प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अन्वेषण तथा योजना शाखा

परिचय:-

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग अन्तर्गत व्यवस्थित अनुसन्धान र समन्वयका लागि विभिन्न निर्देशनालयहरू, महाशाखाहरू एवं शाखाहरू रहेका छन् । जस मध्ये विभागीय नीति तथा योजनाहरू तर्जुमा गर्ने, सेवा विशिष्टीकरण एवम् प्रविधियुक्त अनुसन्धान पद्धतिको विकास गर्ने, Criminal Intelligence System लाई व्यवस्थित बनाउने, लगायतको उद्देश्यका साथ मिति २०७१ सालमा यस अन्वेषण तथा योजना शाखा स्थापना भएको थियो । नेपाल प्रहरीबाट हुने अपराध अनुसन्धान सम्बन्धी योजना, मापदण्ड तथा रणनीति निर्माण, नीतिगत समन्वयका कार्यहरू, अपराध अनुसन्धान सम्बन्धी तथ्याङ्क सङ्कलन र विश्लेषण, दीर्घकालीन तथा वार्षिक योजना तयार पार्ने, अनुसन्धान प्रक्रियामा आवश्यक सुधार प्रस्ताव गर्ने र सम्बन्धित शाखा तथा महाशाखाहरूसँग समन्वय गरी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने यस शाखाको मुख्य दायित्व हो ।

 

अन्वेषण तथा योजना शाखाको कार्य विवरण:-

 

  • अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी (दीर्घकालीन तथा अल्पकालीन) नीति तथा योजनाहरू तर्जुमा गर्ने ।
  • त्रि-वर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना (CAP) अनुरूप प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागबाट गर्नुपर्ने कार्यक्रमहरूको समन्वय, संयोजन तथा सञ्चालन गर्ने, गराउने 
  • विभाग अन्तर्गत पर्ने निर्देशनालय, महाशाखा तथा शाखाहरूको त्रि-वर्षीय, वार्षिक, अर्ध वार्षिक तथा मासिक योजना तयार गर्न समन्वय तथा सहजीकरण गर्ने ।
  • अपराध अनुसन्धान सम्बन्धी निर्देशिका, कार्ययोजना, कार्य सञ्चालन मार्ग निर्देशन लगायतका विभागीय नीति निर्देशनहरू समय सापेक्ष परिमार्जन तथा संशोधन गर्ने ।
  • फौजदारी न्याय प्रणाली र अपराध अनुसन्धान सम्बन्धमा केन्द्रीय, प्रदेश स्तरीय कार्यशाला गोष्ठी आयोजना गर्ने ।
  • विभिन्न शाखाहरू तथा मातहतबाट प्राप्त अपराध नियन्त्रण तथा अनुसन्धान सम्बन्धी राय, सुझावहरू संकलन गर्ने र विभागीय प्रमुख  समक्ष पेश गरी नीति तथा योजनामा समावेश गर्ने ।
  • नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय र नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, तालिम शाखासँग समन्वय गरी अपराध अनुसन्धान सम्बन्धी विभिन्न तालिमहरूको योजना बनाई बार्षिक क्यालेण्डरमा समावेश गरी अ.अ. विद्यालयमा तालीम सञ्चालन गर्न समन्वय गर्ने ।
  • संगठनले तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने ।

 

सम्पर्कको लागि

  • ईमेल:-
    • cid_rp@nepalpolice.gov.np
    • cid_as@nepalpolice.gov.np
    • anbeshansection@gmail.com

 

कार्यरत प्रहरी कर्मचारीहरुको दर्जागत विवरण:-

 

सि.नं.

दर्जा

नाम थर

सम्पर्क नम्वर

ईमेल

१.

प्रहरी उपरीक्षक

बासुदेव पाठक

९८५१२८१००५

bapu2062@gmail.com

२.

प्रहरी नायव उपरीक्षक

खुमानन्द पाण्डे

९८५१२८१५५६

pandeykn36@gmail.com

३.

प्रहरी निरीक्षक

कन्चन तामाङ

९८५१२८१६३४

kanchan@nepalpolice.gov.np

४.

प्रहरी निरीक्षक

हरि बहादुर वली

९८५१३५७९३३

oliharigp91@gmail.com

५.

प्रहरी वरिष्ठ नायब निरीक्षक

बिमला घिमिरे

९८४१३९२१९४

bimalasilwal31@gmail.com

६.

प्रहरी सहायक निरीक्षक

आशिष पाण्डे

९८५१२९०७७०

aashish.panday2016@gmail.com

७.

प्रहरी वरिष्ठ हवल्दार

पदम बहादुर भुजेल

९८५१२८४४४२

padambb@nepalpolice.gov.np

८.

प्रहरी सहायक हवल्दार

गोविन्द के.सी.

९८५१२९०१२२

kcgovinda074@gmail.com

९.

प्रहरी सहायक हवल्दार

सुरक्षा बस्याल

९८४६७४६७७६

suraksha1425@gmail.com

१०.

प्रहरी जवान

अर्जुन ददेल

९८४७९३६०९५

arjundadel52@gmail.com

११.

प्रहरी जवान

मन्दिरा भण्डारी

९८४४४६९२२२

aayushbhandari334@gmail.com

१२.

प्रहरी जवान

ओम प्रकाश प्रभाकर

९८६०७७३८८०

 oppravakar@nepalpolice.gov.np