मिति २०८२।०९।१६ गते ०५:०० बजे देखि ऐ ०९।१७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-१७
- A
- A-
- A+
कर्तब्य
ज्यान,
भोजपुर, मिति
२०८२।०९।१५ गते अं.२२:०० बजे टेम्केमैयुङ गा.पा.४ नागि बस्ने अं.बर्ष ६२ को ताम
प्रसाद राईलाई ऐ.बस्ने निज मृतको भतिज वर्ष ४१ को सोम कुमार राईले मा.प.से.गरी के
कुन कारण के केनु वस्तुले टाउकोमा प्रहार गरी मृत्यु भएको भन्ने खबर ऐ.१६ गते
अं.१६:३८ बजे प्राप्त हुनासाथ इ.प्र.का.दिल्पाबाट प्र.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली
खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि जिल्ला अस्पताल भोजपुर पठाएको, टाउकोमा प्रहार
गर्ने सोम कुमार राई इ.प्र.का.दिल्पाको
नियन्त्रणमा
गोली
लागी मृत्यु,
सुनसरी, कोशी गा.पा.१
स्थित लौकही बजारबाट भन्सार तर्फ जाने भित्रि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ
आउदै गरेको प्र.१-०२-००३ ह.३३१७ न.को बाटोमा रोकिराखेको सिटि सफारिमा ऐ.बस्ने
अं.र्ष ४५ को बिजय साह मृत अवस्थामा रहेको भनी इ.प्र.का.लौकहीमा जानकारी प्राप्त
हुनासाथ इ.प्र.का.लौकहीबाट प्र.ब.ना.नि.को कमाण्डमा र जि.प्र.का.सुनसरीबाट
प्र.ना.उ.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.अं.०१:१० बजे ऐ.कोशी गा.पा.१ यादब टोल
स्थित यादब टोल चेक प्वाईन्टमा सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकही सुनसरीबाट
स.प्र.ह.नवराज खतिवडाको कमाण्डमा खटिएको २ जनाको चेक प्वाईन्ट टोलीले भारतबाट अवैध
रुपमा नेपाल तर्फ आउदै गरेको नं.नखुलेको २ वटा अटो र प्रदेश १ -०२-००३ ६ ३३१७
नं.को सिटी सफारीलाई चेकजाचँ गर्न खोज्दा अटोमा सवार व्यक्तीले २ राउण्ड गोली फायर
गरी अटो र सिटी भगाउन खोज्दा सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हे.क्वा.सुनसरी
दरवन्दी भई विओपीमा कार्यरत सशस्त्र प्रहरी हल्दार नवराज खतिवडाले बोकेको CY5390 नम्बरको SLR बाट ५ राउण्ड
(७.६२ मि.मि.) जवाफी गोली फायर गर्दा सिटि चालक ऐ. कोशी गा.पा.१ लौकही बस्ने
अं.वर्ष ४० को बिजय शाहको घटनास्थलमै मृत्यु भएको भन्ने बुझिन आएको, उक्त स्थानमा
जि.प्र.का.सुनसरीबाट प्र.ना.उ.को कमाण्डमा ३० जना, ईलाका प्रहरी
कार्यालय लौकहीबाट प्र.व.ना.नि.को कमाण्डमा ०७ जना, र स.प्र.बल
नेपाल बि.ओ.पी.लौकहीबाट स.प्र.नि.को कमाण्डमा १८ जनाको टोली खटिएको ।
ज.ज.क.
उद्योग /बाल यौन दुर्व्यवहार,
झापा, मिति
२०८२।०८।२७ गते १२:३० बजे अर्जुनधारा न.पा.११ स्थित सुर्योदय होटेलमा ऐ.बस्ने वर्ष
१६ की बालिकालाई ऐ.९ बस्ने वर्ष २३ को कृष्ण बुढाथोकीले ललाई फकाई ज.ज.क.गरेको भनी
ऐ.९।१५ गते १७:०० बजे अ.प्र.पो.बसपार्कमा मौखिक जानकारी प्राप्त हुनासाथ
प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडक कृष्ण बुढाथोकीलाई नियन्त्रणमा लिई
अनुसन्धानको लागि इ.प्र.का.अनारमनी पठाईएको, ऐ.१६ गते १३:१५
बजे इ.प्र.का.अनारमनीमा आई लिखित जाहेरी पेश गरेको ।
इलाम, मिति२०८२।०१।१३
गते अं.२३:०० बजे इलाम न.पा.३ पुवामझुवा
स्थित ऐ.बस्ने वर्ष ३० की महिलालाई ऐ.बस्ने वर्ष ४९ को साइनोमा काका पर्ने र काका
पर्ने वर्ष ५१ को पुरुष व्यक्तिले ज.ज.क.गरेको भनी ऐ.०९।१५ गते १७.०० बजे पीडितले
जि.प्र.का.मा लिखित निवेदन दिनासाथ प्र.चौ.रक्सेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी
गई वर्ष ४९ को पीडकलाई पक्राउ गरी ऐ.१६ गते जिल्ला अदालत इलाममा म्याद थपको लागि
लगिएको,
वर्ष
५१ को पीडक फरार खो.त. कार्य भईरहेको ।:- ऐ. १६ गते २०:५० बजे फरार रहेको वर्ष ५१ को पीडक लाई टोलिले खो.त.
गर्ने क्रममा निजकै घरमा फेला पारी पक्राउ
गरी ऐ. २२:४५ बजे इप्रका मंगलबारेमा ल्याई अनुसन्धान कार्य हुँदै ।
उदयपुर, कटारी न.पा.४
गवुवा बस्ने वर्ष अं.३० को अजय तामाङले आफ्नै घरको कोठामा ऐ.बस्ने वर्ष अं.१४ की
(शारिरीक रुपमा फरक क्षमता भएकी) बालिकालाई जबरजस्ती करणी गरेकोले आवश्यक कानूनी
कारवाही गरी पाँउ भनी निज पीडितको हजुर बुवाले ऐ.१५:३० बजे इ.प्र.का.कटारीमा
जाहेरी दरखास्त दिनासाथ इ.प्र.का.कटारीबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई
पिडक अजय तामाङलाई नियन्त्रणमा लिई इ.प्र.का.कटारीमा राखी अनुसन्धान भईरहेको, पीडित
बालिकालाई प्रादेशिक अस्पताल कटारी उदयपुर पठाई यौनजन्य स्वास्थ्य परीक्षण पश्चात
आफन्तको जिम्मा लगाई पठाएको, अवस्था सामान्य रहेको ।
थुनुवा
फरार,
काठमाडौं, जि.गुल्मी
सत्यवती गा.पा.२ घर भई हाल का.जि.तारकेश्वर न.पा.१० मनमैजु बस्ने बर्ष ३६ की माया
राहादीको जाहेरीले चोरी मुद्धाको लागि म्यादथप गर्नको लागि का.म.न.पा.११ बबरमहल
काठमाडौं जिल्ला अदालत लगिएको थुनुवा तारकेश्वर न.पा. १० मनमैजु घर भई बस्ने वर्ष
१९ को सनिष श्रेष्ठ र जि.कास्की घर भई हाल तारकेश्वर न.पा.१० मनमैजु बस्ने वर्ष १९
को रविन भण्डारी फरार भएको, दुवै जनाको म्यादथप नभएको । थप टिपोटः- मिति
२०८२।०९।१७ गते अं.००;२० बजेको समयमा का.जि डल्लुबाट फरार थुनुवा मध्ये १ जना रविन
भण्डारी नियन्त्रणमा ।
बाँके, मिति
२०८२।०९।०७ गते नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धानमा रहेको देश भारत जिल्ला
बहराइच घर भई हाल जि.प्र.का.बाँकेको हिरासत कक्षमा रहेको लागु औषध सेवन मुद्धाको
वर्ष ३२ को अनिल कुमार यादव बिरामी भई भेरी अस्पताल नेपालगंज बाँकेमा लगिएकोमा बेड
भर्ना भई उपचार भईरहेकोमा उपचारकै क्रममा उक्त भेरी अस्पतालको परिसरबाट भागी फरार
भएको भनी निजको उपचारमा सुरक्षार्थ खटिएका प्र.स.ह.लिलाधर पाण्डेले जानकारी गराए
पश्चात जि.प्र.का.बाँकेबाट प्र.ना.उ.को कमाण्डमा ३५ जनाको टोलि, इ.प्र.का.जमुनाह, जयसपुर, हिरमिनिया, प्र.चौ.साईगाँउ
लगायत सम्पूर्ण सिमा नाका युनिटबाट प्रहरी परिचालन भई खो.त.कार्य भईरहेको ।
नक्कली
नोट सहित मानिस नियन्त्रणमा,
काठमाडौं, गोकर्णेश्वर
न.पा.८ अत्तरखेल चोक स्थित प्रहरी वृत्त बौद्वबाट प्र.ना.उ.को कमाण्डमा र जिल्ला
प्रहरी परिसर काठमाण्डौबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले नक्कली नोटको
कारोबार गरिरहेको भन्ने सुचनाको आधारमा जि.सिन्धुपाल्चोक बाह्रबिसे गा.पा.२ घर भई
हाल का.जि.शंखरापुर न.पा.४ साँखु बस्ने वर्ष ३२ को दावा नोर्वु शेर्पा समेत ६
जनाको साथबाट १ हजारको दरको ७६ थान नक्कली नोट फेला पारी उक्त नक्कली नोट सहित
निजहरु ६ जनालाई नै नियन्त्रणमा लिई प्रहरी वृत्त बौद्वमा राखिएको ।
ला.औ.,
सिरहा, कर्जन्हा
न.पा.१० मन्हर्वा स्थित पहरीया टोलमा लागु औषध गाँजा विक्री वितरणको लागी लागु औषध
गाँजा लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा इ.प्र.का.मिर्चैयाबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई ऐ.वस्ने स्व.किरण वस्नेतको घर कोठा खान तलासी गर्दा जुटको
बोरा भित्र राखेको १० वटा बोरामा लागु औषध गाँजा फेला पारी तौल गर्दा २१० किलो
ग्राम वरामद गरी आवश्यक कारवाहीको लागि इ.प्र.का.मिर्चैयामा राखिएको, थप अनुसन्धान
कार्य भइरहेको,
।
बाँके, देश भारत उत्तर
प्रदेश जि.बहराईच रुपैडिया थाना बस्ने बर्ष ३५ इलिहास अहमदले लागु औषध ब्राउनसुगर
खरीद बिक्री गरी रहेको भन्ने सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा
बाँकेबाट खटीएको प्र.स.नि.को कमाण्डमा टोलीले जि.बाँके नेपालगंज उ.म.न.पा.०४
गणेशपुर नजिक फेला पारी कानुन बमोजिम चेकजाँच गर्न खोज्दा निज भाग्न खोजेको
अवस्थामा टाइप 54 चा.पे.बाट ३ राउण्ड हवाई फायर गरी निजलाई नियन्त्रण लिई निजले
लगाएको कालो ज्याकेटको अगाडीको दाहिने खल्ती भित्र लुकाई राखेको अवस्थामा लागू औषध
खैरो हेरोईन फेला पारी, प्लाष्टिक सहित अन्दाजी ३०० ग्राम र मोबाइल
थान-१ समेत बरामद गरी निजलाई पक्राउ गरी व.प्र.का.नेपालगंज बाँकेबाट खटीएको
प्र.स.नि.युवराज खड्काको टोलीले जि.प्र.का.बाँकेमा बुझाएको ।