प्रशासन शाखा
परिचय:-
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग अन्तर्गत व्यवस्थित अनुसन्धान र समन्वयका लागि विभिन्न निर्देशनालयहरू, महाशाखाहरू एवं शाखाहरू छन् । प्रशासन शाखा ती मध्ये एक महत्त्वपूर्ण शाखा हो, जसले विभागको आन्तरिक प्रशासनिक कामहरू सम्हाल्छ । यस शाखाले मानव शक्ति व्यवस्थापन, कार्यालय सञ्चालन, प्रशासनिक सहायता, साधन सामग्री व्यवस्थापन, र कर्मचारी समन्वय समेत सम्हाल्ने गर्छ । विभागीय नीति, निर्देशन, निर्देशनालय महाशाखा तथा शाखाहरूबिच सहकार्यको समन्वय गरी विभाग सञ्चालनलाई दक्ष बनाउने भूमिका प्रशासन शाखाको मुख्य जिम्मेवारी हो ।
प्रशासन शाखाको कार्य विवरण:-
- विभागमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको तिनपुस्ते अभिलेख राख्ने ।
- अपराध अनुसन्धान समूहमा कार्यरत प्रहरी कर्मचारीहरूको आवश्यकता अनुसार सरुवा र स्थानान्तरणको सिफारिस नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागमा पठाउने तथा मातहतमा सिफारिस भई आए बमोजिम काज सरुवाको लागि आदेश प्रदान गर्ने ।
- प्रहरी ऐन, नियम, संगठनको नीति निर्देशन तथा निर्देशिका विपरीत कार्य गर्ने कर्मचारीहरूलाई विभागीय कारबाहीको लागि सिफारिस गर्ने ।
- मातहत कर्मचारीहरूको रेखदेख, नियन्त्रण, पिर मर्का व्यवस्थापन गर्ने ।
- अपराध अनुसन्धान कार्यमा सक्षम तथा दक्ष प्रहरी कर्मचारीहरूको छुट्टै अभिलेख राख्ने, राख्न लगाउने ।
- तोकिए बमोजिम कार्य सम्पादन मूल्याङ्कन गर्ने/गराउने, अभिलेख राख्ने तथा सम्बन्धित निकायमा पठाउने ।
- अपराध अनुसन्धान विभाग अन्तर्गतका निर्देशनालय, महाशाखा तथा शाखाहरूमा कार्यरत प्रहरी कर्मचारीहरूलाई विभिन्न स्वदेश/विदेश तालीमहरूमा सहभागी गराउने ।
- यस शाखामा प्राप्त हुन आएका उजुरी, निवेदन तथा पत्रहरू विभागिय प्रमुख समक्ष जाहेर गरी तोक आदेश भए बमोजिम सम्बन्धीत शाखामा कार्यान्वयनको लागि पठाउने ।
- दर्ता/चलानी, नियमित हाजिरी, विदा, सरसफाई लगायतका पक्षहरूलाई व्यवस्थित गर्ने ।
- विभागीय प्रमुखको निर्देशनमा आवश्यकता अनुसार समितिहरू गठन गर्ने ।
- विभाग तथा प्रत्यक्ष मातहतका कार्यालयहरूको प्रशासनिक कामका सम्बन्धमा तालुक कार्यालय तथा मातहत कार्यालयहरूमा आवश्यक सहजीकरण गर्ने ।
- विभागबाट आयोजना हुने सम्मेलन, गोष्ठी, अन्तर्क्रिया, छलफल लगायतका अन्य विविध कार्यक्रमहरूमा आवश्यक सहजीकरणका कार्यहरू गर्ने ।
- कानून बमोजिम तोकिएका अन्य प्रशासनिक कार्यहरू गर्ने ।
सम्पर्कको लागि
- ईमेल:-
- cidadmin@nepalpolice.gov.np
कार्यरत प्रहरी कर्मचारीहरुको दर्जागत विवरण:-
|
सि.नं. |
दर्जा |
नाम थर |
सम्पर्क नम्वर |
ईमेल |
|
१. |
प्रहरी नायव उपरीक्षक |
प्रतिक बिष्ट |
९८५१२८१२५८ |
pratikbista@gmail.com |
|
२. |
प्रहरी निरीक्षक |
ईश्वर बहादुर थापा |
९८४१४६२३५४ |
ishwor32thapa@gmail.com |
|
३. |
प्रहरी वरिष्ठ नायब निरीक्षक |
दिनेश लामीछाने |
९८५१२८४८६३ |
lamichhanedinesh100@gmail.com |
|
४. |
प्रहरी नायब निरीक्षक |
प्रविण गिरी |
९८५१२८३३१२ |
prabingiri08@gmail.com |
|
५. |
प्रहरी सहायक निरीक्षक |
बिष्णु श्रेष्ठ |
९८४१०१७४९१ |
bishnusth08@gmail.com |
|
६. |
प्रहरी वरिष्ठ हवल्दार |
सुबास कुमार बस्नेत |
९८४१०२४८४२ |
subasbasnet704@gmail.com |
|
७. |
प्रहरी सहायक हवल्दार |
प्रकाश पौडेल |
९८५७६३२७७७ |
prakash32777@gmail.com |
|
८. |
प्रहरी सहायक हवल्दार |
घन किशोर श्रेष्ठ |
९८५१२९०५३३ |
ghanakishorshrestha@gmail.com |