मिति २०८२।०९।१५ गते ०५:०० बजे देखि ऐ ०९।१६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-१६
- A
- A-
- A+
कर्तब्य
ज्यान,
ओखलढुङ्गा,
चिशंखुगढि गा.पा. ०६ भदौरे गैरीगाउँ बस्ने अ.बर्ष-६० को
शोभितमान थापा मगर र निजको श्रीमती अ.बर्ष-६० कि रत्नमाया थापा मगर घर नजिकै रहेको
मतान घरमा मृत अवस्थामा रहेको भनि प्र.चौ.निशंखेमा खबर प्राप्त हुनसाथ प्र.स.नि.
को कमाण्डमा-२ जनाको प्रहरी टोलि खटि गई बुझ्दा उक्त लाशलाई टाकि घाँसले छोपेको
अवस्थामा रहेको,घटनास्थल सुरक्षित राखेको,आवश्यक
अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जि.प्र.का.ओखलढुङ्गाबाट प्र.नि.बिक्रम बहादुर
भट्टराईको कमाण्डमा SOCO सहितको
प्रहरी टोलि खटिएको । थप टिपोट; उक्त
घट्ना स्थलको थप अनुसन्धानको लागि ऐ. १०;५०
बजेको समयमा कोशी प्रदेश प्रहरी कार्यालय के नाईन शाखा धरान सुनसरी बाट प्र.ना.नि
याम बहादुर श्रेष्ठको (९८१९०३६५८१) कमाण्डमा ४ जना, १
वटा कुकुर सहित GAA 4832
नम्बरको गाडीमा ओखलढुङगाको लागि प्रस्थान गर्नु भएको भनि नेपाल प्रहरी प्रदेश
कार्यालय धरानबाट जानकारी प्राप्त भएको वि.वि.पछि ।
ज.ज.क.
उद्योग /बाल यौन दुर्व्यवहार,
कपिलवस्तु, वाणगंगा
न.पा.११ ओदारी स्थित देश भारत उत्तर प्रदेश घर भई लोकमणी सापकोटाको (खड्का निवास)
घरमा बिगत २ महिना देखी कोठा भाडामा बस्ने वर्ष ३६ को अब्दुल सवुरले आफ्नै झड्केली
छोरी वर्ष ७ की नाबालिकालाई ज.ज.क.उद्योग गरेको भनि पिडितको आमाले ऐ.०९।१४ गते
१६:०० बजे इ.प्र.का.पिपरामा जानकारी गराउनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई निज
पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.पिपरामा ल्याई राखेकोमा पिडितको आमाले ऐ.०९।१५
गते १५:०० बजे इ.प्र.का.पिपरामा जाहेरी दरखास्त दिई थप अनुशन्धान कार्य भईरहेको,दुबै जनाको
स्वास्थ्य परिक्षण हुन बाँकी,पीडितलाई आफन्तको जिम्मा लगाएको ।
कैदी
मृत्यु,
काठमाण्डौ, काठमाण्डौ
म.न.पा.११ जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत केन्द्र बन्दी सुधार
गृहमा जि.काठमाडौं नागार्जन न.पा ८ स्थायी वतन भएका वर्ष ६९ को ज.ज.क मुद्दामा
थुनामा रहेका कैदी भोला बाजे भन्ने कोमल प्रसाद रिमाल मुटु सम्बन्धी बिरामी भई
मिति २०८२।०९।१४ गते वि.पि. स्मृती अस्पतालको ICU मा भर्ना भई
उपचार गराई रहेकोमा उपचारकै क्रममा निज कैदीको ऐ.१५ गते अं. २१:२३ बजे मृत्यु भएको
। थप विवरण कारागार दाखिला मिति २०८०।०४।२६ गते सजाय :- २५ वर्ष कैद, ७ लाख जरिवाना
मुद्दा चलाउने निकाय:-काठमाडौं जिल्ला अदालत ।
ला.औ.,
मोरङ, बिराटनगर
म.न.पा.११ बसपार्क स्थित ला.औ.नि.व्यूरो बिराटनगरबाट खटिएको प्र.स.नि.र
व.प्र.का.बिराटनगरबाट खटिएको प्र.ना.नि.को कमाण्डको संयुक्त टोली टोलीले शंकास्पद
तरिकाले हिडडुल गरिरहेको अवस्थामा ऐ.१० भुमी प्रशासन चोक बस्ने वर्ष ३० को पप्पु
रामलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको ज्याकेटको गोजिमा भित्र लुकाई छिपाई
बोकेको अवस्थामा ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ शुद्ध तौल गर्दा १०१ ग्राम
(एक सय एक ग्राम) फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि
जि.प्र.का.मा ऐ.२२:३० बुझाईएको ।
बारा,
सिम्रौनगढ
न.पा.३ ब्रह्मस्थानमा रामनगरबाट डाटगाँउ तर्फ ना ५४ प ६१८६ नं.को मो.सा.मा
ला.औ.गाँजा ओसार पसार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा
प्र.चौ.अमृतगंजखजानीबाट प्र.स.नि को कमाण्डमा र इ.प्र.का.सिम्रौनगढबाट
प्र.ना.नि.को कामण्डमा खटीएको संयुक्त टोलीले उक्त स्थानमा पुगी मो.सा.रोकी चेकजाच
गर्दा प्लाष्टीकको २ वटा पोकामा १० के.जी. ला.औ.गाजाँ फेला पारी ऐ. पचरौता न.पा.३
रामनगर बस्ने जोगिन्द्र महतो कोईरीको छोरा अं.बर्ष ३३ को राजकुमार र ऐ.बस्ने अशोक
पटेलको छोरा अं. बर्ष २८ को पुनदेव पटेललाई मो.सा. सहित
नियन्त्रणमा लिई आवश्यक कार्वाहीको
लागी इ.प्र.का. सिम्रौनगढमा
पठाईएको ।