मिति २०८२।११।३० गते ०५:०० बजे देखि २०८२।१२।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०१
- A
- A-
- A+
शंकास्पद
मृत्यु,
सिन्धुपाल्चोक,
बलेफी
गा.पा. ७ माथिल्लो चिम्लिङ बस्ने वर्ष ३३ को तिर्थे भन्ने मिलन लामा आफ्नै घरको
कोठामा मृत फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.लामोसाँघुबाट प्र.ना.नि.
र इ.प्र.का. बाह्रबिसेबाट प्र.नि.को कमाण्डमा टोली घटनास्थलमा पुगी बुझ्दा निज
मृतक ऐ.११।२१ गते निर्वाचनको दिन देखि नदेखिएको, घरको ढोका
बाहिरबाट ताल्चा लगाएको र भित्र खाटमा मृत अवस्थामा फेला परेको, ऐ. ११।२१ गते
राती घर भन्दा अं. १.५ कि.मि. तल गाँउ चिम्लिङमा निजसँग झै-झगडा भएको भन्ने
बुझिएकोले प्र.नि.को कमाण्डमा खटी गई बुझ्दा मृतक मिलन लामा मिति २०८२।११।२१ गते
राती अं.२३:०० बजे ऐ. चिम्लिङ बस्ने अं.वर्ष ५२ की जित कुमारी बि.क.को घरमा जित
कुमारीसँग आपत्तिजनक अवस्थामा फेला पारी निज महिलाको भतिज नाता पर्ने ऐ. बलेफी
गा.पा. ७ चिम्लिङ बस्ने वर्ष ५० को लाल बहादुर कामी लगायत ५ जनाले कुटपिट गरेको
भन्ने बुझिएको,
महिला
सहित निजहरु हाल गाँउमा नरहेको, फरार रहेकोले खो.त.कार्य भईरहेको मृतकको दाजुभाई
काठमाण्डौबाट आउँदै, श्रीमती र छोरी समेत काठमाण्डौमा बस्ने गरेको भन्ने बुझिएको, ऐ.१८:१५ बजे
मृतकको आफन्त आई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि शिक्षण अस्पताल
महाराजगञ्ज काठमाण्डौ लिई हिँडेको ।
ज.ज.क./बाल
यौन दुर्व्यवहार,
ओखलढुङ्गा,
सिद्धिचरण
न.पा.०६ जन्तरखानी बाख्रे बस्ने अं.वर्ष १५ की बालिका मिति २०८२।११।२९ गते बिहान
एक्कासी बिरामी भई वोङछु शेर्पा मेमोरियल अस्पताल सोलुखुम्बु लगि चेकजाँच गर्दा
निजको पेटमा गर्भ रहेको भनि मेडिकल रिपोर्टबाट खुल्न आएकोले निजलाई सोधपुछ गर्दा
ऐ.११।०५ गते ऐ.न.पा.०६ जन्तरखानी बाख्रे बस्ने अं.वर्ष २३ को अनिल मगरले आफ्नै घर
नजिकै रहेको जंगलमा र १५ गते अं.१७:३० बजे ऐ. बस्ने अं. वर्ष ५९ को निम बहादुर
मगरले आफ्नै सुत्ने कोठामा लगि ज.ज.क.गरेको भनि ऐ.३० गते १९:०० बजे
जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.स.नि. को
कमाण्डमा टोलि खटी दुबै जना प्रतिबादीहरुलाई नियन्त्रणमा लिई पिडकहरु र पिडित ३
जनालाई यौनजन्य स्वास्थय परिक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गा तर्फ
पठाएको ।
नवजात
शीशु मृत फेला,
सुनसरी,
इटहरी
उ.म.न.पा.८ भेटनरी चोक स्थित ट्याङग्रा खोलाको कलबर्ट मुनि अं.३/४ महिनाको जस्तो
देखिने(बालक) साल-नाल सहितको नवजात शीशु मृत अवस्थामा पानीमा डुबिरहेको भन्ने खबर
प्राप्त हुनसाथ इ.प्र.का.इटहीबाट प्र.ह.र इ.प्र.का.इटहरीबाट प्र.ना.उ.को कमाण्डमा SOCO सहितको टोली
खटी गई शवको सम्पुर्ण कानुनी प्रकृया पुरा गरी ऐ.१४:०० बजे पो.मा.को लागि
बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएको ।
लागु
औषध,
सप्तरी, तिरहुत
गा.पा. २ बडहरा स्थितमा कंचनपुर राजबिराज हुलाकी सडक खण्डमा इ.प्र.का. कंचनपुर
सप्तरीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले बिशेष सुचनाको आधारमा कंचनपुरबाट डिमन
तर्फ जादै गरेको प्र.२-०१-००१ ह ००२२ नं. को अटो रोकी चेकजाँच गर्दा अटो भित्र ३
वटा सेतो बोरा र १ वटा पहेलो बोरा गरी जम्मा -४ बोरा रहेकोमा उक्त बोराहरु खोली
हेर्दा कालो प्लाष्टिकमा ६ पोका रहेको, तौल गर्दा प्लास्टिक
सहित १११.८ के.जी र बोरा प्लाष्टिक बाहेक १०५.५ के.जी. ला.औ.गाँजा जस्तो देखिने
पदार्थ फेला पारी रितपुर्बक बरामद गरी अटो चालक जि. सप्तरी कंचनरुप न.पा. ७
सितापुर बस्ने बर्ष अं. ४३ को ओम प्रकाश भन्ने जामुन महतो र सोही अटोमा सवार रहेको
ऐ.ऐ. बस्ने अजय सरदारको श्रीमती अं. बर्ष २८ की कबिता कुमारी माझी सहित ला.औ गाँजा
र अटो नियन्त्रणमा लिई इ.प्र.का.
कन्चनपुरमा ल्याई राखेको ।
पर्सा, पर्सागढी
न.पा. ३ बड्नियार पुल स्थित इ.प्र.का. पटेर्वासुगौलीबाट प्र.नि. को कमाण्डमा
ट्राफिक सहितको टोलीले सवारी साधान चेकजाच गर्ने क्रममा मिलनचोकबाट बड्नियार तर्फ
आउदै गरेको न.नखुलेको निलो रङको एभेन्जर मो.सा. तिब्र गतिमा रहेकोमा २ जना सवार
भएको ऐ.मो.सा. पछाडी सवार महिलाले कालो रङको झोला फाली भागेकोमा ऐ.झोला खोली
हेर्दा रातो पलाष्टिक सहित अं.१० के.जि. ७००ग्राम बराबरको ला.औ. गाँजा
नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का. पटेर्वासुगौली पठाइएको ।