प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

यू.एन. शाखा

१. परिचय:

नेपाल प्रहरीको वर्तमान संगठनात्मक स्वरूप अनुसार नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गत अन्तराष्ट्रिय प्रहरी समन्वय महाशाखाको मातहतमा यू.एन. शाखा रही आएको छ ।  संयुक्त राष्ट्र संघका विभिन्न कार्यालयहरू तथा शान्ति र राजनैतिक मिसनहरूमा नेपाल प्रहरीको प्रतिनिधित्व हुने गरी  प्रहरी कर्मचारीहरू खटाउने प्रयोजनको लागि प्रहरी कर्मचारीहरूको छनौट, प्रशिक्षण, मनोनयन र खटनपटन गर्ने उद्देश्यले यू.एन. (UN) शाखाको स्थापना भएको हो । यस शाखाले संयुक्त राष्ट्र संघ स्थित नेपालको स्थायी नियोग मार्फत् न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालय (UNHQ), प्रहरी महाशाखा (Police Division) तथा नेपालका विभिन्न मन्त्रालय लगायत अन्य सरोकारवाल निकायहरूसँग सहकार्य गर्दै संयुक्त राष्ट्र संघको विश्व शान्ति अभियानमा योगदान पुर्‍याउँदै आएको छ ।


२. पृष्ठभूमि:

सन् १९५५ मा संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रमा सूचिकृत भए पश्चात् नेपाल प्रहरीले सन् १९९२ मार्चमा UNPROFOR (पूर्व युगोस्लाभिया) मिसनमा CIVPOL (Civilian Police)  को रूपमा संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा आफ्नो यात्रा सुरु गर्दै तत् पश्चात् UNTEAS (Slovenia), UNIPTE/UNMIBH (Bosnia), UNMIK (Kosovo), UNTAC (Cambodia), ONUMOZ (Mozambique), UNICTY  (Netherlands), UNICTR (Rwanda), UNGCI/UNAMI (Iraq), UNMISIT/UNMID (East Timor), UN Afg. Desk    (New York), MONUC/MONUSCO (Congo), UNAMA (Afghanistan), UNMIL (Liberia), UNMIH/MINUSTAH/MINUJUSTH (Haiti), UNMIS (Sudan), UNMISS (South Sudan), UNAMID (Darfur Sudan), UNOCI (Ivory Coast), UNSOM (Somalia), UN Log base (Italy), MINUSMA (Mali), UNISFA (Abyei), UNITAMS (Sudan), UNFICYP (Cyprus), MINUSCA (Central African Republic), UNSMIL (Libya) and UN DPO (New York) जस्ता विभिन्न शान्ति मिशनहरूमा नेपाल प्रहरीको सहभागिता रही आएको छ ।

 

३. शाखाको संरचना र कार्य विवरण:

प्रहरी उपरीक्षकको नेतृत्वमा रहेको यस शाखाको कुशल कार्य सञ्चालन सुनिश्चित गर्न शाखाको संरचना एवम् कार्य जिम्मेवारीहरू निम्नानुसार विभाजन गरिएको छ:

 

३.१ Individual Police Officer (IPO)/Global/Professional Desk:

यो डेस्कले Pre-AMS (Assessment for Mission Service) तथा UN AMS परीक्षा सञ्चालनको लागि योजना र आवश्यक तयारी गर्नुका साथै शान्ति मिसनहरूमा IPOs र Professionals पदका लागि छनौट, मनोनयन, प्रशिक्षण समन्वय, अदली-बदली र अह्रन खटनको व्यवस्थापन गर्दछ, यसले मिसनहरूमा खटिएका कर्मचारीहरूको कार्यसम्पादनको निगरानी र सुपरिवेक्षण समेत गर्दछ । यस डेस्कले UN Section App अन्तर्गत गर्नुपर्ने कार्यहरू पनि गर्दछ ।

योग्यतामा आधारित लिखित परीक्षा वा अन्तर्वार्ताको लागि छनोट भएका प्रहरी अधिकारीहरूसँग समन्वय र निजहरूको अह्रन खटनको लागि आवश्यक पत्राचार एवम् लेखापढी गर्नुका साथै संयुक्त राष्ट्र संघीय विभिन्न निकायहरूबाट सहभागिताको लागि अनुरोध भई आउने विभिन्न तालिमहरूमा नेपाल प्रहरीका कर्मचारीहरूको सहभागिता सम्बन्धी विभिन्न प्रशासनिक कार्यहरू समेत गर्दछ ।

३.२ FPU Desk:  

संयुक्त राष्ट्र संघका शान्ति मिसनहरूमा नेपाल प्रहरीको FPU को सहभागिताको लागि आवश्यक तयारी गर्ने कार्य यस शाखाले गर्दछ । FPU परिचालन हुने अवस्थामा प्रचलित नीति बमोजिम छनौट परीक्षा सञ्चालन गर्ने, उपयुक्त प्रहरी कर्मचारी छनौट गर्ने,  Pre-deployment Training सञ्चालनको लागि समन्वय गर्ने, FPU को अदली-बदलीको योजना बनाउने लगायतका  कार्यमा प्रमुख जिम्मेवारी रहन्छ । साथै, विभिन्न मिसनहरूमा नयाँ FPU Contingents स्थापनाको लागि निरन्तर पहल गर्नमा समेत यस डेस्कको मुख्य भूमिका रहन्छ ।  

३.३ Administration and Record Desk:

शाखाको दैनिक प्रशासनिक कार्यहरू सञ्चालन गर्ने कार्य यस शाखाले गर्दछ । मिसनमा खटिएका प्रहरी कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन, सम्पत्ति विवरण फारम जस्ता कार्यहरूको अलवा खटी जाने प्रहरी कर्मचारीहरूको बिदाइ, मिसनबाट फर्केर आउने प्रहरी कर्मचारीहरूको स्वागत, विभाग तथा विभिन्न शाखा-महाशाखहरूसँग समन्वय, दर्ता चलानी जस्ता कार्यहरू यस डेस्कले गर्दछ ।

४. शाखामा कार्यरत प्रहरी कर्मचारीहरूको विवरण

यस शाखामा प्रहरी उपरीक्षकको नेतृत्वमा देहायको संख्यामा प्रहरी कर्मचारीहरू कार्यरत रहेका छन्:

Rank

SP

DSP

INSP

SSI

SI

ASI

PC

Total

No.

1

1

1

1

1

1

3

9

५. हालसम्म नेपाल प्रहरीको विभिन्न मिसनहरूमा सहभागिता सम्बन्धी तथ्याङ्क

S.N.

Missions

SSP

SP

DSP

INS

SSI

SI

ASI

HC

PC

Foll.

Total

M

F

1

FPU

3

45

135

358

 

833

870

1618

1467

201

5530

5090

440

2

Professional

5

6

6

1

           

18

14

4

3

IPOs

42

153

566

974

8

949

282

75

61

 

3110

2906

204

Grand Total

50

204

707

1333

8

1782

1152

1693

1528

201

8658

8010

648

 

६. हाल सम्मको उपस्थितिः

SN

Country

MISSION

Participants

1

Former Yugoslavia

UNFORFOR

244

2

Former Slovenia

UNTAES

45

3

Former Bosnia

UNIPTF / UNMIBH

273

4

Kosovo

UNMIK

229

5

East Timor

UNTAET / UNMISET / UNMIT

399

6

Mozambique

ONUMOZ

51

7

Cambodia

UNTAC

86

8

The Netherlands

UNICTY

2

9

Rwanda

UNICTR

3

10

Sierra Leone

UNAMSIL / UNIOSIL

34

11

Haiti

UNMIH/MINUSTAH/MINUJUSTH

257

12

Iraq

UNGCI /UNAMI

86

13

Afghanistan

UNAMA

8

14

Congo

MONUC/MONUSCO

21

15

USA

UNDPKO

6

16

Liberia

UNMIL

140

17

Sudan

UNMIS / UNITAMS/ UNAMID

998

18

South Sudan

UNMISS

212

19

Ivory Coast

UNOCI

1

20

Somalia

UNSOM/ UNTMIS

10

21

Italy

UN Log Base

1

22

Mali

MINUSMA

1

23

Abyei

UNISFA

7

24

Qatar

UNODC

1

25

Cyprus

UNFICYP

7

26

Libya

UNSMIL

2

27

Central African Republic

MINUSCA

4

 

Total

3128

 

७. विभिन्न नीतिहरूः :

१. UN Formed Police Unit (FPU) छनौट मापदण्ड, २०७७
२. संयुक्त राष्ट्र संघीय मिसनमा नेपाल प्रहरीको सहभागिता सम्बन्धी कार्यनिर्देशन, २०७९
३. Assessment for Mission Service of Individual Police Officers SOP, 2024
४. Policy on Formed Police Units in UN Peacekeeping Operations, 2016