विशेष आर्थिक अपराध समन्वय शाखा
परिचय:-
वर्तमान परिवेशमा सूचना प्रविधिको विकाससंगै आर्थिक अपराधमा प्रविधिको प्रयोग बढ्न गई आर्थिक अपराधमा चुनौतीहरु थपिदै गइरहेका छन् । सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ ले निर्दिष्ट गरेका सम्बद्द कसुरहरू मध्ये धेरैजसो सम्बद्द कसुरहरु नेपाल प्रहरीको क्षेत्राधिकार भित्र परेका छन् । Money Laundering /Terrorist Financing and Proliferation of Financing जस्ता गम्भिर कुसरबाट नेपाल अछुतो रहन सकेको छैन । यसै सन्दर्भमा नेपाल प्रहरीले अनुसन्धान गर्ने सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) संग सम्बद्द कसुर तथा अन्य आर्थिक अपराधहरू (जस्तै हुण्डी कारोबार, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ), बैंकिङ कसूर तथा सजाय ऐन, मुलुकी अपराध संहिताको दफा २४९ (क), आर्थिक अपराध अन्तर्गतका मुद्दाहरु) को प्रभावकारी अनुसन्धान गर्ने र अभिलेख राख्ने प्रयोजनको लागी समन्वय तथा सुपरीवेक्षण गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग अन्तर्गत एक बिशिष्टिकृत शाखाको रुपमा विशेष आर्थिक अपराध समन्वय शाखा (Special Financial Crime Coordination Section) स्थापना भएको हो ।
प्रमुख कामहरू:-
- आर्थिक अपराधको अनुसन्धान र विश्लेषणमा सहजीकरण गर्ने ।
- नेपाल राष्ट्र बैंक वित्तिय जानकारी इकाइ बाट शंकास्पद वित्तीय कारोबार (Suspicious Transactions), सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभाग लगायत नियमनकारी निकायबाट प्राप्त उजुरीहरूलाई मातहत मुद्दा चल्ने इकाइलाई अनुसन्धान तथा आवश्यक कारबाहीको लागी परिपत्र गर्ने र अनुसन्धानको प्रगति बिवरण माग गर्ने ।
- विभिन्न अनुसन्धानकारी इकाइहरू, विभाग तथा नियामक निकायहरूसँग समन्वय गर्ने ।
- Digital Fraud, Online Scam, Credit Card Fraud लगायत नविनतम् आधारित आर्थिक अपराधबारे चेतना अभिवृद्धि र अनुसन्धानमा समन्वय तथा सहजीकरण गर्ने ।
- आर्थिक अपराध अनुसन्धान तथा रोकथामका लागि रणनीति तथा कार्ययोजना तयार गर्ने ।
- आर्थिक अपराधसंग सम्बन्धित तथ्याङ्कहरू बिभाग, प्र.म.नि.को सचिवालय र आवश्यकता अनुसार तालुक कार्यालयहरूमा पठाउने ।
- बिभागले तोकेका अन्य कार्यहरू गर्ने ।