सामान्य सूचनाहरु
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
सम्पर्क जानकारी
फोन नं. : ०१-५७१९८६८
मोबाईल नं. : ९८५१२९८१९८, ९८४९०९११३९
ईमेल : cicu@nepalpolice.gov.np / cicucid@gmail.com
-
मिति २०८३।०२।३० गते ०५:०० बजे देखि २०८३।०२।३१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-३१कर्तव्य ज्यान,सर्लाही, मिति २०८३।०२।२२ गते २०:०५ बजे गोडैता न.पा.९ भोला चोकमा जग्गाको विषयलाई लिएर झै-झगडा हुँदा ऐ.बस्ने अं.७० वर्षीय अहमिद मंसुरलाई ऐ.स्थान बस्ने ७० वर्षीय श्रीचन महतो, ४० वर्षीय सुशिल महतो र ६५ वर्षीय रमजान मंसुरले कुटपिट गर्दा शरीरको विभिन्न भागमा चोट लागि ऐ.२२:०० बजे मलंगवास्थित म्याक्स (Max) अस्पतालमा लगेर उपचार भईरहेकोमा ऐ.०२/३० गते ०७:०० बजे निज अहमिद मंसुरको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ऐ.०८:३० बजे जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने रमजान मंसुरलाई नियन्त्रणमा लिई प्र.चौ.गोडैतामा राखिएको, श्रीचन महतो र सुशिल महतोको खोजतलास भईरहेको , शवको कानूनी प्रकृया पूरा गरी पो.मा.को लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएको । गोरखा, बारपाक सुलिकोट गा.पा.३ गम्वन घर भई हाल गोरखा न.पा.७ पन्थेश्वारा स्थित धन कुमारी श्रेष्ठको घरमा डेरा गरी बस्ने वर्ष अं.४० को सन्त ब.गुरुङ सोही घरको आगँनमा अचानक बेहोस भई ढली उपचारको लागि प्रदेश अस्पताल गोरखा ल्याएकोमा उपचारको क्रममा ऐ.१९:०० बजे डा.ले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा जि.प्र.का.गोरखाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा मिति २०८३।०२।२७ गते ००:३७ बजे जि.गोरखा गोरखा न.पा.७ छिपिटोलमा रहेको गोरखा घर(दोहोरी) साँझ नजिक सडकमा अज्ञात मानिसहरूले लात्ती मुक्का तथा ढुङ्गा समेतले टाउकोमा प्रहार गरी घाइते बनाई भागी फरार भएको भन्ने बुझिएको, सामान्य उपचार पश्चात प्रदेश अस्पताल गोरखाबाट बिहान ऐ.०३:०० बजे डिस्चार्ज भई घर तर्फ गएकोमा मिति २०८३।०२।२९ गते अं. १८:४५ बजे घरको आँगनमा अचानक ढलेर बेहोस भई उपचारको लागि प्रदेश अस्पताल गोरखा ल्याएकोमा मृत्यु भएको भनी प्रारम्भिक अनुसन्धानबाट बुझिन आएको, कुटपिटमा संलग्न ऐ.गोरखा न.पा.७ रोटेपानी बर्ष २४ को वोनस शाक्य सहित ४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,न.प.(पश्चिम), सुनवल न.पा. ८ गुप्ताटोल बस्ने ईन्द्र बहादुर प्रजाको छोरी बर्ष ८ की बालिकालाई निजकै घर अगाडिपट्टी आँगनमा गृहकार्य (होमवर्क) गर्दै बसिरहेको अवस्थामा ऐ.ऐ. बस्ने बर्ष ६६ को खदेरू लोनियाले काखमा लिई शरीरका संवेदनशिल अंगहरू चलाई जबरजस्ती करणी गरेको भनि ऐ.३० गते १७:०० बजे जि.प्र.का. नवलपरासीमा लिखित जाहेरी प्राप्त हुनासाथ तत्काल प्र.चौ. बैरागनाथबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगई निज खदरु लोनियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । गुल्मी, जि. बाग्लुङ बडिगाड गा.पा. ६ घर भई हाल जि.गुल्मी रुरु गा.पा. ६ मा कोठा भाडा गरी बस्ने वर्ष ३२ को बल बहादुर पुन मगरले ऐ.रुरु गा.पा. ५ काउले बस्ने वर्ष १५ की बालिकालाई भलिबल खेल हेर्न लैजान्छु भनि प्रलोभनमा पारी ऐ. छत्रकोट गा.पा. ३ चोयगा स्थित मन्दिर नजिक लगि जबरजस्ती करणी गरेको, बालिकाको यौनाङ्गबाट अत्यधिक रक्तस्राव (ब्लिडिङ) भएपछि स्थानीय मेडिकल हुँदै थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पुर्याइ उपचार भईरहेको , अवस्था मध्यम (बोल्न सक्ने) रहेको भनि ऐ.२२:१५ बजे खबर प्राप्त हुनासाथ जि.प्र.का. पाल्पाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज पिडकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको , घटनास्थलमा प्र.चौ. श्रृङ्गा गुल्मीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भईरहेको । अबैध मुद्रा सहित मानिस नियन्त्रण,काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रिनिङ तथा शरीर खानतलासी गर्ने क्रममा हिमालयन एयरलाइन्सको उडान नं. H9-765 द्वारा काठमाडौंबाट दुबई प्रस्थान गर्न लागेका यात्रु जि. पाल्पा रामपुर न.पा. १० बस्ने वर्ष १९ को समीर बहादुर मगरको साथबाट अवैध रूपमा बाहिरी मुलुकतर्फ लैजान लागेको लुकाईछिपाई राखेको अवस्थामा विदेशी मुद्रा साउदी रियाल ३०,००० फेला पारी कानूनी कारबाहिको लागि राजस्व अनुसन्धान विभाग बुझाउनुपर्नेमा समय अभावका कारण बरामद मुद्रा त्रि.अ.बि.सु.का.गौचरको लेखा शाखामा सुरक्षित राखि निज समिर बहादुर मगरलाई प्रहरी वृत्त गौशाला पठाइएको ऐ.३१ गते कार्यालय खुलेपछि राजस्व अनुसन्धान बिभाग बुझाईने । ला.औ./गोली प्रहार,काठमाडौं, बाराको सिम्रोनगढबाट काठमाडौं तर्फ आउदै गरेको बा.प्र.BAD 9201 नं.को रातो रङको सुजुकी कार भित्र ठुलो परिमाणको ला.औ.ट्रमाडोल लुकाई ल्याउदै गरेको बिशेष सूचनाको आधारमा मिति २०८३।०२।३० गते ला.औ.नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उक्त नं.को कारलाई खोजतलास गर्दै जाने क्रममा जि.ललितपुर ललितपुर म.न.पा.२३ स्थित गैरि गाँउबाट नख्खु तर्फ आउदै गरेको अवस्थामा उक्त कार र बा ५२ प ४५६७ नं.को मो.सा.फेला पारी रोक्न अनुरोध गर्दा समेत अटेर गरी प्रहरीको नियन्त्रणबाट भाग्दै गरेको अवस्थामा कारको पछाडिको दाहिने तर्फको टाएरमा एक राउण्ड गोली प्रहार गरी उक्त कार र मो.सा.नियन्त्रणमा लिई खन्तलासी गर्दा कारको डिक्की भित्र लुकाइ राखेको अवस्थामा ला.औ. ट्रमाडोल ३०,००० क्याप्सुल बरामद गरी उक्त कार मो.सा. र जि.बारा सिम्रोनगण न.पा.-३ बस्ने वर्ष ३५ को जितेन्द्र पासवान, भारतिय नागरिक बिहार जिल्ला सितामणी जानकी स्थान-१८ बस्ने वर्ष ३२ को अहमद लड्न र ऐ.ऐ.-६ बस्ने वर्ष ३३ को महमद सद्दाम लाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको । पर्सा, जगरनाथपुर गा.पा. ३ मुरैया चोकदेखि पूर्वपट्टीको खेतमा गाँजा लुकाई राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल गण चिनीमिल पर्साका स.प्र.नि. को कमाण्डमा, सशस्त्र प्रहरी बल भिखमपुर पर्साका स.प्र.ना.उ. को कमाण्डमा र इ.प्र.का. जानकिटोला पर्साका प्र.ना.नि. को कमाण्डमा संयुक्त टोली खटी गई ५ वटा चामलको बोरामा लुकाई राखेको अं. १ क्विन्टल गाँजा बरामद गरी नियन्त्रणमा लिई इ.प्र.का. जानकिटोला पर्सामा ल्याई राखिएको, संलग्न मानिस फरार रहेकोले खोजतलास भईरहेको । धनुषा, जनकनन्दनी गा.पा. ६ कठाल स्थित कमला बाँधमा प्र.चौ. इनर्वाबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको एम.टी. (MT) मोटरसाइकललाई रोकी चेक गर्दा, मोटरसाइकलको पछाडि सवार जि. कैलाली गोदावरी न.पा. ५ बस्ने वर्ष २५ को सागर जैरूको ज्याकेटको खल्तीबाट प्लास्टिक सहित ६९.७७ ग्राम ब्राउन सुगर फेला पारी बरामद गरी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई प्र.चौ. इनर्वामा राखिएको, ला.औ. गिलो लेदो भएकोले प्लास्टिक बिना तौल गर्न नसकिएको, मो.सा. चालक काठमाडौँ बानेश्वर बस्ने २५ वर्षीय रोशन गुरूङ फरार रहेको खोजतलास भईरहेको ।
[ विस्तृतमा ] -
मिति २०८३।०२।२९ गते ०५:०० बजे देखि २०८३।०२।३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-३०ज.ज.क./बाल यौन दुर्व्यवहार,पर्सा, बिरगंज म.न.पा १५ ब्रह्म चोक भित्री सडक खण्डमा ऐ.११ मुर्ली टोल बस्ने बिनोद नेपालीको छोरी वर्ष १५ की बालिकालाई नाम,थर वतन नखुलेको पुरुष व्यक्तीले ललाइ फकाई ज.ज.क.गर्न खोजेको भनी निजको अभिभावकले व.प्र.का.श्रीपुरमा ऐ.२९ गते १३:०० बजे मौखिक जानकारी गराएको हुँदा व.प्र.का.श्रीपुरबाट प्र.नि.मा टोली खटी गई अभियुक्त पहिचान गर्ने कार्य भइरहेको र थप अनुसन्धानको लागि निज पिडित र पीडितको अभिभावक समेतलाई जि.प्र.का.मा पठाइएको । काठमाण्डौ, जि.उदयपुर बेलाका न.पा.३ घर भई जि.का.टोखा न.पा.१० गोंगबु बस्ने वर्ष २८ की जाहेरवालालाई जि.तनहु भानु न.पा.४ घर भई हाल रोजगारको सिलसिलामा मलेसियाको Jalan Bandar Rawang-3 बस्ने वर्ष ३५ को जिवन गुरुङ र जि.अछाम घर भई हाल मलेसियाको Jalan Bandar Rawang-3 बस्ने वर्ष ३० को जिवन बोगटीले मलेसियामा काममा लगाइदिन्छु भनेर लगी मिति २०८२।०८।१५ गते २३:०० बजेदेखि ऐ.१६ गतेसम्म दुई जना प्रतिवादी मिलेर मलेसियाको Jalan Bandar Rawang-3 स्थित कोठामा धाकधम्की तथा डरत्रास देखाई बल प्रयोग गरी जबरजस्ती करणी गरेको भन्ने ब्यहोराको जाहेरी दरखास्त मिति २०८३।०२।२८ गते १७:०० बजे जिल्ला प्रहरी परिसर महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकाली काठमाडौंमा प्राप्त भएको हुँदा प्रतिवादीहरुको खो.त.कार्य भइरहेको । झापा, दमक न.पा.६ स्थितमा रहेको पुर्वेली गेष्ट हाउसको कोठा नं.३ मा फुपाजु नाता पर्ने जि.ईलाम चुलाचुली गा.पा.वडा नं.२ स्थायी वतन भई हाल जि.दमक न.पा.१ कुमाल टोल बस्ने वर्ष ५१ को पुरुषले जि.झापा बुद्धशान्ती गा.पा.३ माईती घर भई हाल जि.रङ बेलबारी न.पा.९ बस्ने ८ महिनाकी गर्भवती भएकी वर्ष २७ की महिलालाई जवरजस्ती करणी गरेको भनी मिति २०८३।०२।२९ गते १७:०० बजे इ.प्र.का.दमकमा जवरजस्ती करणी कसुरमा किटानी जाहेरी दिएको हुँदा इ.प्र.का.दमकबाट प्र.ह.को कमाण्डमा प्रहरी टोली खटी गई पिडकलाई पक्राउ गरि इ.प्र.का.दमक ल्याई राखिएको, पीडितलाई सुरक्षित आवासको लागि दमक न.पा.७ स्थितमा रहेको सुरक्षित आवास गृहमा पठाई सुरक्षित राखिएको, । बाजुरा, बुढीनन्दा न.पा.२ कोल्टी गाउँ स्थित ऐ.हिमाली गा.पा.७ बाँधु बस्ने रुमाल दमाईको छोरा वर्ष अं.२५ को पदम दमाईले जिल्ला मुगु खत्याड गा.पा.८ रिगन स्थायी घर भइ ऐ.बुढीनन्दा न.पा.२ कोल्टी गाउँ मामा घरमा बस्दै आएकी वर्ष अं.१३ की बालिकालाई ललाइ फकाई घरबाट अं.४००/५०० मिटर टाढा लगेर बिभिन्न प्रलोभनमा पारी ज.ज.क.उ.गरेको भनी पीडितको बुवाले मिति २०८३।०२।२९ गते १२:०० बजे इ.प्र.का.बुढीनन्दामा जानकारी गराउनासाथ इ.प्र.का.बुढीनन्दाबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई पिडक पदम दमाईलाई पक्राउ गरी जि.प्र.का.बाजुरामा ल्याई अनुसन्धान कार्य भईरहेको । मकवानपुर, मनहरी गा.पा.२ च्यापल बस्ने दिल लाल थिङको छोरी बर्ष अं.१७ कि शान्ति थिङ घरबाट हराएकोले आफन्तरुले खो.त. गर्दै जाने क्रममा ऐ.२३:०० बजेको समयमा किशोरीको घरबाट अं. १.५ कि.मि. दक्षिण तर्फ रहेको च्यापल र मकरी खोला बगरको बिच भाग निज किशोरीले मुखबाट फिज निकाली बेहोस भई ढलि अचेत अवस्थामा फेला पारी इ.प्र.का.नेवारपानी मकवानपुरमा जनाकारी गराए पश्चात प्र.ना.नि. नबिन बिक्रम थापा (९८४५३०१९३४) को कमाण्डमा टोलि खटि गई बिरामीलाई उद्वार गरी उपचारको लागी हेटौडा अस्पताल मकवानपुर पठाएको, बिरामीको अवस्था बेहोस (गम्भिर) रहेको, घटना संकास्पद देखिएकोले अनुसन्धानको लागी जि.प्र.का.मकवानपुरबाट प्र.नि. उमाशंकर प्रसाद (९८५५०२०२७०) को कमाण्डमा SOCO सहित टोलि खटि घटनास्थल मुचुल्का कार्य पुरा गरी प्रहरी टोलि फिर्ता भएको, थप अनुसन्धान कार्य हुदै, ।थप अनुसंधानको लागी जि.प्र.का.मकवानपुरबाट खटिनु भएका प्र.नि. उमाशंकर प्रसाद (९८५५०२०२७०) को टोलीले उक्त घटनाको अनुसंधान गर्दै जाने क्रममा घटनामा संलग्न जि. मकवानपुर मनहरी गा.पा.१ चकरी बस्ने अं.१९ को सुमित घलानलाई हजुरबुवाको घरमा मनहरी गा.पा. १ मकरी स्थितमा लुकिछीपि बसेको अबस्थामा मिति २०८३।०२।३० गते राती ०४:०० बजे फेला पारी नियन्त्रणमा लिई जि.प्र.का. मा ल्याई सोधपुछ गर्दा निज सुमित घलानले आफु निज पिडित किशोरीको गाँऊघरको साथी रहेको र आफुलेनै किसोरीलाई वारदार स्थानमा बोलाई ज.ज.क. गरेको, सोही क्रममा किशोरी अचेत भएकी र निज पिडित किशोरीको आफन्तहरु सो स्थान तर्फ खोजतलास गर्दै जाँदा आफुलाई वारदातमा संलग्न भएको देखी आफु फरार भएको भनी स्विकार गरेकोले, निजलाई हिरासतमा राखि थप अनुसंन्धान भइरहेको, पिडित किशोरिको हेटौडा अस्पतालको गाईनो वार्डमा राखी उपचार भईरहेको अबस्था सुधार हुदै, अन्य बिस्तृत बिवरण पछी जाहेर गरिने । भरुवा बन्दुक पड्किएर मानिस मृत्यु,धनकुटा, महालक्ष्मी न.पा.९ खाल्डे कटहरे बस्ने अं.वर्ष ४७ को रामकृष्ण थापाले भरुवा बन्दुकको नाल सफा गर्ने क्रममा भरुवा बन्दुकको नाल (बारुद लोड भएको नाल) आगोमा तताई मुखले फुक्ने क्रममा अचानक भरुवा बन्दुक पड्किदा बरुदले मुखमा लागी घाईते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाएकोमा ऐ.२१:३० बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा प्र.चौ.जितपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घर वतनमा पुगी १ नाले भरुवा बन्दुक नियन्त्रणमा लिएको । चोरी/लुटपाट/ ठगी,महोत्तरी, मटिहानि न.पा.८ स्थित बिगही खोला पुरानो पुल स्थितमा ऐ. मनरासिवा न.पा. ५ कटैया बस्ने अं. बर्ष ३५ कि रिता देबि सिंह र निजकै छोरी अं. बर्ष १३ कि रितु कुमारी सिंह दुबै जना जलेश्वरको सहयोगि बिकाश बैकबाट रु. ३,७०,०००।– ( तिन लाख सत्तरी हजार ) पैसा निकाली ऐ.मटिहानि २ धिरापुर माइति घर जाने क्रममा ३ जना सवार अज्ञात व्यक्तिहरुले कालो कलरको नं. नखुलेको मो.सा. मा आई लुटपाट गरी सबै पैसा र निजको साथमा रहेको रेडमी कम्पनिको मोबाइल थान-१ समेत लुटि फरार रहेको भन्ने जानकारी प्राप्त हुन साथ प्र.चौ. मटिहानिबाट प्र.ब.ना.नि.को कमाण्डमा र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटिगई थप बुझ्ने कार्य भईरहेको, लुटपाट गर्ने व्यक्तिहरुको पहिचान तथा खो.त. कार्य भईरहेको, । सुन जस्तो देखिने पहेँलो धातु बरामद,दाङ, लमही न.पा.९ अमिलिया स्थित रहेको नमस्ते होटलको कोठामा सुनको अवैध कारोबार भइरहेको भन्ने सुचनाका आधारमा इ.प्र.का.अमिलियाबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ.राजपुर गा.पा.७ सुनपतरी नाका बस्ने वर्ष ४० को रुपलाल गिरि (भारत बाट सुन जस्तो पहेँलो धातु नेपाल ल्याउने ब्यक्ति ) र जि.रुकुम बाफिकोट गा.पा.६ मग्मा बस्ने वर्ष २२को दिलिप परियार (सुन जस्तो देखिने धातु किन्ने ब्यक्ति) लाई रित पुर्वक खानतलासी गर्दा २१४ ग्राम ५०० मिलिग्राम (अं.मु.रु.५२ लाख ७४ हजार बराबरको सुन जस्तो देखिने पहेँलो धातु सहित निजहरु दुबै जना मानिसहरुलाई नियन्त्रणमा लिई इ.प्र.का.अमिलियामा ल्याई थप अनुसन्धान भईरहेको, । ला.औ.,सिन्धुली, कमलामाई न.पा.९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा ला.औ.नि.व्युरो शाखा कार्यालय बर्दिवास र इ.प्र.का. भिमानबाट प्र.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा सुनसरीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०८-००१ ख ०१७७ नं.को हायसको ८ नं. सिटमा सवार जि.सुनसरी बराहाक्षेत्र न.पा. ४ बस्ने वर्ष २१ को रुपेश ठाकुरको साथबाट सेतो प्लास्टिकमा पोको पारी लुकाई छिपाई ल्याएको अवस्थामा ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ शुद्ध तौल ३१ ग्राम २९० मिलिग्राम फेला परेकोले उक्त ला.औ.सहित निज र सँगै ७ नं.सिटमा सवार जि.सुनसरी बराहाक्षेत्र न.पा.४ बस्ने वर्ष ३० को सुरज राज धामी समेतलाई नियन्त्रणमा लिई इ.प्र.का.भिमानमा राखी आ.अ.भइरहेको, । रौतहट, गौर न.पा.२ कबरगाह स्थित जि.प्र.का.बाट प्र.ब.ह.को कमाण्डमा खटिएको मो.सा.गस्ती टोलीले नेपालबाट भारत तर्फ BR 05S 6609 नं.को मो.सा.लाई शंका लागी चेकजाँच गर्दा मो.सा.को बिचमा प्लाष्टिकको सेतो बोरा भित्र राखेको अवस्थामा ला.औ.गाँजा ५ के.जि.५५ ग्राम(प्लास्टिक सहित) फेला परेकोले उक्त ला.औ.र मो.सा.सहित चालक ऐ.गौर न.पा.४ गढवा टोल बस्ने जुगल किशोर महतोको छोरा अं.वर्ष ३१ को राकेश कुश्वाहा र मो.सा.पछाडी सवार ऐ.बस्ने नवल किशोर बैठाको छोरा अं.वर्ष २६ को सुनिल कुमार बैठा समेत २ जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको ।
[ विस्तृतमा ] -
मिति २०८३।०२।२८ गते ०५:०० बजे देखि २०८३।०२।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-२९शंकास्पद मृत्यु,बाँके, बैजनाथ गा.पा. १ चिसापानी हात्तिसार श्री कृष्ण सामुदायिक वन भित्र नाम थर वतन नखुलेकी अं.वर्ष ३५ की महिला मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.चिसापानीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई हेर्दा शव शंकास्पद देखिएको हुँदा इ.प्र.का. कोहलपुरबाट प्र.ना.उ. र जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गई घटनास्थल प्रारम्भिक कार्य पुरा गरी शव पो.मा.को लागी भेरी अस्पताल नेपालगंज पठाईएको, निज मृतक जिल्ला बाँके बैजनाथ गा.पा.५ बस्ने बर्ष २२ की अप्सना बानु जागा हो भनि निजको आमा रफिका जागाले ऐ.१९:१० बजे सनाखत गरेको र सोही घटनाको अनुसन्धानको लागी जि.बाँके बैजनाथ गा.पा.५ बस्ने बर्ष २६ को अजय माहुतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । धारिलो हतियार प्रहार,ललितपुर, महालक्ष्मी न.पा.७ चाँगाथली पाठशाला स्कुल नजिकै जि.काभ्रे तेमाल गा.पा.८ घर भई हाल ऐ.चाँगाथली स्थान बस्ने वर्ष ४० को फुल बहादुर तामाङले आफ्नो बहिनी ज्वाईसंग बादबिबाद भई झगडा हुँदा मासु काट्ने दाउले जि.काभ्रे तेमाल गा.पा.८ घर भई हाल ऐ.चाँगाथली बस्ने वर्ष ४४ को पुलमान तामाङको टाउकोमा प्रहार गर्दा घाइते भई उपचारको लागी प्रहरी प्रभाग लुभुबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको टोलीले किष्ट अस्पतालमा पठाई उपचार भईरहेको, टाउकोमा चोट,अवस्था मध्यम, उपचारमा श्रीमती माया तामाङ रहेको, दाउ प्रहार गर्ने व्यक्ति दाउ (धारिलो हतियार) सहित नियन्त्रणमा लिई प्रहरी वृत्त सातदोबाटोमा राखि थप अनुसन्धान भईरहेको । कास्की, पोखरा म.न.पा. ४ गणेशटोल फुटसल स्थित जिल्ला धनुषा ढल्केबर न.पा.६ घर भई हाल जि.कास्की पोखरा म.न.पा.८ चिप्लेढुङ्गा बस्ने बर्ष २२ को रोशन दासलाई देश भारत रक्सौल वतन भई हाल जि.कास्की पोखरा म.न.पा.४ भैरवटोल बस्ने बर्ष अं.३५/४० को जितेन्द्र साहले धारिलो हतियार चक्कु प्रहार गर्दा घाइते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएको, पेटमा चोट, अवस्था सिरियस, उपचारमा आमा नगिनादेवी दास संलग्न, उक्त स्थानमा जि.प्र.का.कास्कीबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई ऐ.२३:३० बजे देश भारत रक्सौल वतन भई हाल जि.कास्की पोखरा म.न.पा.४ भैरवटोल बस्ने बर्ष ४१ को जितेन्द्र साह सहित ३ जनालाइ चक्कुसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । अवैध रकम बरामद,काठमाडौं, बाटिक एयरलाईन्सको उडान नं. OD-183 द्वारा काठमाण्डौबाट मलेसिया प्रस्थान गर्न लागेका बङ्गलादेशी नागरिक राहादानी न.A20832351 वाहक वर्ष ३९ को MOHAMMAD INTAZ ALI ले लिई आएकको खैरो रङको सुटकेश भित्र नेपाली रुपैयाँ-१०,२५,०००/-, बङ्गलादेशी नागरिक राहादानी नं.A21989189 वाहक वर्ष ५० को MD.ZAKIR HOSSIN ले लिई आएको निलो रङको सुटकेश भित्र नेपाली रुपैयाँ-१२,३४,०००/-,USDडलर -१,०००/- र मलेसियन रिङगेट-२०,०००/- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ह्याण्ड ब्यागेज चेकिङ एरियामा baggage Screening तथा शरीर खानतलासी गर्ने क्रममा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि बरामद मुद्रा र मनिसहरूलाई राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाईएको । ला.औ.,मोरङ, विराटनगर म.न.पा.९ ट्राफिक चोक स्थित लागु औषध कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्र.ना.उ.को टोली खटी ऐ.९ ट्राफिक चोक सडक खण्ड किनारमा रोकी राखेको BR 38 AS 6598 नं.को भारतीय मो.सा.मा दुई जना मानिसहरूलाई शंकास्पद अवस्थामा देखी चेकजाँच गर्दा देश भारत जिल्ला अररिया जिगबनी १० टिकुलिया बस्ने वर्ष १९ को इरफान खानको साथबाट लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ११९ ग्राम फेला पारी निजसंगै रहेको जि.मोरङ बिराटनगर म.न.पा.१७ रानी बस्ने वर्ष १९ को इफ्रिदि मिँया समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सप्तरी, प्र.चौ. झुटकीबाट प्र.ना.नि. र सशस्त्र प्रहरी BOP बनिनियाबाट स.प्र.नि.को कमाण्डमा खटिएको संयुक्त गस्ती टोलीले राजगढ गा.पा.१ थलही स्थित सार्वजनिक पोखरीको डिलमा कालो प्लाष्टिकले छोपी राखेको लागु औषध गाँजा जस्तो देखिने पदार्थ बेवारिसे अवस्थामा रहेको ६ बोरा प्लाष्टिक सहित १७९.५५० के.जि. नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
[ विस्तृतमा ]
| प्रकाशित मिति | शीर्षक | कार्यहरु |
|---|---|---|
| २०८२-०२-३१ | अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलनको संयुक्त घोषणापत्र, २०८२ | |
| २०८२-०२-०१ | कसूर, ऐन तथा सजाय सम्बन्धि | |
| २०७८-१२-२३ | हराएका बालबालिकाहरु |