प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

शाखाको परिचय

नेपालभर मुद्दा चलाउने प्रहरी कार्यालयहरुमा दर्ता भएका मुद्दाहरुको समयमै प्रभावकारी रुपमा अनुसन्धान गरी अपराधमा संलग्न अभियुक्तलाई सजाय तथा पीडितलाई न्याय दिलाउने तर्फ प्रहरी संगठनले अंगीकार गरेको अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी दायित्व सफलता पूर्वक बहन गरिने उद्देश्यले पेण्डिङ मुद्दाहरूको अनुसन्धान फछर्यौट समयमै हुनु जरूरी छ । पेण्डिङ मुद्दा अनुगमन गर्ने कार्यालय तथा मुद्दा अनुसन्धान गर्ने कार्यालयहरुबाट यस सम्बन्धमा प्रभावकारी भूमिका निर्वाह गर्नको लागी देशभरका मुद्दा दर्ता गर्ने कार्यालयहरुको पेण्डिङ मुद्दाहरूको अनुगमन (Pending case monitoring)गर्नको लागी आ.व.०७३/०७४ मिति २०७३/०४/२५ गते प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा पेण्डिङ मुद्दा अनुगमन शाखाको स्थापना भएको हो । हाल पेण्डिङ मुद्दा शाखालाई गम्भिर तथा पेण्डिङ मुद्दा अनुगमन शाखामा रुपान्तरण गरीएको छ ।

 

शाखाका कार्यहरू

  • देशभर रहेका पेण्डिङ मुद्दाको प्रदेशगत,जिल्लागत र इकाई गत मुद्धा शीर्षक अनुसारको तथ्याङ्क राख्ने ।
  • द्वन्दकालिनमुद्धा सम्बन्धि अभिलेख राख्ने ।
  • पेण्डिङ मुद्धा अनुसन्धान प्रगति विवरण तथा तथ्याङ्कहरु तालुक कार्यालयहरुमा समयमा नै जाहेर गर्ने ।
  • गम्भिर तथा पेण्डिङ मुद्धा अनुसन्धान प्रगति विवरण तथा तथ्याङ्कहरु सुरक्षित अभिलेखिकरण गर्ने ।
  • साप्ताहिकरुपमा प्रदेश प्रहरी कार्यालय र मासिक रुपमा सबै जिल्ला प्रहरी कार्यालयमा फोन गरी मौखिक रुपमा प्रगति विवरण माग गर्ने तथा पेण्डिङ मुद्धा फर्छ्यौट गर्न ताकेता गर्ने ।
  • जघन्य तथा गम्भिर मुद्धाको तथ्यांक दुरुस्त लिने मुद्दा दर्ता र फर्छ्यौट वृद्धि गर्नको लागि निरन्तर पत्रचार गर्ने ।
  • हरेक आ.ब.मा कम्तिमा २ पटक मातहत मुद्धा चल्ने इकाई हरुको अनुगमन गर्ने ।

 

 

शाखामा कार्यरत जनशक्ति

  • प्र .ना.उ हिमा थोकर
  • प्र.नि. अमर बहादुर माझी
  • प्र.व.ना.नि. प्रकाश कार्की
  • प्र.ब.ह. राम कुमार भण्डारी
  • प्र.स.ह. जोगमाया गिरी