प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय

 

नारा:- लैङ्गिक हिंसा विरुद्धको अभियानमा संगसंगै सहकार्य गरौं ।


लैङ्गिक हिंसाको उचित सम्बोधन, अनुसन्धान तथा नियन्त्रण गरी लैङ्गिक मैत्री कार्य वातावरण सृजना गर्नका लागि नेपाल प्रहरीमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा कुनैपनि व्यक्ति विरुद्ध हुने अपराधलाई न्यूनीकरण गर्न र पीडित मैत्री वातावरण प्रदान गरी उनीहरुको हक हितको संरक्षण गरी न्यायमा सहज पहुँचका लागि वि.सं.२०५२ सालमा  फाल्गुन ८ गते नेपाल प्रहरी प्रधान कार्यालयमा केन्द्रिय महिला सेल रहने गरी र फाल्गुन १६ गते Pilot Project को रुपमा काठमाण्डौं, ललितपुर, कास्की र मोरङ्म जिल्लाहरुमा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र (तत्कालीन महिला सेल) को स्थापना गरिएको थियो । क्रमश: यसको स्तर वृद्वि संगै मिति २०७६/२/३० गतेको गृह मन्त्रालय (मन्त्रीस्तरीय) निर्णय अनुसार जेष्ठ नागरिकहरुलाई समेत सेवा प्रवाह गर्नको लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय र मातहतमा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका रुपमा केन्द्र देखि ईलाका स्तरसम्म जम्मा २३२ वटा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरुको विस्तार गरिएको र हाल २६१ वटा महिला, बालबालिका तथा जेष्ठ सेवा केन्द्रहरुबाट सेवा प्रवाह भईरहेको छ । 


वि.सं. २०७८।०८।२९ गतेको गृह मन्त्रालय (मन्त्रीस्तरिय) निर्णय अनुसार दलित समुदाय विरुद्ध हुने विभिन्न विभेद र हिंसाका घटनाहरुलाई सम्बोधन गरी आवश्यक सहजिकरण गर्ने उद्देश्यले मिति २०७८/०९/२२ गते केन्द्रिय दलित समन्वय डेस्कको स्थापना भई हाल उपत्यका, प्रदेश र जिल्ला गरी जम्मा १८७ स्थानमा दलित डेस्क स्थापना भई सक्रिय रुपमा सेवा प्रवाह भईरहेको छ । त्यसैगरी जिल्ला तहमा प्रत्यक्ष नागरिक सेवा प्रवाह गर्ने चौकी स्तर सम्मका प्रहरी इकाइहरूमा महिला सहायता कक्ष सम्बन्धी मापदण्ड, २०८१  तयार गरि मिति २०८१।१०।०७ गते प्रहरी महानिरीक्षक ज्यूबाट स्वीकृत भई हाल जिल्ला स्तर देखी चौकी स्तर सम्ममा जम्मा ४०८ स्थानमा महिला सहायता कक्ष स्थापना भई सक्रिय रुपमा सेवा प्रवाह भइरहेको छ । लैङ्गिक हिंसा अनुसन्धानलाई प्रभावकारी बनाउन यस निर्देशनालयबाट महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अनुसन्धानमा जिम्मेवारी दिन, प्रभावकारी बनाउनका लागि तयार गरिएको “नेपाल प्रहरी लैङ्गिक हिंसा अनुसन्धान प्रभावकारीता अवधारणा (Piloting Program) मिति २०८१ साल श्रावण १ गते देखी Piloting Program अन्तर्गतका १० (दश) वटा जिल्ला प्रहरी कार्यालयको ( मोरङ, धनुषा, चितवन, कास्की, रुपन्देही, सुर्खेत, कैलाली) महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रवाट नै लैंगिक हिंसा संग सम्बन्धित मुद्दाको  अनुसन्धान गर्ने कार्य भईरहेको छ ।

 

लक्ष्य:
अपराधबाट पीडित र प्रभावित महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई उजुरी गर्ने सहज वातावरण प्रदान गरी न्यायमा सहज पहुँच सुनिश्चित गर्ने  तथा  लैङ्गिक हिंसा न्युनिकरण गर्ने ।


उद्देश्य:

  • महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धि अपराधहरुको अनुसन्धान, रोकथाम तथा नियन्त्रण सम्बन्धी केन्द्रीय तहका नीति र कार्य योजना तयार गरी लागू गर्ने /गराउने ।
  • मातहतका महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरुको काम कारवाही अनुगमन तथा सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिने ।
  • महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरुले पुर्‍याउदै आएको सेवालाई समयसापेक्ष विस्तार गर्ने ।
  • महिला, बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित हक अधिकार संरक्षण तथा अपराध नियन्त्रण तथा अनुसन्धानको लागि सरकारी तथा गैह्रसरकारी संस्थाहरुसँग आवश्यक समन्वय गर्ने ।
  • महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरुले प्रदान गर्दै आएको सेवालाई लक्षित समुहसम्म पुर्‍याउन महिला तथा बालबालिका सम्बन्धि तालिम गोष्ठी र कार्यशाला जस्ता कार्यक्रमहरुको योजना बनाउने ।
  • महिला, बालबालिका तथा जेष्ठ नागरिक विरुद्धका अपराध रोकथाम तथा नियन्त्रण गर्न सूचनामूलक तथा जानकारीमूलक सामाग्रीहरुको प्रकाशन र वितरण गर्ने ।
  • मातहतका सेवा केन्द्रहरुमा दर्ता हुने महिला तथा बालबालिकासँग सम्बन्धित अपराधिक घटनाहरुको अभिलेख अध्यावधिक राखी तिनको अध्ययन एवं विश्लेषण समेत गरी भावी रणनीति तयार गर्ने ।
  • महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरुमा कार्यरत जनशक्तिको व्यवस्थापन गर्न समन्वय गर्ने  । 
  • अनाथ र असहाय बालबालिकाहरुलाई सहारा दिने, बालगृहहरुको गतिविधी बारेमा जानकारी तथा अभिलेख राख्ने र धर्म पुत्र, धर्म पुत्रीको सम्बन्धमा हक दावी खुलाउन माग भई आएमा तिनीहरुको आवश्यक छानविन तथा अनुगमन गरी अभिलेख राख्ने ।
  • निर्देशनालयको सम्पर्कमा आएका पीडित पक्षलाई आवश्यकता अनुसार कानूनी सहायता र परामर्शको लागि आवश्यक समन्वय गर्ने ।
  • विभिन्न मन्त्रालय आयोगबाट पत्राचार भई आएका लैङ्गिक हिंसा लगायत विभिन्न संचार माध्यममा प्रकाशित लैङ्गिक हिंसा सम्बन्धि घटनाहरुको अनुगमन गरी सो को अनुसन्धान प्रगती विवरण तयार पार्ने ।
  • विभिन्न लैङ्गिक हिंसा सम्बन्धि सवालहरुमा मातहत कार्यालयहरुलाई जानकारी गराई संवेदनशील बनाउन आवश्यक निर्देशन तथा निर्देशिकाहरु तयार गरी जारी गर्ने ।
  • निर्देशनालयद्वारा सम्पादित कार्यहरु तथा सम्पन्न भएका योजनाहरुका सम्बन्धमा विभागिय प्रमुखलाई जाहेर गर्ने ।
  • महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरुका सम्बन्धमा तथा कार्यका सम्बन्धमा प्राप्त राय सुझावहरु अध्ययन र विश्लेषण गरी उपयुक्त सुझावहरुको सम्बन्धमा कार्य योजना बनाई लागु गर्ने ।

 

हाम्रा कार्यक्षेत्रहरू:

  • यौनजन्य हिंसा
  • सार्वजनिक स्थलमा हुने महिला बालबालिका विरुद्धको यौनजन्य दुर्व्यवहार
  • दाइजोको कारण र घरेलु हिंसाको कारण कर्तव्यज्यान
  • जेष्ठ नागरीक विरुद्धको कसुर
  • अवैध गर्भपतन 
  • एसिड प्रहार 
  • बहुबिबाह
  • बालबिबाह /बालबालिका विरुद्धको कसुर
  • दाइजो
  • बोक्सीको आरोप 
  • जातीय छुवाछुत 
  • घरेलु हिंसा
  • कानुनले तोकिएका अन्य क्षेत्रहरु

 

 

 

 

आ.व. २०८१/०८२ महिला, बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध भएका अपराधको प्रदेशगत तथ्याङ्क

क्र.स.

हिंसाको प्रकार

कोशी प्रदेश

मधेश प्रदेश

बाग्मती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

 कर्णाली प्रदेश

सुदुरपश्चिम प्रदेश

उपत्यका

मानवबेचविखन अनुसन्धान ब्युरो

जम्मा

जबरजस्ती करणी

४९३

२८९

२५३

१६५

३५५

१७४

१८५

३३९

२२५३

जबरजस्ती करणी उद्योग

९१

८१

५०

२०

६४

३९

६६

४८

४५९

अप्राकृतिक मैथुन

२१

बालयौनदुरुपयोग

१०२

४१

४३

३०

५१

१९

१९

५०

३५५

अपहरण शरिर बन्धक गरी ज.ज.क.

२६

१२

५३

मानवबेचविखन गरी ज.ज.क

१४

अभद्र व्यवहार (सार्वजनिक स्थलमा हुने महिला बालबालिका विरुद्धको यौनजन्य दुर्व्यवहार)

१४

२३

मानवबेचविखन तथा ओसारपसार

१०

१७

१३

२५

२४

१०

४४

१५१

ज.ज.क.गरी कर्तव्य ज्यान

१०

दाइजोको कारण भएको कर्तव्यज्यान

११

घरेलु हिंसाको कारण भएको कर्तव्यज्यान

१६

३८

१२

अवैध गर्भपतन

१३

कुटपिट गरी गर्भ तुहाएको

१२

१४

१४

एसिड प्रहार

१५

बहुबिबाह

११६

९४

३९

३२

१००

४८

७६

६३

५६८

१६

बालबिबाह

२१

१६

६१

१७

बिबाह सम्बन्धि कसुर (बिबाहमा लेनदेन गर्न नहुने दाईजो)

१०

१०

१८

बोक्सीको आरोप

२१

२९

१९

जातीय छुवाछुत

२९

२०

अभद्र व्यवहार (जेष्ठ नागरीक विरुद्धको दुर्व्यवहार)

१९

४१

२१

बालबालिका विरुद्धको कसुर

१४

४०

२२

घरेलु हिंसा उजुरी

१३५६

६९४३

१३८०

८५०

२८७५

९९६

११९४

१८८८

१७४८२

२३

घरेलु हिंसा मुद्दा दर्ता

१४

कुल जम्मा

२२४०

७५८२

१७९६

११५९

३५२४

१२९०

१६०२

२४३०

४४

२१६६७

 

७ वर्षिय महिला बालबालिका विरुद्धको तथ्याङ्क

सि.न.

आ.व.

ज.ज.क

ज.ज.क.उ.

अप्राकृतिक मैथुन

अवैध गर्भपतन

बहुबिबाह

बालविवाह

घरेलुहिंसा

बोक्सीको आरोप

जातीयछुवाछुत

बालयौनदुरुपयोग

मानव बेचबिखन

२०७५/०७६

२२३०

७८६

 २४

२७

१००१

८६

१४७७४

४६

४३

२११

२५८

२०७६/०७७

२१४४

६८७

२७ 

२९

७३४

६४

११७३८

३४

३०

२३२

१७२

२०७७/०७८

२५३२

७३५

३६ 

२७

८५२

८४

१४२३२

६१

३९

२८१

२३७

२०७८/०७९

२३८०

६५५

 ३१

३७

८०९

५२

१७०००

४९

१५

३१४

१५२

२०७९/०८०

२३८७

५१८

 ३५

३२

७२३

५२

१६५१९

४३

२७

३४३

१६३

२०८०/०८१

२५०७

४६०

 १९

३१

६५३

५२

१६४१६

२३

२९

३६३

१७०

२०८१/०८२

२२५३

४५९

२१

२०

५६८

६१

१७४९६

२९

२९

३५५

१५१