ को मनोज रेग्मी । ४) ऐ. मो.सा. पछाडी सवार जिल्ला स्याङ्जा पुतलिबजार न.पा.२ घर भई हाल पोखरा १७ घारिकुलो बस्ने बर्ष २८ को राज ब. पौडेल ।  

मिति २०८२।०३।०२ गते देखि ऐ. ३ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०३

सिन जिल्ला विवरण कै ज.ज.क./ज.ज.क. उधोग १. मनाङ जि.गोर्खा धार्चे गा.पा.४ घर भई हाल जि.मनाङ नासो गा.पा.९ दानाक्यू स्थित सिनो हाईड्रोपावरको मेषमा बिगत ४ महिना देखि काम गर्दै आएकी अं.१४ वर्षकी बालिकालाई सोही हाईड्रोपावरमा स्टोरकिपर (सहायक) काम गर्ने जि. लमजुङ मर्स्याङदी गा.पा.३ टुनिखर्क बस्ने वर्ष ३१ को डुल बहादुर गुरुङले आफु सुत्ने कोठामा मिति २०८२।०१।१२ गते २२:०० बजे निजलाई ललाई फकाई गरी लगि जवरजस्ती करणी गरेको भनी ऐ.०२ गते जि.प्र.का.मा जाहेरी दरखास्त दिएकोमा प्र.ना.उ.को कमाण्डमा टोली खटी गई ज.ज.क.गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई अनुसन्धान  कार्य भईरहेको ।   बालबिज्याईकर्ताहरु बिच झै-झगडा तथा कुटपिट १. भक्तपुर   मध्यपुर ठिमी न.पा.२ सानोठिमी स्थित बालसुधार गृहमा कानुनी विवादमा परेका बालबिज्याईकर्ताहरु बीच एक-आपसमा विवाद भई झै-झगडा तथा कुटपिट हुँदा जि.नुवाकोट बेलकोट गा.पा.१० घर भएको वर्ष १९ को राहुल परियार (ज.ज.क.मुद्धा) टाउकोमा चोट, अवस्था सामान्य), जि.सुनसरी भोक्राह नरसिंह गा.पा.५ घर भएको वर्ष १७ को साहेल मंसुरी (ज.ज.क.मुद्धा) ओठ, टाउको र निधारमा चोट, अवस्था सामान्य, जि.खोटाङ ऐसेलुखर्क महेश्वरी गा.पा.५ बस्ने वर्ष १८ को मेघराज बन (ज.ज.क.मुद्धा) दुबै आँखा सुन्निएको, अवस्था  मध्यम, तीनै जना घाईतेलाई उपचारको लागि कोरियन अस्पताल ठिमी लगेकोमा ऐ.१४:४० बजे २ जना डिस्चार्ज भएको,  मेघराज बनलाई थप उपचारको लागि वीर अस्पताल काठमाण्डौ लगी उपचार भईरहेको । फ्लोप अप १.      २ जना घाइते गरि ४ जनालाई बालसुधार केन्द्रबाट वृत ठिमीमा राखेको। २.      घाइते मेघराज बनलाइ काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा icu मा राखि उपचार भैरहे ३.      सिटी स्क्यानको  रिपोट Normal र Blood रिपोट आउन बाँकी ।   हातहतियार बरामद १ बाजुरा खप्तड छेडेदह गा.पा.६ नाइनालेक बस्ने रमेश बादी गन्धर्वको गोठ (छानो) मा अवैध बन्दुक रहेको भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का.बाट प्र.स.ह.र अ.प्र.पोष्ट आटिचौरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजको गोठमा खानतलासी गर्दा लुकाई-छिपाई राखेको भरुवा बन्दुक थान २ फेला पारी रमेश बादी गन्धर्वलाई नियन्त्रणमा लिएको, थप अनुसन्धानको लागि जि.प्र.का.बाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको ।   ला.औ. १. सुनसरी धरान उ.म.न.पा.१३ शिवधारा स्थित कोशी लोकमार्गमा स.प्र.बल, नेपाल सुरक्षा वेश धरानबाट स.प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख.०८४८ नं.को मिनि ट्रकलाई चेकजाँच गर्ने क्रममा २१३० के.जि.ला.औ.गाँजा फेला पारी उक्त ला.औ.गाँजा र ट्रक नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागि ऐ.११:०० बजे जि.प्र.का.मा बुझाएको, मिनि ट्रक चालक फरार, खो.त.भइरहेको ।   २. सुनसरी   ०१:३० बजेको समयमा इटहरी उपमहानगरपालिका २० तरहरा जंगल नजिकै स्थित कोशी लोकमार्गमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्र.नि. महेन्द्र पराजुली(९८४८१८४६९८) को कमाण्डको प्रहरी टोलीले धरानबाट इटहरी तर्फ आउदै गरेको सबै सवारी साधन चेकजाँच गर्ने क्रममा ना ५ ख ६११६ नं. प्लेट राखिएको सेतो कलरको मिनि ट्रकमा माथी सब्जि (बन्दाकोबी ४८ बोरा,आलु १२ बोरा) लोड भएको तल ला.औ. गाँजा ७० बोरा तौल गर्न बाँकी सहित ट्रक, ट्रक चालक जिल्ला धनकुटा सहिदभुमि गाँउपालिका ६ बस्ने बर्ष ३२ को राजेन्द्र राई र ट्रकमा सवार ऐ.ऐ. बस्ने बर्ष ३३ को सुनिल राई र चेकिङ स्थानमा शंकास्पद रुपमा आएका जिल्ला सुनसरी बराहक्षेत्र ९ बस्ने बर्ष ३४ को सुमन राई समेतलाई अनुसन्धानको लागी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको ।   ३. झापा   मेचीनगर न.पा.६ काँकरभिट्टा स्थित नेपाल भारतको सिमा क्षेत्र पुरानो मेचीपुलमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट प्र.ना.नि. को कमाण्डमा खटिएको टोलीले भाडाको सिटि सफारीमा सवार भई आईरहेको ऐ.कन्काई न.पा.४ सुरुङगा बस्ने वर्ष ३३ को संञ्जित सिवा दर्जीलाई शंकास्पद अवस्थामा फेला पारी शरीर तलासी लिने क्रममा लागू औषध खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ शुद्द तौल २१ ग्राम ९४० मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई इ.प्र.का.काँकरभिट्टा ल्याई राखिएको ।  

मिति २०८२।०३।०१ गते देखि ऐ. २ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०२

सिन जिल्ला विवरण कै कर्तव्य ज्यान १ अर्घाखाँची छत्रदेव गा.पा.३ शिख्र बस्ने वर्ष ३८ को रामु कुमाललाई निजकै श्रीमती वर्ष २७ की मेखमाया कुमालले आफ्नै घरमा घरायसी सामान्य विषयलाई लिई वाद विवाद गरी झै-झगडा गर्दा निजको श्रीमानले धारिलो हतियार (दाउ)ले श्रीमतीलाई प्रहार गर्दा श्रीमतीले सोही हतियार खोसी श्रीमानलाई टाउकोको पछाडीको भागमा प्रहार गरी हत्या गरेको भन्ने ऐ. ०६:३० बजे खबर प्राप्त हुनासाथ प्र.चौ.बल्कोट र जि.प्र.का.अर्घाखाँचीबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई धारिलो हतियार प्रहार गर्ने मेखमाया कुमाललाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, शव पोष्टमार्टम पश्चात दाहसस्कारको लागी आफ्नतले बुझी लगेको ।   २ सुनसरी रामधुनि न.पा.-२ शिवनगर बस्ने बर्ष ४० को सन्तोष चौधरीको घरमा बाधेको खसि-१ वटा र पाठि-१ वटा जिल्ला सुनसरी रामधुनि न.पा.-४ लालपुर बस्ने बर्ष अ.४२ को राकेश चौधरीले चोरी गर्दै गरेको निज घरधनिले देखि हो-हल्ला गर्ने क्रममा उक्त खसि र पाठि छोडी निज चोरी गर्ने मान्छे भागेकोमा निजलाई उक्त घरधनिले खेदाई खुकुरीले हातमा हान्द निज राकेश चौधरीको दाहिने हातमा काटि घाईते भई उपचारको लागि साई हस्पिटल झुम्कामा ल्याई उपचार पश्चात ऐ. ०४:४० बजे थप उपचारको लागि नोबेल हस्पिटल बिराटनगरको लागि लगेको र खुकुरी प्रहार गर्ने ब्याक्ति र खुकुरी नियन्त्रणमा लिई प्रस्तावित इप्रका रामधुनिमा ल्याई राखेको ।घाईतेको उपचारको क्रममा ऐ. ०५:१५ बजे मृत्यु भएको भनि ऐ. हस्पिटलको प्र.क.मार्फत जानकारी प्राप्त भएको ।   ज.ज.क. १ पाल्पा मिति २०८२।०२।३० गते १६:३० बजे, निस्दी गा.पा. ३ झिरुबास हलुवा बस्ने वर्ष ५१ को पुरुषले आफ्नै नातिनी २८ महिनाकी नाबालीकालाई ज.ज.क.गरेको भनि निज नाबालिकाको आमाले जि.प्र.का.पाल्पामा जबरजस्ती करणी कसूर अन्तर्गत कारवाही गरी पाउँ भनि ऐ.३।०१ गते १६:०० बजे जि.प्र.का.मा लिखित जाहेरी दिएको हुँदा प्र.चौ. रुक्सेभन्ज्याङबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज पिडकलाई नियन्त्रणमा लिएको, बालिकाको स्वास्थ्य परिक्षण पश्चात निजकै आमाको जिम्मा लगाएको, अवस्था सामान्य ।   २ इलाम सांकेतिक वतन ०३-३-७ बस्ने सांकेतिक नाम इलाम-स-२(०८१/०८२) छोरी वर्ष १३ की सांकेतिक नाम “इलाम-स(०८१/०८२) लाई मिति २०८२।०२।३० गते २०:०० बजे सांकेतिक वतन ०३-३-८ बस्ने सांकेतिक नाम-ह-१(०८१/०८२) को छोरा वर्ष १७ को सांकेतिक नाम “इलाम-ह(०८१/०८२) ले ललाई फकाई गरी माई न.पा.८ चेपेखोलाको छेउमा लगी ज.ज.क.गरेको भनी ऐ.३१ गते १७:०० बजे पीडितको आमाले प्रचौ महमाई इलाममा जानकारी प्राप्त हुनसाथ प्र.व.ह.को कमाण्डमा टोली खटी गई पीडकलाई ऐ.१९:४५ बजे ऐ.माई न.पा.७ लक्ष्मी खोला स्थित फेला पारी नियन्त्रणमा लिई पीडक र पीडित दुबैलाई जि.प्र.का.इलाममा ल्याई राखिएको, पीडितको आमाले जि.प्र.का.इलाममा जाहेरी दरखास्त दिएको, पीडकलाई जिल्ला अदालत इलामबाट दिन ५ म्याद लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको, ।   धारिलो हतियार प्रहार १ ताप्लेजुङ फुङलिङ न.पा. ११ फावाखोला बस्ने लाल बहादुर काङ्लिवा लिम्बुको छोरा अं बर्ष १९ को राजु लिम्बु सुरज भट्टराईको दाउरा वोक्ने जाने क्रममा निजलाई माईला भन्ने लक्षुमण लिम्बु (भरीया) ले मा.प.से.गरी निज राजु लिम्बुलाई पछाडी बाट चिरपटले प्रहार गर्दा निजको वाँया पट्टीको टाउकोमा गहिरो चोट लागी उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुमा पठाएको, अवस्था गम्भिर रहेको, चिरपट प्रहार गर्ने मानिसलाइ नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखेको,उक्त स्थानमा पर्यटक प्रहरी सहायता डेक्स काफ्लेपाटी बाट प्रनानि को टोली खटी गएको, ।   २ ओखलढुङ्गा सिद्धिचरण न.पा.- ०१ नाल्सु बस्ने अ.बर्ष ६० को मानबिर थापा मगरलाई निजको आफ्नै छोरा अं. बर्ष २३ को  सन्दिप थापा मगरले खुर्मिले घाँटीमा रेटी घाइते बनाएको छ भनि ऐ.२०.१० बजेको समयमा ऐ. वडाका वडा सदस्यले प्रहरी चौकी निशंखेमा जानकारी गराउन  साथ प्रहरी चौकी निशंखेबाट प्र.स.नि.को टोली खटि गई निज घाईतेलाई उपचारको लागि सामुदायिक मिसन अस्पताल ओखलढुगा तर्फ पठाएको घाँटीमा चोट, अबस्था मध्यम ,खुर्मि बरामद गरि खुर्मिले रेट्ने मानिसलाई नियन्त्रणमा लिई जि.प्र.का. ओखलढुङगामा राखेको ,।   ला.औ. १ बांके मिति २०८२।०३।०१ गते अं.२०:०० बजे को समयमा जि.बाँके नेपालगंज उ.म.न.पा.१ प्रगतीनगर टोल स्थित ला.औ.नि.ब्युरो नेपालगंज बाँकेबाट र अ.प्र.पोष्ठ बसपार्क नेपालगंज बाँकेबाट प्र.ना.नि.बिष्णु शाहीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलिले ऐ.ऐ.बस्ने वर्ष २९ को चुनकुन पासीको घरमा ला.औ.ब्राउन सुगरको कारोबार भई रहेको छ भन्ने गोप्पे सुचनाको आधारमा निजलाई घर अगाडी सडक खण्डमा फेलापारी सोध पुछ तथा निजको शरीर समेत चेक जाँच गर्दा निजको दाहिने हातको मुठ्ठि भित्र सेतो रंगको प्लास्टिकको १ पुडिया र सोही आगनमा रहेको काठको पिर्का को खुट्टामा लुकाई राखेको स-साना ३५ वटा पुडिया ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेलापारी शुद्ध तौल १०६ ग्राम ८१० मिलि ग्राम र निजले लगाएको पाईन्टको गोजिमा १ थान मोबाईल र ला.औ.ब्राउन सुगर तौल गर्ने डिजिटल तराजु सहित निजलाई र निज को बहिनि बर्ष २५ की अन्जु पासीले महिला प्र.क.लाई धकलपकल गरेको हुदा निजलाई समेत सोध पुछको लागी नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का.बाँकेमा पठाएको, ।