सामान्य सूचनाहरु
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
सम्पर्क जानकारी
फोन नं. : ०१-५७१९८६८
मोबाईल नं. : ९८५१२९८१९८, ९८४९०९११३९
ईमेल : cicu@nepalpolice.gov.np / cicucid@gmail.com
-
मिति २०८२।०७।२९ गते ०५:०० बजे देखि ऐ ०७।३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-३०कर्तब्य ज्यान,महोत्तरी , औरही न.पा.६ बैरिया बस्ने मनोज चौधरीले आफ्नै श्रीमती वर्ष २५ की कबिता देवी चौधरीलाई कपडा काट्ने कैँचीले छाती,घाँटी र पिठ्युमा प्रहार गरी गम्भीर घाईते भई उपचारको लागि जानकी एकेडमी हस्पिटल पठाएकोमा उपचारको क्रममा १२:५३ बजे मृत्यु भएको, शव मुचुल्का पश्चात पो.मा.को लागि सरकारी अस्पताल बर्दिबास पठाएको, उक्त स्थानमा प्र.उ.को कमाण्डमा टोली खटी गई कैँची प्रहार गर्ने मानिसलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इ.प्र.का.गौशालामा ल्याई राखिएको । सुन सहित अन्य अबैध बरामद,काठमाडौं, का.म.न.पा.९ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल स्थित हिमालयन एयरलाईन्सको उडान नं.H9766 उडानद्वारा आगमन यात्रु जि.कास्की पोखरा म.न.पा.३१ स्थायी वतन भएका वर्ष ३७ का बिदुर त्रिपाठीले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको अराईभल पार्किङ एरियामा बाह्य मुलकबाट भन्सार छली लुकाई छिपाई अबैध ल्याएका ईलेक्ट्रिक भेप-७५ थान, ईलेक्ट्रिक भेपको क्वाईल-२५९ थान, DELL कम्पनीको ल्यापटप-३ थान, APPLE कम्पनीको Tab-१ थान, Air Tab (U25 Ultra pro)-१ थान,I-Phone 17 pro max-१ थान, I-Phone 13 pro max-१ थान, Samsung मोबाईल S25 Ultra-१ थान, Samsung मोबाईल S23 Ultra १ थान, सुन जस्तो देखीने पहेलो धातुको औंठी-१ थान(तौल अ.१३.३० ग्राम) फेला पारी उक्त परिमाणका सामानहरु संकलन गर्न आएका जि.पर्वत मोदी गा.पा.८ स्थायी वतन भएका वर्ष २४ को सौगात क्षेत्री र जि.जिल्ला मोरङ विराटनगर म.न.पा.२० स्थायी वतन भई हाल काठमाण्डौ म.न.पा.२५ बाङेमुडा बस्ने वर्ष ३९ को सम प्रधानले रिसिभ गरी लैजाने क्रममा त्रि.अ.बि.सु.का.गौचरबाट खटिएको सादा पोसाक प्रहरीले फेला पारी पक्राउ गरी उक्त बरामद जिल्ला प्रहरी परीसर काठमाण्डौ भद्रकाली पठाएको, भोली कार्यालय समयमा त्रि.अ.बि.भन्सार कार्यालय सिनामंगल बुझाईने। स्याङ्जा, भिरकोट न.पा.२ दहथुम स्थित सिद्धार्थ राजमार्गमा प्र.ना.उ.को कमाण्डमा खटी गएको टोलीले चालक जि.स्याङजा चापाकोट न.पा ८ दामाचौर बस्ने वर्ष ३० को बिष्णु बि.क.ले चलाई ल्याएको लु.२९ प ६०१२ नं.को मो.सा.लाई चेकजाँच गर्ने क्रममा कालो झोलाभित्र सुन ५ तोला ६ लाल २ पईन्ट र चाँदी १० तोला ७३ लाल ३ पईन्ट परिमाणमा सुन जस्तो देखिने पहेलो धातु र चाँदी जस्तो देखिने धातु लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.स्याङ्जा पठाईएको । ला.औ.,बारा, जितपुर सिमरा उ.म.न.पा.५ लल्का पुल स्थित प्र.ना.नि. को कमाण्डमा खटिएको टोलीले विशेष सुचनाको आधारमा विरगंजबाट पथलैया तर्फ पैदल आउँदै गरेको ऐ.पटेर्वा सुगौली गा.पा. ६ बस्ने वर्ष ३५ की सुसिला देवी र ऐ.पोखरिया न.पा.७ बस्ने वर्ष ३० की पुजा देवीलाई रोकी चेकजाँच गर्दा सुसिला देवीको साथबाट ला.औ. ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ७ पुरियामा ४४.४०० ग्राम फेला पारी दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का. सिमरामा ल्याई राखिएको । कैलाली, प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले गोदावरी न.पा.२ लम्साल गल्ली स्थित जि.डोटी जोरायल गा.पा.९ बस्ने वर्ष ३७ को ओम प्रकास थापाले संचालन गरेको बोगटी होटलमा जि.बझाङ बुङ्गल .पा.५ घर भई हाल गोदावरी न.पा.२ बस्ने वर्ष ४१ को नरेश प्रसाद जोशी होटेलको काउण्टर नजिक शंकास्पद रुपमा बसि रहेको अवस्थामा फेला पारी निजको शरीर खानतलासी गर्दा केहि नभेटिएको र होटेल भित्र चेकजाँच खानतलासी गर्दा काउण्टरको घर्रा भित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको अवस्थामा लागू औषध(चरेश) जस्तो देखिने जम्मा तौल १०७ ग्राम फेला पारी बरामद गरी लागु औषध ( चरेश) सहित निज दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का.मालाखेतीमा ल्याई राखिएको ।
[ विस्तृतमा ] -
मिति २०८२।०७।२८ गते ०५:०० बजे देखि ऐ ०७।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२९कर्तब्य ज्यान,राक्सिराङ गा.पा.१ कोलगैरी ठकुरीडाडाँ बस्ने वर्ष अं.७५ को इमान सिंह थोकरले ऐ. बस्ने वर्ष अं.६४ को ठुले गोलेलाई पुरानो रिसिभिको कारण गोली प्रहार गरी मृत्यु भएको छ भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.चैनपुरबाट प्र.ना.नि., इ.प्र.का.नेवारपानीबाट प्र.ब.ना.नि.र इ.प्र.का.मनहरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई खोजतलास गर्ने क्रममा जि.मकवानपुर राक्सिराङ गा.पा.१ कोलागैरी (घटनास्थल भन्दा १ कि.मि.पूर्व) स्थितमा गोली प्रहार गर्ने ब्यक्तिलाई जि.प्र.काबाट खटीएको टोलीले कटुवा पेस्तोल थान १, दुई राउण्ड गोली सहित नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुर तर्फ ल्याउँदै, शवको कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि हेटौडा अस्पताल मकवानपुर पठाएको, उक्त स्थान प्र.चौ.चैनपुरबाट अं.१६ कि.मि.पूर्व पर्ने । गोली प्रहार,धनुषा, मिथिला बिहारी न.पा.९ अन्दुपट्टीमा गोली लागि घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. तारापट्टी र इ.प्र.का. धनुषाधामबाट प्र.नि.र जि.प्र.का.धनुषाबाट प्र.उ.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.बस्ने सुरेश यादवको छोरा अं.वर्ष ३० को स.प्र.से.सप्तरी दरबन्दी भई प्र.चौ.पकरी सप्तरीमा कार्यरत(कम्प्युटर कोड ४२१२६६)प्र.स.ह.शम्भु यादव मिति २०८२/०७/२७ गते देखि लागु हुने गरी दिन ५ घ.बि.आएकोमा पुरानो रिसवीको कारण ऐ.बस्ने वर्ष ३५ को राजकुमार यादव लगायत ४ जना मिली १ राउण्ड गोली प्रहार गर्दा ऐ.बस्ने वर्ष ४२ को बिन्देश्वर यादव (ऐ.वडाका वडा अध्यक्ष) लगायत ४ जना घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकोमा उपचारको क्रममा बिन्देश्वर यादव (ऐ.वडाका वडा अध्यक्ष) को ऐ.१९:१५ बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको,घाईते ३ जनाको उपचार भईरहेको,अवस्था मध्यम,सोही घटनास्थमा कटुवा पेस्तोल थान १, लाईभ राउण्ड-१, ऐ.मा लाग्ने गोलीको खोका थान १,र प्र.स.ह.शम्भु यादव लगायत ४ जनालाई नियन्त्रणमा लिईएकोमा,प्र.क.को कान र नाकमा चोट लागि घाईते भएकोले निजलाई जानकी हेल्थ केयर जनकपुरमा ल्याई प्रहरीको निगरानीमा उपचार भईरहेकोमा थप उपचारको लागि ऐ.२९ गते ०२:४५ बजे न्युरो अस्पताल जनकपुरमा पठाईएको,अवस्था सामान्य,अन्य २ जना फरार खो.त.भईरहेको । जबरजस्ती करणी,कपिलवस्तु, मिति २०८२।०७।२५ गते अं.२३:५० बजे जि.कपिलवस्तु बुद्धभुमि न.पा.७ बिशमपुरा स्थित भरत कुमार कार्कीले संचालन गरेको सरस्वती इटा उद्योगमा काम गर्ने देश भारत उत्तर प्रदेश देवरिया जिल्ला गिडा पोष्ट बस्ने वर्ष २२ को राकेश निसादले सोही इटा उद्योगको कम्पाउण्ड भित्रको खाली ठाउँमा देश भारत उत्तर प्रदेश गोरखपुर जिल्ला गुलरिया थाना घर भई सोही इटा उद्योगमा काम गर्ने वर्ष १४ की बालिकालाई ज.ज.क.गरेको भन्ने ऐ.२८ गते ०८:०० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.गोरुसिंगेबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का. गोरुसिंगेमा ल्याई राखिएको, पीडक र पीडित दुबैलाई स्वास्थ्य परिक्षणको लागी जि.अस्पताल तौलिहवा कपिलवस्तु पठाउने पहल भई रहेको, पीडितको दाजु सोही इटा उद्योगमा काम गर्ने, आमा र २ बहिनी भारतमा बस्ने भन्ने बुझिएको, स्वाथ्याय परिक्षण भइसकेको र थप अनुसन्धान भइरहेको, इ.प्र.का.गोरुसिंगे कपिलवस्तुबाट अं.१३ कि.मि. दक्षिण पश्चिम पर्ने । उदयपुर, कटारी न.पा. वडा नं. ७ रिस्कु नौबिघे स्थित आफ्नै पाखाबारीमा ऐ.७ रिस्कु बस्ने परिवर्तित नाम कटारी G1 (२०८२/२०८३) को श्रीमती अ.वर्ष ६० की परिवर्तित नाम कटारी G (२०८२/२०८३) लाई ऐ.ऐ.बस्ने अ.वर्ष ५५ को एन सिंह राईले जबरजस्तिकरणी गरेको भनि निज पिडितले आज मिति २०८२।०७।२८ गते १७:०० बजेको समयमा इ.प्र.का.कटारी उदयपुरमा आई आवश्यक कार्बाही गरी पाउ भनि जाहेरी दरखास्त दिना साथ तत्काल इ.प्र.का.कटारी उदयपुरबाट प्र.ना.नि.उज्वल खड्की (९८४२५५२८०७) को कमाण्डमा ५ जनाको प्रहरी टोली खटी गई प्रतिबादीलाई नियन्त्रणमा लिई इ.प्र.का.कटारी उदयपुरमा ल्याई थप आवश्यक अनुसन्धान कार्य भईरहेको । झापा, २७ गते अ.१८:०० बजेको समयमा सांकेतिक वतन ०४-०१-२१- घ वस्नेसांकेतिक नाम "थ-३" को श्रीमतीबर्ष २७ की सांकेतिक नाम "थ-१"बिगत एक वर्ष देखि माईति घर सांकेतिक वतन ०४-०१-२५-छस्थितमा आई बसेकोमा निज पिडित घास काट्न जादै गर्दा जिल्ला झापा झापा गा.पा. ६ बस्ने बर्ष ४२ को राजु कटुवालले हात समाति तानी निजले संचालन गरेको पसल भित्र लगि ज.ज.क. गरेको भनि निज पिडितको माईति पक्षको बुबा सांकेतिक वतन ०४-०१-२५-छ बस्ने बर्ष ६१ को सांकेतिक नाम "थ(०८२/०८३) ले ऐ. २८ गते १३:०० बजे जि.प्र.का. झापामा आई लिखित जाहेरी दरखास्त दिन साथ तत्काल इप्रका झापाबाट प्रनानिको कमाण्डमा प्रहरी टोली खटि गइ निज पिडकलाई घर वतनबाट नियन्त्रणमा लिई दुबै पक्षलाई प्रादेशिक अस्पताल भद्रपुरमा लगि यौन जन्य स्वास्थ्य परिक्षण गराई निज पिडकलाई जिप्रका झापामा ल्याई थप अनुसन्धान कार्य भई रहेको, निज पिडितको सोही अस्पतालमा उपचार भई रहेको, अवस्था सामान्य रहेको, निज पिडित छारे रोग सम्बन्धि बिरामी रहेको भनि निज पिडितको माईती पक्षको बुबाले जानकारी गराएको ।ला.औ., कंञ्चनपुर भिमदत्त न.पा.४ चम्मनचोक स्थित जि.प्र.का.कञ्चनपुर बाट प्र.स.नि.को कमाण्डमा खटीएको प्रहरी टोली र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट प्र.स.नि.को कमाण्डमा खटीएको संयुक्त प्रहरी टोलीले जि.बझाङ बुङगल न.पा.७ स्थाई वतन भई हाल जिल्ला डडेल्धुरा आलिताल गा.पा.६ बस्ने वर्ष अं.४० को नरेन्द्र बोहरालाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको कालो झोलामा प्लाष्टिकको पोका थान-४ मा ३,९०२ ग्राम लागु औषध (चरेश जस्तो देखिने कालो पदार्थ) फेला पारी नयन्त्रणमा लिई शुद्व तौल गर्दा ३,८७२ ग्राम (तिन किलो आठ सय बहत्तर ग्राम) सहित मानिस नियन्त्रणमा लिई आ.अ.भइरहेको ।
[ विस्तृतमा ] -
मिति २०८२।०७।२७ गते ०५:०० बजे देखि ऐ ०७।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२८सवारी दुर्घटना भई प्र.क.घाईते/मृत्यु,सिरहा, जि.प्र.का.सिरहाबाट भन्सार चोरी पैठारी नियन्त्रणको लागि प्र.ज.कृष्ण ठाडा मगर, प्र.ज. सागर हस्ता, प्र.ज. सुनिल राम,.प्र.ज.जितेन्द्र साहु र प्र.ज. कृष्ण महरालाई सादा पोसाकमा डिउटी परिचालन गरिएकोमा निज कर्मचारीहरू आ-आफ्नो व्यक्तिगत प्र २-०१-००१ प ८४९९ नं.को मो.सा.र लु.प्र.०१-००७ प ०१७२ नं.को मोटरसाईकलमा गस्ती गर्दै जाने क्रममा ऐ.औरही गाउँपालिका ४ स्थित हुलाकी सडक खण्डमा सन्हैठाबाट गणेशपुर तर्फ जाँदै गरेको प्र २-०१-००१ प.८४९९ नं.को मो.सा.अनियन्त्रित भई ऐ.स्थित सदा पुल छेउमा रहेको खोलामा दुर्घटना भई उक्त मोटरसाईकलमा सवार रहेका प्र.ज.सागर हस्ता (मृत्यु) र प्र.ज. कृष्ण ठाडा मगर (घाईते उपचारको क्रममा प्रादेशिक अस्पताल सिरहामा रहेको) घाईते भएकोमा निजहरूसंगै डिउटीमा रहेको अन्य प्र.क.हरूले प्र.ज.कृष्ण बहादुर ठाडा मगरलाई उपचारको लागिको प्रादेशिक अस्पताल सिरहा लगेर उपचार भइरहेको र निजहरूसंगै डिउटीमा रहेका फेला नपरेको भनि जि.प्र.का.सिरहामा जानकारी गराउनासाथ जि.प्र.का.सिरहाबाट प्र.उ.को कमाण्डमा टोली खटी गई निज प्र.ज.सागर हस्दालाई खोजतलास गर्दै जाने क्रममा ऐ.२८ गते अं.०१:४५ बजे दुर्घटना भएको स्थानमा रहेको खोलाको पानीमा अचेत/बेहोस डुबेको अवस्थामा फेला पारी तत्काल उद्दार गरी उपचारको लागि प्रादेशिक अस्पताल सिरहामा पठाइएकोमा डा.ले चेकजाँच गर्दा प्र.ज.सागर हस्दाको मृत्यु भएको जानकारी गराएको, शव पो.मा.को लागि सोही अस्पतालको शव गृहमा राखिएको, निजसंग डिउटीमा रहेका अन्य प्रहरी कर्मचारीहरूलाई सोधपुछ गर्ने लगायतको अनुसन्धान कार्य जारी रहेको । ला.औ.,सुनसरी, इटहरी उप-म.न.पा. ३ डाडागाँउ टोल स्थित कल्पना राईको घरकोठाबाट प्र १-०२-००३ ह ९०५५ नम्वरको सिटी सफारीमा अवैध लागु औषध गाँजाका बोराहरु लोड गरी रहेको भन्ने गोप्य सुचना प्राप्त हुनसाथ अ.प्र.चौ. तालतलैयाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई उक्त सिटी सफारीमा लागु औषधको वोरा तथा सुटकेसहरु लोड गर्दै गरेको अवस्थामा जि.सुनसरी इटहरी उ.म.न.पा. ३ वस्ने वर्ष ३५ की कल्पना राई र जिल्ला भोजपुर रामप्रसाद गा.पा. ७ घर भई हाल इटहरी उप-म.न.पा. ३ कल्पना राईको घरमा वस्ने वर्ष २० को मनोज राईलाई लागु औषध तौल गर्दा ४९ वटा प्लाष्टिकको पोकामा ९८ ( अठानन्बे ) केजी तयारी गाँजा सहित पक्राउ गरी आवश्यक कार्वाहीको लागी इ.प्र.का. इटहरीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको । मकवानपुर, हेटौडा उ.म.न.पा.५ सानोपोखरा स्थित रहेको मनोज पराजुलीको घरको पछाडी रहेको खाली जग्गामा ला.औ.कारोबार तथा लुकाई छिपाई राख्न खाल्डो समेत खनेको भन्ने विशेष सुचनाको आधारमा जि.प्र.का.मकवानपुरबाट प्र.ना.नि.को कमाण्डमा खटीएको टोलीले चेकजाँच गर्दा सो स्थानबाट ला.औ. ट्रामाडोल ट्याब्लेट ८३०० पिस फेला परेको हुँदा जि.मकवानपुर हेटौडा उ.म.न.पा.२ बस्ने वर्ष अं.३५ को बक्सर भन्ने राजिव लामा लगायत ५ जना मानिसहरु र बा.प्र.०३-००५ प १८५ र ना ३२ प ३२४४ नं.को २ वटा मो.सा.सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का.मकवानपुरमा ल्याई राखिएको ।
[ विस्तृतमा ]
| प्रकाशित मिति | शीर्षक | कार्यहरु |
|---|---|---|
| २०८२-०२-३१ | अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलनको संयुक्त घोषणापत्र, २०८२ | |
| २०८२-०२-०१ | कसूर, ऐन तथा सजाय सम्बन्धि | |
| २०७८-१२-२३ | हराएका बालबालिकाहरु |