प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ईन्टरपोल शाखा

परिचय

 

Motto: - Making the World a Safer Place

 

सन् १९२३ सेप्टेम्बर ०७ मा विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रहरी संगठन, ICPO-INTERPOL स्थापित भएको थियो, जसको प्रधान कार्यालय International Criminal Police Commission (ICPC) अस्ट्रियाको भियनामा रहेको थियो र यसलाई पछि सन् १९५६ मा International Criminal Police Organization (ICPO)-INTERPOL नामाकरण गरिएको हो ।

ईन्टरपोलले अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरुको रोकथाम तथा न्यूनिकरणको लागि सूचना आदानप्रदान, अपरेशनको चरणमा सहयोग, सतर्कता प्रणाली, क्षमता अभिवृद्धीका कार्यहरु, प्राविधिक सहयोग गर्नुका साथै सम्बन्धित सबै निकायहरुलाई आवश्यक सहयोग गर्दछ । सन् १९८९ देखि ईन्टरपोलको प्रधान कार्यालय फ्रान्सको लियोनमा रहेको छ । हाल ईन्टरपोलमा १९६ सदस्य राष्ट्रहरु छन् भने अंग्रेजी, फ्रान्सेली, स्पेनिश र अरबी गरी यसका ४ आधिकारिक भाषाहरु रहेका छन् ।

ईन्टरपोलले आफ्ना सदस्य राष्ट्रहरुलाई सुरक्षित सञ्चार प्रणाली (I-24/7) मार्फत यसका १९ वटा विभिन्न database हरुमा पहुँच दिएको हुन्छ जसमा सदस्य राष्ट्रहरुले विभिन्न विषयहरुमा जानकारी प्रदान गरेको हुन्छ (जस्तै: Wanted Person को विवरण, आपराधिक अभिलेख भएका व्यक्तिहरु, आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरु, हराएका तथा बेपत्ता भएका व्यक्तिहरु, विभिन्न Modus Operandi, threats alerts, पहिचान हुन नसकेका लाशहरु, चोरी तथा हराएका राहदानी लगायत अन्य यात्रा गर्ने कागजातहरु, चोरी भएका सवारी साधनहरु, प्रशासनिक कागजातहरु र अन्य कानूनी विवरणहरु) ।

 

महत्त्वपूर्ण मितिहरु

 

सन् १९१४:  मोनाकोमा सम्पन्न भएको पहिलो International Criminal Police Congress मा पहिलो पटक ईन्टरपोलको अवधारणाको विकास भएको थियो ।

(सन् १९१४ अप्रिल १४ देखि १८ सम्म) २४ वटा राष्ट्रका अधिकारीहरुबिच अपराधहरुको रोकथाम, समाधान, पहिचान र सुपुर्दगीको लागि सहकार्यको सम्बन्धमा छलफल भएको ।

 

सन् १९२३: प्रथम विश्वयुद्ध पश्‍चात भियना प्रहरीका अध्यक्ष Dr. Johannes Schober ले अन्तर्राष्ट्रिय प्रहरी निकायको अवधारणालाई पुनर्जिवित गरेका थिए । सन् १९२३ सेप्टेम्बर ७ मा २० वटा सदस्य राष्ट्रहरु सम्मिलित The International Criminal Police Commission (ICPC) को स्थापना भएको थियो र यसको प्रधान कार्यालय अष्ट्रियाको भियनामा रहेको थियो ।

 

सन् १९५६: आधुनिक संविधान सहित International Criminal Police Commission (ICPC), International Criminal Police Organization (ICPO – INTERPOL) मा रुपान्तरण भएको थियो ।

 

सन् १९६७: सन् १९६७ मा सम्पन्न भएको ईन्टरपोलको ३६ औँ महासभाको सेप्टेम्बर २७ को दिन ईन्टरपोलको १०० औँ सदस्य राष्ट्रको रुपमा नेपालले सदस्यता प्राप्त गरेको थियो ।

 

सन् १९८९: ईन्टरपोलको प्रधान कार्यालय फ्रान्सको लियोनमा स्थानान्तरण भएको थियो ।

 

सन् २००२: ईन्टरपोल तथा सम्पूर्ण सदस्य राष्ट्रहरुसँग समन्वय गर्न ईन्टरपोलको सुरक्षित सञ्चार प्रणाली I-24/7 प्रयोगमा आएको थियो जसमा ईन्टरपोलको database र सूचनाहरुमा समेत पहुँच हुन्छ ।

 

National Central Bureau (NCB)

 

National Central Bureau (NCB) ईन्टरपोलको प्रमुख अंग मध्ये एक हो । यसले प्रत्येक सदस्य राष्ट्रमा ईन्टरपोलको आधिकारिक सम्पर्क केन्द्रका रुपमा काम गर्छ । आफ्नो राष्ट्रको कानून कार्यान्वयन गर्ने निकाय र ईन्टरपोलबिच सहयोग र प्रभावकारी समन्वय कायम गर्दै अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरु नियन्त्रण गर्नु नै NCB को प्रमुख उद्देश्य हो । सामान्यतया, NCB आफ्नो देशको प्रहरी संगठन वा सम्बन्धित कानूनी निकाय अन्तर्गत सञ्चालन हुन्छ । यसले अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरु सम्बन्धी सूचना आदान–प्रदान, ईन्टरपोलको database हरुमा पहुँच, ईन्टरपोलको विभिन्न Notice हरु जारी, क्षमता अभिवृद्धि तथा वृत्ति विकासका कार्यक्रमहरु तथा कानूनी नियम र प्रक्रियाको पालना सुनिश्चित गर्ने जस्ता महत्वपूर्ण जिम्मेवारी वहन गर्छ ।

यसरी NCB केवल सूचना आदान–प्रदान गर्ने निकाय मात्र नभई, विश्वभरका प्रहरी र कानूनी निकायलाई एउटै उद्देश्यतर्फ जोड्ने एउटा पुल हो ।

 

NCB Kathmandu

 

नेपाल सन् १९६७ सेप्टेम्बर २७ मा जापानको क्योटोमा सम्पन्न ईन्टरपोलको ३६औं महासभामा १००औं सदस्य राष्ट्रका रुपमा चयन भयो। त्यसपछि नेपालमा NCB Kathmandu स्थापना गरियो, जसले नेपालका कानून कार्यान्वयन निकायहरु, ईन्टरपोलका अन्य सदस्य राष्ट्रहरु तथा महासचिवालयबीच समन्वय गर्ने माध्यमको रुपमा निरन्तर कार्य गर्दै आएको छ। यसले नेपालमा ईन्टरपोल सम्बन्धी सबै कार्यहरुको प्रमुख सम्पर्क केन्द्रको जिम्मेवारी बहन गर्दै, १९६ सदस्य राष्ट्रहरु र नेपालको प्रहरी तथा सम्बन्धित निकायहरुबीच अन्तर्राष्ट्रिय अनुसन्धानमा सहकार्यको समन्वय गर्दछ ।

NCB Kathmandu को मुख्य उद्देश्य भनेको सीमापार अपराध नियन्त्रणका लागि दुई वा दुई भन्दा बढी राष्ट्रहरुका प्रहरीबिच सहकार्य सहज बनाउने, अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरु रोकथाम र अनुसन्धानमा संलग्न सरकारी तथा गैह्र-सरकारी निकायलाई सहयोग पुर्‍याउने र कूटनीतिक सम्बन्ध नभएका राष्ट्रहरुसँग समेत आवश्यक परेको खण्डमा प्रहरी सहकार्य सुनिश्चित गर्नु हो ।

यस उद्देश्यका लागि, NCB Kathmandu ले ईन्टरपोलको सुरक्षित सञ्चार प्रणाली I-24/7 प्रयोग गर्दछ । यस प्रणालीमार्फत विश्वभरका प्रहरी निकायहरुसँग छिटो र सुरक्षित रुपमा सूचना आदान–प्रदान गर्न, आपराधिक अनुसन्धानमा समन्वय गर्न, तथा ईन्टरपोलको डाटाबेसमा पहुँच प्राप्त गर्न सकिन्छ ।

प्रहरी महानिरीक्षक NCB Kathmandu का प्रमुखका रुपमा रहने व्यवस्था छ । नेपाल सरकारको तर्फबाट ईन्टरपोलसँग प्रत्यक्ष सम्पर्क राख्ने आधिकारिक प्रतिनिधिको जिम्मेवारी उक्त पदमा निहित छ । साथै, INTERPOL General Assembly, Asian Regional Conference, र Heads of NCB Conference जस्ता महत्त्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा प्रहरी महानिरीक्षक स्वयं नियमित रुपमा सहभागी हुने परम्परा रहेको छ, जसले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सक्रिय भूमिका स्पष्ट रुपमा प्रतिविम्बित गरेको छ ।

 

Operations and Projects of INTERPOL

 

अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरु रोकथाम तथा नियन्त्रण गर्नुका साथै सदस्य राष्ट्रहरुको कानून कार्यान्वयन गर्ने निकायका कर्मचारीहरुको क्षमता अभिवृद्धी एवं वृत्ति विकासको लागि ईन्टरपोलले विभिन्न Projects तथा Operations हरु सञ्चालन गर्दै आएको छ । यस प्रकारका Projects तथा Operations हरुले अपराध नियन्त्रणका साथसाथै सदस्य राष्ट्रहरुलाई आधुनिक प्रविधि, तालिम र Networking को अवसर समेत प्रदान गर्दछ ।

NCB Kathmandu ले INTERPOL Projects तथा Operations हरुमा सक्रिय सहभागिता जनाउँदै आएको छ जसकारण अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरु नियन्त्रणमा नेपालको भूमिका प्रभावकारी बनाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपालको योगदानलाई समेत झल्काएको छ ।

 

नेपालले सक्रिय रुपमा सहभागिता जनाएको ईन्टरपोलको Projects तथा Operations हरु

 

Projects

 

S.NO.

Name of Projects

Description

  1.  

Project SCORPIUS

 

Prevent and disrupt terrorism and related transnational crime

 

  1.  

Project RELAY

Migrant smuggling and transnational crime

  1.  

Project KALKAN

Counter terrorism

  1.  

Project LEADER

Digital Forensics

  1.  

Project INSIGHT

Crime analysis, identifying links between information such as individuals, events, places and dates related to criminal networks

  1.  

Project SOTERIA

Sexual exploitation and harassment (SEAH)

  1.  

Project Vanguard

Enhancing Global Communication

 

Operations

 

S. No.

 

Name of Operations

 

Description

 

  1.  

Operation WATCHMAKER

 

To counter the global threat of Improvised Explosive Devices (IEDs) by gathering, analyzing and sharing intelligence on devices in order to identify, locate and arrest suspected bomb-makers.

 

  1.  

Operation FIRSTLIGHT

 

To target the uprising trend on telecommunications and other social engineering frauds

 

  1.  

Operation STORM MAKERS II

 

To support member countries in Asia and other regions concerned by this cyber-enabled human trafficking trend as well as other connected crimes, such as smuggling of migrants, to disrupt and dismantle the criminal syndicates that profit from these crimes, and to detect and rescue the vulnerable victims and migrants.

 

  1.  

Operation TRIGGER SALVO

 

To target the movement of illicit arms and foreign terrorist fighters in selected regions across the world.

 

  1.  

Operation LIBERTERRA II

 

To encompass enhanced cross-border cooperation, intelligence-sharing mechanisms, capacity-building initiatives, victim-centered approaches, and robust legal frameworks to hold perpetrators accountable and provide support and protection to survivors.

 

 

NCB Kathmandu को कार्यहरु

 

NCB काठमाडौं ७ दिन, २४ घण्टा सञ्चालनमा रहन्छ । यसले नेपालका कानून कार्यान्वयन गर्ने निकायहरुलाई अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा सहयोग पुर्‍याउने प्रमुख माध्यमको रुपमा काम गर्दछ। अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरुको रोकथाम तथा नियन्त्रण गर्न INTERPOL को वृहत कार्यक्षत्र रहेकोले NCB Kathmandu को प्रमुख कार्य निम्नानुसार रहेका छन् । 

 

प्रमुख कार्यहरु

  • ईन्टरपोलको महासचिवालय र अन्य १९५ सदस्य राष्ट्रहरुसँग समन्वय कायम गर्नु,
  • ईन्टरपोलको महासचिवालय, विभिन्न ईन्टरपोल इकाइहरु र अन्य राष्ट्रका NCB हरुसँग सूचना तथा आवश्यक विवरण आदान–प्रदान गर्नु,
  • विभिन्न प्रकारका INTERPOL Notices र Diffusion हरु जारी गर्नु,
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कानून कार्यान्वयन निकायहरुका लागि आपराधिक अनुसन्धानमा सहयोग गर्नु,
  • फरार प्रतिवादीहरुको अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि पहल गर्नु,
  • आवश्यक परेमा सम्बन्धित मन्त्रालयहरु, कानून कार्यान्वयन गर्ने निकायहरु, कूटनीतिक प्रतिनिधि कार्यालयहरु तथा सम्बन्धित गैर–सरकारी संस्थाहरुसँग समन्वय गर्नु ।
  • ईन्टरपोलका प्रमुख कार्यक्रमहरु, जस्तै General Assembly, Heads of NCB Conference लगायत वार्षिक सम्मेलनहरुमा NCB काठमाडौंका प्रमुखको नेतृत्वमा टोलीलाई सहभागी गराउने आवश्यक व्यवस्था सुनिश्चित गर्नु ।
  • आपराधिक अभिलेख परीक्षण गर्नु ।
  • अन्य राष्ट्रमा पक्राउ परेका फरार प्रतिवादीहरुको सपुर्दगी तथा Deportation को लागि पारस्पारिक कानूनी सहायता (MLA) तथा अन्य कूटनीतिक प्रक्रियाहरुको लागि आवश्यक कानूनी सल्लाह, तयारी र समन्वय गर्नु ।
  • ईन्टरपोलले सञ्चालन गर्ने क्षमता अभिवृद्धिका कार्यक्रमहरुमा नेपालको सहभागिता सुनिश्चित गर्न आवश्यक पहल गर्नु ।
  • INTERPOL को database प्रयोग गरी अन्य राष्ट्रहरुमा आवतजावत गर्ने व्यक्तिहरुको विवरण तथा कागजातहरु चेकजाँच गर्न अध्यागमन विभागसँग समन्वय गर्नु ।
  • चोरी भएका तथा हराएका राहदानी लगायत अन्य यात्रा गर्ने कागजातहरु सम्बन्धी विवरण नियमित अद्यावधिक गर्न राहदानी विभागसँग सहकार्य गर्नु ।
  • हराएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पहिचानको लागि समन्वय गर्नु,
  • चोरी भएका पुरात्त्व महत्त्वका वस्तुहरुको अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पहिचानको लागि समन्वय गर्नु,
  • सम्बन्धित कानून कार्यान्वयन गर्ने निकायलाई ईन्टरपोलको उपकरण तथा सेवाहरुको आवश्यकता अनुसार पहुँच दिलाउनु,
  • वातावरणीय तथा वन्यजन्तु सम्बन्धी अपराध नियन्त्रणमा सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गर्नु ।

 

माथी उल्लेखित कार्यहरुका साथ साथै NCB Kathmandu ले अन्य विभिन्न जिम्मेवारीहरु समेत निर्वाह गर्दै आएको छ । तसर्थ अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरुको रोकथाम तथा नियन्त्रणको लागि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा जोड्न र नेपालको महत्त्वपूर्ण भूमिकालाई विश्वसामु प्रस्तुत गर्न NCB Kathmandu एकमात्र सम्पर्क केन्द्र हो ।

 

सम्पर्कको लागि

 

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग,

ईन्टरपोल शाखा, नक्साल, काठमाडौं ।

फोन नम्बर: +९७७ १ ५७१९८७६, +९७७ ९८५१२८५९५०

ई-मेल: interpol@nepalpolice.gov.np