परिचय:-
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग अन्तर्गतको अपराध सूचना संकलन इकाइ अपराध नियन्त्रण, अनुसन्धान तथा रोकथामका लागि आवश्यक सूचनाहरू व्यवस्थित रूपमा संकलन, विश्लेषण र आदान–प्रदान गर्ने विशेष इकाइ हो । यस इकाइले विभिन्न गोप्य, प्राविधिक तथा सार्वजनिक स्रोतहरूबाट अपराधसम्बन्धी तथ्य र प्रमाण संकलन गर्ने, संकलित सूचनाको प्रमाणीकरण र विश्लेषण गर्ने, अपराधका ढाँचा, प्रवृत्ति र संलग्न व्यक्तिहरूको पहिचानमा सहयोग गर्ने, अनुसन्धान प्रक्रियामा आवश्यक सूचनाहरू सम्बन्धित शाखा वा इकाइमा उपलब्ध गराउने काम गर्छ । यस इकाइको सक्रियता अपराध नियन्त्रण र अनुसन्धानलाई द्रुत, सटीक र प्रभावकारी बनाउन महत्वपूर्ण हुन्छ । राष्ट्रव्यापी रूपमा घट्ने, घट्न सक्ने सम्भावित अपराधहरूका सम्बन्धमा कुनै पनि नागरिकबाट सूचना प्राप्त गर्नु, अभिलेखन गर्नु, वर्गीकरण गर्नु, विश्लेषण गर्नु, माथिल्लो निकायमा प्रतिवेदन गर्नु, सो सम्बन्धमा तत्काल आवश्यक कारबाही हेतु सम्बन्धित मातहतलाई निर्देशन दिने जस्ता कार्य सम्पादन गर्नु यस्को मूख्य जिम्मेवारी रहेको छ ।
अपराध सूचना संकलन इकाई (CICU) को कार्य विवरण:-
- विभिन्न माध्यमहरूबाट (लिखित, मौखिक, अखबार, इमेल, Social Media, प्रत्यक्ष बेनामी) प्राप्त सूचनाहरूको सङ्कलन, अभिलेखन, वर्गीकरण, विश्लेषण र आवश्यकता अनुसार सूचनाको प्रवाह समुमा भए/नभएको सुपरिवेक्षण गर्ने ।
- तत्काल कारबाही गर्नु पर्ने Operational Intelligence का सम्बन्धमा आवश्यक निर्देशन प्रवाह गर्ने ।
- कुनै सूचना विशेषका सम्बन्धमा आवश्यक कारबाही गर्न माथिल्लो तहको निर्देशन आवश्यक पर्ने हुँदा आवश्यक पहल र समन्वय गर्ने ।
- प्रवाह गरिएका सूचना तथा निर्देशनको कार्यान्वयन पक्षको नियमित अनुगमन गर्ने ।
- तत्काल कारबाही गर्नु पर्ने सूचनाका अतिरिक्त प्राप्त हुने अन्य खालका सूचनाहरूको विवेचना र विश्लेषण गरी सिर्जनात्मक सूचना सङ्कलन (Creative Intelligence) तयार गरी सम्बन्धित इकाईमा आवश्यक कारबाहीको लागि पठाउने ।
- प्राप्त सूचनाका सम्बन्धमा गरिएको कारबाही र त्यसको प्रगति विवरण मासिक रूपमा तयार गरी आफू भन्दा माथिल्लो तहमा प्रतिवेदन गर्ने ।
- देशभर घटित घटनाको बारेमा सत्य तथ्य बुझी विभागीय प्रमुख वा सम्बन्धित निकायमा तत्काल जाहेर गर्ने ।
- DIRS घटना जाहेरी हेरी मुख्य मुख्य अपराध घटनाहरू फिल्ड अधिकृत मार्फत विभागीय प्रमुख लगायत अन्य अधिकृत ज्यु हरूलाई जानकारी गराउने ।
- सूचनाको गोपनीयतालाई कायम राख्ने र सूचना सङ्कलन तथा विश्लेषण शाखासँग आवश्यक समन्वय गरी सूचनाको विश्लेषण गर्ने ।
- कानुन बमोजिम तोकिएका अन्य कार्य गर्ने ।
कार्यरत दर्जागत विवरण:-
प्रनाउ |
प्रनि |
प्रबनानि |
प्रनानि |
प्रसनि |
प्रबह |
प्रह |
प्रसह |
प्रज |
प्रकास |
जम्मा |
|
|
२ |
|
२ |
१ |
१ |
|
२ |
|
८ |