प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुपरीवेक्षण तथा अनुगमन शाखा

परिचय

          अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना (CAP), अपराध अनुसन्धान निर्देशिका २०७१ कार्यान्वयनमा आएसँगै अपराध अनुसन्धान गर्ने इकाईहरुबाट भएको अनुसन्धान कार्यहरुको अनुगमन, समस्याहरुको पहिचान गरी सो अनुरुप आवश्यक निर्देशन तथा सुधारका कार्यहरु गर्ने गरी मिति २०७२ साल पौष महिनामा यस शाखाको स्थापना भएको हो । यस शाखाबाट अनुसन्धान समूहमा काम गर्ने प्रहरी कर्मचारीको योग्यता, दक्षता र आवश्यक जनशक्तिको आपुर्तिको अवस्था तथा सुधार गर्नु पर्ने क्षेत्र समेतको अनुगमन, निरीक्षण गर्ने र मुल्याङ्कनको आधार तयार गर्ने काम गरिन्छ । अपराध अनुसन्धान तथा नियन्त्रणमा देखिएका समस्याहरुको पहिचान गरी सो अनुरुप रणनीति तयार गरी कार्यान्वयन गर्ने तथा मातहतबाट प्राप्त तथ्याङ्क र स्थलगत अनुगमनबाट प्राप्त पृष्ठपोषणको तुलनात्मक अध्ययन गरी समस्याहरुको निराकरण  गर्न यस शाखाको मुख्य काम रहेको

कार्य विवरण

  •  संगठनले अङ्गीकार गरेका अपराध अनुसन्धान सम्बन्धी नीति, निर्देशन, विशेष कार्य योजना मातहतले कार्यान्वयन गरे नगरेको अनुगमन तथा सुपरिवेक्षण गरी विभागीय प्रमुख समक्ष प्रतिवेदन गर्ने,
  • मुद्दा चल्ने प्रहरी इकाईहरूको अनुगमन तथा सुपरीवेक्षणको लागि केन्द्र, प्रदेश तथा नेपाल प्रहरी प्रदेश कार्यालयहरुबाट अनुगमन क्यालेण्डर तयार गर्ने,
  • अनुसन्धान गर्ने इकाईहरूबाट भएको अनुसन्धानको अनुगमन र मूल्याङ्कन गर्नुका साथै अनुसन्धानमा देखिएका त्रुटिहरूलाई सच्याउन निर्देशन र लापरबाही गर्ने प्रहरी कर्मचारीलाई कारबाहीको लागि सिफारिस गर्ने,
  • अपराध अनुसन्धान तथा नियन्त्रणमा देखिएका समस्याहरूको पहिचान गरी सो अनुरुप रणनीती तयार गर्न सहयोग गर्ने,
  • मातहतबाट प्राप्त तथ्याङक र स्थलगत अनुगमनबाट प्राप्त पृष्ठपोषणको तुलनात्मक अध्ययन गरी समस्या समाधानको लागि पहल गर्ने,
  • निर्देशन बमोजिम तोकिएका अन्य कार्य ।

 

कार्यरत दर्जागत विवरण:-

प्रनाउ

प्रनि

प्रनानि

प्रसनि

प्रह

प्रज

जम्मा

 

 

 १

 १