प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दूरसञ्चार समन्वय शाखा (TCC)

परिचय:

अपराध अनुसन्धानको क्रममा आवश्यक पर्ने Operational Data प्राप्तिका लागि मिति २०७१।०५।०१ गते देखि यस साईबर अपराध समन्वय  शाखा C4-CDR, (परिमार्जित दूरसञ्चार समन्वय शाखा, TCC)  को स्थापना भएको हो ।सुचनामा पहुँच सम्बन्धी निर्देशिका २०७४ ले अपराध अनुसन्धानको सिलसिलामा आवश्यक पर्ने Operational Data उपलब्ध गराउन सम्बन्धित जिल्ला अदालतको अनिवार्य अनुमती लिने व्यवस्थालाई तदारुकताका साथ पालना गर्दै आएको मिति २०७८ जेष्ठ महिनाबाट संघिय प्रहरी इकाई कार्यालय (हाल नेपाल प्रहरी प्रदेश कार्यालय –सात) र जिल्ला प्रहरी परिसर ललितपुर र भक्तपुरलाई दूरसंचार सेवा प्रदायक संस्थाहरुबाट Operational Data माग तथा वितरण गर्ने सम्बन्धी कार्य सञ्चालनको आदेश दिइएको हो ।

 

यस शाखाबाट उपलब्ध गराईने Operational Data हरु:

  • Call Details Record (CDR)
  • User Details (सिम प्रयोगकर्ताको विवरण)
  • Location
  • IMEI
  • SMS
  • BTS
  • Call wise Location
  • IMEI history
  • SIM history
  • User history
  • Recharged numbers from recharge card
  • SIM issued by their documents
  • Nepal Contact
  • Ip Details
  • IPDR & others

 

सम्पन्‍न मुख्य कार्यहरु

  • यस शाखाको स्थापना (२०७१।०५।०१) गते देखी हाल (२०८१ असार महिना) सम्म दूरसंचार सेवाप्रदायक संस्थाहरु सँग समन्वय गरी कुल 10,68,911   वटा Operational Data सम्बन्धित कार्यालयहरुलाई समयमै उपलब्ध गराइएको ।

 

Fiscal Year

Operational Data

2071/072

14147

2072/073

35895

2073/074

37883

2074/075

70753

2075/076

125438

2076/077

124133

2077/078

164860

2078/079

134470

2079/080

128568

2080/081

116363

2081/082

116451

Total

10,68,911

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कार्यान्वयनमा रहेको मुख्य कार्यहरु

  • नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, प्रशासन विभाग, मानवश्रोत विकास विभाग, अपराध अनुसन्धान विभाग लगायत अन्य विभाग, महाशाखा तथा शाखाहरु र नेपाल प्रहरी प्रदेश कार्यालयहरु (सात) अन्तर्गतका कार्यालयहरुबाट अपराध अनुसन्धानको सिलसिलामा अदालतको आदेश लिई माग भएका Operational Data (CDR, User details, Location, SMS, IMEI, BTS, SIM History, IMEI History, User Details History, International numbers, International Roaming Number, Recharge Card Serial Numbers, Mobile numbers Issued from related personal documents, Ip Details, IPDR & others ) हरु समयमै प्राप्‍तिका लागि दूरसंचार सेवा प्रदायक संस्थाहरुसँग समन्वय गर्ने ।
  • अनुसन्धानको क्रममा आवश्यक परेको बखत Operational Data analysis (CDR analysis, BTS analysis, i2 analysis, SMS analysis आदी) विश्लेषण गरि अपराध अनुसन्धानमा सहयोग गर्ने ।
  • नेपाल प्रहरी प्रदेश कार्यालय (सात), जिल्ला प्रहरी परिसर (काठमाण्डौ, ललितपुर र भक्तपुर) तथा अन्य प्रहरी कार्यालयहरुबाट अदालतको आदेश लिई Focal Person तोकिदिने सम्बन्धमा पत्र प्राप्त भएमा नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय गरि Focal Person तोकिदिने व्यवस्था गर्ने ।
  • कार्यालय समय बाहेकको समय, सार्वजनिक बिदाको दिनमा दूरसञ्चार सेवा प्रदायकहरु (NTC, NCELL) बाट Operational Data प्राप्तीको लागि प्रत्यक्ष समन्वय गर्ने ।
  • नेपाल प्रहरी प्रदेश कार्यालय (सात) अन्तर्गतका इकाईहरुमा प्रहरी अपरेशन चल्दाको अवस्थामा अनुसन्धान गर्ने प्रहरी इकाईलाई तुरुन्त CDR, User, IMEI, Location लगायतका Operational Data आवश्यक परेमा दूरसञ्चार सेवा प्रदायकसँग समन्वय गरि अदालतको आदेश पछी कार्यालय समयमा बुझाईने गरि भनि माग गरि Operational Data उपलब्ध गराउने ।
  • Crime Action Plan (CAP) अन्तर्गत सातै नेपाल प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका मुद्धा चल्ने इकाईहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई Technical Investigation And Analysis Training दिई CDR लगायतका Operational Data Analysis (CDR analysis, Call wise analysis, i2 analysis) मा दक्ष बनाउने ।
  • नेपाल प्रहरी प्रदेश कार्यालय, दूरसंचार समन्वय शाखामा कार्यरत प्र.क. नभएको भनि उक्त कार्यालयबाट पत्र प्राप्त भएमा यस नेपाल प्रहरी प्रधान कार्यालय, दूरसंचार समन्वय शाखाबाट आवश्यक विवरण प्राप्तिको लागि दूरसंचार सेवा प्रदायकसँग समन्वय गरि आवश्यक विवरण माग गरी प्रदान गर्ने ।
  • नेपाल दूरसंचार प्राधिकरणबाट समयसमयमा आयोजना हुने बैठक तथा  छलफल कार्यक्रमहरुमा सहभागि भई अपराध अनुसन्धानमा आवश्यक पर्ने प्राविधिक सहजिकरणको लागि नेपाल प्रहरीको तर्फबाट राय सल्लाह सुझाव दिने गरेको ।

 

 

 

यस शाखाबाट गरिने विश्लेषणहरु:-

Telephone CDR लगायतका विवरण विश्लेषण अन्तर्गत

  • CDR analysis (Pivot Table, Sorting, Filtering, Subtotal)
  • Call wise location analysis
  • SMS analysis
  • BTS analysis
  • i2 analysis