प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

 

अनुसन्धान तथा विश्लेषण शाखा

 

अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने सुयोग्य साधन बनाई समाजमा शान्ति र सु-व्यवस्था कायम राख्ने उद्देश्य अनुरुप अपराध अनुसन्धान विभाग गठन भएकोमा अपराध अनुसन्धान निर्देशिका २०७१ अनुसार नेपालभर हुने अपराधिक घटना र सो घटनाको सम्बन्धमा हुने अनुसन्धान तहकिकात सम्बन्धमा समन्वय र अनुगमन गरी आवश्यकतानुसार निर्देशन दिने, मुद्दा चलाउने प्रहरी कार्यालयहरुमा दर्ता भएका मुद्दाहरुको समयमै प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न अभियुक्तलाई सजाय तथा पीडितलाई न्याय दिलाउने तर्फ प्रहरी संगठनले अंगीकार गरेको अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी दायित्व सफलता पूर्वक वहन गर्न गराउनका निमित्त प्रभावकारी भूमिका निर्वाह गर्ने, नेपाल राज्यभर घट्ने सम्पूर्ण अपराधिक घटनाको अनुसन्धान र सो सम्बन्धी प्रगति विवरणको अध्ययन गर्नुका साथै विभिन्न निकायबाट आएका अपराध सम्बन्धी उजुरी गुनासोहरुलाई उचित सम्बोधन तथा अनुसन्धानको लागि अनुसन्धान गर्ने कार्यालयहरुलाई उचित निर्देशन दिई प्रगति विवरण माग गर्नुका साथै अपराध अनुसन्धान सम्बन्धमा आवश्यक्तानुसार सहयोग गर्ने र प्रहरी काम कारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा अपराध अनुसन्धान शाखाको स्थापना गरिएको हो ।