प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
श्रावण २०८३
मिति २०८३।०४।२२ गते ०५:०० बजे देखि २०८३।०४।२३ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०४-२३

कर्तव्य ज्यान,रौतहट, मिति २०८३।०३।३२ गते अं. २०:०० बजे, गरुडा न.पा.१ जयनगर बस्ने अं. वर्ष ५७ को सुरेन्द्र ठाकुरले घरायसी विवाद भई आफ्नै श्रीमती अं. वर्ष ५५ की कृष्ण देवीलाई कुटपिट घाइते भई उपचारको लागि ग्राण्डी अस्पताल गरुडा रौतहटमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल बिरगंज पर्सा पठाई उपचार पश्चात मिति २०८३।०४।११ गते घरमा ल्याई राखिएकोमा ऐ. ०४।२२ गते अं. १०:०० बजे मृत्यु भएको भन्ने ऐ. १८:०० बजे इ.प्र.का. गरुडामा खबर प्राप्त हुनासाथ इ.प्र.का. शिवनगरबाट प्र.ना.नि. र इ.प्र.का. गरुडाबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटि गई कानुनी प्रक्रिया पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल गौर पठाई शव गृहमा राखिएको, कुटपिट गर्ने श्रीमान सुरेन्द्र ठाकुर फरार, खो.त. कार्य भइरहेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,कैलाली, गौरीगंगा न.पा. वडा नं. ०८ मसुरिया स्थित डल्फिन होटलको तेस्रो तलामा ऐ.ऐ. वडा नं. ०८ बढैपुर बस्ने बर्ष २२ को धन बहादुर धामी, ऐ.ऐ. बस्ने बर्ष २६ को महेन्द्र सुनार र ऐ.ऐ. बस्ने बर्ष २५ को गणेश तिवारीले ऐ. घोडाघोडी न.पा. वडा नं. ०२ साढेपानी बस्ने बर्ष १६ की परिवर्तित नाम २०८३/०८४-७१ मालाखेती ८ (क) लाई जवरजस्ती करणी गरेको भनी आज मिति २०८३।०४।२२ गते १२:०० बजेको समयमा पीडितको आमा परिवर्तित नाम २०८३/०८४-७१ मालाखेती ८ ले तालुक इलाका प्रहरी कार्यालय मालाखेती कैलालीमा जाहेरी दरखास्त दिएको हुदा ऐ.१७:४५ बजेको समयमा पीडित परिवर्तित नाम २०८३/०८४-७१ मालाखेती ८ (क) को स्वास्थ्य परिक्षण पश्चात पिडितलाई निजको आमा परिवर्तित नाम २०८३/०८४-७१ मालाखेती ८ ले जिम्मा बुझी लिएको, प्रतिवादीहरु भागी फरार रहेको र निजहरुको खोजतलासको लागि इलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट प्र.ना.नि. बिर बहादुर बिष्ट (९८४८७४७३२१) को कमाण्डमा - ४ जनाको प्रहरी टोली खटिई गएको, । बाँके, मिति २०८३।०४।२० गते जि. सुर्खेत गुर्भाकोट न.पा.-१४ गुमी बिशाल चोक घर भई हाल जि.बाँके बैजनाथ गा.पा.-५ जि गाउँ स्थित निजको दिदीको घरमा बस्दै आएकी अं. वर्ष २१ की महिलालाई निजको कोठामा जि. बर्दिया मधुवन न.पा.-१ बस्ने वर्ष १९ को बालकले ज.ज.क. गरेको भनि ऐ. ०४।२२ गते १७:०० बजे इ.प्र.का. कोहलपुरमा पीडित स्वयम् आई जाहेरी दिनासाथ इ.प्र.का. कोहलपुरबाट प्र.नि.को कमाण्डमा टोली खटि गई पीडकलाई जि. बाँके बैजनाथ गा.पा.-५ स्थित जि गाउँबाट नियन्त्रणमा लिई इ.प्र.का. कोहलपुरमा ल्याइएको, अनुसन्धान कार्य भइरहेको, पीडितको अवस्था सामान्य रहेको,। झै-झगडा तथा कुटपिट,तनहुँ, भिमाद न.पा.-६ आदर्श टोल बस्ने अं. वर्ष ७५ को खिम ब.नेपालीले आफ्नै श्रीमती अं. वर्ष ७० की बि माया नेपालीलाई घाँटीमा हसिया प्रहार गरी घाइते भई उपचारको लागी जि.पी.कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार रोग केन्द्र झरौटा लगेको भन्ने ऐ. २३:२० बजे इ.प्र.का. भिमादमा खबर प्राप्त हुनासाथ प्र.ब.ना.नि.को कमाण्डमा टोली खटि गएको, हसिया प्रहार गर्ने व्यक्तिलाई ऐ. २३ गते ००:५० बजे म्याग्दे गा.पा.-५ याङदी स्थित बहिनी डल्ली नेपालीको घरबाट नियन्त्रणमा लिई इ.प्र.का. भिमादमा ल्याई राखिएको, घाइतेको अवस्था (बोल्न नसक्ने) गम्भीर रहेकोमा ऐ.२३ गते ००:२५ बजे थप उपचारको लागी मणिपाल हस्पिटल पोखरा पठाई उपचार भइरहेको, अवस्था सामान्य सुधार रहेको, उपचारमा छोरी सोम माया नेपाली संलग्न रहेको,। गोली लागि मानिस मृत्यु,सल्यान, कालिमाटी गा.पा.-३ स्थित धरानी सामुदायिक वनमा ऐ. वडा नं.-२ बराहढुंगा बस्ने अं. वर्ष ६२ को टोप ब. पुन मगर साथीहरूसँग शिकार गर्न भनि सो जंगलमा गएकोमा शिकार खेल्ने क्रममा निजहरूले बोकेको भरुवा बन्दुकबाट गोलि चल्दा निजको पेटको तल कम्मरको भागमा गोलि लागि मृत्यु भएको भन्ने ऐ. २२:०० बजे इ.प्र.का. कालिमाटीमा जानकारी प्राप्त हुनासाथ प्र.ब.ना.नि.को कमाण्डमा टोली घटनास्थल तर्फ खटि गई शिकार खेल्न गएका जि. सल्यान कालिमाटी गा.पा.-३ बल्ले बस्ने अं. वर्ष ५६ को मान ब. बि.क. लगायत ६ जना मानिसहरूलाई नियन्त्रणमा लिई इ.प्र.का. कालिमाटीमा ल्याई राखिएको, उक्त घटनास्थलमा दुईवटा भरुवा बन्दुक तथा मृतकको शव घटनास्थलमा रहेको, घटनास्थल सुरक्षित राखिएको, ऐ. २३:३० बजे थप अनुसन्धानको लागी इ.प्र.का. लुहामबाट प्र.नि.को कमाण्डमा SOCO सहित ११ जनाको टोली खटि गएको,। ला.औ.,खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी न.पा.७ वालिङ स्थित मध्यपहाडी लोकमार्गमा शंकास्पद अवस्थामा रोकिराखेको प्र.१-०२-००२ ख ००८३ नं. को ट्रकलाई जि.प्र.का.बाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले शंका लागि चेकजाँच गर्दा चालक बस्ने भाग र पछाडि ढालाको बीचको भागमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला पारी ट्रक नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याएको, उक्त ट्रकको चालक र धनीको खोजी कार्य भईरहेको, उक्त गाँजा १३ सय १५ किलो रहेको,।  सप्तरी, प्र.चौ. झुट्कीबाट प्र.ना.नि. र  सशस्त्र प्रहरी बल बनेनिया सप्तरी बेश क्यामबाट स.प्र.नि.को कमाण्डमा खटि गएको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा जि. सप्तरी राजगढ गा.पा.-१ कजराहा टोल स्थितमा पश्चिमतर्फ नहरको छेउमा बेवारिसे अवस्थामा ५ बोरा ला.औ. (गाँजा)को बोरा सहित तौल गर्दा १९६ के.जि. ५७० ग्राम र बोरा बाहेक १९० के.जि. ५२० ग्राम  फेला पारी नियन्त्रणमा लिई प्र.चौ. झुट्कीमा ल्याई राखिएको,।

मिति २०८३।०४।२१ गते ०५:०० बजे देखि २०८३।०४।२२ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-२२

ज.ज.क./बाल यौन दुर्व्यवहार,बर्दिया, बारबर्दिया न.पा.११ लम्कीफाटा बस्ने अं. वर्ष २९ की महिलालाई ऐ.०४।०४ गते अं.०३:०० बजे राती सुतिरहेको अवस्थामा ऐ.बस्ने अं.वर्ष ४५ को कमलराज बि.क.ले घरमा बुहारीलाई सुत्केरी व्यथा लागेकोले सहयोग गरिदिने बहाना बनाई ढोका खोल्न लगाई ज.ज.क.गरेको भनि ऐ.२१ गते अं.१४:३० बजे इ.प्र.का.मोतिपुर बर्दियामा पीडितले जाहेरी दिए पश्चात प्र.चौ.कतर्नियाघाट बर्दियाबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई बुझ्दा पीडक फरार रहेकोले खोजतलास भईरहेको । रसुवा, मितिः  २०८३।०४।२० गते अं.१६:१५ बजे नौकुण्ड गा. पा.२ रालमाने स्थितमा ऐ.बस्ने वर्ष अं. ४५ की  महिलालाई ऐ.बस्ने वर्ष अं.५० को उर्बा लोप्चनले ऐ.स्थित रहेको निजको गोठमा गाईबस्तु चराउन गएको बेला कोही नभएको अबस्थामा जबरजस्ती करणी प्रयास गरेको भनि मिति २०८३।०४।२१ गते अं. १२:०० बजे प्र.चौ.यार्सामा खवर प्राप्त हुनासाथ प्र.स.नि.को  कमाण्डमा टोलि खटि गई  निज ज.ज.क. प्रयास गर्ने ब्यक्तिलाई निजकै घरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । बर्दिया, मधुवन न.पा.७ ताराताल बस्ने कन्ता थारुको श्रीमती अ.वर्ष ३२ की (संकेत नम्बर ६६ मधुबन s) (फरक क्षमता भएकी) आफ्नै घरमा सुत्ने कोठामा सुतिरहेको अवस्थामा ऐ.बस्ने बर्ष अं.७५ को राम प्रसाद थारुले ज.ज.क. प्रयास गर्न खोजेको भनि ऐ.१५:३० बजे जानकारी प्राप्त हुनासाथ प्र.चौ.ताराताल बर्दियाबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई निज ज.ज.क.प्रयास गर्न खोज्ने मानिसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । बर्दिया, मिति २०८३।०४।२० गते अ.१९:३० बजे जि.बर्दिया गुलरिया न.पा.५ मनकामना टोल स्थित बस्ने वर्ष १६ को बालकले ऐ.बस्ने वर्ष ६ की बालिकालाई ऐ.स्थितमा रहेको कालुराम विश्वकर्माको घरमा भाडामा लिई संचालनमा रहेको सामुदायिक मण्डलीमा ट्युसन पढ्न गएको अवस्थामा ज.ज.क.गरेको भनि मिति २०८३।०४।२१ गते १८:०० बजे जानकारी गराउनासाथ जि.प्र.का.बर्दियाबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । बाँके, मिति २०८३।०४।१८ गते अं.१०:०० बजे जि.बाँके राप्तिसोनारी गा.पा.१ भम्पा स्थित ऐ.बस्ने वर्ष अ.१८ की बालिका ऐ.स्थित लामेडाडा सामुदायिक वनमा बाख्रा चराउन गएको अवस्थामा ऐ.बस्ने वर्ष अं.३८ को रुपलाल खुनाले ललाइ फकाइ ज.ज.क.गरेको भनि पीडितको बुबाले मिति २०८३।०४।२१ गते १७:०० बजे इ.प्र.का.कोहलपुरमा आई जाहेरी दिए पश्चात इ.प्र.का.कुसुमबाट प्र.ब.ना.नि.को कमाण्डमा टोलि खटि गई पीडकलाई निजकै वतनबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । पक्राउ/ नियन्त्रणमा,जाजरकोट, मिति २०८३/०४/२० गते अं.१३:२० बजेको समयमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट Fu Chey नामक आईडीबाट एक जना पुरुष ब्यक्तिले बालिकालाई कुटपिट गरेको भिडियो प्राप्त हुन आएकोमा उक्त भिडियोमा कैद भएका मानिसहरुलाई खोजतलास गर्दै जाने क्रममा निजहरुको घरवतन  जिल्ला जाजरकोट बारेकोट गाउपालिका वडा नम्बर-६ धुम रहेको भन्ने बुझिन आएको हुँदा उक्त स्थानमा मिति २०८३।०४।२१ गते अं.०६:०० बजे इ.प्र.का.नायकवाडाबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोलि ऐ. बारेकोट गाउपालिका वडा नम्बर ६ धुम भन्ने स्थानमा खटि गई बुझ्दा ऐ.बस्ने अं.वर्ष ५८ को हिरालाल चलाउने (झाक्री,धामी) लाई आवश्यक अनुसन्धानको लागि ऐ.१५:०० बजेको समयमा नियन्त्रणामा लिई अड्डासार गर्दे जिल्ला प्रहरी कार्यालय जाजरकोट खलगांमा ल्याई राखिएको, ऐ.बस्ने अन्दाजी वर्ष-१४ की सुनिता चलाउने र वुवा किरण चलाउने जिल्ला प्रहरी कार्यालय जाजरकोटको सम्पर्कमा रहेको, निज भलगर जिल्ला जाजरकोट बारेकोट गाउपालिका वडा नम्बर-६  धुम बस्ने पर्ख बहादुर चलाउने छोरा अन्दाजी वर्ष-१७ को डम्बर चलाउने कोहलपुर बाँके तर्फ कामको शिलसिलामा गएको बुझिएको । सुन सहित मानिस पक्राउ,काठमाण्डौं, हिमालय एयरलाईन्सबाट कतारको दोहा हुँदै नेपाल आउने क्रममा भन्सार छली गरी अवैध रुपमा लैजान लागेको जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं.१२ बेतौला बस्ने वर्ष २५ को फलकुमार मुखिया (२५ ग्रामको सुनजस्तो देखिने पहेलो धातुको सिक्री थान-१), जिल्ला सिरहा कर्जन्हा न.पा. वडा नं. ४ बस्तीपुर बस्ने वर्ष ४२ को जितेन्द्र दास (२५ ग्रामको सुन जस्तो देखिने पहेलो धातुको सिक्री थान १),  जिल्ला सल्यान बागचौर न.पा. वडा नं. ५ सिरपा बस्ने वर्ष ४१ को धनश्याम ओली (१७.५० ग्रामको सुनजस्तो देखिने पहेलो धातुको सिक्री थान-१), जिल्ला सल्यान बागचौर न.पा. वडा नं. ५ सिरपा बस्ने वर्ष ३३ को पाण्डव ओली (अन्दाजी २० ग्रामको सुनजस्तो देखिने पहेलो धातुको सिक्री थान-१ र IPHONE 17 Pro Max थान -१) सहित नियन्त्रणमा लिई प्रहरी वृत्त गौशालामा राखिएको , थप अनुसन्धान भईरहेको । लुटपाट,काठमाण्डौं, का.म.न.पा.२२ सुन्धाराबाट लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ  वृत्त जनसेवाबाट प्र.नि.को कमाण्डको प्रहरी टोलिले घटनास्थलमा गएर बुझ्दा सुन्धारा स्थित युनिभर्सल दोहोरीबाट भारत उत्तर प्रदेश घर भई बस्ने जय कुमार सिंह,जित बहादुर सिंह र सचिन सिंहलाई ऐ.२१ गते अ.२३;०० बजे  उक्त दोहोरीको कोठामा लगि राखेको र केही  खानेकुरा र सामनहरु अर्डर गर्न लगाई उक्त दोहोरीका स्टाफहरुले  जय कुमार सिंह (९७१६०१४०७३) को मोवाईलबाट उक्त सामानहरुको बिल भुक्तानिको लागि अस्वभाविक रुपमा अनलाईन मार्फत भारु ८०,०००/-( असी हजार ) ट्रान्सफर गराएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको, उक्त घटनाको बारेमा थप अनुसन्धान भईरहेको । ला.औ., सिरहा, सखुवानान्कारकट्टी गा.पा. ४ सिमरा स्थित बलान खोलामा इ.प्र.का. महेशवारी सिरहाबाट प्र.ना.नि. को कमाण्डमा खटिएको प्रहरी गस्ति टोलिले गस्ति गर्दै जाने क्रममा के-कुन ४ जना मानिसहरुले पलाष्टिकको ४ वटा बोरा भित्र राखिएको ला.औ. गाजा जस्तो देखिने पदार्थ कपडाको नाम्लो बनाई टाउकोमा बोकी ओसार पसार गरी रहेको अवस्थामा गस्ति टोलिलाई देख्नासाथ ४ बोरा ला.औ. गाजा जस्तो देखिने पदार्थ फ्याकी मानिसहरु फरार भएको, उक्त ४ बोरा ला.औ. गाजा जस्तो देखिने पदार्थ बरामद गरी तालुक इ.प्र.का. लहान सिरहा ऐ. २२ गते ०२;३० बजे बुझाईएको, तौल हुन बाकी (अ.१००के.जि.) ।

मिति २०८३।०४।२० गते ०५:०० बजे देखि २०८३।०४।२१ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-२१

ज.ज.क./बाल यौन दुर्व्यवहार,सोलुखुम्बु, परिवर्तित नाम वतन जिल्ला ११ बस्ने वर्ष २८ की सोलुखुम्बु ३A(०८३/०८४) लाई जिल्ला ओखलढुंगा लिखु गा.पा. ५ बस्ने गुनाराज तामाङको छोरा अं.वर्ष ३० को हेम सागर तामाङ निज महिलाको घरमा भित्र प्रबेश गरी जबरजस्ती करणी गर्ने प्रयास गरेको भनि मिति २०८३।४।१९ गते १३:००बजे पिडितले प्रहरी चौकी वाकु,सोलुखुम्बुमा मौखिक जानकारी गराएको हुदाँ तत्काल प्र.चौ. वाकुबाट प्र.स.नि. र इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले निज हेम सागर तामाङलाई ऐ.१६:०० बजे जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गा.पा.-८ हेलीप्याड स्थितमा हिडिरहेको अवस्थामा नियन्त्रणमा लिएकोमा पिडितले मिति २०८३।०४।२० गते अं.१२:०० बजे लिखित जाहेरी दिएको हुदाँ निज पिडकलाई जि.प्र.का.सोलुखुम्बुमा ल्याई सम्मानित सोलुखुम्बु जिल्ला अदालतबाट दिन ७ म्याद लिई आवश्यक अनुसन्धान भईरहेको । धादिङ, निलकण्ठ न.पा.३ एमालेचोक स्थित प्रतिवादीको घरमा ऐ. ज्वालामुखि गा.पा.१ घर भई ऐ.३ शान्त बजारमा डेरा गरी बस्ने वर्ष ३३ की महिलालाई ऐ. निलकण्ठ न.पा.३ एमालेचोक बस्ने अं.वर्ष ६० को लिला बहादुर श्रेष्ठले ज.ज.क.गरेको भनि पीडितले ऐ.०४/२० गते ११:३० बजे जि.प्र.का.धादिङमा जाहेरी दिनासाथ प्र.नि.को कमाण्डमा टोली खटिई गई बुझ्दा ज.ज.क.मा संलग्न व्यक्ति हाल फरार रहेकोले खो.त.कार्य भईरहेको । अर्घाखाँची, भुमिकस्थान न.पा. ९ बस्ने वर्ष २३ की महिलालाई (बोल्न नसक्ने र राम्रोसँग हिँडडुल गर्न नसक्ने अपाङ्ग) निजकै घरमा ऐ. बस्ने वर्ष ७६ को इन्द्र बहादुर शाहीले घरमा कोही नभएको समयमा ज.ज.क गरेको, पीडितको भाउजुले दुवै जनालाई नङ्ग अवस्थामा फेला पारेको भनि खबर प्राप्त हुनासाथ अ.प्र.चौ.धनचौरबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई निज पीडकलाई नियन्त्रणमा लिएको थप अनुसन्धानको लागी जि.प्र.का.अर्घाखाँचीबाट प्र.नि. को कमाण्डमा SOCO सहितको टोली खटि गई कानुनी प्रक्रिया पूरा गरी पीडकलाई जि.प्र.का. अर्घाखाँची ल्याई राखिएको, ।कैलाली, गौरीगंगा न.पा. ०७ इन्द्रपुर बस्ने वर्ष १३ को नावालकले ऐ. मोहन्याल गा.पा. ०५ घर भई हाल ऐ. स्थित डेरामा अभिभावकसँग बस्ने वर्ष अं. ४ की नावालिकालाई ललाई फकाई आफ्नो घरको कोठा भित्र लगी ज.ज.क. गरेको भनि ऐ. १७:४० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का. मसुरियाबाट प्र.ना.नि. को कमाण्डमा टोली खटिगएको, निज पीडक नावालक भागी फरार भएको, पीडित नावालिका लाई अभिभावकको संरक्षणमा आवश्यक प्रक्रिया भइरहेको, निज नावालकलाई निजको काका नाता पर्ने ऐ. बस्ने वर्ष १८ को खेमराज वि.क. ले भगाएको भन्ने बुझिएकोले निज काकालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इ.प्र.का. मालाखेती पठाइएको,। मोरङ, मिति २०८३।०४।१६ गते अं. २२:३० बजे जिल्ला धनकुटा महालक्ष्मी न.पा. १ कटहरे स्थायी घर भई हाल जिल्ला मोरङ लेटाङ न.पा. ९ स्थित दिदीको घरमा करिब डेढ वर्ष देखि बस्दै आएकी अं. वर्ष २४ की महिलालाई ऐ. बस्ने वर्ष ३४ को आदित्य भन्ने गंगा बहादुर गुरुङले  निज पिडित बस्दै आएको दिदिको घरको कोठामा आई दुवै जनाले मा.प.से गरे पश्चात ज.ज.क. गरेको भनि पिडितले ऐ. २० गते अं. १७:०० बजे इ.प्र.का. लेटाङमा जाहेरी दिएको हुँदा इ.प्र.का. लेटाङबाट प्र.व.ना.नि. को कमाण्डमा टोली खटी गई आदित्य भन्ने गंगा बहादुर गुरुङलाई निजको घर वतनबाट नियन्त्रणमा लिई इ.प्र.का. लेटाङमा ल्याई अनुसन्धान भईरहेको,। झुण्डी मृत्यु (श्रिमान-श्रीमती),रामेछाप, रामेछाप न.पा.७ दिङला बस्ने देव बहादुर हायुको श्रीमती वर्ष अं.१९ की मिना हायु घर देखी अं.५०० मिटर पूर्व तर्फ आफ्नै बारीको डिलमा रहेको खनिउको रुखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा रहेको भन्ने खबर ऐ.१८:३० बजे प्राप्त हुनासाथ प्र.चौ.रामेछापडाँडाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखिएको, निजको माइती घर (जिल्ला सिन्धुली)मा जानकारी भई सकेको, ऐ.२० गते अं.०५:३० बजे मृतक मिना हायुको श्रीमान वर्ष अं.२० को देव बहादुर हायु घर देखि  अं.२०० मिटर पश्चिममा रहेको आपको रुखमा सलको पासो लगाई झून्डी मृत अवस्थामा फेला परेको, कानुनी प्रकृयाको लागि  ऐ.२० गते बिहान जि.प्र.का.रामेछापबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानुनी प्रक्रिया पुरा गरी  दुबै शव पो.मा.को लागि जिल्ला अस्पताल रामेछाप पठाएकोमा मिति २०८३।०४।२० गते अं.१८:३० बजे पो.मा. पश्चात २ वटै शव मृतक देव बहादुर हायुको बुबा फिर बहादुर हायुले बुझि लगेको,। हामफाली बेपत्ता,काभ्रेपलान्चोक, भुम्लु गा.पा. ८ दुलालेश्वर महादेव मन्दिर छेउबाट ऐ. मण्डनदेउपुर न.पा ७ बस्ने वर्ष अं. ६८ को केदारनाथ पराजुली र निजको श्रीमती वर्ष अं.६७ की तिल कुमारी पराजुली (बोनम्यारो क्यान्सर भई अपाङ्ग भएको) सुनकोशी नदीमा हामफाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. दोलालघाटबाट प्र.व.ना.नि. को कमाण्डमा ४ जना, प्र.चौ.पाँचखालबाट प्र.नि.को कमाण्डमा ७ जना र स.प्र.बल नेपाल नं. १५ गण हेक्वा पाँचखालबाट स.प्र.नि को कमाण्डमा १० जनाको टोली खटि गई खो.त कार्य भइरहेको,। ला.औ.,मोरङ, बिराटनगर म.न.पा. १५ स्थित एक नं. ढाँटमा इ.प्र.का. रानी र ला.औ.नि.व्यूरो बिराटनगरबाट प्र.ना.नि. को कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको ऐ. लेटाङ न.पा. २ बस्ने वर्ष अं. १८ को सुमित ठकुरी र ऐ. बस्ने वर्ष २५ को विकास भुजेललाई शंका लागी चेकजाँच गर्दा सुमित ठकुरीको साथबाट ला.औ. खैरो हिरोइन जस्तो देखिने पदार्थ शुद्ध तौल १० ग्राम ९४० मिलिग्राम फेला पारी दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का. रानीमा ल्याई थप अनुसन्धान भइरहेको,।  मोरङ, धनपालथान गा.पा.-२ स्थित मानिसहरूले ला.औ. (गाँजा) नेपालबाट भारततर्फ ओसारपसार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का. रंगेलीबाट प्र.नि., प्र.चौ. कर्सियाबाट प्र.व.ना.नि. र प्र.चौ. गडेरियाबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले BR38 H8733 नं. को मो.सा.मा बसिरहेको ऐ. धनपालथान गा.पा.-१, नोचा बस्ने वर्ष २७ को सुमन कुमार साह र ऐ. बस्ने वर्ष २७ को अमर साहलाई शंका लागि नियन्त्रणमा लिई इ.प्र.का. रंगेलीमा ल्याई सोधपुछ गरी उल्लेखित स्थानमा पुनः खटि गई खोजी गर्ने क्रममा ऐ. १८:०० बजे ऐ. धनपालथान गा.पा.-२, भवानीपुर स्थित रामचन्द्र चौधरीको पटुवाबारीमा लुकाई छिपाई राखिएको कालो प्लास्टिकमा पोका पारी राखिएको अवस्थामा ३ वटा पोका लागू औषध (गाँजा) जस्तो वनस्पति फेला परेको हुँदा उक्त लागू औषध (गाँजा) तौल गर्दा ९६ के.जि. १९८ ग्राम बरामद गरी इ.प्र.का. रंगेलीमा ल्याई आ.अ. भइरहेको, ।

मिति २०८३।०४।१९ गते ०५:०० बजे देखि २०८३।०४।२० गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-२०

कर्तव्य ज्यान,सोलुखुम्बु, सोलुदुधकुण्ड न.पा.१ लुदु बस्ने अं.वर्ष ५० को कृष्ण गोपाल बिश्वकर्मा ऐ.०४।१८ गते अं.२०:०० बजे ऐ.बस्ने  निजको नाती अं.वर्ष २३ को निर बहादुर बिश्वकर्माको घरमा न्वारन पुजामा गएकोमा निज कृष्ण गोपाल बिश्वकर्मालाई  निर बहादुर बिश्वकर्माले कुटपिट गरी घाइते भएको भन्ने खबर ऐ.०४।१९ गते ऐ.१३:३० बजे प्र.चौ.नुनथलामा प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटिई गई बुझ्दा घाईतेलाई ऐ.स्थित रहेको स्वास्थ्य चौकी, नुनथलामा ल्याई चेकजाँच गर्दा मृत्यु भएको, कुटपिट गर्ने निर बहादुर बिश्वकर्मालाई नियन्त्रणमा लिई जि.प्र.का.पठाईएको, शव सोही स्वास्थ्य चौकी नुनथलामा रहेको, थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटिई गएको । हिन्दु मुस्लिम झडपमा घाइते उपचारको क्रममा मृत्यु,सुनसरी, थप टिपोट:-मिति २०८३।०४।१० गते जि.सुनसरी देवानगंज गा.पा.३ स्थित हिन्दु पक्ष र मुस्लिम पक्षबीच भएको झडपमा घाइते भएका ऐ. बस्ने विजय मेहताको छोरा वर्ष २१ को रविन्द्र मेहतालाई ऐ.१५ गते १६:४५ बजे विराट नर्सिंङ होम बिराटनगरबाट थप उपचारको लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं रिफर भई उपचार भइरहेकोमा ऐ. १९ गते १०:४५ बजे उपचारको क्रममा मृत्यु भएकोमा ऐ. १९ गते १९:५३ बजे सरकार पक्ष र मृतकका आफन्तहरु बीच भएको छलफल बिना सहमति समाप्त भई मृतकको शव ऐ. अस्पताको शवगृहमा राखिएको, पुन: अर्को छलफल गरी सहमति भए पश्चात मात्र शवको पो.मा. गर्ने भनि छलफल टुङ्गिएको, ऐ. १२:२४ बजे सोही विषयलाई लिएर स्थानीय अं. १०० जनाको संख्यामा भेलाजम्मा भई देवानगंज गा.पा.३ मृतक रविन्द्र मेहता र देवानगंज गा.पा. अध्यक्ष बेचन प्रसाद मेहताको घर छेउ आसपास देवानगंज-कप्तानगंज सडक खण्डमा दाउराहरु संकलन गरी दाउरा बालेर बाटो अवरोध गरेको, उक्त स्थानमा इ.प्र.का. देवानगंजबाट प्र.नि.को कमाण्डमा ४८ जना र BOP कप्तानगंजबाट स.प्र.ना.उ.को कमाण्डमा ७४ जनाको टोली खटी गएको । ज.ज.क./उद्योग/बाल यौन दुर्व्यवहार,कैलाली, १८ गते २३:०० बजे, गोदावरी न.पा.११ बस्ने वर्ष ४५ को पुरूष व्यक्तिले आफ्नै छोरी वर्ष १२ की बालिकालाई ऐ.१८ गते अं.२३:०० बजे ज.ज.क.उद्योग गरेको भनी ऐ.०४।१९ गते ०९:२७ बजे इ.प्र.का.मालाखेतीमा लिखित जाहेरी दिए पश्चात इ.प्र.का.मालाखेतीबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । सोलुखुम्बु, महाकुलुङ गा.पा.-१ पात्लटोल बस्ने वर्ष ६८ की महिलालाई मिति २०८३।०४।१६ गते २१:०० बजे ऐ. बस्ने आसवर्ण राईको छोरा अं.वर्ष ३९ को वसन्त कुलुङ राईले पीडितकै घरभित्र सुतिरहेको अवस्थामा आई ज.ज.क. प्रयास गरेको भनी पीडितले ऐ.१८ गते १०:०० बजे इ.प्र.का.सोताङमा लिखित जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिएकोमा ऐ.१९ गते जि.प्र.का.सोलुमा ल्याई थप अनुसन्धान भइरहेको । बाँके, कोहलपुर न.पा.-११ लोकनगर घर भई ऐ. स्थित पुरानो बसपार्कमा रहेको माईतीको सुहाना जाजरकोटी बर्दियाली होटलमा आएकी वर्ष १९ महिलाले छोरी अं. २ वर्ष ६ महिनाकी बालिकालाई उक्त होटलको कोठामा सुताएको अवस्थामा जि. सुर्खेत सिम्ता गा.पा.-४ बस्ने अं. वर्ष ४६ को कर्ण कामीले पीडित बालिकाको यौनीमा हातको औंला छिराएको भनि बालिकाको आमाले इ.प्र.का. कोहलपुरमा खबर गर्नासाथ प्र.नि.को कमाण्डमा टोली खटि गई निज पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का. कोहलपुरमा ल्याई पीडक र पीडित (बालिका)लाई विस्तृत स्वास्थ्य परिक्षणको लागी भेरी अस्पताल नेपालगंज बाँकेमा पठाइएको, पीडित (बालिका)को अवस्था सामान्य रहेको । शिशु मृत फेला,रौतहट, गुजरा न.पा. ३ सिमरी टोल स्थित झोलुङगे पुल भन्दा अं. ५० मिटर उतर तर्फ सार्बजनिक बाटोमा सालनाल सहितको हातखुट्टा र टाउको देखिने अं.५ महिनाको (बालिका) नबजात शिशुको शव फेला परेको भन्ने जानकारी प्रप्तहुनासाथ प्र.चौ. हरीनगर र इ.प्र.का. लक्ष्मिनियाबाट प्र.नि.को कमाण्डमा SOCO सहितको मुचुल्का टोली खटी गई मुचुल्का पश्चात शव पो.मा. को लागि प्रादेशिक अस्पताल गौरमा पठाई आवश्यक अ.अ. कार्य जारी रहेको । ठगी,काठमाण्डौं शंखरापुर न.पा.५ पालुवारी स्थितमा जि. गोरखा गोरखा न.पा.३ घर भई हाल का.जि.बालाजु बस्ने वर्ष ३८ को पुस्कल खड्काको साथबाट नामथर, वतन नखुलेका अपरिचित अं.६० वर्षको २ जना पुरूष ब्यक्तिहरुले डलर दिन्छु भनि नेपाली रू. १५,०००००/- ठगी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग साँखुबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई गई फरार व्यक्तिहरूको खो.त.कार्य भईरहेको । कैदि मृत्यु,रामेछाप, जिल्ला कारागार रामेछापमा ज.ज.क. शिर्षकको कैद भुक्तान गर्दै आएका जि. ओखलढुङगा सुनकोशी गा.पा.-३  घर भएको वर्ष ५४ को शुक्र बहादुर कामी एक्कासी बेहोस भई लडी उपचारको लागी सोही कारागारबाट प्र.ना.नि.को कमाण्डमा टोलीले जि. अस्पताल रामेछापडाँडा लगि उपचार भईरहेकोमा ऐ. २३:४५ बजे चिकित्सकले  मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, मृतकले प्रेसरको औषधी सेवन गर्दै आएको । हा.ह. बरामद,सिरहा, लहान न.पा.-२२ सलोखरी स्थितमा प्र.चौ. सितापुरबाट प्र.स.नि.को कमाण्डमा खटि गएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा ऐ. बस्ने बद्री दासको छोरा अं. वर्ष २० को सबरजीत दासलाई चेकजाँच गर्दा निजले लगाएको हाप पाईन्टको दाहिने गोजीबाट 9mm जस्तो देखिने म्याग्जिन सहित पुरानो पेस्तोल फेला परेकोले निजको साथीहरु ऐ. बस्ने रामु दासको छोरा अं. वर्ष २० को गुरुदेव दास र ऐ. बस्ने अरुण दासको छोरा अं. वर्ष १९ को संजय दास समेत गरी ३ जना मानिसहरू र 9mm जस्तो देखिने म्याग्जिन सहित पुरानो पेस्तोल नियन्त्रणमा लिई प्र.चौ. सितापुरमा राखिएको, थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाको लागी इ.प्र.का. लहान पठाइएको । लागु औषध,सिन्धुली, कमलामाई न.पा.९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडक-खण्डमा इ.प्र.का.भिमानबाट प्र.नि.को कमाण्डमा खटिएको ट्राफिक सहितको टोली र ला.औ. नियन्त्रण व्युरो शाखा कार्यालय, बर्दीबासको संयुक्त टोलीले मोरङबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक जि. सिन्धुली कमलामाई न.पा.१२ बस्ने अं.वर्ष २९ को चन्द्र बहादुर माझीले चलाएको म.प्र. व०४-००१ ज ००८६ नं.को यात्रुबाहक E.V. हायसको ४ नं. सिटमा  सवार जि. सिराह मिर्चैया न.पा.५ बस्ने अं.वर्ष २० को  सन्देश यादवलाई शंका लागि चेकजाँच गर्दा निजले ल्याएको तरकारीको बोरा भित्र डब्बामा कालो र  सेतो प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याएको लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ४५.१९० ग्राम फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा पछाडी मो.सा.मा चालक जि. सिराहा कल्याणपुर न.पा.६ बस्ने अं.वर्ष १९ को अविशेक कुमार शाहले चलाएको बा.प्र. ०२-०४६ प ४८५३ नं.को मो.सा.र सोही मो.सा. पछाडी सवार जि.धनुषा मिथिला न.पा. ७ बस्ने अं.वर्ष २० को राहुल कुमार मण्डललाई मो.सा.सहित गरी उक्त कार्यमा ३ जना नै संलग्न रहेकोले ३ जनालाई नै नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको । पर्सा, बिन्दवासिनी गा.पा.-५ स्थित तिलावे भिष्वा सडक खण्डमा इ.प्र.का. पोखरिय र प्र.चौ. प्रसौनीभाट्टाबाट खटि गएको टोलीले चेकजाँच गर्ने क्रममा जि. मकवानपुर हेटौंडा उ.म.न.पा.-१३ बस्ने अं. वर्ष ४८ को कृष्ण लामाले चलाएको प्रदेश ३-०१-०२४ च ५३८५ नं.को टाटा योद्धा पिकअप रोकी चेकजाँच गर्दा पिकअप गाडिभित्र सिमेन्टको बोरामा लुकाई छिपाई ल्याएको २०७ के.जी. ला.औ. गाँजा बरामद गरी, मानिस सहित नियन्त्रणमा लिई अ.अ.कार्य भइरहेको ।  न.प. पश्चिम, सरावल गा.पा.-६ बडसारे स्थितमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको चालक जि. नवलपरासी सरावल गा.पा.-४ बस्ने अं. वर्ष १८ को भाष्कर गुप्ताले चलाएको लु. ६ प ६८४१ नं. को मो.सा. लाई ला.औ. नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट प्र.ना.नि. र इ.प्र.का. महेशपुरबाट प्र.ना.नि. को कमाण्डमा खटि गएको संयुक्त टोलीले मो.सा.लाई शंका लागि रोकी चेकजाँच गर्दा मो.सा.को बीच झोलामा ला.औ. ब्रफिन ५०० एम्पुल, डाइजेपाम ५०० एम्पुल, फेनेरागन ५०० एम्पुल, मोबाइल २ थान समेत फेला पारी चालक सहित २ जना मानिस, मो.सा. र ला.औ. सहित नियन्त्रणमा लिई इ.प्र.का. महेशपुरमा ल्याई राखिएको ।

मिति २०८३।०४।१८ गते ०५:०० बजे देखि २०८३।०४।१९ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-१९

कर्तव्य ज्यान,कैलाली, मिति २०८३।०३।२९ गते १७:०० बजे, भजनी न.पा.९ भुरुवा स्थित ऐ. बस्ने अं. वर्ष ५५ को प्रेम ब. राजीलाई निजकै नाति नाता पर्ने ऐ. बस्ने वर्ष ३१ को गति राजीले सामान्य विवाद भई कुटपिट गरी ढाँडमा चोट लागी घाइते भई तत्काल सेति प्रादेशिक अस्पताल धनगढीमा लगि उपचार पश्चात ऐ. ३२ गते कैलाली अस्पतालको लागी रिफर गरी उक्त अस्पतालबाट समेत मिति २०८३।०४।०४ गते भारतको लखिमपुर भन्ने स्थानमा रिफर गरिएकोमा ऐ. ०४।१७ गते १९:३० बजे उपचार पश्चात घर तर्फ ल्याई पुनःअक्सिजनको समस्याको कारण प्रा.स्वा.के.भजनी कैलालीमा ल्याई ऐ. २०:०० बजे नवजीवन अस्पताल कैलाली रिफर गरेकोमा ऐ. ०४।१८ गते ०१:०० बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, शव घरमा ल्याई मृतकका आफन्तिले ऐ.१८ गते ०९:३० बजे प्र.चौ.गन्जहुवामा खबर गर्नासाथ प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.भजनीबाट प्र.नि.को कमाण्डमा टली खटी गई कानूनी प्रकृया पूरा गरी शव पो.मा.को लागि टीकापुर अस्पताल पठाइएको, कुटपिट गर्ने गति राजी प्रहरीको नियन्त्रणमा, । ज.ज.क./बाल यौन दुर्व्यवहार,सल्यान, दार्मा गा.पा.४ लामाडाँडा बुगेनी बस्ने अं.वर्ष १४ की बालिकालाई मिति २०८२।१२।१६ गते अं.१६:०० बजे ऐ.दार्मा गा.पा.४ लामाडाँडा बुगेनी स्थित खोल्सामा लगी ऐ. बस्ने अं.वर्ष ५५ को रुद्र बहादुर चन्दले पैसा दिई प्रलोभन देखाई कोही कसैलाई नभन्नु भनी डरत्रास समेत देखाई ज.ज.क.गरेको भनी इ.प्र.का.थारमारेमा ऐ.०४।१७ गते अं.१७:०० बजे जाहेरी दरखास्त दिएकोले पीडकलाई ऐ.०४।१८ गते अं.०५:३० बजे इ.प्र.का.दर्माबाट प्र.ना.नि.को कमाण्डमा टोली खटिई गई निजको घर वतनबाटै नियन्त्रणमा लिई आ.अ.भईरहेको, बलिकाको अवस्था सामान्य रहेको, । बांके, कोहलपुर न.पा. वडा नं. ११, हरियालीमार्ग बस‌पार्क नजिक रहेको सल्यानी गेष्ट हाउसमा प्रतिवादी जि. बाँके खजुरा गा.पा.०२ बस्ने बर्ष २० को प्रदिप सुनार र ऐ.ऐ बस्ने वर्ष २८ को मोहन सत्याल ले पीडित १४ कि परिवर्तित नाम ६५ (८३/८४) क र बर्ष १५ की परिवर्तित नाम ६५ (८३/८४) ख लाइ लिइ उक्त गेष्ट हाउसमा रात भरी राखी पालै पालो सामुहिक जवरजस्ती करणी गरेकाले प्रतिवादी मध्येका प्रदिप सुनार मिति २०८३/०४/१२ गते पक्राउ परि म्यादथप भई इ.प्र.का धनौली,बाँकेको हिरासत कक्षमा राखिएको अर्का प्रतिवादी मोहन सत्याल वारदात पश्चात फरार रहेकोमा इ.प्र.का धनौली,बाँकेबाट प्र.स.नि.को कमाण्डमा ३ जनाको टोलिले निजलाई खोजतलास गर्दै जाने क्रममा मिति २०८३/०४/१७ गते अं.२०:०० बजेको समयमा जि.बाँके खजुरा गा.पा.०५ स्थित नेपालगंज गुलरिया-हुलाकी सडक खण्डमा लुकीछिपी हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरि निजलाई मिति २०८३/०४/१७ गतेबाट लागू हुने गरि पहिलो पटक दिन ४ को मिलान म्यादथप गरिएको । मोरङ, लेटाङ न.पा.१ लाख स्थित तत्काल नाम थाहा नभएको होटलको कोठामा ऐ.बिराटनगर म.न.पा.१६ बस्ने वर्ष २१ की महिलालाई ऐ.५ बस्ने अं.वर्ष २५ की सुम्निमा भन्ने सोनुमा लिम्बु ऐ.केराबारी गा.पा.८ बस्ने अं.वर्ष ५० को कमल बहादुर आले मगर, ऐ.सुन्दरहरैचा  न.पा.१० बस्ने अं.वर्ष ३८ को डम्बर खतिवडा समेत संगै बसी मादक पदार्थ  सेवन गरी नशाको अवस्थामा सोनुमा लिम्बु र कमल बहादुर आले मगर समेतको मिलोमतोमा डम्बर खतिवडाले धाकधम्की दिई ज.ज.क.गरेको भनी पिडितले मिति २०८३।०४।१८ गते इ.प्र.का.बेलबारीमा जाहेरी दिनासाथ इ.प्र.का.बेलबारीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई घटनामा संलग्न तिनै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.लेटाङमा ल्याई बुझाएकोले घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको,। पर्सा, बिरगंज म.न.पा.१६ नगवा चालिस फिटे स्थित जिल्ला सर्लाही घर भइ हाल ऐ.वडामा डेरा गरी बस्ने बाल किशोर सहनीको छोरी अं.वर्ष १० की रोशनी कुमारी सहनीलाई ऐ.बस्ने भोला साह को छोरा अं.वर्ष ३५ को गोपाल साहले पैसाको प्रलोभन देखाई निज बालिकालाई बाल दुर्व्यवहार गर्न खोजेको भनी स्थानीले इ.प्र.का.नगवामा आई जानकारी गराउनासाथ इ.प्र.का.नगवाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई गोपाल साहलाई नियन्त्रणमा लिई व.प्र.का.बिर्तापठाएको, थप अनुसन्धान कार्य भईरहेको र निज बालिकालाई नारायणी अस्पताल बिरगंज पर्सामा यौनजन्य बिशेष स्वास्थ्य परिक्षण गराई निज बालिकालाई आमाको जिम्मा लगाई पठाएको, । सवारी दुर्घटना,सिन्धुली, फिक्कल गा.पा.२ नवलपुर स्थित मध्यपहाडी लोकमार्गमा काठमाण्डौंबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको जि.सिन्धुली फिक्कल गा.पा.६ बस्ने वर्ष २६ को हेम बहादुर तामाङले चलाई ल्याएको बा.प्र.०८-००१ ख ०१४४ नम्बरको बसले सोही दिशाबाट जाँदै गर्दा सोही स्थानमा रोकी राखेको चालक जि. सिन्धुपाल्चोक जुगल गा.पा.७ बस्ने अं.वर्ष ३९ को दिल कुमार लामाले चलाई ल्याएको प्रदेश ३-०१-०२४ च ९५७३ नं.को कारलाई ठक्कर दिँदा कार सडकबाट अं.५० फिट तल सुनकोशी नदीमा खसी कार, कार चालक र कारमा सवार स्काईभेटर चालक जि. सिन्धुली गोलान्जोर गा.पा.१ बस्ने अं.वर्ष २८ को गणेश थापा र नाम थर, वतन नखुलेको १ जना हेल्पर समेत नदीमा वेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.खाङसाङबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई गई बस र चालकलाई नियन्त्रणमा लिई प्र.चौ.खाङसाङमा राखिएको, बेपत्ता कार र मानिसको खो.त.तथा उद्दार कार्यको लागि थप इ.प्र.का.खुर्कोटबाट प्र.नि. र शसस्त्र प्रहरी बल बिपद बेस खुर्कोटबाट स.प्र.नि.को कमाण्डमा गरी जम्मा १७ जनाको संयुक्त टोली खटिई गएको । झै-झगडा तथा कुटपिट,कास्की, पोखरा म.न.पा. ५ मालेपाटन गोलचौतारा नजिक स्थित मा.प.से. गरी सामान्य बिबाद भई एकआपसमा झगडा गरि निम्न मानिसहरु घाईते भएको भन्ने ऐ. २२:५५ बजे सुचना प्राप्त हुनसाथ व.प्र.का. बैदामबाट प्र.ना.उ. सुर्य बहादुर बोगटी (९८५६०८०१६७) को कमाण्डमा ५ जना टोली खटिइ गई तत्काल उद्धार गरी उपचारको लागि GMC अस्पताल लगिएको, उक्त घट्नामा संलग्न जि. तनहुँ भानु न.पा. १ घर भई हाल पोखरा म.न.पा. ५ मालेपाटन बस्ने बर्ष १८ को बिजय परियार व.प्र.का. बैदामको नियन्त्रणमा रहेको, घाईते निम्नः- १. जि. तनहुँ भानु न.पा.२ घर भई हाल जि. कास्की पोखरा ५ मालेपाटन बस्ने बर्ष २२ को नबिन गुरुङ बाँया कोखमा धारिलो हतियारले काटे जस्तो देखिने चोट, अवस्था हल्का बोल्न सक्ने सिरियस, मा.प.से. गरेको भन्ने बुझिएको । २. जि. तनहुँ भानु न.पा.४ घर भई हाल जि. कास्की पोखरा ५ मालेपाटन बस्ने बर्ष ४६ को मदन आचार्य पछाडी ढाडमा धारिलो हतियारले काटे जस्तो देखिने चोट, अवस्था हल्का बोल्न सक्ने सिरियस, मा.प.से. गरेको भन्ने बुझिएको । ला.औ.,सर्लाही, लालबन्दी न.पा.-१ स्थितमा जि.ट्रा.का. नवलपुर सर्लाहीको कार्यालय अगाडी इ.प्र.का. नवलपुरबाट प्र.ब.ह. र जि.ट्रा.प्र.का.बाट प्र.ह.को कमाण्डमा खटि गएको संयुक्त टोलीले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बागमतीबाट जनकपुर तर्फ जाँदै गरेको BR 09 M 3766 नं.को भारतीय कारलाई रोकी चेकजाँच गर्दा डिक्किमा लुकाई छिपाई गरी लैजाँदै गरेको २३ पोकामा अं. १०९ के.जी. प्लाष्टिक सहित ला.औ. गाँजा सहित, कार र कार चालक देश भारत जि. सितामढी थाना समुद्र बस्ने अं. वर्ष २६ को दिपक कुमार महतो र सोही कारमा सवार ऐ. बस्ने अं. वर्ष २५ को अमन कुमारलाई नियन्त्रणमा लिई जि.ट्रा.प्र.का. नवलपुर सर्लाहीमा राखिएको, इ.प्र.का. लालबन्दीमा खबर गराउनासाथ प्र.नि.को कमाण्डमा मुचुल्का सहितको टोली खटी गई अन्य अनुसन्धान कार्य भइरहेको ।  बाँके, नेपालगंज उ.म.न.पा.४ न्युरोड स्थित रण बहादुर के.सी.को घरमा ला.औ.कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा ला.औ.नियन्त्रण ब्युरो नेपालगंजबाट प्र.स.नि.र व.प्र.का.नेपालगंजबाट प्र.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले उक्त घरमा डेरा गरी बस्ने ऐ. नेपालगंज उ.म.न.पा. ४ सुर्जी गाउँ घर भएका वर्ष ३० को सुशील भण्डारी र ऐ. नेपालगंज उ.म.न.पा.१० घर भएका वर्ष ५५ को अरुण कुमार जैसवालको कोठा खानतलासी गर्दा दराजभित्र लुकाई राखेको अवस्थामा ला.औ.खैरो हेरोईन जस्तो देखिने पदार्थ शुद्ध तौल ५२६ ग्राम २९० मिलिग्राम, डिजिटल तराजु थान-१, मोवाइल थान-२ र नगद भारु रुपैया रू.२,०१,४००।- र ने.रु १,८०,०००।–गरी जम्मा ने.रू.५,०२,२४०।– फेला परेकोले उक्त ला.औ., नगद र सामानहरू सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.‍का.मा पठाइएको, ।

मिति २०८३।०४।१७ गते ०५:०० बजे देखि २०८३।०४।१८ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-१८

ज.ज.क./बाल यौन दुर्व्यवहार,इलाम, देश भारत जिल्ला आलेपुर ग्राम पंचायत लंकापारा घर भई हाल जि. इलाम सुर्योदय न.पा.४ तकपत फुफुको घरमा बस्दै गरेकी अं. वर्ष १७ की बालिकालाई घरमा कोही नभएको अवस्थामा ऐ.०४।१६ गते अं.१६:३० ऐ. सुर्योदय न.पा.४ तकपत बस्ने अं.वर्ष ५६ को बिर बहादुर लेप्चाले बाल यौन दुरुपयोग गर्दा हो-हल्ला गरि छिमेकी आएको देखी बिर बहादुर लेप्चा फरार भएको भनी प्र.चौ.श्रीअन्तुमा जानकारी गराउनसाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई ऐ.१७ गते विहानको राती ०२:०० बजे निजको घरबाट नियन्त्रणमा लिई इ.प्र.का.पशुपतिनगरमा ल्याई अनुसन्धान कार्य भईरहेको, बालिकाको अवस्था सामान्य रहेको । बालिकालाई मा.प.से.गराई बेहोस,कैलाली, मिति २०८३।०४।१७ गते २३:५० बजेको समयमा जिल्ला कैलाली धनगढी उ.म.न.पा. २ रुबस चोक स्थित ऐ.ऐ.३ मिलन चोक बस्ने बर्ष २२ को सुजल पडालले संन्चालन गरेको  टोम एन जेरी क्याफेमा ऐ.ऐ.४ बस्ने बर्ष १९ को प्रतिक कार्की, ऐ.ऐ.३ बस्ने बर्ष १५ को अनुराग चन्द र जि.कञ्चनपुर पुनर्बास न.पा.११ डोके बजार बस्ने बर्ष १७ को गौरव शर्माले जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ बस्ने मिलन शाहीको छोरी बर्ष १३ कि गुन्जन शाहीलाई बोलाई मा.प.से.गराएको भनि आफन्तले जानकारी गराउना साथ अ.प्र.पोष्ट बसपार्कबाट प्र.स.नि.चक्र बहादुर बोहारा को कमाण्डमा टोलि खटिगई बालिका लाई उपचारको लागी निजको दाइ प्युस शाही को जिम्मा लगाई नवजिवन अस्पतालमा पठाएको, उपचार भइरहेको, अवस्था बेहोस, संन्चालक सहित चारै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.कैलालीको हिरासतमा ल्याई राखेको,थप अनुसन्धान भइरहेको ,ऐ १८ गते ०२:०० बजे सोही अस्पतालको आइ.सि.यु.मा राखि उपचार भइरहेको । कुटपिट,काठमाण्डौ, गोकर्णेश्‍वर न.पा. ७ माकलबारी गेट स्थित जि. सिन्धुपाल्चोक मेलम्ची न.पा. ६ घर भई बस्ने वर्ष २७ को होम बहादुर तामाङ र  शंखरापुर न.पा. १ घर भई हाल गोकर्णेश्‍वर न.पा. ६ नारायणटार बस्ने वर्ष ३० को बुद्ध लामा बिच विवाद भई कुटपिट हुँदा दुवै जना घाईते भई उपचारको लागि बुद्ध लामालाई शंखरापुर अस्पताल नारायणटार लगी उपचार भइरहेको टाउको र दाहिने आँखा मुनि चोट अवसथा मध्य, होम बहादुर तामाङलाई KMC अस्पताल दुवाकोट भक्तपुर लगि उपचार भइरहेको, टाउकोमा चोट अवस्था गम्भीर, उक्त स्थानमा प्रहरी वृत्त बौद्धबाट प्र.ना.नि. को कमाण्डमा टोली खटि गएको । चोरी,सुनसरी, धरान उ.म.न.पा.११ सुनसरी टेक्निकल कलेज अगाडि बस्ने राजु साहको घरको माथिल्लो तलाको कोठामा कोही नभएको समयमा सुनका विभिन्न प्रकारका गर-गहनाहरू अं.१० तोला, नगद रू.४,००००० गरी जम्मा ३०,००,०००/- बराबर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.धरानबाट प्र.नि.को कमाण्डमा टोली खटिई गई चोरीमा संलग्न ऐ. धरान उ.म.न.पा.३ बस्ने नरेश बराईलीको छोरा वर्ष २३ को सुमित बराईली, निजको श्रीमती वर्ष २१ की सम्झना बराईली र ऐ.९ बस्ने हरि माया वि.क.को छोरा वर्ष १६ को मनिस वि.क.को साथबाट नगद रु. ४४,४६३/- चाँदी तथा सुनको विभिन्न प्रकारका गर-गहनाहरू फेला पारी ३ जनालाई नै नियन्त्रणमा लिई इ.प्र.का.धरानमा राखी आ.अ.भईरहेको ।  फुटकर ज्यान,बर्दिया, थप अपडेट:- मिति २०८३।०४।१५ गते अं.०६:३० बजे, ठाकुरबाबा न.पा.९ बागचोक स्थित नहर भित्री सडक-खण्डमा लु.प्र.०१-०१२ प ०८२५ नं.को मो.सा.पल्टिएको अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पो.ठाकुरद्वाराबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई मो.सा.धनी ऐ.७  कालीगौडी बस्ने वर्ष अं.२० को गोविन्द जैसी, ऐ.८ मडेला बस्ने अं.वर्ष १९ को दिनेश बटुवाल सम्पर्कमा आएको र चालक ऐ.९ बस्ने अं.वर्ष २७ को आशाराम चौधरी हाल सम्पर्कमा नआएकोले थप अनुसन्धानको लागि इ.प्र.का.बग्नाहबाट प्र.नि.को कमाण्डमा टोली खटी गई गोविन्द जैसी र ऐ.८ मडेला बस्ने दिनेश बटुवाललाई नियन्त्रणमा लिएको, आशाराम चौधरीको खो.त.भइरहेकोमा मिति २०८३।०४।१७ गते अं.११:१० बजे उक्त नहरको पानी अर्को नहरमा लगाउँदा घटनास्थल देखि अं.१५० मिटर दक्षिण नहरमा आशाराम चौधरी मृत अवस्थामा फेला परेको, उक्त स्थानमा इ.प्र.का.बग्नाहबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि बर्दिया अस्पताल गुलरिया पठाईएको । सवारी दुर्घटना(प्र.क.घाईते),बारा, पचरौता न.पा.८ तेलकुवा स्थित नहर सडक-खण्डमा तेलकुवाबाट सिम्रौनगढ तर्फ जाँदै गरेको प्र.१-०१-००१च.८७३१नं.को स्कारपियो तियर खोला स्थितमा रोकी रहेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको  BR05BT 5839 नं.को  मो.सा.ले पछाडीबाट उक्त स्कारपियोमा ठक्कर दिँदा मो.सा.चालक जि.रौतहट पोरहा न.पा.४ लौकहा घर भएका प्र.चौ.मधुवन पर्सा दरवन्दी भई हाल उच्च अदालत विरगंज पर्सामा कार्यरत (कम्प्युटर कोड नं.३६५४११) अं.वर्ष ४४ को प्र.व.ह.बोधनाथ प्रसाद यादवको कम्मर र बाँया खुट्टामा चोट लागि घाईते भई उपचारको लागि नारायणी अस्पताल पर्सा पुगी उपचार भईरहेको, (निज ऐ.११:०० बजे कार्यालयमा निस्केको भन्ने बुझिएको, मा.प.से.नगरेको ) उक्त स्थानमा अ.प्र.पोष्ट लङडाचोकबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई गई दुवै सवारी साधन र स्कारपियो चालक जि. बारा सिम्रौनगढ न.पा.८ ईटवाल टोल बस्ने अं.वर्ष २९ को खौसी महतो कोईरीलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।  गोरुको मासु सहित मानिस नियन्त्रणमा,इलाम, रोङ गा.पा.३ याङरे बस्ने अं. ४२ को मिलन राईले आफ्नै घरको आगनमा गोरु काटी रहेको भन्ने खबर  जि.प्र.का.मा प्राप्त हुनासाथ प्र.चौ. हर्कटेबाट प्र.स.नि. को कमाण्डमा ३ जना र प्र.चौ. फिक्कलबाट प्र.ना.नि. को कमाण्डमा ४ जनाको टोली गरी जम्मा ७ जनाको  टोली खटी गई, निज मिलन राईलाई गोरुको मासु सहित नियन्त्रणमा लिई इ.प्र.का.पशुपतिनगर ल्याई थप अनुसन्धान कार्य भईरहेको । प्र.क.माथी हातपात,जुम्ला, चन्दननाथ न.पा.६ बसपार्क स्थित जि.प्र.का.बाट पिकेट डियुटिमा खटिएको प्रहरी टोलीले चेक जांच गर्ने क्रममा ऐ. छिना बस्ने वर्ष ३४ को किसान थापाले तल्लो जुगार्ड पुलबाट ट्राफिक चोक तर्फ चलाई लगेको बा.४० प ७५३६ नं.को मो.सा चालक र सोही मो.सा पछाडी सवार ऐ.बस्ने वर्ष ३६ को धर्म रावलहरुले मा.प.से गरी डियुटीमा खटिएको प्रहरी टोलीलाई अपसब्द प्रयोग तथा हातपात समेत गर्दा का.सु.गार्ड जुम्ला दरबन्दी (क.कोड.नं.४१७५६९) को प्र.ज सुनिल पटेलको दाँया हात र दाँया खुट्टाको गोली गाठाको भागमा भित्री चोट लागि उपचारको लागी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाई उपचार पश्चात डिस्चार्ज भएको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.स.नि. को कमाण्डमा थप टोली खटि गई उक्त मो.सा सहित दुबै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई अनुसन्धान भइरहेको । लागु औषध,सुर्खेत, वीरेन्द्रनगर न.पा.५ कालिकाटोल स्थितमा गोप्य सूचनाको आधारमा जि.प्र.का.बाट प्र.ना.नि.र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट प्र.व.ह.को संयुक्त टोलीले ऐ.बस्ने वर्ष ३० को प्रकाश कडेलको कोठाबाट १ पोका, ९ पुडिया ला.औ.ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ शुद्ध तौल १० ग्राम,६५० मिलिग्राम सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.सुर्खेतमा ल्याई राखिएको, उक्त स्थान जि.प्र.का.बाट अं.२ कि.मि.उत्तर पश्चिम पर्ने ।  कञ्चनपुर, कञ्चनपुर बेलौरी न.पा. ७ पौलाहास्थित सडक किनारमा कालो प्लास्टिकको पोकोमा शंकास्पद वस्तु फेला परेको भनी खबर प्राप्त हुनासाथ इ.प्र.का. बेलौरीबाट प्र.व.ना.नि. को कमाण्डमा टोली खटि गई उक्त पोको खोली हेर्दा शुद्ध तौल ८ ग्राम ४२० मिलिग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ बेवारिसे अवस्थामा फेला पारी बरामद गरी इ.प्र.का. बेलोरी ल्याई राखिएको  ।

मिति २०८३।०४।१६ गते ०५:०० बजे देखि २०८३।०४।१७ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-१७

ज.ज.क./बाल यौन दुर्व्यवहार,म्याग्दी, बेनी न.पा.-८ शिक्षा मार्ग बस्ने वर्ष ५९ को राजमान छन्त्यालले आफ्नै घरको छतमा ऐ. बस्ने वर्ष  १६ की बालिकालाई चिया खुवाउने बहानमा पछाडिबाट स्तनमा समाती बाल यौन दुरुपयोग सम्बन्धी कसुर गरेको भनी मिति २०८३।०४।१५ गते निजको आमाले जि.प्र.का.मा जाहेरी दिनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई निज राजमान छन्त्याललाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई मेडिकल चेकजाँच गरी हिरासत कक्षमा राखेको, बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको, आफन्तको जिम्मा लगाई पठाएको, निज राजमान छन्त्याललाई ऐ. १५ गते १७:०० बजे मुद्दा दर्ता भई थप अनुसन्धान कार्य भइरहेको भनि मुद्दा शाखाबाट ऐ. १६ गते ११:१५ बजे जानकारी प्राप्त भएको,। पर्वत, जिल्ला पर्वत कुश्मा न.पा.३ दुर्लुङ खाल्टा बस्ने बर्ष ९ कि परिवर्तित नामथर कालिगण्डकी (१०) लाई सोही स्थान बस्ने बर्ष १४ को परिवर्तित नामथर कालिगण्डकी (१५) ले ऐ.ऐ.स्थित कोदो बारीमा करणीका आशयले पिडितको संबेदनशिल अङ्ग पिसाब फेर्ने ठाउ छुन खोज्ने,आफ्नो पिसाब गर्ने चिज देखाउन खोज्ने तथा अस्वभाविक कार्य गरी बालयौन दुरुपयोग गरेको भनी आज मिति २०८३।०४।१६ गते अं.१२:३० बजे कानुन बमोजिम कार्वाही गरीपाउ भनि निजका अभिभावक (धर्म बाबु ) परिवर्तित नामथर कालिगण्डकी (९) यस कार्यालयमा आई जाहेरी दरखास्त दिए पश्चात प्र.नि.राजन कुमार पटेल (९८५७६४५८५५) को कमाण्डमा ६ जनाको प्रहरी टोली खटि गई निज कानुनको विवादमा परेका बालकलाई ऐ. १४:०० बजे नियन्त्रणमा लिई जि.प्र.का.पर्वतमा ल्याई राखेको, नबलपरासी(बर्दघाट सुस्ता पश्चिम), जिल्ला नवलपरासी बर्दघाट न.पा.१६ शितलबस्ती बस्ने बर्ष ३२ को अमिर गुरुङले ऐ.ऐ. बस्ने मुक्ति प्रकाश गुरुङको छोरी बर्ष अं.१२ कि बालिका नाम परिबर्तित “२०८३/०८४ (क१) लाई निजकै घर कोठामा गई बालयौन दुर्ब्यबहार गरेको भनि बालिकाको ठुली आमा नाम परिबर्तित “२०८३/०८४ (क) कुमारीले ले ऐ. २०;०० बजे इ.प्र.का. बर्दघाटमा किटानी जाहेरी दिए पश्चात इ.प्र.का. बर्दघाटबाट प्र.नि. कृष्ण डाँगीको कमाण्डमा प्रहरी टोली खटिई दुबै जनालाई इ.प्र.का.बर्दघाटमा ल्याई थप अनुसन्धान तथा मेडिकलको लागी प्र.स.नि. कृष्ण पोख्रेलको कमाण्डमा ५ जनाको टोलीले प्रादेशिक अस्पताल बुटवल रुपन्देही लगिएको, थप अनुसन्धान भईरहेको, आत्मदाह प्रयास,काठमाण्डौ, का.म.न.पा.-१३ कालिमाटी स्थित कालिमाटी चोक नजिक रहेको मालि पेट्रोल पम्पमा जि. चितवन घर भई हाल का.जि. कालिमाटी सडक खण्डमा बस्ने मागि खाने सडक पेटिमा सुत्ने भन्ने बुझिन आएको अं. वर्ष २८ को बिजय परियारले उक्त पेट्रोल पम्पमा अं. १ लिटर पेट्रोल छर्की आगो लगाउने क्रममा कालिमाटी चोकमा खटि गएको पिकेट डिउटी प्र.ह. राकेश कुमार साहले फेला पारी नियन्त्रणमा लिई भ्यानमा राखि तत्काल उपचारको लागि का.जि. महावौद्ध स्थित बिर अस्पताल लगि उपचार भइरहेको, अवस्था बोल्न सक्ने, सामान्य रहेको, अन्य अ.अ. कार्य जारी, । लुटपाट (गोली प्रहार),काठमाण्डौं, मिति २०८३।०४।०७ गते जि. काठमाण्डौं टोखा न.पा.-६ धापासीमा सिक्री लुटपाट गरी फरार रहेका ब्यक्तिलाई जि. प्रहरी परिसर काठमाण्डौबाट प्र.नि.को कमाण्डमा खटि गएको टोलीले खो.त. गर्दै जाने क्रममा ऐ. ०४।१६ गते अं. २२:२५ बजे जि. काठमाण्डौं बुढानिलकण्ठ न.पा.-१३ चुनिखेल गाम्चा पानी ट्याङ्की नजिक सिक्री लुटपाट गर्ने बागमती प्रदेश ०२-०४१ प १६४२ नं.को मो.सा.मा सवार जि. सिन्धुपाल्चोक मेलम्ची न.पा.-४ घर भई हाल जि. काठमाण्डौं बौद्ध बस्ने अं. वर्ष ३४ को कर्मा तामाङलाई फेला पारी नियन्त्रणमा लिन खोज्दा निजको साथमा रहेको खुकुरीले प्रहरी टोली माथि आक्रमण गर्न खोज्दा प्रहरी टोलीले प्रतिकार गर्ने क्रममा बेरेटा पेस्तोलबाट ३ राउण्ड गोली प्रहार गरी घटनामा प्रयोग भएको खुकुरी सहित निजलाई नियन्त्रणमा लिई उपचारको लागि ट्रमा सेन्टरमा लगि उक्त अस्पतालमा कार्यरत प्र.क.लाई जिम्मा लगाई उपचार भइरहेको, । ला.औ., धनकुटा, चौबिसे गा.पा.४ फलामेटार स्थित जनता आवसको लागी बनाईएको खाली घरमा अबैध रुपमा लागू औषध गाँजा स्टोर गरी राखेको भन्ने गोप्य सुचना प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.उ. को कमाण्डमा टोली खटी गई उक्त घर खानतलासी गर्दा लुकाई छिपाई गरी राखेको अवस्थामा प्लाष्टिकको बोरामा (४८ वटा बोरा) फेला पारी नापतौल गर्दा जम्मा ८०४ के.जि.लागु औषध गाँजा सहित छथरजोरपाटी गा.पा.४ घर भई ऐ.चौबिसे गा.पा..४ मा होटल संचालन गर्दै आएका बस्ने अं.बर्ष ४० को हरि प्रसाद ओझा र  चौबिसे गा.पा.४ बस्ने अं.बर्ष ३४ को आशिष बिश्वकर्मालाई पक्राउ गरी जि.प्र.का.मा ल्याई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।

मिति २०८३।०४।१५ गते ०५:०० बजे देखि २०८३।०४।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-१६

शव बुझे सम्बन्धी,सुनसरी, मिति २०८३।०४।१० गते भएको हिन्दु, मुस्लीम समुदाय बीचको झडपमा गोली लागी घाईते भई उपचारको क्रममा मृत्यु भएका देवानगंज गा.पा. ४ बस्ने वर्ष २४ को ओम प्रकाश मेहता र देवानगंज गा.पा.३ बस्ने वर्ष २२ को जय प्रकाश मेहताको शव ऐ. १५ गते १६:५९ बजे कानूनी प्रकृया पुरा गरी पो.मा.को लागि कोशी अस्पताल विराटनगर पठाईएकोमा ऐ.१७:५७ बजे दुवै शवको पो.मा. समाप्‍त भई ऐ.१८:२० बजे आफन्तहरुले शव  बुझी दाहासंस्कारको लागी लिई हिँडेकोमा दाहसंस्कार समेत भइसकेको । भेटघाट तथा छलफल/ सहमती,सिरहा, औरही गा.पा.२ तुल्सिपुर स्थित ऐ.१४ गते गोलबजारमा बिरोध प्रदर्शनको क्रममा मृत्यु भएको मृतकको घरमा माननिय गृह-मन्त्री सुदन गुरुङ्ग ज्यूको प्रमुख आतिथ्यतामा सिरहा जिल्ला क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य माननिय बब्लु गुप्ता, सामानुपातिक संसद पुरुश्वोतम यादव, सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रनामनि ओम प्रकाश अधिकारी, नं.२ छिन्नमस्ता बाहिनीबाट स.प्र.ना.म.नि.बिष्णु प्रसाद भट्ट , नेपाल सेना नं २७ बाहिनी चौहर्वाबाट सहायक रथी उज्जल थापा,  जि.प्र.का.सिरहाबाट प्र.उ.बाशुदेव पाठक र नं.७ गण सिरहाबाट स.प्र.उ. सुमन जंग थापा क्षेत्री लगायतको उपस्थितमा गोलबजारमा भएको घट्नाको मृतको परिवारहरू सँग भेटघाट तथा छलफल कार्यक्रम शुरु भई ऐ.१६ गते ०१:५० बजे सरकार पक्ष र पिडित पक्ष बिच निम्न बुँदाहरूमा१. मृतकलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने। साथै मृतकका परिवारलाई रु.१०,००,०००/- (अक्षरेपि दश लाख मात्र) नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने । २. २०८३ साल श्रावण १४ गते गोलबजार बजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उपर प्रचलित कानून बमोजिम आवश्यक कारवाही प्रक्रिया तत्काल अगाडि बढाउने । ३. मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारको अवसर उपलब्ध गराउने । ४. उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरु प्रचलित कानून बमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने । ५. मृतकको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने । साथै शालिक निर्माणका लागि आवश्यक पहल गर्ने । ६. मिति २०८३/०४/१६ गते दिनको १०:०० बजे मृतकको अन्तिम संस्कार गर्ने । ७. मृतकको भाइ र बहिनीको निशुल्क शिक्षा र मृतकको बुबा, आमा को सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने ।सहमति भएको, उक्त स्थानमा जि.प्र.का.सिरहाबाट प्र.ना.उ.को कमाण्डमा ६० जना र नेपाली  सेना र सशस्त्र प्रहरी बलको समेत टोली खटिएको । कर्तव्य ज्यान,न.प.(पूर्व), थप अपडेटः मिति २०८२।१२।२३ गते ०७:१५ बजे, देवचुली न.पा.१६ टाँगिकोट बस्ने वर्ष ७५ को जिवन राम थनेत र निजको श्रीमती वर्ष ७० की गुलबसिनिया थनेत राती खाना खाई सुतेकोमा बिहान अवेर सम्म नउठेकोमा छोरा बिर ब.थनेत गई हेर्दा निजहरु घाईते अवस्थामा रहेको भनि ०७:४५ बजे जानकारी प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गई घाईतेहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको, दुबैको अवस्था गम्भीर, ऐ.०८:२० बजे जिवन राम थनेतको उपचारको क्रममा मृत्यु भएको, शव पो.मा.को लागि भरतपुर सरकारी अस्पताल चितवन पठाएको, मृतकको श्रीमतीलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज पठाई उपचार भइरहेकोमा मिति २०८३।०२।०१ गते घाईते गुलबसनिया थनेतको अवस्थामा सुधार नदेखिएकोले डिश्चार्ज गरी आफुखसी घर ल्याएकोमा मिति २०८३।०४।१५ गते २२:१० बजे गुलबसिनिया थनेतको घरमा नै मृत्यु भएको, मिति २०८३।०१।१५ गते कुटपिट गर्ने जि.बागलुङ गल्कोट न.पा.९ बासकोट बस्ने वर्ष ३१ को संजय बि.क.लाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय समेतको सहयोगमा जि.काठमाण्डौ का.म.न.पा.४ सुकेधारा स्थितबाट पक्राउ गरी मिति २०८३।०१।१६ गते सम्मानित नवलपुर जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी कर्तब्य ज्यान सम्बन्धी कसुरमा आ.अ.भईरहेको । धनुषा, मिति २०८३।०४।१४ गते राती के-कुन समयमा जि. धनुषा सबैला न.पा.-१२ रघुनाथपुर नहर चोक स्थित शिव मन्दिर परिसरभित्र नामथर, वतन नखुलेको तराइ मुलको जस्तो देखिने अं. वर्ष ४० को पुरुष व्यक्ति मन्दिरभित्र रहेको काठको खाटमा घोप्टो परी शरीरको विभिन्न भागमा धारिलो हतियारले काटी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. बरमझियाबाट प्र.स.नि. र इ.प्र.का. सबैलाबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गएको, ऐ. ०८:३६ बजे लालगढ केनाईन शाखाबाट प्र.ह.को कमाण्डमा Dog सहितको टोली खटी गई अनुसन्धान कार्य भइरहेको, मृतक शव जि. धनुषा हंसपुर न.पा.३ मल्हेनिया बस्ने वर्ष ४० को बंन्ठु राउत कडेरीको हो भनी घटनास्थलमा आएका स्थानीयले ऐ. ०८:४५ बजे सनाखत गरेको, शवको कानूनी प्रक्रिया पुरा गरी पो.मा.को लागि सरकारी अस्पताल बर्दिवास महोत्तरी पठाएको अन्य अ.अ.कार्य जारी रहेको । प्रतिवादी फरार रहेकोले फलोअपमा राखीएको । सुन बरामद,काठमाण्डौ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन (Arrival) पार्किङ क्षेत्रस्थित, जिल्ला नुवाकोट बिदुर न.पा.१० बटाल बस्ने हरि बहादुर तिमिल्सिनाको छोरा बर्ष ३९ को देवेन्द्र तिमिल्सिनाले बायाँ खल्तीमा iPhone 16 pro max model A3296 मोवाइल थान १, दाया खल्तीमा लुकाई छुपाई लगी रहेको ३१.११ ग्राम सुन जस्तो देखिने पहेलो धातुको सिक्री लकेट थान-१, ५ ग्राम सुन जस्तो देखिने पहेलो धातुको औठी थान १ र ६.९१ सुन जस्तो देखिने पहेलो धातुको कुण्डल थान १ गरी जम्मा अन्दाजी ४३.०२ ग्राम  अवैध रूपमा लैजान लागेको हुँदा निजलाई नियन्त्रणमा लिई निजको साथमा भएको सुनजस्तो देखिने धातुका गरगहना बरामद गरी निज देवेन्द्र तिमिल्सिनालाई आवश्यक अनुसन्धान तथा प्रचलित कानून बमोजिम कारवाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको । चोरी,ललतिपुर, गोदावरी न.पा.१० बिष्टगाउँ स्थित उषा थापाको १ तले कच्ची घरमा कोहि नभएको अबस्थामा अपरिचित ब्यक्तीहरु प्रबेश गरी दराजमा रहेको सुनको सानो तिलरी १ थान २ आना (अं. मुल्य रु ३५००० ।–), सुनको  सिक्री १ थान १ तोला  (अं. मुल्य रु २,८५,००० ।–), सुनको  माईली तिलरी १ थान १.२ तोला (अं. मुल्य रु १४२५००।–),सुनको औठी १ थान  ६ आना (अं. मुल्य रु१०६००० ।–), सुनको झुम्का जोर १ ६ आना (अं. मुल्य रु१०६००० ।–), VIVO कम्पनी को मोवाईल फोन १ थान  (अं. मुल्य रु ३५००० ।–), नगद रु ४०,०००।, खुत्रुके १ थान भित्र रहेको नगद (अं. १००००।-) गरी जम्मा रु.७,५९,५०० ।- (सात लाख  उनान्साठी हजार पाच सय मात्र) बराबरको धनमाल चोरी गरी फरार भएको भनी प्रहरीलाई जानकारी गराउनासाथ प्रहरी बृत चापागाउबाट प्र.ना.उ.को कमाण्डमा प्रहरी टोलि खटी गएको । प्रतिवादी फरार रहेकोले फलोअपमा राखीएको । मानव कंकाल फेला,काभ्रे, पाँचखाल न.पा.६ थुम्काली एकता बस्ती स्थित कोलाचौर ठाडो खोल्साको बीचमा बगाएर ल्याएको जस्तो देखिने हाल नामथर वतन नखुलेको सडिगलेको अवस्थामा मानव कंकाल फेला परेको  भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.पाँचखालबाट प्र.स.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी उक्त मानव कंकाल धुलिखेल अस्पताल काभ्रे पठाएको । भरुवा बन्दुक पड्किई घाईते,काभ्रे, मण्डन देउपुर न.पा.१ गैरीगाउँ भैसेपु स्थित खेतमा जंगली जनावर बदेलले मकै बाली नष्ट गरेको भनी बदेल मार्न  सोही ठाउँ घर हुने वर्ष ४६ को थामी तामाङ आफैंले बोकी भरुवा बन्दुक लिई जाने क्रममा लडि बन्दुक आँफै पड्किँदा घाइते भई  उपचारको राष्ट्रिय ट्रमा सेन्टर ल्याई उपचार भइरहेको,अवस्था गम्भीर,उक्त स्थानमा अ.प्र.पोष्ट अट्टेडाँडाबाट प्र.स.नि.र प्र.चौ.पाँचखालबाट प्र.नि.को कमाण्डमा SOCO सहित टोली खटी गएको  । पक्राउ नियन्त्रण,बाँके, खजुरा गा.पा वडा नं.८, रनियापुर स्थित ऐ.बस्ने बर्ष अं.४० को हासिम खाँको घरमा गाई/ गोरुको मासु काटिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्र.चौ रनियापुरबाट प्र.स.नि.को कमाण्डमा ४ जना र इ.प्र.का धनौलीबाट प्र.नि.को कमाण्डमा ७ जना गरी जम्मा ११ जनाको टोली खटि गई उक्त स्थान पुग्दा निज हासिम खाँले गाई/गोरु जस्तो देखिने मासु काटिरहेको अवस्थामा फेला पारी काट्दै गरेको ६० के.जि.गाई/गोरु जस्तो देखिने मासु र निम्न बमोजिमका मासु काट्न प्रयोग गरिने टिनको बाटा थान-२, फलामको तराजु थान- १, फलामको चक्कु थान-२, फलामको रेती थान -१, फलामको दाउ थान-१ र  काठको अचाना थान- १ औजारहरु सहित हासिम खाँलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी इ.प्र.का धनौली ल्याई राखिएको । लागु औषध,मोरङ, विराटनगर म.न.पा.१५ एक नम्बर ढाँट छेउ स्थित इ.प्र.का.रानी र ला.औ. नि.व्यूरो बिराटनगरबाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.०२-०४८ प ६१३९ नं.को स्कुटरलाई शंका लागी रोकी चेकजाँच गर्दा स्कुटर चालक जि.मोरङ सुन्दरहरैचा न.पा.१२ बस्ने वर्ष २६ को प्रेम अछामीको साथबाट ला.औ. खैरो हेरोईन जस्तो देखिने पदार्थ १२ ग्राम ५०० मिलिग्राम फेला पारी स्कुटर सहित नियन्त्रणमा लिई इ.प्र.का. रानीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । मोरङ, रतुवामाई न.पा.१० सोमबारे स्थित इ.प्र.का.सिजुवाबाट प्र.नि.को कमाण्डमा १० जना र  सशास्र्त प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म बङ्डा चुनिबारीबाट स.प्र.ना.उ.को कमाण्डमा १० जनाको संयुक्त टोलीले उर्लाबारी आमबारी सडक खण्डमा उर्लाबारीबाट आमबारी तर्फ आउँदै गरेको को १ ख ४३७३ नं.को मिनि ट्कमा ला.औ.गाँजा रहेको भन्ने गोप्य सुचनाको आधारमा उक्त ट्रक रोकी चेकजाँच गर्दा ट्रकको पछाडि धानको भुसाको बोरा मुनि कालो प्लाष्टिकमा प्याक गरेको ३१ पोकामा १०३३ के.जी,४८४ ग्राम ला.औ गाँजा फेला पारी मिनी ट्रक र ट्रक चालक जि.धनकुटा पाख्रीबास न.पा.९ हिले बस्ने वर्ष २८ को उमेश तामाङलाई नियन्त्रणमा लिई इ.प्र.का.सिजुवामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  झापा, दमक न.पा.५ आकाशे पुल स्थित पुर्वाञ्चल बेकरी अगाडी भित्री सडक खण्डमा ला.औ.खरिद बिक्री गर्दै गरेको भन्ने बिशेष सुचनाको आधारमा इ.प्र.का.दमकबाट प्र.स.ह.को कमाण्डमा खटिएको प्रहरी टोलीले को.३४ प.२६८९ नं.को स्कुटर र मे.६ प.१८२७ नं.स्कुटर संकास्पद लागि रोकी सोधपुछ गर्ने क्रममा को.३४ प.२६८९ नं.स्कुटर चालक जि.सुनसरी ईटहरी उप.म.न.पा.२० तरहरा बस्ने राम ब.राईको छोरा वर्ष अं.३४ को बुद्ध राई र सोही स्कुटरमा पछाडी सवार जि.मोरङ मिक्लाजुङ गा.पा.२ बस्ने वर्ष २३ की रोमी लिम्बु र मे.६ प.१८२७ नं.को स्कुटर चालक जि.झापा दमक न.पा.७ बस्ने कैलाश मल्लिकको छोरा वर्ष २९ को करण मल्लिक समेतलाई शंका लागी चेकजाँच गर्दा बुद्ध राईको साथबाट १ ग्राम ५२० मिलीग्राम ला.औ.खैरो हेरोईन जस्तो देखिने पदार्थ र को ३४ प २६८९ नं स्कुटरको डिकी भित्र Tramadol Hydrochloride capsules Ip,Tramol-50 लेखिएको २५६ पत्तामा (१ पत्तामा १० क्याप्सुलको दरले) जम्मा २५६० क्याप्सुल र करण मल्लिकले चलाएको मे ६ प १८२७ नं को स्कुटरको डिकी भित्र Tramadol Hydrochloride capsules Ip,Tramol-50 लेखिएको प्रतिबन्धित लागु औषध २४० पत्तामा (१ पत्तामा १० क्याप्सुलको दरले) जम्मा २४०० क्याप्सुल फेला पारी बरामद गरि लागू औषधको कारोबारमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।

मिति २०८३।०४।१४ गते ०५:०० बजे देखि २०८३।०४।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-१५

कर्तव्य ज्यान,पर्सा, मिति २०८३/०३/३१ गते अं.१०:५० बजे, बिरगंज म.न.पा. १४  पिपरा चिनिमिल बस्ने अं.वर्ष ५० की लिलावती देवीलाई ऐ.बस्ने मनोज प्रसाद कुर्मी र ऐ.बस्ने लक्की प्रसाद पटेलले सडक बिस्तारको क्रम्मा भत्कीएको घरको ईट्टा हटाउने बिषयमा झै-झगडा तथा कुटपिट गर्दा घाईते भई उपचारको लागि ऐ.३२ गते अं.१७:४० बजे नारायणी अस्पताल गई उपचार पश्वात डिस्चार्ज भएकोमा ऐ. ०४।१४ गते अं.१७:०० बजे स्वास्थ्यमा समस्या भई सोहि अस्पतालमा लगि उपचार भईरहेकोमा ऐ.१९:२० बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको भनि सोहि अस्पतालमा खटिएको प्र.क.मार्फत खबर प्राप्त हुनासाथ प्र.चौ.गण्डकबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई कुटपिटमा संलग्न लक्की प्रसाद पटेललाई नियन्त्रणमा लिएको,र मनोज प्रसाद कुर्मी फरार खो.त. भईरहेको, । ज.ज.क.,ओखलढुङ्गा, मिति २०८३।०४।१३ गते अं.१३.०० बजे मानेभञ्ज्याङ गा.पा. ३ उबु बस्ने अं.वर्ष १३ बालकले ऐ.बस्ने अं.वर्ष ७ की बालिकालाई आफ्नै घरको कोठामा ज.ज.क.गरेको भनि ऐ.१८:०० बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी प्राप्त हुनासाथ जि.प्र.का ओखलढुङ्गाबाट प्र.नि. को कमाण्डमा  टोलि खटि गई निज प्रतिवादीलाई  नियन्त्रणमा लिई दुबै जनालाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको, । कैलाली, कैलाली मिति २०८३।०४।०९ गते भजनी न.पा.५ लालबोझी स्थित खोजराम चौधरीको बाझो घरमा ऐ.बस्ने वर्ष ३२ की महिलालाई ऐ.बस्ने वर्ष ५२ को सिताराम चौधरीले ज.ज.क.गरेको भनी आज मिति २०८३।०४।१४ गते २१:०० बजे  इ.प्र.का. भजनीमा पीडितको आमाले जाहेरी दरखास्त दिई इ.प्र.का.भजनीबाट प्र.नि.कमाण्डमा टोली खटी गई निज पीडक लाई नियन्त्रणमा लिई इ.प्र.का. भजनीमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको, पीडितको अवस्था सामान्य,। गोली लागी मृत्यु/ ढुंगामुढा/कर्फ्यु,सुनसरी, मिति २०८३।०४।१० गते भएको हिन्दु, मुस्लीम समुदाय बीचको झडपमा जि. सुनसरी देवानगंज गा.पा.३ बस्ने वर्ष २२ को जय प्रकाश मेहतालाई गोली लागी पेटको आन्द्रा निस्केको अवस्थामा गम्भीर घाईते भई न्युरो अस्पताल विराटनगरमा भेन्टिलेटरमा राखी उपचार भईरहेकोमा ऐ.०४।१४ गते १३:२४ बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको । सिरहा, गोलबजार न.पा.६ गोलचोक, ऐ. न.पा.४ स्थित मुस्लिम समुदायको मस्जिद, धनगढीमाई न.पा. ८ कसाहा चोक साथै जिल्लाका विभिन्न स्थानहरुमा हिन्दु पक्षको प्रदर्शनकारीहरुले ढुङगा मुढा गरेकोले स्थितीलाई नियन्त्रणमा लिनको लागि ग्यास सेल: नेपाल प्रहरीबाट ३२  राउण्ड, सशस्त्र प्रहरीबाट ७ राउण्ड, विभिन्न हा.ह.बाट:६ राउण्ड, SLR बाट: ६८ डमी राउण्ड, ३०३ बाट: ५० डमी राउण्ड, सर्टगनबाट: ३५१ रबर बुलेट फाएर भएको, गोलबजार न.पा.६ गोलबजारमा ऐ. १६:१० बजे, जि.सिरहा औरही गा.पा.२ बस्ने अं.वर्ष १७ को गणेश यादवलाई गोली लागी मृत्यु भएको, ऐ.१९:१० बजे शव घटनास्थलबाट उठाई वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घरान घोपा पठाईएको, ऐ. १५ गते ००:५६ बजे अस्पताल पुगि शव गृहमा राखिएको, जि.धनुषा मिथिला बिहारी न.पा.८ बस्ने शिवनाथ ठाकुरको छोरा अं.वर्ष १९ को सुबास ठाकुरको अवस्था गम्भीर निजलाई उपचारको आर्मी क्याम्प चौहर्वाबाट आर्मीको हे.क. द्धारा सोही अस्पताल घोपा धरान लगि उपचार भईरहेको, ऐ. गोलबजार न.पा.४ बस्ने वर्ष ६२ को आलम खानको भुमिजा अस्पताल गोलबजार सिरहामा उपचार भइरहेको अवस्था मध्यम रहेको (सर्व साधारण मृत्यु-१ घाईते-२ र नेपाल प्रहरी: १५ जना, शसस्र प्रहरी: ७ जना घाईते भएको सबै डिस्चार्ज भएको),। ऐ. १६:५० बजे ऐ. स्थित रहेको AB MALL प्रदर्शनकारीहरूले आगजनी गरेको, ऐ. अं.१९:५० बजे सुखिपुर न.पा.३ कुशहा स्थितमा रहेको मस्जिदमा अं. ७० जनाको समहुले आगो लगाएकोमा ऐ.२०:०० बजे उक्त आगो नियनत्रणमा लिएको, आगोलागिबाट अं.मु.रु.५,५२,५००/- बराबरको क्षति भएको, मस्जिदमा क्षति नभएको, सम्झाई बुझाई कार्य भई रहेको, कर्फ्यू जारी रहेको, उक्त स्थानहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट प्रहरी परिचालन भएको ।  धनुषा, सुनसरी जिल्लामा भएको घटनाको विषयलाई लिएर जनकपुर उ.म.न.पा.का विभिन्न स्थान (७ ठाउँ) बाट हिन्दु सम्राट सेनाको समर्थकहरु अं.५०० जनाको संख्यामा भेलाजम्मा भई ऐ.८ स्थित पगला बाबा धर्मशाला नजिकबाट भेलाजम्मा भई मुस्लिम समुदायको बस्ती भएतिर जान लागेकोले जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले सम्झाई-बुझाई गरी रोक्न खोज्दा उक्त भीड एक्कासी आक्रोशित भई प्रहरीलाई ढुंगा मुढा प्रहार गरेकोले उक्त भीडलाई सामान्य बल प्रयोग गरी तितर बनाउने क्रममा अश्रु ग्याँसबाट ८५ राउण्ड, SLR बाट डमी ५ राउण्ड, सानो बेरेटा पेस्तोलबाट १ राउण्ड हवाई फायर भएको, सिल ढाला थान १ लुटी लगेको, उक्त झडपमा नेपाल प्रहरी १८ जना, सशस्त्र प्रहरी ५ जना घाईते भएकोमा ऐ.१८:०० बजे सबै डिस्चार्ज भएको र प्रदर्शनकारी अं.वर्ष १२ को आनन्द दास गम्भिर घाईते भई थप उपचारको लागी ट्रामा सेन्टर काठमाण्डौको रिफर भएको, ढुंगामुढा गर्ने २५ जना नियन्त्रणमा लिएकोमा ३ जना डिस्चार्ज भएको, कर्फ्यू जारी रहेको,  उक्त स्थानहरुमा सम्बन्धित प्रहरी कार्यालहरुबाट प्रहरी टोली परिचालन 

मिति २०८३।०४।१३ गते ०५:०० बजे देखि २०८३।०४।१४ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-१४

कर्तव्य ज्यान,रुकुम पश्चिम, सानिभेरी गा.पा.८ हुसीखोला बस्ने अं.वर्ष २८ को पारस घर्तीले आफ्नै बुवा वर्ष ७४ को ठगेन्द्र घर्तीलाई धारीलो हतियार हँसियाले टाउकोको पछाडिको भागमा हानी घटनास्थलमै मृत्यु  भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्र.चौ.सिम्लीबाट प्र.स.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज पारस घर्तीलाई नियन्त्रणमा लिई जि.प्र.का.तर्फ ल्याउँदै गरेको,  निजको टाउकोमा चोट लागेको, अवस्था सामान्य रहेको । डोटी, जोरायल गा.पा.४ देउथली बस्ने अं.वर्ष ५१ को चन्द्र बहादुर ओलीले मा.प.से.गरी आफ्नै  श्रीमती  वर्ष ४७ की अमृता ओलीलाई कुटपिट गर्दा पेटको बाँया भागमा चोट लागि घाईते भई उपचारको लागि स्वास्थ्य चौकी चन्कट्टे पठाएको, अवस्था गम्भीर रहेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.जोरायलबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने चन्द्र ब. ओलीलाई नियन्त्रणमा लिएको, घाईतेलाई थप उपचारको लागी धनगढी कैलाली पठाएकोमा ऐ. १८:०० बजे सेती प्रादेशिक अस्पताल धनगढी,कैलाली पुर्‍याई डाक्टरले चेकजाँच गर्दा मृत घोषण गरेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,रुकुम पूर्व, मिति २०८३।०४।०८ गते अं. ११:४५ बजे, भुमे गा.पा.-७ गुनाम बस्ने अं. वर्ष ४९ की महिलालाई ऐ. बस्ने (अंकल नाता पर्ने)  अं. वर्ष ५१ को पुरूषले  निज पीडित महिला गाउँबाट घर तर्फ फर्किने क्रममा पीडितको घरदेखि अं. १०० मि. टाढा मकै बारीमा लगि ज.ज.क. गरेको भनि ऐ. १३ गते अं. १२:०० बजे जि.प्र.का. रुकुम (पूर्वी भाग) मा जाहेरी दरखास्त दिनासाथ उक्त घटनास्थलमा अ.प्र.पोष्ट महतबाट प्र.ना.नि. र  इ.प्र.का. चुनवाङबाट प्र.ना.नि.को कमाण्डमा टोली खटि गएको, निज पीडित महिलाको अवस्था सामान्य रहेको, पीडकलाई खो.त. गर्दै जाँदा रोल्पा जिल्लाको वडाएरियामा लुकिछिपी बसेको हुँदा जि.प्र.का. लिवाङ रोल्पाले फेला पारी नियन्त्रणमा लिई राखेको । झापा, बुद्धशान्ती गा.पा.३ बुधबारे बस्ने अं.वर्ष २१ की महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा ऐ.गा.पा.३ बस्ने अं.वर्ष ५० को ज्ञान बहादुर घिमिरेले ललाई फकाई कोठाभित्र लगी ज.ज.क.गरेको भनी ऐ. १६:०० बजे इ.प्र.का.धुलाबारीमा किटानी जाहेरी दिएकोले इ.प्र.का.बुधबारेबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.धुलाबारी ल्याई पीडित र पीडक दुवै पक्षलाई आवश्यक यौनजन्य स्वास्थ्य परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको । कञ्चनपुर, मिति २०८३।०३।२० र २१ गते राति तदनुसार जुलाई ४ र ५ तारिकका दिन जि.कञ्चनपुर पुनर्वास न.पा.-९ (ख) गाउँ घर भई  हाल कामको सिलसिलामा भारत बस्ने वर्ष २८ को राजेन्द्र बि.क.ले ऐ. घर भई कामको सिलसिलामा भारत बस्ने अं. वर्ष २६ की महिलालाई  भारतको तमिननाडु राज्यको अन्नानगर स्थित कारपार्कीङमा ज.ज.क. गरेको भनि ऐ. ०४।१३ गते १८:०० बजे पीडित महिला इ.प्र.का. त्रिभुवनबस्तीमा आई जाहेरी दरखास्त दिएकोमा उक्त जाहेरी दर्ता गरी पीडितलाई स्वास्थ्य परिक्षणको लागी सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको र प्रतिवादीको नाममा सम्मानित जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ अनुमती पत्र प्राप्त भएको, निज प्रतिवादी भारतमा रहेको भन्ने बुझिएको, पीडकको खो.त. लगायत थप अनुसन्धान कार्य भइरहेको ।प्रतिवादी फरार रहेकोले फलोअपमा राखीएको झुण्डी मृत्यु प्र.क.,कैलाली, धनगढी उ.म.न.पा.२ सन्तोषी टोल स्थित जामुनको रुखमा जि.दार्चुला महाकाली न.पा.९ दत्तु स्थायी वतन भई हाल धनगढी उ.म.न.पा.२ स्थित कोठा गरी बस्ने प्र.चौ. सुल्लेखान बैतडी दरबन्दी भई सु.प.प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा कार्यरत (क.कोड नं.४७५०१०) वर्ष ३१ को प्र.ज. राजेन्द्र सिंह सामन्त प्लाष्टिकको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट बसपार्कबाट प्र.स.नि.र व.प्र.का.धनगढीबाट प्र.नि.र जि.प्र.का. कैलालीबाट प्र.उ.को कमाण्डमा टोली खटी गई ऐ. १८:३५ बजे घटनास्थल कार्य पुरा गरी शव पो.मा.को लागि सेति प्रादेशिक अस्पताल धनगढी पठाएको । कैदी मृत्यु,बर्दिया, मिति २०८२।०९।१३ गते का.सु.गार्ड तुलसिपुर दाङबाट स्थानन्तरण भई मिति २०८२।१०।२९ गते का.सु.गार्ड बर्दियामा ल्याई राखिएको, १८ महिना कैद फैसला भई गर्भपतन मुद्दाको कैदी जि.दाङ घोराही उ.म.न.पा.१८ दाङ बस्ने वर्ष ५६ की तुलसा गौतम क्यान्सर सम्बन्धी बिरामी भई प्र.ह.को कमाण्डमा खटिएको टोलीले उपचारको लागि सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँके लगेकोमा ऐ.१०:४० बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको । थुनुवा फरार/पक्राउ,दाङ, मिति २०८३।०४।११ गते पक्राउ परी सम्मानित जिल्ला प्रशासन कार्यालय घोराहीबाट दिन ७ म्याद  थप भई अनुसन्धानको क्रममा इ.प्र.का.तुलसीपुरको हिरासतमा रहेको अभद्र ब्यवहार मुद्दाको थुनुवा ऐ. तुलसीपुर उ.म.न.पा.१२ बस्ने वर्ष २७ को शुधन चौधरी पेट दुख्ने, रिङ्गटा लाग्ने, हातखुट्टा बाउडीने  समस्या भई उपचारको लागि १३:१५ बजे प्र.स.ह.जिवन चन्दको निग्रानीमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ लगी उपचार भईरहेकोमा शौचालय जाने क्रममा भागेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.तुलसीपुरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई खो.त.कार्य भईरहेकोमा ऐ.१६:२५ बजे  ऐ. तुलसीपुर उ.म.न.पा.१० टिकरी स्थित जङ्गलमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिई इ.प्र.का.तुलसीपुरतर्फ ल्याउँदै गरेको । लागु औषध,दाङ, अ.प्र.पो.कालाकाटेबाट प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले जि.दाङ गढवा गा.पा.१ जुरौनी स्थित पूर्व-पश्चिम राजमार्गमा बुटवलबाट नेपालगन्ज तर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख०८३७ नं.को EV हाइस चेकजाँच गर्ने क्रममा पछाडि सिटमा रहेको २ वटा कालो झोला र निलो रङको सुड्केस चेकजाँच गर्दा उक्त सिटमा रहेका  नामथर, वतन नखुलेका अं.वर्ष २५ को पुरुष ब्यक्ति भागि फरार भएको, उक्त झोला र सुड्केस मेरो हो भनि भाडा तिरि आएका जि.रुकुम पूर्व भुमे गा.पा.२ बस्ने वर्ष अं.२६ को हिक्मत पुन र निजको झोलाहरु र सुड्केस चेकजाँच गर्ने क्रममा ला.औ.चरेस जस्तो देखिने कालो पदार्थ प्लाष्टिक, टेपले प्याकिङ गरेको अवस्थामा रहेका ३५ प्याकेट ३५ के.जि. सहित फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.गढवामा राखी आ.अ.भईरहेको । मोरङ, ‍बिराटनगर म.न.पा.१७ मटेरुवा स्थित स.प्र.बल नेपाल सिमा सुरक्षा गुल्म रानी मोरङबाट स.प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 39 BB 2562 नं.को स्कुटरलाई शंका लागि चेकजाँच गर्न खोज्दा स्कुटर छाडि मानिस फरार भएको,उक्त स्कुटरमा लुकाई छिपाई अवैध रुपमा ल्याएको tramadol hydrochloride १८०६० tablet, dicyclominc HCL tablet र अं. मुल्य रु. १,५०,०००।–(एक लाख पचाँस हजार) बराबरको स्कुटी समेत नियन्त्रणमा लिइ ऐ.१३ गते १७:४५ बजे इ.प्र.का. रानीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  मोरङ, सुन्दरहरैचा न.पा.-१० मुनालझोडा स्थित ला.औ. बिक्री वितरण हुँदै छ भन्ने खबर स्थानीयबाट जानकारी प्राप्त हुनासाथ इ.प्र.का. बेलबारीबाट प्र.नि.को कमाण्डमा खटि गएको टोलीले ऐ. बस्ने अं. वर्ष ५६ को बल बहादुर राईको घरको किचन कोठामा खानतलासी गर्दा किचनको माथिपट्टि लुकाई छिपाई राखेको भरुवा बन्दुक थान-१ र नजिकै रहेको ग्वाली गोठमा लुकाई छिपाई राखेको अं. १.५ के.जी. ला.औ. गाँजा समेत फेलापारी निज बल बहादुर राईलाई ला.औ. गाँजा र भरुवा बन्दुक सहित नियन्त्रणमा लिई इ.प्र.का. बेलबारीमा ल्याइ थप अनुसन्धान भइरहेकको, उक्त स्थान इ.प्र.का. बिराटचोकबाट अं. ३ कि.मि. उत्तर पर्ने ।

मिति २०८३।०४।१२ गते ०५:०० बजे देखि २०८३।०४।१३ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-१३

ज.ज.क./बाल यौन दुर्व्यवहार,कञ्चनपुर, मिति २०८३।०४।११ गते राति ०२:०० बजे जि. कञ्चनपुर पुनर्वास न.पा.-१ महेन्द्रबस्ती स्थित ऐ. बस्ने अं. वर्ष १८ की अञ्जली भन्ने अमसरा कुमारी धामीको घरको कोठाभित्र जि. कञ्चनपुर बेलौरी न.पा.-१ बैशाखी बस्ने अं. वर्ष २० को राजेश शाहीले ऐ. पुनर्वास न.पा.-१, महेन्द्रबस्ती बस्ने अं. वर्ष १४ की बालिकालाई ज.ज.क. गरेको भनी पीडितको दाईले इ.प्र.का. त्रिभुवनबस्तीमा जाहेरी दरखास्त दिनासाथ प्र.नि.को कमाण्डमा टोली खटि गई घटनाका मुख्य कसुरदार राजेश शाही र उक्त कसुरमा सहयोग गर्ने अमसरा कुमारी धामी र जि. कैलाली धनगढी उ.प.म.न.पा.-१२ ‘ए’ गाउँघर भई हाल जि. कञ्चनपुर बेलौरी न.पा.-१ बैशाखी बस्ने वर्ष अं. १८ को बिमल सिंह समेत ३ जनालाई पक्राउ गरी ऐ. १२ गते मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको, । मानिस हराएको, अपरिचित मो.नं. बाट फोन आएको,ललितपुर, ललितपुर म.न.पा.१९ मछिन्द्र बहाल स्थानबाट जि.सर्लाही बरहयवा न.पा.७ घर भई हाल जि.ललितपुर ललितपुर म.न.पा.८ चपट गणेश बस्ने वर्ष ४५ को शत्रु धन ठाकुर लोहार हराएको भनी निजको छोरा सत्यम ठाकुर लुहारले ऐ.०४।१३ गते ००:१५ बजे प्रहरी प्रभाग मंगलबजारमा आई जानकारी गराएकोमा ऐ.०४।१२ गते १८:२७ बजे गाउँको छिमेकी बहिनी सोनी दासको मोबाइल नं.९७०९८४२०२४ मा अपरिचित मो.नं.९८०७८७६७१६ बाट एक ब्यक्तिले तपाईको मान्छेलाई दक्षिणकाली मन्दिर तिर लिदै छु भनी फोन मार्फत सोनी दासलाई जानकारी आएको । भरुवा बन्दुक पड्की घाइते भएको,अर्घाखाँची, मालारानि गा.पा.६ साकिन्धारा बस्ने वर्ष ३० को विण्णु थापाले  आफ्नो बारिमा वाँदर धपाउन लोड गरेको भरुवा बन्दुक लिइ हिड्ने क्रममा अचानक बारिको डिलमा चिप्लिन जाँदा बन्दुक पड्किन गइ दायाँ हातको पंजा मा चोट लागि घाइते भई एडमन सि टि अस्पताल बुटवलमा उपचार भइरहेको, अवस्था बोल्न सक्ने मध्यम, उपचारमा निजको दाजुको छोरा सागर थापा संलग्न रहेको भनी सोहि अस्पतालबाट मिति २०८३।०४।१३ गते ०२:१० बजे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हंसपुरबाट प्र.स.नि.को कमाण्ड टोली खटी गइ बुझ्ने कार्य भइरहेको, बन्दुक प्रहरीको नियन्त्रणमा रहेको,। ला.औ., महोत्तरी, विशेष सुचनाको आधारमा इ.प्र.का.बर्दीबासबाट प्र.स.नि.को कमाण्डमा र लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले ट्राफिक सहित संयुक्त चेकजाँचको क्रममा ऐ.बर्दिबास न.पा.३ गौरीडाँडा स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट अगाडी सिन्धुलीबाट बर्दिबास तर्फ आउदै गरेको जिल्ला ललितपुर गोदावरी न.पा.२ त्रिबेणी बस्ने राजेश तामाङको छोरा वर्ष २७ को विश्व तामाङ्ले चलाएको बा.४ ख ५६९२ नम्बरको टाटा कम्पनिको मिनिट्रकलाई शंका लागी चेकजाँच गर्दा उक्त मिनिट्रकमा फल्स वटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा ४५४ के.जि.ला.औ.गाँजा फेला पारी मिनि ट्रक सहित चालकलाई नियन्त्रणमा लिई इ.प्र.का.बर्दीबासमा राखिएको, ।

मिति २०८३।०४।११ गते ०५:०० बजे देखि २०८३।०४।१२ गते ०५:०० सम्मका मुख्य आपराधिकघटनाहरु ।
२०८३-०४-१२

शंकास्पद मृत्यु,झापा, मिति २०८३ बैशाख महिनादेखि मेचीनगर न.पा.६ स्थित रहेको अरुणोदय माध्यमिक विद्यालयमा जि.पर्सा बीरगंज उ.म.न.पा.१६ बस्ने वर्ष ३० को रतन गुप्ता र निजकै श्रीमती जि.सर्लाही लालबन्दी न.पा.२ बस्ने वर्ष २९ की कबिता कुमारी ढुङ्गाना सोही स्कुलको एउटा कोठामा बसी सोही स्कुलमा पढाउँदै आएकोमा ऐ.०४।०५ गतेदेखि विद्यालय बिदा भई ऐ.११ गते विद्यालय संचालन भएकोमा निजहरु दुवै जना स्कुलमा नदेखिएको, निजहरुको कोठामा ताल्चा लगाएको, फोन सम्पर्क गर्दा दुवैसँग सम्पर्क नभएकोमा, ऐ.१६:३० बजे स्कुलको प्रिन्सिपलको फोनमा रतन गुप्ताले आफ्नै श्रीमती भान्सा कोठामा झुण्डिएको अवस्थामा फेला पारी तत्काल पासो काटी सुत्ने कोठामा ल्याई हेर्दा निजको मृत्यु भई सकेकोले, आफू डरले शव सोही कोठामा छोडी भागेको भन्ने व्यहोरामा म्यासेज गरेको भनि इ.प्र.का. काँकरभिट्टामा खबर प्राप्त हुनासाथ तत्काल प्र.नि.को कमाण्डमा टोली खटि गई स्थानीय जनप्रतिनिधिहरु समेतको रोहबरमा ताला फोडी हेर्दा निज श्रीमती कोठाको खाटमा उत्तानो परी दुर्गन्धित अवस्थामा शव रहेको, मृतकको आफन्तहरुलाई खबर भएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,काठमाडौ, वर्ष २८ की महिलालाई का.म.न.पा.१७ बस्ने रन्जनमान श्रेष्ठको छोरा वर्ष ४० को अभय राज श्रेष्ठले बिहे गर्छु भनि आश्वासन दिई ललाई फकाई मिति २०८२।०८।०२ गते देखि अन्तिम पटक मिति २०८३।०२।२९ गते अं.२२:३० बजे का.म.न.पा.२७ ज्याठा स्थित रहेको बुद्वल्याण्ड होटेलमा लगी जबरजस्ती करणी गरेको भन्ने ब्यहोराको जाहेरी दरखास्त ऐ.११ गते ११:३० बजे जिल्ला प्रहरी परिसर महिला वालवलिका तथा जेष्ठ नागरीक सेवा केन्द्र भद्रकाली काठमाडौं प्राप्त हुनासाथ टोली खटी गई प्रतिवादी फरार रहेको हुँदा खो.त.तथा अ.अ.कार्य भईरहेको । तनहुँ, मिति २०८३।०४।११ गते अं. ०९:०० बजे, शुक्लागण्डकी न.पा. ३ टार स्थितमा रहेको कमेरी कुँवाको आडमा प्रष्ट बोल्न नसक्ने, कान कम सुन्ने महिलालाई ज.ज.क. गरेको भनि ऐ. १४:०० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का. बेलचौताराबाट प्र.ना.नि. को कमाण्डमा टोली खटि गई बुझ्दा ऐ. घिरिङ गा.पा. ५ स्थायी वतन भई हाल ऐ. शुक्लागण्डकी न.पा. ४ गाछेपानी बस्ने वर्ष ४३ को छविलाल थापाले  ऐ. बस्ने प्रष्ट बोल्न नसक्ने कान कम सुन्ने वर्ष ७८ की वृद्ध महिलालाई ज.ज.क. गरेको भनि पिडितमार्फत खुल्न आएकोले पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का. बेलचौतारा ल्याई अनुसन्धान भइरहेको । आत्महाद /घाईते,रूपन्देही, मिति २०८३।०४।११ गते अं २२:३० बजेको समयमा जिल्ला रूपन्देही रोहिणी गा.पा १ श्रीरामपुर बस्ने वर्ष अं ४८ को केदार प्रसाद चाई ले मा.प.से. गरी घरमा श्रीमती र छोरा बुहारी सँग झै-झगडा गरी आफूले लगाएको कपडामा कम्मरदेखि माथिको भागमा आफै आगो लगाई घाइते भएको उक्त आगो श्रीमती छोरा छोरीले निभाएको भन्ने खबर ऐ. २२:४५ बजे प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी चौकी चनौली बगाहा रुपन्देही बाट प्र.स.नि. रामलाल घर्तीको कमाण्डमा २ जनाको टोली र तालुक इ.प्र.का.बेलहिया बाट प्र.ब.ना.नि. सुरेन्द्र बहादुर टेरको कमाण्डमा ५ जनाको टोली खटीगएको घाइतेलाई उपचारको लागि भीम अस्पताल भैरहवा पठाएको निजको कम्मरदेखि माथिको भाग १८% जलेको अवस्था मध्यम,उपचारमा निजको श्रीमती बिन्दा चाई र छिमेकी हिरा गुप्ता (९८१७४३५७३४) संलग्न रहेको । शिशु मृत फेला,काठमाडौ, मिति २०८३।०४।१० गते रातिको अं.०७:३० बजे का.जि.का.म.न.पा. ११ स्थित प्रसुती गृहको शौचालयमा शौचालय जाम भयो भनि सफा गर्ने क्रममा भिजेको प्याड सहित कुहिएको अबस्थामा साल नाल सहित सडेको अबस्थमा बच्चा पनि भेटिएको हुदाँ उक्त बच्चाको अविभाबक कोही पनि नखुलेको भन्ने जानकारी ऐ.११ गते ०८:३० बजे प्रहरी वृत्त सिंहदरबारमा प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटिई गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि  त्रि.वि.सिक्षण अस्पताल पठाईएको । कुटपिट,सर्लाही, धनकौल गा.पा.१ शेखौना बस्ने नामचुन बैठा सहनीको छोरा वर्ष २१ को बसन्ता बैठा धोबीले ऐ.बागमति न.पा.५ टेकानी स्थित ससुरालीमा आई आफ्नै श्रीमती अ.वर्ष १८ कि चिन्ता देवीलाई कुटपिट गरी घाटीमा साडीको पासो लगाई झुण्डीयाउन खोजेकोमा बहिनी नाता पर्ने अ.वर्ष १० की कुसुम कुमारीले देखि आफन्तलाई बोलाई तत्काल पासो खोलेको निज घाईते भएको भनि खबर प्राप्त हुनासाथ प्र.चौ.राजघाटबाट प्र.स.नि. को कमाण्डमा टोली खटि गई घाईतेलाई उपचारको लागि बागमती मोडेल अस्पताल कर्मैया तर्फ पठाइएको, सामान्य उपचार पश्चात थप उपचारको लागि बिरगंज रिफर गरेकोमा ऐ.२२:३० बजे बेटर नेपाल गरुडा रौतहटमा लगि उपचार भईरहेको, अवस्था गम्भिर रहेको, कुटपिट गर्ने बसन्ता बैठा धोबी प्रहरीको नियन्त्रणमा, थप अनुसन्धानको लागि इ.प्र.का.बरहथवाबाट प्र.ना.उ.को कमाण्डमा टोलि खटि गएको, उक्त स्थान प्र.चौ.राजघाटबाट अं.४ कि.मि.उत्तर पर्ने । लागु औषध, मोरङ, पथरिशनिश्चरे न.पा.३ सेवारे चोक स्थित लागु औषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अ.प्र.पोष्ट किर्तिपुर मोरङबाट प्र.स.नि. को कमाण्डमा र इ.प्र.का. पथरीबाट प्र.नि. को  कमान्डमा टोली खटि गई चेकजाँच गर्दा ऐ. बस्ने वीर बहादुर लिम्बुको छोरी बर्ष अं ३०कि सुजा लिम्बुको आफ्नै घर नजिकै खाल्डो खनि खाल्डोमा पुरेर लुकाई छिपाई राखेको Dicyclominc HCL नामक २०१ पत्ता २०१० ट्याब्लेट र Tramol ५० लेखिएको २०० पत्ता २०००पिस ट्याब्लेट लागु औषध फेला पारी इ.प्र.का. पथरीमा ल्याई राखिएको निज सुजा लिम्बू तत्काल घर परिवारको सम्पर्कमा नरहेको, अनुसन्धान भईरहेको, उक्त स्थान अ.प्र.पोष्ट किर्तिपुरबाट अं.५कि.मि पूर्व पर्ने ।

मिति २०८३।०४।१० गते ०५:०० बजे देखि २०८३।०४।११ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-११

शंकास्पद मृत्यु,मकवानपुर, हेटौडा उ.म.न.पा.११ थानाभर्‍याङ यातायात व्यवस्थापन कार्यालय नजिक तत्काल नामथर वतन नखुलेको अं. वर्ष ३५ को पुरुष ब्यक्ती मृत अवस्थानमा रहेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का. मकवानपुरबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गएको, घटनास्थल आसपासममा रगतहरु देखिएकोले थप अनुसन्धानको लागि जि.प्र.का.मकवानपुरबाट प्र.उ. को कमाण्डमा टोली खटी गएको, घटनास्थल नजिक फेला परेको झोलाबाट मृतकको नागरिकता अनुसार जि.मकवानपुर थाहा न.पा.१० स्थायी ठेगाना भएको वर्ष अं. ४१ को आश्मान गोपाले रहेको (घर परिवारलाई जानकारी गराइएको), ऐ. ०८:३० बजे घटनास्थलमा बागमती प्रदेश प्रहरी कार्यालय केनाइन शाखाबाट प्र.स.नि. को कमाण्डमा  १ वटा कुकुर सहितको टोली खटि गइ थप अनुसन्धान भइरहेको, । ज.ज.क./बाल यौन दुर्व्यवहार,उदयपुर, लिम्चुङबुङ गा.पा.४ डाँडा टोल बस्ने अं. वर्ष ३४ को तोयाहाङ राईले ऐ.ऐ. बस्ने अं. वर्ष १६ की नाबालिकालाई ज.ज.क. गरी ६ महिनाको गर्भ रहेको भनि इ.प्र.का. लिम्चुङबुङमा मौखिक उजुरी दिए पश्चात इ.प्र.का. लिम्चुङबुङबाट प्र.ना.नि. को कमाण्डमा २ जना प्रहरी टोली खटीगई तोयाहाङ राईलाई निजकै घरबाट फेला पारी नियन्त्रणमा लिई इ.प्र.का. लिम्चुङबुङ राखि अनुसन्धान भईरहेको, । कैलाली, मिति २०८३।०४।०९ गते अं.१२:३० बजे टीकापुर न.पा. १ ब्लक नं. २५ बस्ने वर्ष ९ की बालिकालाई ऐ. बस्ने वर्ष २१ को दिवश डगौराले पिडितको घरमा कोही नभएको मौका पारी बिस्तारामा ज.ज.क. गर्न खोजेको भनि पीडितको हजुरबुबा मार्फत ऐ.१० गते १०:०० बजे खबर प्राप्त हुनासाथ  इ.प्र.का. टिकापुरबाट प्र.व.ना.नि. को कमाण्डमा टोली खटि गई प्रतिवादी दिवश डगौरालाई निजकै घर ठेगानाबाट पक्राउ गरी नियन्त्रणमा लिई इ.प्र.का. टिकापुर ल्याई अनुसन्धान भइरहेको । मोरङ, सुन्दरहरैचा न.पा. ८ सलकपुर बस्ने  अं. वर्ष १० की बालिकालाई  ऐ. बस्ने वर्ष ३५ को रमेस बस्नेतले बालबालिका बिरुद्धको कसुर (बालयौन दुर्व्यबहार) गरेको भनि  पिडितको आफन्तले ऐ.१० गते अं. १६:०० बजे इ.प्र.का. बेलबारीमा लिखित जाहेरी दरखास्त दिनसाथ इ.प्र.का .बिराटचोक बाट प्र.ना.नि.को  कामाण्डमा टोली खटी गई निज पिडक रमेस बस्नेतलाई नियन्त्रणमा लिई इ.प्र.का. बेलबारीमा ल्याई आवश्यक अनुसन्धान भइ रहेको । झापा, बिर्तामोड न.पा.-२ रामचोक नजिक जि. झापा अर्जुनधारा न.पा.-५ गिरीगाउँ बस्ने वर्ष ६१ को गंगा प्रसाद नेपाललले वर्ष १० की बालिकालाई बालयौन दुर्व्यवहार गरेको भनि ऐ. १० गते १४:०० बजे इ.प्र.का. अनारमनीमा जानकारी प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटि गई निज गंगा प्रसाद नेपाललाई नियन्त्रणमा लिई इ.प्र.का. अनारमनीमा ल्याई सम्मानित झापा जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी थप अनुसन्धान भईरहेको, पीडक र पीडित दुवैको स्वास्थ्य परिक्षण भईसकेको,। मोरङ, सुनवर्षी न.पा.-०५ बस्ने वर्ष १२ की बालिकालाई र ऐ. बस्ने निजकै एक जना साथी रंगेली न.पा.-०७ स्थितमा रहेको श्री संसारी माई मन्दिरमा पूजा गर्न आई पूजा सकिएपछि उक्त मन्दिरको गेट बाहिरबाट सिटी सफारीमा सवार भई आफ्नो घर फर्की ऐ. ०५ गते झुँगी टोल स्थितमा साथीलाई छाडी पीडितलाई सिटी चालक जि. मोरङ रंगेली न.पा.-०३ आमतोला बस्ने अं. वर्ष १८ को बालकले ललाई फकाई पुनः रंगेली न.पा.-०७ स्थितमा रहेको युमी क्याफेमा लगि विभिन्न प्रलोभनमा पारी सोही क्याफेको कोठामा ऐ. रातको अं. २२:०० बजे ज.ज.क. गरी निज सो स्थानबाट गएको र पछि सोही क्याफेका संचालक जि. मोरङ सुनवर्षी न.पा.-०९ बस्ने अं. वर्ष २१ सुमन कुमार साहले समेत ज.ज.क. गरेको, मिति २०८३।०४।०४ गते रातको अं. २१:०० बजे निज पीडित बालिकालाई ऐ. रंगेली न.पा.-०७ जर्वी टोल बस्ने वर्ष २० को करण मण्डलले जि. मोरङ रंगेली न.पा.-०७ स्थितमा संसारी मन्दिर छेउमा रहेको The 90s क्याफेमा लगि मादक पदार्थ सेवन गरी गराई निज करण मण्डल समेतको मिलेमतोमा ऐ. बस्ने वर्ष १८ को बालक र ऐ. ०६ बस्ने वर्ष १८ को अर्को बालक समेतले पालै पालो सामुहिक ज.ज.क. गरेको भन्ने पीडितको आफन्त (मामा) ले मिति २०८३।०४।१० गते १६:१० बजे इ.प्र.का. रंगेलीमा किटानी जाहेरी दरखास्त दिनासाथ प्र.नि.को कमाण्डमा टोली खटि गई घटनामा संलग्न ५ जना प्रतिवादीहरुलाई नियन्त्रणमा लिई इ.प्र.का. रंगेलीमा ल्याई थप अनुसन्धान भईरहेको, पीडित बालिकालाई स्वास्थ्य परीक्षणको लागि कोशी अस्पताल बिराटनगर पठाइएको, अवस्था सामान्य रहेको । झडप (हिन्दु मुस्लिम समुदायबीच),सुनसरी, देवानगंज गा.पा.-३ कप्तानगंज स्थित शिव मन्दिरमा साउन महिनामा हुने बोलबमका लागि हिन्दु धर्मालम्बीका मानिसहरु कोशी ब्यारेजबाट जल लिन भनि सवारी साधनमा डिजे समेत राखि बजाई नाचगान गर्दै नजिकै रहेको कप्तानगंज चोकमा जाने क्रममा डिजेको आवाज ठुलो भएको भनि मुस्लिम धर्मालम्वीका मानिसहरु आई विरोध जनाउने क्रममा दुबै पक्ष बीच ठेलाठेल भए पछि प्र.चौ. कप्तानगंजबाट प्र.स.नि.को कमाण्डमा रहेको टोली गई दुवै पक्षलाई सम्झाई बुझाई गर्दै गर्दा दुबै समुदायका थप मानिसहरु हातमा चिर्पट, ढुंगा, बाँस, भाला लाठी बोकी आउन थाले पछि तत्काल इ.प्र.का. देवानगंजबाट प्र.नि., प्र.चौ. घुस्की साहेवगंगबाट थप मद्धत पठाईएको, सोही स्थानमा रहेको स.प्र.ना.उ.को कमाण्डमा समेत टोली घटनास्थलमा पुग्दा दुबै समुदायका भिड बढ्न गई एक आपसमा ढुंगा लगायत प्रहार गर्दा समाउने क्रममा इ.प्र.का. देवानगंजका प्र.नि. राकेश राई समेत ८ जना प्र.क.लाई ढुंगाले लागी घाईते बनाई प्रहरीलाई आक्रमण गर्न खोजे पछि प्र.नि.को साथमा रहेको CF 98 ठूलो चाईनिज पेस्तोलबाट ३ राउण्ड हवाई फायर गरी निजहरु उपचारका लागि स्थानीय मेडिकलमा गएको, उपचारमा नै रहेको बेला अं. २२:४५ बजे सोही स्थलमा प्रहरी माथी हमला गर्न खोजेकोले सो क्रममा प्रतिकार स्वरूप APF टोलीबाट अं. २०/२२ राउण्ड गोली चलेको भनि प्र.नि.बाट बुझिएको, गोली प्रतिकारबाट सर्वसाधारण तर्फ घाईते भएकालाई स्थानीय मानिसहरुले बिराटनगर स्थित न्युरो अस्पतालमा लगिएकोमा जि. सुनसरी देवानगंज गा.पा.-४ बस्ने वर्ष ३० को ओम प्रकाश मेहताको मृत्यु भएको, जि. सुनसरी देवानगंज गा.पा.-३ बस्ने वर्ष २० को जय प्रकाश मेहता लगायत ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको (१ गम्भीर, ३ मध्यम) र बिराट नर्सिङ होममा जि. सुनसरी देवानगंज गा.पा.-३ बस्ने वर्ष २१ को रविन्द्र मेहता लगायत ५ जनाको उपचार भइरहेको (१ गम्भीर, ३ मध्यम र १ सामान्य), नेपाल प्रहरी कर्मचारी तर्फ प्र.नि. राकेश राई लगायत १० जना घाईते भई उपचार भइरहेको (१० सामान्य), साथै शसस्त्र तर्फ स.प्र.ना.उ. नन्द किशोर प्रसाद महतो लगायत ५ जना घाईते (५ सामान्य) भएको बुझिएकोमा नेपाल प्रहरीका १० जना र सशस्त्र प्रहरीको ५ जना गरी १५ जना उपचार पश्चात डिस्चार्ज भएको, साथै तत्कालै सो स्थानमा कोशी प्रदेश प्रहरी गण बिराटनगर, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी, जि.प्र.का. सुनसरी, इ.प्र.का. इटहरी, दुहवी, लौकही, हरिनगरा, प्र.चौ. नरसिंह र शिसुवा धरमपुरबाट गरी जम्मा २११ जना र सशस्त्र प्रहरीका तर्फबाट स.प्र.उ. को कमाण्डमा १६५ थप मद्धत टोली खटि गएको, हाल दुवै पक्षका मानिसहरु फरक-फरक स्थानमा भेलाजम्मा भई बसी रहेकोमा खटि गएको थप मद्धत समेतको टोलीले निजहरुलाई सम्झाई-बुझाई गरी ऐ. ०२:०० बजे सबै मानिसहरू तितरबितर भएको, हालको अवस्था सामान्य रहेको, सवारी साधनमा प्र.चौ. घुस्कीको को. १ ब २११६ नं.को मो.सा.को भईजर सकपमा तोडफोड भई सामान्य क्षति भएको, BR38E8923 नं. को मो.सा. आगजानी भई क्षति, नम्बर नखुलेको मो.सा. १ थान र सिटी सफारी १ थानमा आगजानी भई क्षति भएको, घटनास्थल प्र.चौ. कप्तानगंजबाट अं. २ कि.मि. दक्षिण पर्ने । ला.औ.,सुनसरी, देवानगंज गा.पा.३ सरदार टोल स्थित भित्री सडक खण्डमा देवानगंजबाट मोतीटप्पु तर्फ जाँदै गरेको को १२ प २२७७ नं.को मो.सा.मा सवार दुई जना व्यक्तिहरुले अ.प्र.चौ.मोतीटप्पुबाट प्र.ह. को कमाण्डमा खटिएको गस्ती टोलीलाई देख्नासाथ मो.सा.र झोला फाली मानिस फरार भएकोमा झोला खोली हेर्दा ला.औ. गाँजा जस्तो देखिने शुद्ध तौल २५ के.जि. फेला परेकोले उक्त ला.औ. र मो.सा. बरामद गरी अ.प्र.चौ.मोतीटप्पुमा ल्याइ राखिएको, फरार व्यक्तिहरुको खो.त. कार्य भइरहेको, ।  काठमाण्डौ, गोकर्णेश्वर न.पा.१ सुनदरीजल स्थित जि.सिन्धुपाल्चोक मेलम्चि न.पा.३ हैबुङ घर भई हाल  कागेश्वरी मनोहरा न.पा.२ आलापोट डेरा गरी बस्ने वर्ष २६ को औतार सिह तामाङ र ऐ.घर भई का.जि सुन्दरीजल बस्ने वर्ष ५४ को अम्बर तामाङलाई गोप्य सुचनाको आधारमा प्रहरी बृत बौद्धबाट प्र.ना.उ. को कमाण्डमा प्रहरी टोली खटी गई निज औतार सिह तामाङ र अम्बर तामाङलाई अं.३० के.जि.गाँजा बा.८३प.४३७७ नं.को मो.सा.साहित नियन्त्रंणमा लिई प्रहरी  वृत्त बौद्वमा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।

मिति २०८३।०४।०९ गते ०५:०० बजे देखि २०८३।०४।१० गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-१०

शंकास्पद मृत्यु,काठमाण्डौ मिति २०८३।०४।०८ गते अं. ०७:३० बजे जि.नुवाकोट तादी गा.पा. ०५ स्थायी घर भई हाल का.जि. तारकेश्वर न.पा. ०९ शुभकामना चोक नजिक घर भई बस्ने अं. वर्ष ४५ की रेश्मी रिजाल नक्साल स्थित सानीमा क्यापिटल कार्यालय जान भनि BAE 0410 MG comet गाडीमा घरबाट निस्किएकोमा सानिमा क्यापिटल नगई घरपरिवारसँग समेत सम्पर्क विहिन रहेकोमा ऐ.०९ गते अं. १३:१३ बजे का.जि. तारकेश्वर न.पा. ०१ साङला विहानीचोक झोर जाने बाटोको भित्री बाटोमा पार्किङ गरि राखेको अबस्थामा उक्त नम्बरको गाडी भित्र महिलाको मृत लाश फेला परेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट प्र.ना.उ.को कमाण्डमा SOCO टोलि खटि गई थप अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको, मृत शवको अनुहार तथा खुट्टाको भागमा केही  जलेको अबस्थामा रहेको । ऐ.अं.१५:१७ बजेको समयमा घटनास्थल लाश जाँच मुचुल्का सम्पन्न गरी पो.माको लागि त्रि.वि शिक्षण अस्पताल महाराजगंज पठाएको ।उक्त गाडी घटनास्थालबाट निकाली यस कार्यालयको नियन्त्रणामा रहेको । ज.ज.क./ उद्योग/  बाल यौन दुर्व्यवहार,मोरङ, ०३।२५ गते अं. २०:०० बजे, सुन्दरहरैचा न.पा.-७ बेलगाछी बस्ने वर्ष १७ की बालिकालाई जि. मोरङ सुन्दरहरैचा न.पा.-६ सिसौबारी टोल बस्ने अं. वर्ष २३ को प्रतिक राईले ऐ. चारडोकेबन छेउ बाँसघारीमा लगि ज.ज.क. गरेको भनि निज पीडितको आफन्तले मिति २०८३।०४।०९ गते अं. ०८:०० बजे इ.प्र.का. बेलबारीमा लिखित जाहेरी दिनासाथ प्र.ब.ना.नि.को कमाण्डमा टोलि खटि गई निज पीडकलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ।  इलाम, मिति २०८२ साल माघ महिनाको दिनको समयमा घरमा कोही पनी नभएको मौका पारी इलाम न.पा.२ बस्ने वर्ष १६ की बालिकालाई ऐ.बस्ने वर्ष ६६ को प्रसादे दर्जीले विभिन्न मिति समयमा पटक-पटक ज.ज.क.गरेको भनी मिति २०८३।०४।०९ गते अं.१७:१० बजे प्र.चौ.बन्दुकेमा जनाकारी गराउनासाथ प्र.चौ.बन्दुकेबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई पिडकलाई पक्राउ गरी जि.प्र.का.इलाममा ल्याई अनुसन्धान भईरहेको । पहिरोले पुरी मृत्यु,रोल्पा, सुनछहरी गा.पा. १ सेरम स्थित दवाङ लेकमा गाई बाख्रा चरिरहेको अबस्थामा एक्कासी माथिबाट पहिरो आई पशु चौपाया पुरिएको र गोठालाहरु पनि सम्पर्कमा नरहेकोले पुरिएको आसंखा रहेको भनि ऐ.वडाका नि.वर्तमान अध्यक्षले ऐ.१४;३० बजे इ.प्र.का.पोवाङ रोल्पामा जानकारी गराउनासाथ प्र.ब.ना.नि.को कमाण्डमा टोली खटि गएको, ऐ.१६:२० बजे फोन सम्पर्क भइ बुझ्दा हाल सम्म २ जना महिला(गोठाला) पुरिएको र पशु चौपायाको विवरण नखुलेको, इ.प्र.का.सुलिचौर रोल्पाबाट प्र.नि.को कमाण्डमा SOCO को सहित टोली थप खटि गई ऐ.१८;०० बजे स्थानिय र प्रहरीको सहयोगमा  पहिरोमा पुरिएका ऐ.ऐ.बस्ने अं.वर्ष ५१ की असौजि घर्ति मगर,ऐ.ऐ.बस्ने अं.वर्ष ३६ की अमरा घर्ति मगर दुबै जनाको शव र चौपायाहरु(बाख्रा ४,गाई २)पहिरोबाट बाहिर निकालिएको,अन्य चौपायाहरुको खो.त.(निकाल्ने)कार्य भइरहेको र ऐ.ऐ.बस्ने वर्ष ६० को कुले घर्ति मगरलाई उद्दार गरी उपचारको लागी ऐ.स्थित सेरम स्वास्थ्य चौकितर्फ पठाइएको, अवस्था मध्यम, स्थानियहरु सँग बुझ्दा गोठाला ३ जना मात्र गएको भन्ने बुझिएको । जंगलि च्याउँ खाइ बिरामी,रुकुम पूर्व, पुथाउत्तरगंगा गा.पा.२ तिज्याङ स्थित रलवाङ  बस्ने वर्ष अं. ४५ को दन्त रोका लगायत ७ जना मानिसहरु जंगलि च्याउँ खाइ बिरामी भएको भनि ऐ. १४:०० बजेको समयमा ऐ.वडाका वडा अध्यक्ष मार्फत जानकारी प्राप्त भएकोले उक्त स्थानमा इ.प्र.का.रन्मामैकोट रुकुम (पूर्वी भाग) बाट प्र.ना.नि.को कमाण्डमा र स्वास्थ्य कर्मचारी सहितको खटि गएको, उद्दारको लागि  जिल्ला प्रशासन रुकुम (पूर्वी भाग) बाट हे.क.को पहल भएकोमा प्रतिकुल मौसमको कारणले नआएको, घाइते मध्ये ६ जनाको अवस्था गम्भिर १ जना मध्यम रहेको, ऐ.१८:३५ बजे प्रहरी टोली घटनास्थलमा पुगेको पानी परिरहेको स्वास्थ्यको टोली बाटोबाट फिर्ता भएको, ऐ.१९:१५ बजे ई.प्र.का.रन्मामैकोटबाट  प्र.स.नि.को कमाण्डमा ४ जना र  स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी  दीपन्द्र  शाही सहितको टोली  खटी गई ऐ.२३:०० बजे उक्त स्थाननमा पुगेर प्राथमिक उपचार भइरहेको । आत्मदाह,काठमाडौ, मिति २०८३।०४।०४ गते अं.१४:५० बजे का.जि.का.म.न.पा. ६ बौद्ध गेट नजिक जि.काभ्रेपलान्चोक तेमाल गा.पा. ३ घर भई हाल का.जि.गोकर्णेश्‍वर न.पा. ८ माकलबारी बस्ने वर्ष २७ की सालु गुरुङले श्रीमान अभिषेक तामाङसंग बिबाद हुदा श्रीमान श्रीमतीले संचालक गरेको सम्झना खाजा घर पछाडीको पार्किङमा आफुले आफ्नै शरिरमा पेट्रोल छर्की आगो लगाएको अवस्थामा निजको श्रीमान अभिषेक तामाङले फेला पारी आगो निभाई उपचारको लागी शुस्मा कोइराला मेमोरियल अस्पताल साखु लगी उपचार भई रहेकोमा सामान्य उपचार पश्‍चात थप उपचारको लागि किर्तिपुर स्थित बर्न  अस्पताल रिफर भएकोमा ऐ.०९ गते १४:४५ बजे उपचारको क्रममा मृत्यु भएको शव सोही अस्पतालमा रहेको, कानुनी प्रकृयाको लागि प्रहरी बृत्त किर्तिपुरबाट टोली खटिने, उक्त घटनास्थल प्रहरी बृत्त बौद्धबाट अन्दाजी ८०० मिटर पूर्व पर्ने । कैलाली, धनगढी उ.म.न.पा.७ बस्ने वर्ष ३५ को ज्योती चौधरीले आफ्नै घर भित्र आफैले शरीरमा पेट्रोल छर्केर आगो लगाएको अवस्थामा आफन्तले देखी उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढीमा ल्याई उपचार भईरहेको, शरीरको ६० प्रतिशत भाग जलेको, अवस्था गम्भीर, साथमा निजको बुवा सुधराम चौधरी र श्रीमती बसन्ती चौधरी रहेको भनी सोही अस्पतालमा खटिएको प्र.क.ले जि.प्र.का.कैलालीमा जानकारी गराएको । चोरी,इलाम, मिति २०८३।०४।०८ गते अं.१७:३० बजे माङसेबुङ गा.पा.४ सिमलटार बस्ने श्याम ब. लिम्बुको १तले घरमा कोही नभएको अवस्थमा को-कुन मानिसले घरको ढोकाको ताल्चा फोडी कोठाभित्र रहेको सुटकेशको ताल्चा फोडी सुटकेश भित्र रहेको रु.१८ लाख ५० पचास हजार चोरी लगेको भनी ऐ.९ गते १४:३० बजे निजको छोरा युगेन लिम्बुले प्र.चौ.बाँझोमा निवेदन दिनासाथ प्रहरी टोली खटी गई चोरी गर्ने मानिसको पहिचान तथा खो.त.कार्य भइरहेको । काठमाण्डौ, मिति २०८३।०३।३२ गतेबाट पुजामा गएकोमा मिति २०८३।०४।०९  गते अ.१६:४५  बजे  घर फर्किदा का.म.न.पा.१५ स्वयम्भू हुलाक घर  नजिक मिलनटोल तामाङ गल्ली स्थितमा रहेको वर्ष ८५ की उर्केन गुरुङको तिन तले घरमा कोही नभएको बेला  घरको मुल ढोकाको ताला फोडी पहिलो, दोस्रो र तेस्रो तल्लाको सबै कोठा भित्र प्रबेश गरी कोठा भित्र रहेका सुनको सिक्री ६ तोला, सुनको बाला ४ तोला, चाँदिका पुजाको लागि बनाएका सामाग्री अं.७४४ तोला, मुगा १० तोला (हालको बजार मुल्य अनुसार जम्मा अं.मु.रु.७३ लाख ४१ हजार ४ सय बराबर) चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ वृत्त स्वयम्भूबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई घटनास्थल मुचुल्का लगायत chance-print उठाउने कार्य भएको । लागु औषध,सुनसरी, भोक्राहा नरसिंह गा.पा.-६ ईश्रायल कामत स्थित प्र.चौ. नरसिंहटप्पुबाट प्र.स.नि.को कमाण्डमा खटि गएको टोलिले पैदल यात्री जि. धनकुटा हिले न.पा.-१ घर भई हाल जि. सुनसरी ईटहरी न.पा.-४ स्थित डेरा गरी बस्ने वर्ष ३५ को मन बहादुर थापालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट प्लाष्‍टिक बाहेक नापतौल गर्दा  १०८.०१  ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित फेला पारी नियन्त्रणमा लिई गरी थप अनुसन्धान भईरहेको ।  सर्लाही, बलरा न.पा.०७ डुमरिया स्थित रहेको ऐ.ऐ.बस्ने भोला सिंहको कुखुरा फर्ममा बा.प्र.०१-०२६ च २८८६ नं.को योद्धा पिकअप लोड गाडीमा ला.औ.गाँजा अनलोड भईरहेको भन्ने गोप्य सुचना प्र.चौ.मधुवनीगाउँ सर्लाहीमा प्राप्त हुनासाथ प्र.स.नि. र इ.प्र.का.गडहियाबाट प्र.नि.को कमाण्डमा समेत प्रहरी टोली खटि गई उक्त फर्ममा गई हेर्दा अदुवा १३ क्विन्टल, ला.औ.गाँजा प्लाष्टिक बाहेक ३२० के.जी.मो.सा.थान २ र पिकअप गाडी सहित  ऐ.कुखुरा फर्ममा रहेको व्यक्ती जि.सर्लाही बलरा न.पा.०७ डुमरिया बस्ने सुरेन्द्र राउतको छोरा वर्ष २८ को अमरजित राउत समेतलाई नियन्त्रणमा लिई घटनास्थल मुचुल्का तथा आवश्यक कानुनी प्रकृया पुरा गरी जि.प्र.का.सर्लाहीमा ल्याई राखिएको, अन्य अनुसन्धान भईरहेको ।

मिति २०८३।०४।०८ गते ०५:०० बजे देखि २०८३।०४।०९ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-०९

कर्तव्य ज्यान,रौतहट, गुजरा न.पा.५ हरिहरपुर टोल बस्ने चन्देशवर साह कालवारको श्रीमती अं.वर्ष ४५ की रेनु देवी जयसवाललाई जि.बारा करैयामाई गा.पा.८ ईटहर बेलाही टोल घर भई हाल गुजरा न.पा.५ हरिहरपुर टोल बस्ने अं.वर्ष ३५ को उपेन्द्र साह कलवारले धारिलो हतियार (खुकुरी) प्रहार गर्दा रेनु देवी जयसवालको घटनास्थलमा मृत्यु भएको, खुकुरी प्रहार गर्ने उपेन्द्र साह कलवारलाई स्थानीयहरुले कुटपिट गरी घाईते भई उपचारको लागि चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुर लगेकोमा ऐ.१२:१० बजे थप उपचारको लागि प्र.क.को जिम्मा लगाइ नारायणी अस्पताल बिरगंज पर्सा लगिएको, अवस्था गम्भीर, उक्त स्थानमा प्र.चौ.हरिनगरबाट प्र.स.नि.को कमाण्डमा, इ.प्र.का.लक्ष्मिनिया बिजयपुरबाट प्र.नि.को कमाण्डमा र सशस्त्र प्रहरी बल नेपाल जंगलसैयाबाट स.प्र.ना.नि.को कमाण्डमा टोली खटी गई मुचुल्का कार्य पश्चात शव पो.मा.को लागि सरकारी अस्पताल चपुर पठाएको, मृतकको श्रीमान कामको सिलसिलामा काठमाण्डौमा रहेको भन्ने बुझिएको, धारिलो हतियार (खुकुरी) इ.प्र.का.लक्ष्मिनिया बिजयपुरमा ल्याई राखिएको, । फुटकर ज्यान,मोरङ, सुनबर्षी न.पा. ०९ डाइनिया मुस्लिम टोल बस्ने जफारुल मियाको छोरी अं.वर्ष ४ की कायानत खातुन (बालिका)घर देखि अं.२००मिटर पूर्व घन्सीबारी भित्र (घांसको झाडी) मृत अबस्थामा फेला परेको भनि स्थानिय मार्फत खबर प्राप्त हुनासाथ प्र.चौ. डाइनियाबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटि गइ घटनास्थल सुरक्षित राखिएको, थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इ.प्र.का. रंगेलीबाट प्र.नि. को कमाण्डमा SOCO सहितको टोली खटि गएको, ऐ.२१:४० बजे थप अनुसन्धानको लागि जि.प्र.का. मोरङबाट प्र.उ. को कमाण्डमा टोली खटि गई कानुनी प्रक्रिया पुरा गरी ऐ. २३:२५ बजे पो.मा.को लागी बि.पि. कोइराला स्वास्थ्य प्रतिष्ठान घोपा, धरान तर्फ पठाइएको । (नक्कली रिवल्भर) सहित मानिस नियन्त्रण,रुपन्देही, सिद्धार्थनगर न.पा. १३ घर भई हाल ऐ.ओमसतिया गा.पा. ४ बालापुर स्थित सरस्वती धवलको घरमा कोठा भाडा लिई बस्दै आएका वर्ष ४९ को राकेश प्रताप राणाले भैरहवा स्थित बजारमा “म जि.प्र.का.रुपन्देहीको घुमुवा हुँ” भनि पेस्तोल देखाई बजारमा रु १०,०००।- (दश हजार) पैसा माग गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का रुपन्देहीबाट प्र.नि. को कमाण्डमा टोली खटी गई निजलाई ऐ. न.पा.१३ शान्तिनगरमा फेला पारी नियन्त्रणमा लिई  निजको शरिर तथा निज बस्ने कोठा खानतलासी गर्दा निजले कोठामा लुकाई छिपाई राखेको नक्कली रिभल्वर थान १ (एक), सवारी चालक अनुमतिपत्र थान १(एक), लागु औषध (गाँजा)जस्तो देखिने पदार्थ तौल गर्दा प्लास्टिक सहित ५०० ग्राम, VIVO कम्पनीको Android मोबाईल थान १ (एक) र नेपाली नो ट रु २,६००।- (दुई हजार सय) फेला पारी बरामद गरी जि.प्र.का रुपन्देहीमा राखि अनुसन्धान भइरहेको, । नगद सहित मानिस नियन्त्रण,सर्लाही, मलंगवा न.पा.०९ स्थित कृष्णामती मा.बि.अगाडी भित्री सडक खण्डमा बिशेष सुचनाको आधारमा जि.प्र.का. सर्लाहीबाट प्र.नि.को कमाण्डमा खटीएको टोलीले शंकास्पद रकम लिई भारतबाट नेपाल तर्फ आउदै गरेको ऐ. न.पा.४ बस्ने बर्ष अं.३६ को बिकाउ महतोको साथबाट नगद रु.५,००,०००।- (पाचँ लाख) फेला पारी मोटसाईकल थान-१, मोबाईल थान-१ सहित नियन्तणमा लिई सम्मानित जिल्ला अदालत सर्लाहीबाट दिन ५ म्याद थप गरी हुण्डी कारोबार कसुरमा थप अनुसन्धान भईरहेको, । ला.औ.,धनकुटा, सागुँरीगढी गा.पा. २ मान्दवा टोल स्थितमा इ.प्र.का. भेडेटारबाट प्र.ना.नि. को कमाण्डमा खटिएको गस्ती टोलिले चेकजाँच गर्ने क्रममा को २ ह १२५ नं.को अटोमा लोड गरिएको ठुलो ४ बोरा र १ बोरामा आधा प्याक गरेको जम्मा-५ वटा बोरा सहितको शुद्व तौल ७१ किलो ३५ ग्राम ला.औ. गाँजा फेला पारी अटो चालक ऐ.गैरिगाउ बस्ने वर्ष अं.३१ को शिखर लिम्बु र निज संग संलग्न प्र १-०४-००१ प ४७९१ नं.को मो.सा.चालक ऐ.गा.पा.- ३ मादेन टोल बस्ने वर्ष ३२ को मदन याखालाई गाँजा सहित टेम्पो, मो.सा. र दुवै चालकहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानको लागि जि.प्र.का. धनकुटा पठाइएको, ।  मोरङ, गोप्य सूचनाको आधारमा CRV भट्टाचोक मोरङ र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले विराटनगर म.न.पा.४ लालीगुराँस टोल स्थित पैदलयात्री जि.सुनसरी दुहवी न.पा.१२ बस्ने वर्ष २१ को धन कुमार यादवलाई शंका लागेर चेकजाँच गर्दा प्लास्टिकको पोकामा प्लास्टिक सहित ११० ग्राम र प्लास्टिक बाहेक १०४ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ १ थान मोबाइल र मानिस समेत नियन्त्रणमा लिई जि.प्र.का. मोरङमा राखि थप अनुसन्धान कार्य भइरहेको, ।

मिति २०८३।०४।०७ गते ०५:०० बजे देखि २०८३।०४।०८ गते ०५:०० सम्मका मुख्य आराधिक घटनाहरु ।
२०८३-०४-०८

कर्तव्य ज्यान,रुपन्देही, तिलोत्तमा न.पा१० मैनिहवा बस्ने वर्ष २१ को सरोज चौधरी आफ्नै घरको सिंढीबाट तल खस्दा जमिनमा रहेको चक्कुले ढाडमा काटी घाइते भई क्रिमसन हस्पिटल मणिग्राममा उपचार भईरहेको अवस्था गम्भिर रहेको भनि सोही अस्पतालमा कार्यरत प्र.क.ले जानकारी गराए पश्चात उक्त स्थानमा प्र.चौ. महुवारिबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई बुझ्दा निजको बुबा वर्ष अं. ४५ को सहसराम चौधरीले घरायसी विवादका कारण झै-झगडा हुँदा चक्कु प्रहार गरेको भन्ने खुलेको हुँदा निज सहसराम चौधरीलाई नियन्त्रणमा लिई इ.प्र.का. बुटवल पठाईएको, घाइतेको थप उपचारको लागि ऐ. ०९:०० बजे मेडिकल कलेज भैरहवा रिफर भई उपचारको क्रममा ऐ. १६:४० बजे मृत्यु भएको, शव सोही अस्पतालमा रहेकोमा ऐ. १९:३३ बजे शव पो.मा. को लागि भिम अस्पताल भैरहवा पठाईएको, कानूनी प्रक्रिया ऐ. ०८ गते हुने । ज.ज.क./उद्योग/बाल यौन दुर्व्यवहार,बर्दिया, बाँसगढी न.पा.९ थुमनी बस्ने वर्ष १५ की बालिकालाई ऐ.न.पा.९ पाहाडीपुर बस्ने अं.वर्ष २६ को सन्दिप परियारले यौन दुर्व्यवहार गरेको भनि ऐ.०७ गते अं.०९:३० बजे प्र.चौ.लक्ष्मणामा जानकारी गराउनासाथ प्र.चौ लक्ष्मणाबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई सन्दिप परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । कैलाली, कैलारी गा.पा. ९ कोइली गाँउ  स्थित ऐ. बस्ने वर्ष ५१ को लैटन चौधरीले घर नजिकै रहेको प्रतिक्षालयमा लगि ऐ. बस्ने वर्ष ९ की बालिकालाई ज.ज.क.गर्ने प्रयास गरेको भनि ऐ.०७ गते १२:२५ बजे निजको आमाले जि.प्र.का.कैलालीमा जाहेरी दिनासाथ इ.प्र.का.हसुलियाबाट प्र.व.ना.नि. को कमाण्डमा टोलि खटि गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । इलाम, देउमाइ न.पा. ५ सिंहलप्पा बस्ने अं. वर्ष ९ की बालिकालाई ऐ. बस्ने नातामा दाई पर्ने अं. वर्ष ३१ को पुरूषले पीडितकै घरमा ज.ज.क. गरेको भनि पीडितको बुवाले ऐ. ०७ गते १८:०० बजे इ.प्र.का. मंगलबारेमा लिखित जाहेरी दिनासाथ प्र.स.नि. को कमाण्डमा टोलि खटि गई पीडकको खोजतलास गर्ने क्रममा निजकै घर वतनबाट फेला पारी नियन्त्रणमा लिई इ.प्र.का. मंगलबारेमा ल्याई थप अनुसन्धान भईरहेको । इलाम, माङसेबुङ गा.पा.-२ पावा बस्ने अं. वर्ष ४४ की महिलालाई गाउँबाट घर फर्कने क्रममा निजकै जेठाजु नाता पर्ने ऐ. बस्ने अं. वर्ष ४६ को पुरूषले पीडितको घर नजिकै गोरेटो बाटोमा ज.ज.क. उद्योग गरेको भनि ऐ. ०७ गते १६:३० बजे पीडित आफैले इ.प्र.का. मंगलबारेमा लिखित जाहेरी दिनासाथ प्र.चौ. इभाङबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पीडकलाई निजकै घर वतनबाट फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । हुम्ला, मिति २०८३।०४।०६ गते अ. १८:०० बजेको समयमा जि. हुम्ला सर्केगार्ड गा.पा. ४ डाडाँसाय बस्ने अं.वर्ष ९ की बालिकालाई ऐ.ऐ.२ रिपगाउँ बस्ने अ. वर्ष २८ को मेख कार्कीले मा.प.से. गरी पीडितको आफ्नै होटलमा आई ललाई फकाई गरी ज.ज.क. उद्योग गरेको भनि पीडितको बुबाले प्र.चौ. सर्केदेउमा जानकारी गराउनासाथ उक्त स्थानमा जि.प्र.का. हुम्लाबाट प्र.नि.को कमाण्डमा टोलि खटि गई निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । ठगी,मकवानपुर, हेटौंडा उ.म.न.पा.-१० TCN रोड स्थितमा रहेको बास्तोला होटलमा विगत ६ महिनादेखि केही भारतीय नागरिकहरु बसोबास गर्दै अनलाईनको माध्यमबाट ठगि गर्ने गरेको भनि प्राप्त सूचनाको आधारमा जि.प्र.का.मकवानपुर र व.प्र.का. सानोपोखराबाट प्र.नि. को कमाण्डमा खटि गएको टोलिले ऐ. ०४।०७ गते बिहान ०९:०० बजे उक्त होटलको ३०२ नं. को कोठाबाट देश भारत बिहार राज्य पटना बस्ने वर्ष २७ का ईन्द्रजित सरकार लगायत ३ जना भारतीय नागरिकहरु र बास्तोला होटल संचालक जि. मकवानपुर हेटौंडा उ.म.न.पा.-१० TCN रोड घर भई होटल संचालक वर्ष ३७ को दिपक बास्तोला समेतलाई नियन्त्रणमा लिई जि.प्र.का. मकवानपुरमा ल्याई निजहरुले प्रयोग गर्ने विद्युतीय डिभाईसहरु समेतको प्रारम्भिक अनुसन्धान तथा सोधपुछ गर्दा नियन्त्रणमा लिईएका भारतीय नागरिक ईन्द्रजित सरकारले आफुहरुले विभिन्न भारतीय नागरिकहरुलाई प्रलोभन देखाई बैंक खाताको Access लिने र उक्त खातामा ठगिको रकम कारोबार गरे बापतको कमिशन लिने गरेको भनि स्वीकार गरेकोले निजहरुले प्रयोग गर्ने डिभाईसहरुमा नेपाल सरकारले प्रतिबन्ध गरेका Binance app द्धारा क्रिप्टो करेन्सी ( USDT) लगायतको Apps हरु मार्फत शंकास्पद कारोवारहरु भएको, विभिन्न व्यवसायी तथा व्यक्तिहरुको Phone pay QR समेत भेटिएकोले निजहरु उपर थप अनुसन्धान भईरहेको, बरामदी सामानहरु:- HP ब्राण्डका ल्यापटप १ थान, Samsung A23 5G, Vivo T4x5G गरी २ थान मोबाईल र कागजपत्र १ सेट, Appo F29 मोडेलको मोबाईल १ थान, IPhone 17 pro, Redmi note 9 pro र Samsung tab १ थान गरी ३ थान मोबाईल, कागजपत्रको १ सेट, IPhone X १ थान समेत नियन्त्रमा लिएको । हातहतियार बरामद,पाँचथर, कुम्मायक गा.पा.२ गौरी गाँउ स्थितमा भरूवा बन्दुक २ राउण्ड पड्किएको जस्तो आवाज सुनी त्यस  तर्फ प्र.चौ.माङ्जाबुङबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई बुझ्दा ऐ.बस्ने अं.वर्ष ४० को चोक कुमार शेर्माले  भरूवा बन्दुक १ थान बोकी आउँदै गरेको अवस्थामा निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा  भरूवा बन्दुक १ थान र ऐ.को छर्रा गोली ४ थान  फेला पारी भरूवा बन्दुक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । गोली सहित मानिस नियन्त्रणमा,काठमाडौं, का.म.न.पा.-१ नक्साल ज्यापुटोल घर भई हाल गोकर्णेश्वर न.पा.-५ जोरपाटी टेलिकम नजिक राजेश खड्कीको ३ तले घरको भुई तलामा डेरा गरी बस्ने वर्ष ४३ को बिकाश महर्जनलाई प्र.चौ. जोरपाटीबाट प्र.स.नि.को कमाण्डमा खटि गएको टोलिले ग्यास सिलिण्डर चोरी गर्ने भन्ने शंकाको आधारमा निजको कोठा चेकजाँच गर्दा निजको कोठाबाट  SLR को ६ राउण्ड गोलि फेलापारी बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको। सुन बरामद,काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन (Arrival) भन्सार क्षेत्र स्थित यात्रुहरुको नियमित सुरक्षा जाँच (X-ray Machine Screening) गर्ने क्रममा कतार दोहा हुँदै कतार एयरवेज बाट काठमाडौं आएका जि. गोरखा गोरखा न.पा.-१३ हाल सातदोबाटो बस्ने वर्ष ३१ को श्रीकृष्ण नेपाली (राहदानी नं.११५०८११०) ले घाँटीमा २० ग्रामको सुन जस्तो देखिने पहेलो धातुको सिक्री थान-१ र ३.५ ग्रामको सुनजस्तो देखिने पहेलो धातुको तिलहरी लुकाई छिपाई राखेको थान-१, जि. क़ञ्चनपुर भिमदत्त न.पा.-६ सुखसाल बस्ने वर्ष ४५ उद्धव चन्द (राहदानी नं. PA४६३५६२३) ले घाँटीमा २० ग्रामको सुनजस्तो देखिने पहेलो धातुको सिक्री थान-१ र ३.५ ग्रामको सुनजस्तो देखिने पहेलो धातुको तिलहरी लुकाई छिपाई राखेको थान-१ र जि. सर्लाही बागमती न.पा.-९ शंकरपुर बस्ने ४१ को राम विनय राय यादव (राहदानी नं. PA२२७५९३६) ले घाँटीमा २० ग्रामको सुनजस्तो देखिने पहेलो धातुको सिक्री थान-१ र ३.५ ग्रामको सुनजस्तो देखिने पहेलो धातुको तिलहरी लुकाई छिपाई राखेको थान-१ फेला परेकोले तीनै जना मानिसहरुलाई सोधपुछ गर्दा प्रारम्भमा वास्तविक विवरण नदिई शंकास्पद तथा विरोधाभासपूर्ण जवाफ दिएकोले थप बुझ्दै जाँदा निजले उक्त सुनजस्तो देखिने धातुका गर-गहनाहरु आफ्नै नभई अन्य व्यक्तिको आग्रहमा नेपाल ल्याई दिएबापत ज्याला (पारिश्रमिक) लिने उद्देश्यले बोकी ल्याएको भन्ने खुल्न आएको हुँदा सुनजस्तो देखिने धातुका गरगहना सहित भन्सार कार्यालय बन्द भएकोले निजलाई  दिन १ सुरक्षित साथ राख्न प्र. वृत्त गौशाल पठाईएको । ला.औ.,सिरहा, लहान न.पा.-३  हस्पिटल चौक स्थितमा ला.औ. को कारोबार भईरहेको भन्ने विशेष सूचनाको अधारमा ला.औ. ब्युरो कोटेश्वरबाट र इ.प्र.का. लहानबाट प्र.नि.को कमाण्डमा खटि गएको संयुक्त टोलिले जि.प्र.का. सिरहासँग समन्वय गरी २ वटा मो.सा.मा  शंकास्पद अवस्थामा आएका ६ जना व्यक्तिहरुलाई रोकी चेकजाँच गर्ने क्रममा निज मानिसहरू भागी प्रतिकार गर्न खोज्दा ला.औ. ब्युरो कोटेश्वरबाट प्र.नि.को कमाण्डमा खटि गएको टोलीले  BERETTA  पेस्तोलबाट ७ राउण्ड गोली प्रहार गरी ६ जना मानिसहरु  र २ वटा मो.सा. (स. १ प ८०५ र स. ३ प ८१८५) लाई नियन्त्रणमा लिएको, नियन्त्रण लिएको मध्ये जि. सप्तरी रुपनी गा.पा.-१ रुपनी बजार बस्ने अं. वर्ष ४२ को मो. नसिरको बाँया खुट्टाको घुडा मुनी गोलि लागेको, अवस्था सामान्य,  निजको साथबाट १२३ ग्राम ला.औ. ब्राउन सुगर फेला परेको र देश भारत बिहार राज्य जिल्ला मधुबनी थाना लदनिया जिगिया बस्ने अं. वर्ष २४ को विद्यान्नद यादवको दाहिने खुट्टाको घुँडा मुनिमा गोली लागेको, अवस्था सामान्य निजको साथबाट १२० ग्राम ला.औ. ब्राउन सुगर (जम्मा प्लाष्टिक वाहेक एकमुष्ट २४० ग्राम रहेको) फेला परेकोले दुबै जनालाई १/१ राउण्ड गोली लागी घाईते भएको, उपचारको लागि प्रादेशिक अस्पताल लहान तर्फ पठाईएको, अन्य ४ जनालाई नियन्त्रणमा लिई लिई थप अनुसन्धान भईरहेको ।  दार्चुला, मालिकार्जुन गा.पा.-८ धामिगडा स्थित जि.प्र.का. दार्चुलाबाट प्र.स.नि.को कमाण्डमा खटि गएको टोलिले ऐ. मालिकार्जुन गा.पा.-८ धामिगडा बस्ने अं. वर्ष ६० को गगन सिंह बोहराले संचालन गरेको भगवती खुद्रा पसलमा चेकजाँच गर्दा पसलको गल्लामा कपडाको सानो सेतो रङको थैलीभित्र र आफु सुत्ने कोठाको र्‍याकमा लुकाई छिपाई राखेको अवस्थामा ला.औ. (चरेश जस्तो देखिने कालो पदार्थ) शुद्व तौल १३० ग्राम  र गाँजा प्लाष्टिक सहित १५१ ग्राम फेला पारी रितपूर्वक बरामद गरी निजलाई पक्राउ गरी थप लिई थप अनुसन्धान भईरहेको ।

मिति २०८३।०४।०६ गते ०५:०० बजे देखि २०८३।०४।०७ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-०७

कर्तव्य ज्यान,तेह्रथुम, आठराई गा.पा.६ सिमखर्क बस्ने गजेन्द्र लिम्बुको श्रीमती अं.वर्ष ५१ की रुपा लिम्बुलाई ऐ. बस्ने अं.वर्ष ३८ को कृष्ण बहादुर लिम्बुले घाँटीमा खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.चुहानडाँडाबाट प्र.स.नि.र इ.प्र.का.आठराईबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निज रुपा लिम्बुको घट्नास्थलमा नै मृत्यु भएको, शवको कानूनी प्रकृया पुरा गरी पो.मा.को लागि संग्रान्ती आठराई अस्पताल पठाईएको, खुकुरी प्रहार गर्ने व्यक्ति फरार रहेकोमा खो.त.को क्रममा ऐ.२३:३० बजे प्र.चौ.जोरपोखरी पाँचथरबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले निज कृष्ण बहादुर लिम्बुलाई ऐ.५ सुम्लिबुङ स्थित ऐ.बस्ने कासिनाथ सुहाङ (ससुरा बुवा) को घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई स्वास्थ्य परिक्षण गरी जि.प्र.का.पाँचथरमा राखीएको,। महोत्तरी, सोनमा गा.पा.६ तरहारी टोल बस्ने अं.वर्ष ६० को जुगलकिशोर रायलाई निजकै आफ्नै भाई ऐ.बस्ने अं.वर्ष ५० को गोखुल रायले खेतमा पानी लगाउने विषयलाइ लिएर कुटपिट गर्दा टाउकोमा चोट लागेको भन्ने खबर प्राप्त हुन साथ प्र.चौ.मगरथानाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई घाइते जुगलकिशोर रायलाई उपचारको लागि सरकारी अस्पताल गौशाला पठाई उपचार भइरहेको उपचारको क्रममा ऐ.०७ गते ००:४६ बजे डाक्टर द्वारा मृत्यु घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, इ.प्र.का.गौशालाबाट प्र.नि.को. कमाण्डमा टोली खटी गई लाश जाँच मुचुल्का तथा थप अनुसन्धान कार्य भइरहेको, कुटपिट गर्ने गोखुल राय फरार, खो.त.कार्य भइरहेको, । ज.ज.क./उद्योग/बाल यौन दुर्व्यवहार,चितवन, कालिका न.पा.१० शेरवाङ स्थित ऐ.बस्ने अं.वर्ष १३ की बालिकालाई ऐ. बस्ने अं.वर्ष २२ को सुशील राना मगरले ऐ.०४/०५ गते अं.०८:०० बजे ज.ज.क. गरेको भनी ऐ.६ गते अं.०९:०० बजे प्र.चौ.जुटपानीमा जानकारी गराउनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको, । मोरङ, मिति २०८१।०८।१५ गते साङकेतिक वतन (०९-MM-च) बस्ने वर्ष ३५ को पुरुष व्यक्तिले आफ्नै छोरी वर्ष १५ की बालिकालाई डर त्रास देखाई आफ्नै घरको सुत्ने कोठामा ज.ज.क. गरेको भनी पीडितको आफन्तले मिति २०८३।०४।०६ गते बिहान १०:०० बजे इ.प्र.का.उर्लाबारीमा जाहेरी दिनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई पक्राउ गरी इ.प्र.का.उर्लाबारीमा ल्याई आवश्यक अनुसन्धान भईरहेको, । झापा, कन्काई न.पा.५ सुर्योदय टोल बस्ने वर्ष ४५ को पुरुष व्यक्तिले झट्केलो छोरी वर्ष १३ की बालिकालाई जबरजस्ती करणी गरेको भनी ऐ.६ गते १६:३० बजे इ.प्र.का.अनारमनीमा जाहेरी दिएकोमा प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा ल्याई पीडित समेतलाई यौनजन्य स्वास्थ्य परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाई स्वास्थ्य परिक्षण पश्चात पीडितलाई आफन्तको जिम्मा लगाएको, अवस्था सामान्य, । धारिलो हतियार प्रहार गरी मृत्यु/ झुण्डी मृत्यु,झापा, दमक न.पा.१ सिरपाली चोक बस्ने वर्ष ४२ को धन बहादुर दर्जी र निजकै श्रीमती वर्ष ४२ की बिजय कुमारी दर्जी एक आपसमा बादबिवाद गरी झै-झगडा हुँदा धन बहादुर दर्जीले श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमान सोही घरको अर्को कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डी रहेको अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.दमकबाट प्र.नि.को कमाण्डमा टोली खटी गई दुबै घाईतेलाई उपचारको लागि दमक अस्पताल दमक पठाएकोमा ऐ.१५;३० बजे दुबै जनालाई दमक अस्पताल दमक पुर्‍याई डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हुँदा सम्पूर्ण कानूनी प्रकृया पुरा गरी पो.मा.को लागी सोही अस्पतालमा राखिएको, । ला.औ.,सिरहा, लहान न.पा.३ नया बस्ती टोल स्थितमा ला.औ.बोकी गाडीमा ल्याउदै गरेको भनी बिशेष सुचनाको आधारमा इ.प्र.का.लहानबाट प्र.नि.को कमाण्डमा र लागु औषध नियन्त्रण ब्युरो शाखा सिरहाबाट प्र.स.नि.को कमाण्डमा संयुक्त टोली खटी गई बुझ्दा ऐ.लहान न.पा.३ नयाँ बस्ती टोल बस्ने श्याम कुमारी साहको घर अगाडी कम्पाउण्डमा पार्किङ गरी राखेको बा.२१.च ५८६६ नं. को योद्धा पिकअप गाडी चेकजाँच गर्दा ६५२ के.जि.ला.औ. गाँजा जस्तो देखिने पदार्थ फेला पारी उक्त ला.औ.गाँजा जस्तो देखिने पदार्थ र गाडी सहित ऐ.लहान न.पा.३ नया बस्ती टोल बस्ने अं.वर्ष ३८ की श्याम कुमारी साह समेत ३ जना मानिसहरुलाई नियन्त्रणमा लिई इ.प्र.का.लहानमा राखी थप अनुसन्धान कार्य भईरहेको,।  मोरङ, विशेष सुचनाको आधारमा इ.प्र.का.रंगेली र लागु औषध व्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले रंगेली न.पा.७ बसपार्क स्थित हुलाकी सडक छेउमा रोकी राखेका BR38AH7193नं.को मो.सा.मा सवार देश भारत, राज्य विहार, जिल्ला अररिया, थाना सिक्टी, बौकाहा मझरा बस्ने वर्ष २८ को मोहमद मुन्ना र ऐ.स्थित रोकी राखेको BR38AQ8243 भारतीय नम्बर प्लेट भएको मो.सा.मा सवार ऐ.बस्ने वर्ष २५ को मोहमद मकुललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा मोहमद मकुलको साथबाट प्लाष्टिक बाहेक १०१.०० ग्राम लागु पदार्थ खैरो हेरोईन जस्तो देखिने लिसाइलो पदार्थ बरामद गरी दुबै जनालाई दुबै मो.सा.सहित नियन्त्रणमा लिई इ.प्र.का.रंगेलीमा ल्याई थप अनुसन्धानको कार्य भईरहेको, उक्त स्थान इ.प्र.का.रंगेलीबाट अं.२ कि.मि.पश्चिम पर्ने ।

मिति २०८३।०४।०५ गते ०५:०० बजे देखि २०८३।०४।०६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-०६

ज.ज.क./उद्योग/बाल यौन दुर्व्यवहार,पर्वत, मिति २०८३।०३।३० गते अं.१५:३० बजे ऐ.मोदी गा.पा. ८ चित्रे बस्ने वर्ष अं. २१ को समिर परियारले ऐ.कुश्मा न.पा.-३ बस्ने वर्ष १५ की बालिकालाई ललाई फकाई ऐ.कुश्मा न.पा. ५ बन्जि साईड स्थित रहेको होटल साईनोको कोठामा लगि ज.ज.क. गरेको भनि ऐ.०४।०५ गते  अं. १७:३० बजे पीडित पक्षमार्फत खबर प्राप्त हुनासाथ जि.प्र.का. पर्वतबाट  प्र.नि. को कमाण्डमा टोलि खटि गई अभियुक्तको खोजि कार्य भईरहेको हालसम्म फेला नपरेको । प्युठान, मिति २०८३।०४।०१ गते अं.२२:०० बजे जि.प्युठान गौमुखि गा.पा.५ खुङ मेहलखाल बस्ने वर्ष ६५ को पुरुष व्यक्तिले आफ्नै छोरीको छोरी नातिनी वर्ष ११ की बालिकालाई ज.ज.क. गरेको भनि मिति २०८३।०४।०५ गते अं.१६:०० बजे जि.प्र.का.मा जाहेरी दर्खास्त दिए पश्चात इ.प्र.का. पुजालीबासेबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । रुपन्देही, तिलोत्तमा न.पा. ११ भु.पू.सैनिक टोल बस्ने वर्ष ३७ को कृष्ण रानाले देवदह न.पा. ९ भलुहिचर्च नजिक बाटोमा ऐ.न.पा. १० बस्ने वर्ष १३ की बालिकालाई ज.ज.क. उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ. भलुहिबाट प्र.ना.नि. को कमाण्डमा टोलि खटिगई पीडक कृष्ण राना लाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । रिभल्बर पेस्तोल र गोली फेला,मकवानपुर, बागमति गा.पा.९  बेतिनि अगौटे स्थित घरमा पेस्तोल लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा इ.प्र.का. फापरबारीबाट प्र.नि.को कमाण्डमा टोलि खट गई ऐ. अगौटे बस्ने जिवन तुम्सिङ मगरको छोरा रेशम तुम्सिङ मगरको  घरमा चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा HARRINGTON & RICHARDSON ARMS COMPNY WORCESTER. MASS. U.S.A. PAT. OCT. 4:8ZAPR2:95APR7/96. लेखिएको १ थान सेतो रिभल्बर र ६ राउण्ड गोली (अन्य हतियारको जस्तो देखिएको) समेत बरामद गरी इ.प्र.का. फापरबारीमा ल्याई राखिएको ,  तत्काल उक्त घरमा कोही पनि नबस्ने भएकोले को-कस्ले कहिले राखेको हो भन्ने सम्बन्धमा थप अनुसन्धान भईरहेको । शंकास्पद मृत्यु,काठमाडौं, जि.रामेछाप स्थायी घर भई हाल तार्केश्वर न.पा.-५ बस्ने वर्ष २९ को राजु तामाङ सहित १३ जना साथीहरू घुम्न आएकोमा दक्षिणकाली न.पा.-५ डल्लुस्थित दक्षिणकाली भिलेज एण्ड रिसोर्ट स्वीमिङपुलमा निज राजु तामाङ डुबि अचेत अवस्थामा साथीहरूले फेला पारी उद्धार गरी तत्काल उपचारको लागी बयोधा अस्पताल बल्खु लगिएकोमा उपचारको क्रममा ऐ. ०१:२१ बजे डा.ले मृत घोषणा गरेको, घुम्न आएका साथीहरू र  रिसोर्टको कर्मचारी  गरी १२ जनालाई (५ महिला ७ पुरुष) आवश्यक सोधपुछको लागि नियन्त्रणमा लिएको , उक्त स्थानमा इ.प्र.का. फर्पिङबाट प्र.नि.को कमाण्डमा टोलि खटि गएको । जली मृत्यु (फुटकर ज्यान),काठमाडौं, कीर्तिपुर न.पा.१ साङमाङ चोक मार्ग स्थित सार्वजनिक स्थानमा बा ५ च ३०३८ नं.को कारभित्र अचानक आगलागी भई अं.वर्ष ३५ को जस्तो देखिने पुरुष व्यक्ति जली मृत अवस्थामा फेला परेको, उक्त स्थानमा प्रहरी वृत्त कीर्तिपुरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी ऐ.१३:३५ बजे पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज पठाएको, मृतक कीर्तिपुर न.पा.१ बस्ने वर्ष ७१ को सुरेश चन्द्र श्रेष्ठ हो भनि मृतकको छोरा सुमित चन्द्र श्रेष्ठ बाट सनाखत भएको, कार मृतकको नाममा रहेको । ला.औ.,मोरङ, बिराटनगर म.न.पा.१८ झटियाही बुधनगर स्थित कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूह (PIT) बाट प्र.ना.नि.को टोलिले ऐ. बिराटनगर म.न.पा. १८ झटियाही बुधनगर बस्ने अं. वर्ष ५९ को लाल किशोर यादवको कोठामा खानतलासी गर्दा निजको साथबाट कटुवा पेस्तो १ थान, गाजाँ ८.४८ ग्राम, ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ शुद्व तौल ३ ग्राम ०७ मिलिग्रामसहित फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिई  इ.प्र.का. रानीमा ल्याई थप अनुसन्धान भईरहेको । पर्सा, जगरनाथपुर गा.पा.४ सुहपुर स्थित हुलाकी सडक खण्डमा इ.प्र.का. पटेर्वासुगौलीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले चितवनबाट भारतको सुगौली तर्फ जाँदै गरको BR06BH5496 नं.को कारलाई रोकी चेकजाँच गर्ने क्रममा पछाडि सिट मुनि सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखिएको अवस्थामा ला.औ.गाँजा १९.५ के.जि. सहित कार चालक देश भारत बिहार सितागढी जिल्ला ग्राम पंचायत तालका डुम्रा वडा नं.३३ बस्ने वर्ष ३४ को रहमद अंसारीलाई नियन्त्रणमा लिई इ.प्र.का.पटेर्वासुगौलीमा ल्याई थप अनुसन्धान भईरहेको ।  महोत्तरी, बर्दिवास न.पा.३ गौरीडाँडा स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट अगाडि बि.पि.राजमार्गमा इ.प्र.का. बर्दिवासबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलिले बिशेष सूचनाको आधारमा चेकजाँच गर्दा जनकपुरबाट काठमाण्डौ तर्फ जादै गरेको बागमती प्रदेश ०१-००७ ख ८२१ नं.को हायसमा सवार देश भारत बिहार राज्य जिल्ला मधुबनी ग्राम पंचायत मधवापुर-५ बस्ने वर्ष २४ को राजा कुमार मण्डलको साथबाट अवैध लागु औषध खैरो हिरोईन जस्तो देखिने अर्ध ठोस पदार्थ प्लाष्टिक बाहेक शुद्ध तौल २६ ग्राम ९९० मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई इ.प्र.का. बर्दिबासमा ल्याई थप अनुसन्धान भईरहेको ।

मिति २०८३।०४।०४ गते ०५:०० बजे देखि २०८३।०४।०५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-०५

ज.ज.क./उद्योग/बाल यौन दुर्व्यवहार,काठमाण्डौं, जि.कालिकोट तिलागुफा न.पा.-६ घर भई हाल कागेश्वरी मनहरा न.पा.-६ मुलपानी बस्ने वर्ष १७ की बालिकालाई प्रतिवादी जि. कालिकोट महावै गा.पा. घर भई हाल बुढानिलकण्ठ न.पा.-०४ तल्लोपासीकोट बस्ने वर्ष २७ को टेकन भन्ने लोकेन्द्र शाहीले पटक-पटक गरी अन्तिम पटक मिति २०८३।०३।०६ गते ०५:०० बजे, ऐ. तल्लोपासिकोट नयाँपत्रिका स्थित गाई फार्ममा लगेर डरत्रास देखाई ज.ज.क. गरेको भनी मिति २०८३।०।४।०१ गते १७:०० बजे जि.प्रहरी परिसर भद्रकाली, काठमाडौंको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा जाहेरी प्राप्त भएको, प्रतिवादी फरार रहेकोले खो.त.भइरहेको, पीडित बालिका २२ हप्ताको गर्भवती रहेकी हुँदा थापाथली अस्पतालमा उपचार भईरहेको, अवस्था समान्य, उपचारमा एपोरुन नामक संस्थाका सदस्य संलग्न रहेको । कैलाली, कैलाली टीकापुर नगरपालिका ३ कटानपुर बस्ने बर्ष १४ की परिवर्तित जिल्ला ७१ परिवर्तित नामथर टिकापुर (क) लाई ऐ.ऐ. बस्ने वर्ष २१ को राहुल चौधरीले निजलाई निजकै घरमा कोहि नभएको मौका छोपि म बसेको बिस्तारामा मेरो हात मुख थुनि मेरो इच्छा विपरित ज.ज.क. गरेको भनि पीडितले मिति २०८३।०४।०४ गते १४;३० बजेको समयमा इलाका प्रहरी कार्यालय टिकापुर कैलालीमा जाहेरी दर्खास्त दिए पश्चात इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट प्र.व.ना.नि. निरक रावल (९८५८४९०१५२) को कमाण्डमा खटिएको प्रहरी टोलीले प्रतिवादी राहुल चौधरीलाई निजकै घर ठेगानाबाट पक्राउ गरी नियन्त्रणमा लिई इ.प्र.का. टिकापुर कैलालीमा ल्याई दुबै जनाको विस्तृत स्वास्थ्य परिक्षण पश्चात पीडीत अभिभावकको साथमा रहेको, र पीडकलाई इलाका प्रहरी कार्यलय टीकापुरको हिरासत कक्षमा राखि थप अनुसन्धान भईरहेको, । सोलुखुम्बु, मिति २०८३।०४।०२ गते १६:०० बजे सोताङ गा.पा.४ थुलु बस्ने वर्ष २४ को तिलक तामाङले ऐ.बस्ने वर्ष ४७ की महिलालाई आफ्नै घरको भान्सा कोठामा जबरजस्ती करणीको प्रयास गरेको भनी पीडितले ऐ. ०४ गते जि.प्र.का.मा जाहेरी दर्खास्त दिएको हुँदा इ.प्र.का.सोताङबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई तिलक तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.मा ल्याई मेडिकल समेत गरी राखिएको, । हातहतियार बरामद,कैलाली, गौरीगंगा न.पा. ८ बढैपुर स्थित शिवशक्ति सामुदायिक वनको जंगल भित्र सालको रुखको टोड्का भित्र ऐ. देउराली टोल बस्ने वर्ष अं. २९ को पदम दर्लामी मगरले १ नाले भरुवा बन्दुक लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का. मसुरियाबाट प्र.ना.नि. को कमाण्डमा टोली खटि गई सोही स्थानबाट थान -१ भरुवा बन्दुक फेला पारी रीतपुर्वक बरामद गरी निज पदम दर्लामी मगरलाई पक्राउ गरी भरुवा बन्दुक सहित आवश्यक कारबाहीको लागि इ.प्र.का. मालाखेती पठाइएको, । आत्मदाह प्रयास,काठमाण्डौं, का.म.न.पा. ६ बौद्ध गेट नजिक जि.काभ्रे तेमाल गा.पा.३ घर भई हाल गोकर्णेश्‍वर न.पा. ८ माकलबारी बस्ने वर्ष २७ की सालु गुरुङले श्रीमान अभिषेक तामाङसँग विवादको क्रममा निहरूले संचालक गरेको सम्झना खाजा घर पछाडिको पार्किङमा आफूले आफ्नै शरिरमा पेट्रोल छर्की आगो लगाएको हुँदा निजको श्रीमान अभिषेक तामाङले फेला पारी आगो निभाई उपचारको लागि शुस्मा कोइराला मेमोरियल अस्पताल साँखु लगेर उपचार भइरहेको, अनुहार, छाती र दुबै हातमा जलेको (अं.५० % जलेको) अवस्था हल्का बोल्न सक्ने, घाइतेलाई ऐ.१७:४० बजे कीर्तिपुर अस्पताल रिफर, । काठमाण्डौ, जि. कैलाली स्थाई ठेगाना भई हाल जि.काठमाण्डौ किर्तिपुर न.पा. १० स्थित बुद्ध विहार बस्ने वर्ष ३६ को जिवन अधिकारीले ऐ.स्थान फुटपातमा तरकारी बेच्दै आएको र सोहि क्रममा नगर प्रहरीसंग विवाद हुंदा निजले सोही तरकारी ठेलामा राखेको पेट्रोल (१बोत्तल) आफ्नै शरीरमा छर्की आत्म दाहाको प्रयास गर्न खोज्ने क्रममा प्र.चौ.कीर्तिपुरबाट प्र.ना.नि. को कमाण्डमा खटिएको टोलीले निज र नगरप्रहरी दुवै पक्षलाई कार्यलायमा झिकाई ऐ. वडाका वडा अध्यक्षको रोहवरमा छलफल तथा सम्झाई बुझाई गरी निजको आमा ऐ. बस्ने वर्ष ५५ की डिलसरा अधिकारीको जिम्मा लगाई पठाएको, । धारिलो हतियार (बन्चरो प्रहार),धनुषा, मिथिला न.पा.१० लालगढ बस्ने अं.वर्ष ५२ को श्रीराम बुढाथोकीले मादक पदार्थ सेवन गरी छिमेकी ऐ.बस्ने अं.वर्ष ६० को शुक्र बहादुर भुजेल संग वाद विवाद गरी धारीलो हतियार (बन्चरो) प्रहार गर्दा निज शक्र बहादुर भुजेलको टाउको पछाडीको भागमा काटिएको हुदा उपचारको लागि मोडल अस्पताल लालगढ धनुषामा लगी उपचार भई रहेको अवस्था मध्यम उक्त स्थानमा प्र.चौ.लालगढबाट प्र.ना.नि.को कमाण्डमा  टोली खटीगई बन्चरो प्रहार गर्ने श्रीराम बुढाथोकीलाई बन्चरो सहित नियन्त्रणमा लिई इ.प्र.का.ढल्केवर पठाइएको । ला.औ., काठमाण्डौं, का.म.न.पा.-२८ पद्मोदय चोक नजिकै जि. धादिङ गजुरी गा.पा.-०८ बस्ने वर्ष २७ को युवराज तामाङ  र ऐ. बस्ने वर्ष २७ को नरेश तामाङले चलाएको बा.प्र.०२-०६० प ६१८८ नं. को २२० सि.सि.को पल्सर मो.सा.मा ला.औ. चरेश, बोकी ऐ. चोक नजिकै भण्डारी कफिसप अगाडी  रहेको भन्ने सुचना प्राप्त हुनासाथ वृत्त सिंहदरबारबाट प्र.स.नि.को कमाण्डमा खटि गएको टोलिले खानतलासी गर्दा ६ के.जि. ला.औ. चरेश  सहित मानिस नियन्त्रण लिने क्रममा फलामको बेन्चमा ठोकिदा वृत्त सिंहदरबार दरबन्दी/कार्यरत प्र.स.नि. प्रेम बहादुर कार्की (क.को.नं.३६२९३१) को वाँया खुट्टामा भित्री चोट लागेको हुँदा उपचारको लागि ने.प्र.अ. महाराजगंजमा पठाईएकोमा ऐ.१२:१० बजे डिस्चार्ज भएको, घटनास्थलमा प्र.ना.उ.को  कमाण्डमा सादा पोशाक सहितको टोली खटि गई निज युवराज तामाङ र नरेश तामाङलाई नियन्त्रणमा लिई वृत्त सिंहदरबारमा राखिएको, निजहरूको साथबाट मोबाईल २ थान र बा.प्र.०२-०६० प ६१८८ नं. को २२० सि.सि.को  पल्सर मो.सा. समेत नियन्त्रणमा लिएको, ।

मिति २०८३।०४।०३ गते ०५:०० बजे देखि २०८३।०४।०४ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-०४

कर्तव्य ज्यानकाठमाण्डौं, म.न.पा.२६ गोंगबु मित्रनगर स्थित शेर बहादुर खत्रीको ६ तले पक्की घर भाडामा लिई जि. चितवन भरतपुर म.न.पा.२६ स्थायी घर हुने वर्ष ३५ की राधा थापाले संचालन गरेको होटल माउन्टेन एल्सिभाको चौथो तलाको ४०४ नम्बर कोठामा रहेको काठको बक्स पलङभित्र एकिन नामथर, वतन नखुलेकी अं.वर्ष ३२ की जस्तो देखिने महिला मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट प्र.नि.र तालुक काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रहरी परिसर भद्रकालीबाट सादा पोसाक सहितको टोली र प्रहरी वृत्त महाराजगंजबाट SOCO सहितको टोली खटिई गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज पठाएको , होटल संचालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,म्याग्दी, धौलागिरी गा.पा.७ सिबाङ बस्ने वर्ष १४ की बालिकालाई ऐ.मालिका गा.पा.५ देविस्थान पन्थुक बस्ने वर्ष २२ को बिकल बि.क.ले ऐ.०४।०२ गते अं.१५:३० बजे ऐ.गा.पा. ७ ताकम स्थितमा रहेको कोट चौरमा लिएर गई ज.ज.क.गरेको भनि ऐ.०४।०३ गते १५:०० बजे जि.प्र.का.म्याग्दीमा जाहेरी प्राप्त हुनासाथ प्र.चौ.मुनाताकमबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई निज बिकल बि.क.लाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । बारबर्दिया, न.पा.१ जमुनिया बस्ने वर्ष २१ की महिलालाई आफ्नै घर कोठामा सुतिरहेको अवस्थामा ऐ.०४।०१ गते अं.२३:०० बजे ऐ. बस्ने अं.वर्ष २३ को संदिप थारु भनि चिनिने राम कुमार थारुले सुतिरहेको कोठाको ढोका खोलि भित्र पसी ज.ज.क.उद्योग गरेको भनि ऐ.०४।०३ गते अं.१०:०० बजे इ.प्र.का.बनियाभारमा ज.ज.क. उद्योग सम्बन्धि जाहेरी दिए पश्चात उक्त जाहेरी दर्खास्त दर्ता गरी सम्मानित जिल्ला अदालतबाट प्रकाउ अनुमती लिई  इ.प्र.का.बनियाभारबाट प्र.ना.नि.को कमाण्डमा प्रहरी टोलि खटिई गई  पीडकलाई ऐ.१७:०० बजे नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । कैदी मृत्यु,काठमाण्डौं, नेपाल प्रहरी अनाश्रीत गुल्म जगन्नाथदेवल, काठमाण्डौं म.न.पा.-११ जगन्नाथदेवल स्थित भद्र बन्दी सुधार गृहमा जि. कास्की पोखरा म.न.पा.-०१ स्थायी वतन भएका वर्ष ४० को ला.औ. मुद्दामा थुनामा रहेका प्रतिवादी आनन्द शाही मुटु सम्बन्धी बिरामी भई मिति २०८३।०२।२५ गते शहिद गंगालाल अस्पतालमा भर्ना भई उपचार गराई रहेकोमा उपचारकै क्रममा निज कैदीको मिति २०८३।०४।०३ गते ०९:१८ बजे मृत्यु भएको, साथमा मृतकको भाइ रहेको, कानूनी प्रकृयाको लागि प्रहरी वृत्त महाराजगञ्जबाट प्र.नि.को कमाण्डमा टोलि खटि  गई शव पो.मा.को लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको । जङ्गली च्याउ खाई बिरामी,पाल्पा, रामपुर न.पा.-५ बेझाडखेत बस्ने एकै घरका ९ जना च्याउ खाएर बिरामी भई रामपुर अस्पताल पाल्पामा उपचार भईरहेको भनि सोही अस्पतालमा खटिएको प्र.क.मार्फत जानकारी प्राप्त हुनासाथ इ.प्र.का.रामपुरबाट प्र.ना.नि.को कमाण्डमा टोलि खटि गई बुझ्दा बिरामी मध्ये अं.वर्ष ३० को खेम बि.क.(व.प्र.का.वालिङ स्याङ्जा दरबन्दी भई हाल प्रहरी वृत्त बौद्धमा कार्यरत रही हाल घ.बि.आएको) र वर्ष २८ को बिकास बि.क. (प्रहरी वृत्त कीर्तिपुर दरबन्दी भई हाल प्रहरी परिसर काठमाण्डौंमा  कार्यरत रही हाल घ.बि.आएको प्र.ज.) रहेको भन्ने बुझिएको, अवस्था सवैको सामान्य रहेको । झै-झगडाको क्रममा मनिस मृत्यु,भक्तपुर, सुर्यविनायक न.पा.७ घ्याम्पेडाँडा स्थित रहेको ऐ.घ्याम्पेडाँडा बस्ने पदम तामाङको साढे दुई तले पक्की घरमा ऐ.घ्याम्पेडाँडा बस्ने दिनेश बमले संचालन गरेको थ्री इडियट्स होटल एण्ड रेष्टुरेन्टमा जन्मदिन मनाउन बसेका साथी-साथी बिच एक-आपसमा सामान्य विवादको क्रममा झै-झगडा हुँदा हो-हल्ला भयो भनि स्थानीयले सम्झाइ बुझाई गर्ने क्रममा विवाद भई झगडा हुँदा जन्मदिन मनाउन साथी आएको जि.बर्दिया घर भई हाल जि.भक्तपुर सल्लाघारी बस्ने अं.वर्ष २६ को राज कार्की भाग्ने क्रममा सोही होटलको २ तले बार्दलीबाट भुइँमा खस्दा गम्भिर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारको क्रममा ऐ.०३:१५ बजे चिकित्सक द्वारा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त झै-झगडामा स्थानीय ऐ.सुर्यविनायक न.पा.७ घ्याम्पेडाँडा बस्ने वर्ष २८ को राजन तामाङ समेत ४ जना मानिसहरु समेत घाइते भई उपचारको लागि भक्तपुर अस्पताल दुधपाटी पठाई उपचार भइरहेको, ४ जनाको नै अवस्था गम्भिर रहेको, उक्त स्थानमा प्रहरी वृत्त जगातीबाट प्र.ना.उ.को कमाण्डमा टोलि खटि गएको, उक्त घटनामा संलग्न २७ जना पुरुष र ३ जना महिला समेत गरी ३० जना मानिसहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । शंकास्पद मृत्यु,भक्तपुर, न.पा.१ स्थित रहेको लुम्बिनी गेष्टहाउसको तेस्रो तलाको ५ नं.कोठामा बस्ने हाल नामथर, वतन नखुलेको अं.वर्ष २० की महिला गेष्टहाउस पछाडी लडिरहेको अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रभाग दुधपाटीबाट प्र.स.नि.को कमाण्डमा र परिसर भक्तपुरबाट प्र.नि.को कमाण्डमा टोलि खटि गई उपचारको लागि भक्तपुर अस्पताल दुधपाटी पठाएकोमा उपचारको क्रममा ऐ.०३:५० बजे डा.द्धारा मृत्यु घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, निजको टाउको र नाकबाट रगत बगेको, मृतकसँग सँगै बस्ने जि.पर्सा ठोरी घर भई हाल जि.भक्तपुर सुर्यविनायक बस्ने वर्ष २१ को हिमाल तामाङ समेत ४ जना (२ जना महिला, २ जना पुरुष) मानिसहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । ला.औ./ गोली प्रहार,काठमाण्डौं, महानगरपालिका वडा नं.१२ टेकु फोहोरमैला गेट नजिक बिषेश सूचनाको आधारमा लागु औषध व्युरोबाट खटिएको प्रहरी टोलिले देश भारत रुपडिया घर हुने वर्ष २६ को राज सोनी, जि.बाँके नेपालगन्ज परकेपुर १७ घर भई बस्ने वर्ष १९ को निखिल सोनी र जिल्ला सुर्खेत पन्चपुरी गा.पा. ५ घर भई बस्ने वर्ष १७ की सोफिया मगरले लागु औषध बोकी हिडेको अवस्थामा फेला पारी निजहरूलाई नियन्त्रण लिन खोज्दा प्रहरी माथि नै हातपात गरेको हुँदा आत्मरक्षक लागि ५ राउण्ड हवाई फायर र २ राउण्ड राज सोनीको घुँडामा गोली प्रहार गरी निजहरुले बोकी राखेको झोला भित्र रहेको Tapentadol नाम गरेको २४,७०० ट्याव्लेट लागु औषध सहित नियन्त्रणमा लिई निखिल सोनी र सोफिया मगरलाई लागु औषध नियन्त्रण व्युरो कोटेश्वर लगिएको, राज सोनीलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर महावौद्द लगेर उपचार भईरहेको, बायाँ घुडा मुनी र दाँया खुट्टाको घुडा माथी गोली लागेको, अवस्था मध्यम । काठमाण्डौँ, च.न.पा.१४ नैकाप पिपलबोट स्थित सडक खण्डमा १ जना पुरुष ब्यक्तिले ला.औ खरिद बिक्री गर्ने गरेको भनि शसस्त्र प्रहरी बल नेपाल (ईन्टेलिजेन्स) ब्युरोको टोलीबाट सूचना प्राप्त पश्चात वृत्त थानकोटबाट प्र.नि.को कमाण्डमा १० जना प्रहरी टोलि खटि गई ऐ.किर्तिपुर न.पा.९ पागादोबाटो घर हुने वर्ष ३९ को अनिल देउलाले आफ्नो बा ७० प ७८०० नं.को स्कुटरमा हरियो कलरको जेब्रा झोला भित्र लुकाई राखेको अवस्थामा १४,९२० क्याप्सुल ट्रामाडोल फेला परेको ,  निज अनिल देउलाले कोठा डेरा गरी बस्ने का.जि.च.न.पा.१४ स्थित  गायत्री सेढाईको घर कोठामा रहेको निजको कोठा खानतलासी गर्दा कोठा भित्र बाट थप ३,७६७ ।- क्यापसुल ट्रामाडोल , गाजाको धुलो जस्तो देखिने पदार्थ १५ ग्राम र डाईजापाम सेट ३८५ गरी जम्मा ११५५ एम्पल ला.औ समेत फेला पारी उल्लेखित दशी रितपुर्बक बरामद गरी निज देउलालाई प्रहरी वृत्त थानकोटको नियन्त्रणमा लिई  थप अनुसन्धान भईरहेको ।  बाँके, नेपालगंज उ.म.न.पा.११ स्थित भित्री सडक खण्डमा बि.पि.चोकबाट त्रिभुवन चोक तर्फ जाँदै गरको चालक जि.दाङ लमहि न.पा.५ बस्ने वर्ष ३५ मधु सुधन पुलामिले चलाएको बा १७ च १४२२ नं.को कारलाई शंकास्पद रुपले चलाएको देखि प्रदेश प्रहरी कार्यालय तुलसिपुर दाङबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले रोकि चेकजाँच गर्दा निज चालक मधु सुधन पुलामीको साथबाट ४८ ग्राम ७० मिलिग्राम औषध ब्राउन सुगर फेला पारी उक्त ला.औ. र गाडी सहित निज र सोही गाडीमा सवार ऐ.बस्ने वर्ष २८ को निश्चल के.सि.सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

मिति २०८३।०४।०२ गते ०५:०० बजे देखि २०८३।०४।०३ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-०३

कर्तव्य ज्यान,संखुवासभा, चैनपुर न.पा.०७ घर भई हाल मादी न.पा.०४ डाँडागाउँ बस्ने अ. वर्ष ५६ को अमर बहादुर सार्कीले आफ्नै श्रीमती अ. वर्ष ४३ की फुलमाया मुदेललाई घरायसी विवादको कारण आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रहार गरी मारेको भनी निज श्रीमान् अमर बहादुर सार्की प्रचौ मङ्गलबारे मादी संखुवासभामा आफै आएको हुदा घटनास्थल तर्फ तत्काल प्रचौ मङ्गलबारे मादी संखुवासभाबाट प्र.नि. मिन प्रसाद दाहालको कमाण्डमा ४ जनाको टोली खटाई घटनास्थल सुरक्षित राखिएको, लास घटनास्थलमै रहेको साथै घटनाको वास्तविक कुरा बुझी निज अमर बहादुर सार्कीलाई धारिलो हतियार (खुकुरी) सहित नियन्त्रणमा लिई प्रचौ मङ्गलबारे मादी संखुवासभामा राखिएको, आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इ.प्र.का. चैनपुर संखुवासभाबाट प्र.नि. पर्शुराम राईको कमाण्डमा SOCO सहितको टोली खटिएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति२०८३।०३।२६ गते अं.०४:०० बजे बबई गा.पा.४ सुन्दरखाल स्थित आफ्नै घर कोठा भित्र ऐ.बस्ने वर्ष ३५ को पुरुषले निजको सहोदर बुहारी ऐ. बस्ने वर्ष २१ की महिलालाई ज.ज.क.गरेको भनी पीडितले मिति २०८३।०४।०२ गते ०९:०० बजे इ.प्र.का.तुलसीपुरमा आई लिखित जाहेरी दरखास्त दिनासाथ प्र.चौ.पुरन्धाराबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.तुलसीपुरमा राखिएको, पीडितको स्वास्थ्य परीक्षण गरी तुलसीपुर ६ गोलौरा स्थित सेफ हाउसमा राखिएको, स्वास्थ्य अवस्था सामान्य रहेको, । बाँके, बैजनाथ गा.पा.०३ बस्ने वर्ष अं. ४५ की महिलालाई पसलबाट घर तर्फ फर्कने क्रममा ऐ.बस्ने वर्ष अं.२५ को लक्ष्मण थारुले पीडितको घर देखि अं.३० मिटर पूर्व खेतमा ज.ज.क.गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.बनकटवाबाट प्र.ना.नि. को कमान्डमा र इ.प्र.का.कोहलपुरबाट प्र.ना.नि. को कमाण्डमा टोली  खटी गई निज लक्ष्मण थारुलाई निजकै घरबाट नियन्त्रणमा लिई इ.प्र.का.कोहलपुर बाँकेमा ल्याई राखिएको, निज महिलालाई स्वास्थ्य चेक जाँचका लागी मेडिकल कलेज कोहलपुर पठाई स्वास्थ्य परिक्षण पश्‍चात इ.प्र.का. कोहलपुरको महिला सेलमा राखिएको, महिलाको अवस्था सामान्य रहेको, । बर्दिया, मिति २०८३।०३।३२ गते २२:०० बजे जि. बाँसगढी न.पा. ५ थारु गाउँस्थित नहरको ढिक तल एकान्त ठाउँमा ऐ. ५ शान्तिनगर बस्ने वर्ष ३० को प्रविन थापाले ऐ. बस्ने वर्ष अं. १५ की बालिका (सङ्केत नं. ६६ शान्तिपुर) लाई बाल यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले मिति २०८३।०४।०२ गते १५:०० बजे इ.प्र.का. मोतीपुरमा आई जाहेरी दरखास्त दिनासाथ इ.प्र.का. मोतीपुर बर्दियाबाट प्र.ब.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.मोतिपुर बर्दियामा राखिएको, । कैलाली, भजनी न.पा.७ हिक्मतपुर बस्ने वर्ष ३२ की महिलालाई ऐ.बस्ने वर्ष २८ को सुनिल डगौराले सापटी लिएको पैसा फिर्ता दिन आएको भनी ढोका खोल्न लगाई पीडितको कोठामा प्रवेश गरी धाकधम्की दिई ज.ज.क.गरेको भनी ऐ.०४।०२ गते १२:०० बजे इ.प्र.का.भजनीमा जाहेरी दरखास्त प्राप्त भएको हुँदा इ.प्र.का.पृथ्वीपुरबाट प्र.व.ह.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्तणमा लिई इ.प्र.का.भजनीमा राखी आ.अ.भइरहेको, पीडितको अवस्था सामान्य रहेको,  ।चितवन, माडी न.पा.१ बोटे टोल बस्ने वर्ष अं.१३ की बालिकालाई टिकटक मार्फत चिनजान भएको  हाल नामथर वतन नखुलेको वर्ष अं.१७ को पुरुष व्यक्तीले घर नजिकबाट मो.सा.मा राखि ऐ.स्थित मरथ खोला नजिक लगि ज.ज.क. गरी घर नजिकै छोडी फरार रहेको भनि ऐ.२३:३० बजे परिवार मार्फत खबर प्राप्त हुनासाथ प्र.चौ.बरुवाबाट प्र.स.नि. को कमाण्डमा र इ.प्र.का. माडीबाट प्र.स.नि. को कमाण्डमा टोली खटि गई निज बालिकाको उद्धार गरी बघौडा अस्पताल ल्याई उपचार भइरहेकोमा थप उपचारको लागी ऐ.०१:३५ बजे भरतपुर सरकारी अस्पताल रिफर भएको, अवस्था मध्यम रहेको, उपचारमा निजको आफन्त संलग्न रहेको, ज.ज.क.गर्ने व्यक्ती मो.सा.मा फरार रहेको, खो.त.कार्य भई रहेको, । धारिलो हतियार प्रहार,धनुषा, जनकपुर उ.म.न.पा.२२ बसपिटी बस्ने सुरेश रायको छोरी अं.वर्ष ९ की लक्ष्मी कुमारी राय ऐ.१३:०० बजेबाट घरमा फेला नपरेकोले निजको बुवाले खो.त.गर्दै जाँदा भाई अवधेश रायको छोरा वर्ष २० को आकाश रायको घरमा टाउको र घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा बेहोस फेला पारी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपा  रिफर गरिएको, अवस्था गम्भीर, आकाश राय हाल फरार रहेकोले खो.त.भइरहेको, ऐ.१९:३० बजे उक्त घटनास्थलबाट संकाष्पद धारिलो हतियार (घास काटने ग्रासि) फेला परेको र आकाश रायको आमा अं. बर्ष ४२ कि संगिता राय र आकाश रायको भाई बुहारी अं. वर्ष १९ कि राधिका रायलाई अनुसन्धानको लागि नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा पठाइएको, उक्त स्थानमा प्र.चौ.जिरोमाईलबाट प्र.व.ना.नि.को कमाण्डमा ५ जना र जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा ९ जनाको टोली खटी गएको,  । ला.औ.,सर्लाही, कौडेना गा.पा.१ सुकचैना स्थित ला.औ. बेचबिखन  तथा भण्डारण गरिरहेको भन्ने गप्य सुचनाको आधारमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा १२५ जनाको टोली खटी गई खानतलासी गर्दा लुकाई छिपाई २१ वटा बोरामा प्याक गरी राखेको अवस्थामा ४१९.९३ किलो ला.औ. गाँजा, ४ वटा डिजिटल नाप तौल मेसिन, सानो तराजु सहित ऐ.बस्ने वर्ष २५ को राहुल राउत र ऐ.बस्ने वर्ष ४६ को महादेव राउतलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई राखी थप अनुसन्धान भइरहेको ।  जाजरकोट, बारेकोट गा.पा.०९ सक्ला र ऐ. ६ काउली बजारमा प्र.चौ. सक्लाबाट प्र.स.नि. को कमाण्डमा ६ जना र जि.प्र.का.जाजरकोटबाट सादा पोशसाकमा खटिएको  संयुक्त प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा जि.रोल्पा माडी गा.पा.१ घर भई हाल जिल्ला दाङ घोराही उप-म.न.पा. १३ बस्ने वर्ष ४० की गौरी भन्ने मन कुमारी घर्तीको साथबाट ला.औ.अफिम जस्तो देखिने ४ वटा डल्ला शुद्ध तौल ४ किलोग्राम, मोबाईल थान १ र नगद रु. ७,०००।- र जिल्ला दाङ घोराही उप-म.न.पा. १८ बस्ने वर्ष ४५ की माया घर्तीको साथबाट स्मार्ट मोबाईल थान १ र नगद रु.३,०००।-  फेला पारी ला.औ. मोबाईल र नगद समेत रितपुर्वक बरामद गरी निजहरु दुबै जनालाई जि.प्र.का. जाजरकोट ल्याई अनुसन्धान भईरहेको, ।

मिति २०८३।०४।०१ गते ०५:०० बजे देखि २०८३।०४।०२ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-०२

शंकास्पद मृत्यु,कैलाली, गौरीगंगा न.पा.३ कुचैनी बस्ने वर्ष ५० की जालिना चौधरी आफ्नै घरको सुत्ने कोठामा सुतिरहेकी अवस्थामा मृत फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. चौमालाबाट प्र.ना.नि. र इ.प्र.का. मालाखेतीबाट प्र.नि. को कमाण्डमा SOCO सहितको टोली खटी गई कानूनी प्रक्रिया पुरा गरी शव पो.मा.को लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको, मिति २०८३।०३।३२ गते अं.२२:०० बजे ऐ. कुचैनी बस्ने वर्ष अं. ४० की सरिता थरूनी र मृतक जालिना चौधरीको एक आपसमा वादविवाद भएको र सो घटना सम्बन्धमा निज सरिता थरूनीको नाममा ऐ.०४।०१ गते ११:१० बजे मृतकका आफन्तहरूले इ.प्र.का.मालाखेतीमा किटानी जाहेरी दिएकोले इ.प्र.का.चौमालाबाट प्र.ना.नि. को कमाण्डमा टोली खटी गई निज सरिता थरूनीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इ.प्र.का.मालाखेती पठाएकोमा अनुसन्धान पश्चात ऐ. ०१ गते १८:३० बजे आवश्यक परेको बेला पुनः सोधपुछको लागी उपस्थित गराउने गरी सरिता थरूनीलाई निजको बहिनी जि. कैलाली गौरीगंगा न.पा.-०३ बस्ने मंगला चौधरीको जिम्मा लगाई छाडिएको, ऐ.११:०० बजे नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट प्र.व.ना.नि.को कमाण्डमा टोली समेत उक्त घटनास्थलमा खटी आई सो घटना सम्बन्धमा थप बुझ्ने कार्य भईरहेको, ऐ.१५:५० बजे मृतक जालिना चौधरीको शव मृतकको छोरा रबी चौधरीले बुझीलिएको, इ.प्र.का. चौमालाबाट अं. ४ कि.मि. पश्‍चिम पर्ने । ज.ज.क./बाल यौन दुर्व्यवहार,रसुवा, जि.प्र.का. ओखलढुंगा अ.अ. शाखाको च.नं. ४७४३ मिति २०८३/०३/२८ गतेको पत्र जि.प्र.का. रसुवामा प्राप्त हुन आएकोमा सो पत्रमा उल्लेख भएको ज.ज.क. मुद्दामा वारदात पश्चात फरार रहेका जि. ओखलढुङ्गा मोलुङ गा.पा.-७ बस्ने अं. वर्ष २५ को दिल कुमार कार्की प्रतिवादी हाल जि. रसुवा गोसाईकुण्ड गा.पा.-०४ स्थितमा लुकी छिपि बसेको जानकारी प्राप्त भएकोमा जि.प्र.का. रसुवाबाट प्र.नि.को कमाण्डमा खि गएको टोलिले निज प्रतिवादीलाई खो.त. गर्दै जाने क्रममा ऐ. ०१ गते १८:०० बजे  जि.रसुवा गोसाईकुण्ड गा.पा.-५ स्याफ्रुवेशी स्थितमा फेला पारी नियन्त्रणमा लिई जि.प्र.का. रसुवामा ल्याइ राखेको, जि.प्र.का. ओखलढुङ्गामा बुझाउने पहल भईरहेको । मकवानपुर, मकवानपुरगढी गा.पा.-७ सुकौरा न्यौपानेटार बस्ने अं. वर्ष ६८ को सिताराम नेपालले ऐ. बस्ने १० वर्षे बालिकालाई मिति २०८२।११।२१ गते दिउँसोको समयमा पीडक सिताराम नेपालको घरमा पीडित बालिका टेलिभिजन हेर्न गएको अवस्थामा ललाई फकाई ज.ज.क. गरेको र मिति २०८३।०३।३२ गते दिउँसो  अं. १२:३० बजे पुन: पीडकको घरमा पीडित बालिकालाई ज.ज.क.को प्रयास गरेको भनी पीडित बालिकाको आमाले ऐ. ०४।०१ गते अं. १६:३० बजे  इ.प्र.का. मकवानपुरगढीमा जानकारी गराउनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई पीडक पुरुषलाई नियन्त्रणमा लिई पीडित बालिका समेतलाई सोधपुछको लागी अभिभावक सहित ऐ. १९:०० बजे जि.प्र.का. मकवानपुरमा लगि  बुझाएको, पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको, पीडित बालिकाको अभिभावकसँग समन्वय गरी बालिकालाई संरक्षणको लागी माईती नेपालको कार्यालयमा लगि राखिएको, पीडक पुरुषलाई जि.प्र.का. मकवानपुरको हिरासतमा राखी थप अनुसन्धान भईरहेको ।दाङ, मिति २०८३।०३।३२ गते १६:१५ बजे घोराही उ.म.न.पा.२ अघरे स्थित वर्ष १३ को बालकले ऐ.बंगलाचुली गा.पा.५ रुकेनीडाँडा स्थायी ठेगाना भई ऐ.घोराही उ.म.न.पा.२ अघर्रे स्थित डेरा गरी बस्ने वर्ष ५ की बालिकालाई पीडकको घरको कोठामा लगेर जबरजस्ती करणी गरेको भनी मिति २०८३।०४।०१ गते १३:०० बजे पीडितको आमाले लिखित जाहेरी दिएकोमा प्र.चौ.रामपुरबाट प्र.स.नि. र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई बालकलाई नियन्त्रणमा लिई मिति २०८३।०४।०१ गते सम्मानित दाङ जिल्ला अदालतबाट दिन ५ म्याद थप भई थप अनुसन्धान भईरहेको, पीडित बालिकालाई विस्तृत स्वास्थ्य परिक्षण पश्चात आमाको जिम्मा लगाएको,अवस्था सामान्य रहेको । अछाम, मंगलसेन न.पा.५ मंगलसेन बजार स्थित कर्णाली गेष्ट हाउसमा मिति २०८३।०३।११ र १२ गते वर्ष १७ की बालिकालाई जि. बाँके बैजनाथ गा.पा. २ वर्ष  २४ को  बिरेन्द्र सुनार, ऐ.गा.पा.३ बस्ने वर्ष  ३१ को कमल बहादुर परियार र ललित बहादुर रानाले ज.ज.क गरेको भनी मिति २०८३।०४।०१ गते अं.१६:०० बजे जि.प्र.का.अछाममा जाहेरी दरखास्त दिएकोले जि.प्र.का.बाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले तीनै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई राखी आ.अ.भईरहेको । स्रोत नखुलेको रकम बरामद,रौतहट, गौर न.पा.-१ गौर भन्सार कार्यालय स्थितबाट प्र.ह. को कमाण्डमा खटि गएको टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको भाडाको अटोमा सवार देश भारत जि. सितामढी बैरगनिया बस्ने अं. वर्ष ६२ को राजेन्द्र प्रसाद जयसवाल माथि शंका लागि चेकजाँच गर्दा निजले मोजाभित्र लुकाई छिपाई राखिएको स्रोत नखुलेको ने.रु. १ हजारको नोट ४९५ थान र ५ सयको नोट ११० थान गरी जम्मा ने.रु. ५ लाख ५० हजार, भा.रु. ५ सयको नोट ४ थान, २ सयको नोट १० थान, २० को नोट १ थान, १० को नोट १ थान, १० को सिक्का ५ थान गरी जम्मा भा.रु.४ हजार २ सय ८० रकम र VIVO कम्पनीको मोबाईल थान-१ सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का. रौतहटमा पठाईएको । लागु औषध बरामद, झापा, बिर्तामोड न.पा.५ स्थित देउराली होटलको कोठा नं.४०४ मा ला.औ.बेचबिखन भईरहेको भन्ने सुचनाको आधारमा ला.औ.ब्युरो काकरभिट्टाबाट प्र.स.ह.र इ.प्र.का. अनारमनीबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा  देश भारत पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला खोरिबारी ग्रामथान पंचायत बस्ने वर्ष ३४ को कमल बर्मनको साथबाट ला.औ. ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा शुद्ध तौल ३१ ग्राम १७० मिलिग्राम सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको, उक्त स्थान इ.प्र.का.अनारमनीबाट अं.५०० मिटर पूर्व उत्तर पर्ने ।

मिति २०८३।०३।३२ गते ०५:०० बजे देखि २०८३।०४।०१ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-०१

कर्तव्य ज्यान,कञ्चनपुर, मिति २०८३।०३।३१ गते अं. १४:५० बजे जि. कञ्चनपुर दोधारा चाँदनी न.पा. १० फगिरे चौराहा बस्ने अं. वर्ष ४५ को रन बहादुर सुनारले आफ्नै श्रीमती वर्ष ४२ की पारु सुनारलाई कुटपिट गरी घाईते भएको र निज कुटपिट गर्ने श्रीमान रन बहादुर सुनार एक्कासी बेहोस भई उपचारको लागि दुवै जनालाई दोधारा चाँदनी अस्पतालमा ल्याई श्रीमान श्रीमती दुबै जनाको उपचार भईरहेकोमा  ऐ. २०:५० बजे दुबैजना श्रीमान श्रीमती उपचार पश्चात घरतर्फ गएकोमा ऐ. ३२ गते ०८:५० बजे निज पारु सुनार आफ्नै घरमा मृत्यु भएको भनी जानकारी प्राप्त हुनासाथ इ.प्र.का. दोधाराबाट प्र.नि.को कमाण्डमा SOCO सहित टोली खटी गई ऐ. ३२ गते १०:०५ बजे कानुनी प्रक्रिया पुरा गरी शव पो.मा.को लागी दोधारा चाँदनी अस्पतालमा पठाईएको, निज रन बहादुर सुनारलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको, थप अनुसन्धानको लागी जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गई घटनासम्बन्धमा थप बुझ्ने कार्य भईरहेको, । ज.ज.क./बाल यौन दुर्व्यवहार,काठमाण्डौं, मिति २०८३।०३।०५ गते १५:३० बजे जि.ओखलढुङ्गा मानेभन्ज्याङ गा.पा.३ घर भई हाल ललितपुर म.न.पा.३ बस्ने वर्ष ३६ की महिलालाई जि.ओखलढुङ्गा  मानेभन्ज्याङ गा.पा.५ घर भई हाल का.जि.कागेश्वरी मनोहरा न.पा.६ मुलपानी बस्ने वर्ष ३३ को केवल राईले ऐ.स्थित निजको डेराकोठामा लगेर ज.ज.क.गरेको भनी मिति २०८३।०३।३१ गते २०:०० बजे जिल्ला प्रहरी परिसर महिला वालवलिका तथा जेष्ठ नागरीक सेवा केन्द्र भद्रकाली जाहेरी दरखास्त प्राप्त भएको, प्रतिवादी फरार खो.त.तथा आ.अ.कार्य भइइरहेको । जाजरकोट, मिति २०८२।१२।०५ गते अं.१७:०० बजे छेडागाड न.पा.३ अण्डरकोट बस्ने वर्ष ५३ को पदम बुढाले ऐ.बस्ने वर्ष २० की किशोरीलाई ज.ज.क.गरेको भनी स्थानीयले मिति २०८३।०३।३१ गते १२:०० बजे ई.प्र.का.दशेरामा जानकारी गराउनासाथ ई.प्र.का.दशेराबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज प्रतिवादिलाई प्रकाउ गरी ई.प्र.का.बडाबनमा ल्याई स्वास्थ्य परिक्षण गरी मिति २०८३।०३।३२ गते १४:०० बजे जि.प्र.का.जाजरकोटमा ल्याई ७ दिनको म्याद थप अनुमती लिई आ.अ.भइरहेको । गरगहना बरामद,कञ्चनपुर, इ.प्र.का.दोधरा चादनीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले दोधारा चाँदनी न.पा.९ लङ्का टोल बस्ने लोकेश धामीले भारतबाट चोरी गरि ल्याएका सुनको जस्तो देखिने गणेश माला १, घडी ६, सुन र डाईमण्ड जस्तो देखिने बाला ३, सुनको जस्तो देखिने गणेश मुर्ति भएको औठी १, डाईमण्ड जस्तो देखिने मानटिका १, सुन र डाईमण्ड जस्तो देखिने जन्तर १, सेतो डाईमण्ड जस्तो देखिने झुम्का २, निलो रातो डाईमण्ड जस्तो पथ्थर २, सुन र डाईमण्ड जस्तो देखिने सेतो गुलाबी झुम्का २, सुन जस्तो देखिने टाईगरको शिर भएको मुकट १, डाईमण्डको जस्तो देखिने औठी ३, सुन र चाँदीको जस्तो देखिने टप १०, सुन,चाँदी र डाईमण्डको जस्तो देखिने झुम्का ५, सुन र डाईमण्ड जस्तो देखिने मंगलसुत्र १, सुनको जस्तो देखिने ब्रासलेट १, चाँदीको जस्तो देखिने पिन २, रु. ५ को भारतिय नोट ५४,  रु.५० को भारतीय नोट निज लोकेश धामीको घर अगाडिको आँपको बोटमा लुकाइ राखेको अवस्थामा फेला पारी उक्त सुन चाँदी र हिरा जस्तो देखिने धातुले बनेका विभिन्न किसिमका गरगहना र नगद बरामद गरी इ.प्र.का.दोधरा चादनीमा ल्याइ राखिएको, निज लोकेश धामी फरार, आ.अ.तथा खो.त.भईरहेको, । ला.औ., कैलाली, बिशेष सुचनाको आधरमा लागु औषध नियन्त्रण ब्युरो शाखा धनगढी कैलालीबाट प्र.स.नि.मदन उपाध्यायको कमाण्डमा खटिई आएको प्रहरी टोली र इ.प्र.का. मालाखेतीको अ.अ.शाखाबाट प्र.ना.नि.महेश महर (९८४८७३०१९१)को कमाण्डमा खटि गएको सयुक्त प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी न.पा.९ बस्ने बर्ष ३५ की पार्वती गुरधामी (नागरिकताको नाम परि गुरधामी) को घरमा चेकजाँच गर्दा निज सुत्ने कोठा भित्र कालो रंगको सुटकेश भित्र प्लाष्टिकमा बेरि लुकाई छिपाई गरि राखेको डिजिटल काटा थान-१(एक) र शुद्ध तौल १७२ ग्राम ९३ मिलिग्राम लागु औषध(चरेश) जस्तो देखिने कालो पदार्थ फेला पारी बरामद गरि लागु औषध सहित निजलाई नियन्त्रणमा लिई, थप अनुसन्धानको लागी इ.प्र.का. मालाखेतीमा ल्याई राखिएको, ।

अधिक लोड >>
कम देखाउनुहोस् <<