मिति २०८२।०२।३१ गते देखि ऐ. १ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०१
- A
- A-
- A+
सिन |
जिल्ला |
विवरण |
कै |
प्र. क. सम्बन्धी |
|||
१. |
मोरङ
|
कानेपोखरी गा.पा.
७ डाँस पुल स्थित पुर्व पश्चिम राजमार्गमा पथरीबाट कानेपोखरी तर्फ जाँदै गरेको प्र
१-०२-०४३ प२४७१ नं.को मोसा डाईभर्सनमा अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक
ऐ. बेलबारी न.पा.४ बस्ने जि.प्र.का. ईलाम दरवन्दी भई हाल प्र.चौ.जमुना ईलाममा कार्यरत
(जि.प्र.का. ईलामको कामको सिलसिलामा मिति २०८२/०२/३० गते देखी जवरजस्ती करणी मुद्दाको
फरार प्रतिवादी लिला भन्ने लोक बहादुर थापाको खो.त एवम् पक्राउको लागी खटाइएकोमा, कम्प्यूटर
कोड नं. – ४०८६९५) वर्ष ३१ को प्र.स.ह. जितेन्द्र चौधरी गम्भीर
घाईते भई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे पठाएकोमा ऐ.२१:०५
बजे उपचारको क्रममा डा.ले चेकजाँच गर्दा मृत घोषणा गरेको, शव
सोही अस्पतयालम रहेको, मो.सा.मा सवार मृतककै श्रीमती प्र.चौ.
रक्से ईलाम दरवन्दी भई हाल प्र.चौ.जमुना ईलाममा कार्यरत.( जि.प्र.का. ईलामको कामको
सिलसिलामा मिति २०८२/०२/३० गते देखी नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान ईकाइ
कार्यालय धरानबाट लागू औषध परीक्षण प्रतिवेदन लिई आउन खटाइएकोमा, कम्प्यूटर कोड नं. – ४७००२३) वर्ष २६ की प्र.ज. बिमला
धिमाल चौधरी कानबाट रगत बगेको, हात खूट्टामा चोट, अवस्था मध्यम ऐ मो.सा.मा सवार निजकै छोरा वर्ष २ को जेसन चौधरी टाउकोमा चोट,
अवस्था मध्यम, दुवै जना घाइतेको अरनिको अस्पताल
उर्लाबारीमा सामान्य उपचार पश्चात नोबेल अस्पताल बिराटनगर मोरङ पठाएको, उक्त स्थानमा इप्रका पथरीबाट प्र.स.नि.र अ.प्र.चौ.कानेपोखरीबाट प्र.स.नि.को
कमाण्डमा टोली खटी गएको, मो.सा.अ.प्र.चौ.कानेपोखरीको नियन्त्रणमा। |
|
ज.ज.क./ज.ज.क.उधोग |
|||
१ |
तेह्रथुम
|
मिति २०८२।०२।२९
गते १३:०० बजे आठराई गा.पा.३ ह्वाकु बस्ने वर्ष ४८ को धन बहादुर ईङ्नाम भन्ने धनेन्द्र
लिम्बुले ऐ. बस्ने अं.वर्ष ३२ की जन्मजात बोल्न तथा सुन्न नसक्ने महिलालाई निजकै
घरमा आई ज.ज.क. गरेको अवस्थामा निजको आमाले देखि मिति २०८२।०२।३० गते १०:०० बजे इ.प्र.का.आठराईमा
निवेदन दिनासाथ प्र.ना.नि. को कमाण्डमा प्रहरी
टोली खटी गई निज धनेन्द्र लिम्बुलाई आफ्नै घरमा लुकी छिपी बसिरहेको अवस्थामा फेला
पारी पक्राउ गरी आवश्यक अनुसन्धानको लागि
जि.प्र.का.मा ल्याई हिरासत कक्षमा राखिएकोमा ऐ.३१ गते ११:०० बजे निज पीडितको आमाले
जि.प्र.का.मा जाहेरी दिए पश्चात थप अनुसन्धान भईरहेको । |
|
हात हतियार
बरामद |
|||
१. |
मकवानपुर
|
राक्सिराङ गा.पा.
१ ढुंगेन स्थितमा यस जि.प्र.का.मकवानपुर र बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाबाट
प्र.नि.को कमाण्डमा खटिएको टोलीले बिशेष सुचनाको आधारमा सोही स्थान बस्ने अं.बर्ष
५० को राजु स्याङ्तानको घरबाट ईटालियन पेस्तोल (7.65) नाल १, ऐ.को
खाली म्याग्जिन २ थान, सोहि पेस्तोलमा लाग्ने गोलि १३ राउण्ड,
घरेलु पेस्तोल थान १, सोहि पेस्तोलमा लाग्ने
गोली १२ राउण्ड, ला.औ.गाँजा २२ के.जि. ८०० ग्राम र ला.औ.अफिम
जस्तो देखिने बस्तु तौल गर्दा १ के.जि. ३१० ग्राम फेला पारेको, निज राजु स्याङ्तानको घरबाट अं. ५०० मिटर नजिकै चन्द्रलाल मोक्तानको बारीमा
आँपको रुखको फेदमा प्लाष्टिकमा बेरी सेतो बोराको झोलामा रहेको घरेलु पेस्तोल नाल
१, ऐ.मा लाग्ने गोली ५ राउण्ड, , ला.औ.
अफिम जस्तो देखिने पदार्थ २ पोका तौल भएको १ के.जि. ४८० ग्राम फेला परेकोले उक्त
सामान सहित निज राजु स्यांतानलाई नियन्त्रणमा लिई ल्याउने क्रममा स्थानीयहरु अं.
५०/६० जनाको सङख्याले अबरोध गरी प्रहरी टोली माथी कटुवा पेस्तोलबाट गाडीको टायर र
हवाई फायर गरेकोले प्रहरी टोलीबाट अपराध
9MM पेस्तोलबाट २ राउण्ड , सानो
चा.पे.बाट ३ राउण्ड र SLR बाट ५ राउण्ड गरी जम्मा १० राउण्ड हवाई फायर भएको
भन्ने जानकारी प्राप्त हुना साथ जि.प्र.का. मकवानपुरबाट प्र.उ. को कमाण्डमा ४० जनाको
थप टोली खटी गई प्रहरीलाई अवरोध गर्ने राजु स्याङ्तान र ऐ.राक्सीराङ गा.पा.१ ठुलोभाबर
बस्ने बर्ष अं.४२ को बिर ब.लामालाई नियन्त्रणमा लिई जि.प्र.का. मकवानपुरमा राखिएको
। |
|
ला.औ. |
|||
१. |
काठमाडौं
|
चन्द्रागिरी
न.पा.२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा कांकडभित्ताबाट काठमाण्डौ तर्फ आउँदै गरेको
प्र.०१-०२-००२ ख ०९४६ नं.को यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट प्र.स.नि.को
कमाण्डमा खटिएको टोली तथा ला.औ.नियन्त्रण ब्युरो,शाखा कार्यालय नागढुङ्गा
समेतबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जि.झापा मेची
न.पा.१५ बस्ने वर्ष २९ को हिरालाल राजबंशीको साथबाट कालो प्लाष्टिकले बेरी लुकाई
छिपाई ल्याएको अवस्थामा ला.औ.खैरो हिरोइन १० ग्राम फेला परेकोले उक्त ला.औ.सहित निजलाई
नियन्त्रणमा लिई आ.अ.को लागि माहानगरपालिका प्रहरी वृत्त थानकोट पठाइएको । |
|
२. |
कन्चनपुर
|
जि.प्र.का.
कञ्चनपुरबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले भिमदत्त न.पा. ३ तिलाचौर
केदार टोल स्थित ऐ.ऐ. बस्ने वर्ष अ. ६० को राम सिंह साउदको घरमा खानतालासी गर्दा
लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ प्लाष्टिक सहित तौल गर्दा २ के.जि.२६० ग्राम
र शुद्ध तौल २ के.जि. १५५ ग्राम रितपुर्ब बरामद गरी ला.औ सहित निज राम सिंह साउदलाई
नियन्त्रणमा लिई जि.प्र.का. कञ्चनपुरमा ल्याई थप अनुसन्धान भई रहेको । |
|