पोलिग्राफ शाखा
परिचय :
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गत रहेको शाखाहरू मध्ये पोलिग्राफ शाखा पनि एक हो । यस शाखाले नेपाल अधिराज्यभर खटिएका पोलिग्राफ परिक्षकहरुले गरेका कामहरु अनुगमन गर्ने,निर्देशन दिने काम गर्दछ। नेपाल प्रहरी,प्रदेश प्रहरी र अन्य अनुसन्धान गर्ने निकायहरुबाट अनुरोध भए बमोजिम पोलिग्राफ परिक्षक र परिक्षणको व्यबस्थापन गर्ने,परिक्षकहरुबाट प्राप्त प्रतिवेदनहरू सम्बन्धित निकायमा पठाउने ,पोलिग्राफ परिक्षणको गुणस्तरीयता सुनिश्चत गर्ने,खटिएका परिक्षकहरुलाई राय सुझाब तथा परामर्श दिने, पोलिग्राफ परिक्षणको विधी र प्रयोगलाई अन्तराष्ट्रिय मापदण्ड अनुसारको बनाउन सुनिश्चत गर्ने र अपराध अनुसन्धानमा पोलिग्राफलाई परिणाममुखी बनाउने उदेश्यका साथ विभागिय नीति,निर्देशनलाई पालना गर्ने काम यस शाखाको हो ।
पोलिग्राफ शाखाको कार्य विवरण:
- नेपाल प्रहरी मातहत अनुसन्धान गर्ने निकाय तथा अन्य अनुसन्धान गर्ने निकायहरुबाट अनुरोध भए बमोजिम पोलिग्राफ परीक्षक र परिक्षणको व्यबस्थापन गर्ने ।
- परिक्षकहरुबाट प्राप्त प्रतिवेदन सम्बन्धित निकायमा पठाउने ।
- पोलिग्राफ परिक्षणको गुणस्तरियता सुनिश्चत गर्ने र गरिएका परिक्षणहरुको गुणस्तर जाँच गर्ने ।
- पोलिग्राफ परीक्षणको लागी खटिएका परीक्षक र अनुसन्धान अधिकृतहरुलाई राय परामर्श उपलव्ध गराउने ।
- पोलिग्राफको क्षेत्रमा थप आधारभुत तथा नियमित उन्नत तालिम व्यबस्थापनको लागी समन्वय गर्ने ।
- मातहत पोलिग्राफ शाखाको काम कारवाही नियमित रुपमा अनुगमन गर्ने ,निर्देशन दिने,समन्वय गर्ने ,परीक्षकहरू संग नियमित अन्तरक्रिया र छलफल गर्ने ।
- पोलिग्राफ सम्बन्धि उपकरण सफ्टवेयर र अन्य साधनहरुको व्यवस्थापन गर्ने ।
- केन्द्रीय स्तरको अभिलेख राख्ने ।
कार्यरत प्रहरी कर्मचारीहरुको दर्जागत विवरण:-
सि.नं. |
दर्जा |
नाम थर |
सम्पर्क नंम्बर |
१ |
प्र.व.ना.नि |
अञ्जु कडेल |
९८५११६६८८८ |
२ |
प्र.व.ना.नि |
सुनिता श्रेष्ठ |
९८५११३५३२७ |
३ |
प्र.ना.नि |
शुसिला लामा |
९८५१२८४१४१ |
४ |
प्र.ज. |
बिनिता घिसिङ |
९८२११६६३६० |