२०७१/१२/०५ गते यस बिभाग अन्तरगत अभियोजन तथा कानूनी परामर्श र समन्वय महाशाखा (PLCCD) स्थापना भई २०७२ असोज १ गते बाट फैसला कार्यन्वयन समन्वय ईकाइको रुपमा कार्य गर्दै आइरहेको छ सोको साथै २०७२।०९।१५ देखि Case File Digitization Software मा मुद्दाका मिसिलहरुको बिद्युतिय अभिलेख भण्डारण गराउन मातहत कार्यालयहरुसँग समन्वय गर्दै आईरहेको छ ।
शाखाको कार्य विवरण(Job Description)
- अपराध अनुसन्धानको क्रममा देखिएका कानूनी समस्याहरूको निराकरण गर्न आवश्यक राय सुझाव तथा परामर्शको लागि पहल गर्ने ।
- अपराध अनुसन्धान तथा नियन्त्रणको सिलसिलामा आउने कानूनी जटिलताहरूको समाधानको लागि महान्यायाधिवक्ताको कार्यालय, गृह मन्त्रालय, कानून मन्त्रालय तथा सम्बद्ध निकाय एंव प्रहरी प्रधान कार्यालय कानून शाखासँग समन्वय गर्ने ।
- अपराध अनुसन्धानमा प्रहरीलाई नयाँ ऐन, कानूनद्धारा प्रदान गरिएका अधिकार तथा जिम्मेवारी कार्यान्वयन गराउने ।
- अभियोजन र अपराध अनुसन्धान सम्बन्धी कानूनी व्यवस्थाको प्रशिक्षणमा सहजीकरण गर्ने ।
- प्रहरी कार्यालयहरूको मिसिल व्यवस्थापनका साथै अन्य कानूनी कार्यको अनुगमन गरी आवश्यक निर्देशन सहित समन्वय गर्ने ।
- संगठनको आवश्यकता अनुसार अपराध अनुसन्धान सम्बन्धित विद्यमान ऐन, नियममा भएका प्रावधानहरू संशोधन गर्न तथा आवश्यक नयाँ ऐन, नियम तथा सांगठनिक नीतिहरूको मस्यौदा तयार गर्न सहयोग गर्ने ।
- अदालतको फैसला कार्यान्वयनमा अदालतहरूसँग समन्वय गरी फैसला कार्यान्वनमा प्रभावकारिता ल्याउने ।
- मिसिल व्यवस्थापन एवं फैसला कार्यान्वयन सम्वन्धमा यस महाशखामा प्राप्त तथ्याङ्कको समुचित तरिकावाट अभिलेखिकरण गर्ने ।
- अपराध पीडित तथा साक्षी संरक्षण सम्बन्धी कानूनको कार्यान्वयन तर्फ आवश्यक समन्वय एंव निर्देशन परिपत्र गर्ने साथै मातहतबाट सो सम्बन्धमा भए गरेको कार्यान्वयनको प्रगति विवरण नियमित रुपमा संकलन गरी अभिलेख राख्ने ।
कार्यरत जनशक्ति
१) प्र.उ. ऋषिराम कंडेल
२) प्र.नि. देबेन्द्र सिंह बुढाथोकी
३) प्र.ब.ना.नि. दिनेश लामिछाने
४) प्र.स.नि लक्ष्मी तामाङ
५) प्र.स.नि. लाल बहादुर कार्की
६) प्र.स.ह. नबिन्द्र कार्की