प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१२।११ गते ०५:०० बजे देखि २०८२।१२।१२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१२-१२

  • A
  • A-
  • A+
Share

ज.ज.क./ ज.ज.क.उ. / बाल यौन दुर्व्यवहार,

पर्सा, वीरगंज न.पा.२७ घुर्मी बस्ने अं.वर्ष १५ की बालिकाको सुत्ने कोठामा ऐ.बस्ने वर्ष १९ को रुपेश कुमार राम प्रवेश गरी निजलाई जबरजस्ती करणी गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट उदयपुरघुर्मीबाट खटिएको टोलीले रुपेश कुमार रामलाई नियन्त्रणमा लिई  थप अनुसन्धानको लागि जि.प्र.का.मा पठाईएको ।

 

दाङ, गढवा गा.पा.६ खबरी स्थित तुल ब.बि.क.को कोही नबस्ने पुरानो खाली घरमा ऐ.बस्ने वर्ष अं.१५ की बालिकालाई ऐ.गढवा गा.पा.६ खबरी बस्ने दिल ब.बि.क.को छोरा वर्ष अं.३० को भिमसेन बि.क.ले ज.ज.क.उ.गरेको भनी पीडितको आमाले ऐ.अ.१८:०० बजे इ.प्र.का.गढवामा लिखित जाहेरी दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई पीडक भिमसेन बि.क.लाई नियन्त्रणमा लिई इ.प्र.का.गढवामा राखी थप अनुसन्धान भईरहेको ।

 

झापा, अर्जुनधारा न.पा.११ बस्ने वर्ष २५ को सुरज राईले ऐ.अर्जुनधारा न.पा.११ बसपार्क स्थित पाँचथर होटल एण्ड लजमा कोठा बुक गरी ऐ.वर्ष १६ की बालिकालाई बिहे गर्छु भन्ने प्रलोभन देखाई ललाई फकाई ज.ज.क.गरेको भनी पीडितको आफन्तले ऐ.२२:०० बजे इ.प्र.का.अनारमनीमा जाहेरी दरखास्त तथा जानकारी गराउनासाथ प्रहरी टोली खटी गई पीडक सुरज राईलाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको ।

 

लागु औषध,

सिरहा, लहान न.पा.३ बलान पुल स्थितमा लागु औषध सहित मो.सा.मा मानिस गईरहेको भन्ने बिशेष सूचनाको आधारमा इ.प्र.का.लहानबाट प्र.स.नि.को कमाण्डमा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले लहानबाट सप्तरी तर्फ जाँदै गरेको प्र.०१-०५-००२ प.२०८७ नं.मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्दा मो.सा.चालक जि.उदयपुर त्रियुगा न.पा.६ जलजले बस्ने लक्ष्मी प्रसाद चौधरीको छोरा अं.वर्ष ४२ को गणेश कुमार चौधरीले मो.सा.को अगाडी पट्टिको भाईजरको बिच भागमा राखेको ४० ग्राम ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ र मो.सा.सहित निज गणेश कुमार चौधरीलाई नियन्त्रणमा लिई ई.प्र.का.लहानमा राखिएको ।

 

काठमाण्डौ, काठमाण्डौ म.न.पा.१६ नयाँबजार फलफुल चोक नजिकैबाट उपत्यका अपराध अनुसन्धान कार्यालय (PCCB) बाट प्रहरी वृत्त लैनचौरमा प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले जि. गोरखा गण्डकी गा.पा.४ घर भई हाल का.जि.स्वयम्भु बस्ने वर्ष ३८ को रमेस बसेलको साथबाट ला.औ.पोल्याण्ड २२० ग्राम फेला पारी ला.औ.सहित निजलाई नियन्त्रणमा लिई प्रहरी वृत्त लैनचौरमा राखी आ.अ.भईरहेको,

सम्बन्धित समाचार
मिति २०८३।०२।२० गते ०५:०० बजे देखि २०८३।०२।२१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु।
२०८३-०२-२१

कर्तव्य ज्यान,भक्तपुर, भक्तपुर न.पा १० भत्केकोपार्टी आर्मी व्यारेक नजिक ऐ.बस्ने गणेश लक्ष्मी प्रजापतीको २ तल्ले घरको भुई तल्लामा डेरा गरी बस्ने जिल्ला काठमाण्डौ शंकरापुर न.पा ६ नाङ्लोभारे घर भएको बर्ष ५५ को विदुर विश्वकर्माले आफ्नै डेरा कोठामा आफ्नै श्रीमती अं.बर्ष ३१ की सलिना तोलाङ्गे बि.क. लाई घरायसी विवादको क्रममा धारिलो हतियार खुकुरी अन्धाधुन्दा प्रहार गरी पेट लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लाग्दा घटनास्थलमै मृत्यु भएको, लास घटनास्थलमै रहेको साथै निजको छोरा बर्ष ८ को त्रिशल विश्वकर्माले छुट्टाउने क्रममा निजलाई समेत खुकुरी प्रहार गर्दा घाईते भई उपचारको लागी भक्तपुर अस्पताल लगेकोमा ऐ.२१:३० बजे डिस्चार्ज भई संरक्षणको लागि परिसर भक्तपुरमा ल्याई राखिएको, खुकुरी प्रहार गर्ने व्यक्ति खुकुरी सहित परिसर भक्तपुरको नियन्त्रणमा, उक्त स्थानमा परिसर भक्तपुरबाट प्र.उ. को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी ऐ.२२:४० बजे शव पो.मा.को लागि KMC अस्पताल दुवाकोट पठाईएको । बाजुरा, बुढिनन्दा नगरपालिका वडा नं. ६ कोटिला बस्ने प्रजन रावतको छोरा बर्ष १९ को टेकेन्द्र रावत ले ऐ.ऐ. बस्ने कृष्णमल रावतको छोरा बर्ष अ. ३२ को निर रावत लाई कर्तब्य गरी मारेको भनी स्थानीय सिर्जना विष्ट (९७६६०७७७१९) ले टे.फो. मार्फत ऐ.०३;०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाजुरामा सूचना प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय बुढिनन्दा बाजुरा बाट प्र.स.नि. भिम सिंह धामीको टोली खटिगई ऐ. ०५;३० बजे घटनास्थल पुगी बुझ्दा निज टेकेन्द्र रावतले मदिरा सेवन गरी वादविवाद हुँदा निर रावतको टाउकोमा ढुंगा प्रहार गरी घटनास्थलमै मृत्यु भएको, लाश घटनास्थलमा नै रहेको,निज पीडक टेकेन्द्र रावत प्रहरीको नियन्त्रणमा रहेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,संखुवासभा, मिति २०८३ साल जेठ महिनाको पहिलो हप्ता देखि पटक पटक र अन्तिम पटक मिति २०८३।०२।१८ गते अं. १३:०० बजे जि. संखुवासभा पाँचखपन न.पा.०३ बस्ने वर्ष १० की बालिकालाई ऐ. बस्ने अं. वर्ष ३० को अरूण राईले ललाई फकाई गरी ऐ.न.पा.३ सोमेबारी भन्ने स्थानमा लगि जबरजस्ती करणी गरेको भनि ऐ.२० गते १०:०० बजे पीडितको आमाले जि.प्र.का. संखुवासभामा जाहेरी दरखास्त दिए पश्चात इ.प्र.का. वाना संखुवासभाबाट प्र.नि.को कमाण्डमा टोली खटिगई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । न.प.पश्चिम, मिति २०८३।०२।१८ गते राती अं. २३:०० वजे जि.नवलपरासी पाल्हीनन्दन गा.पा. १ वस्ने मेरो छोरी वर्ष १३ की बालिका शौचालय जान्छु भनी घर बाहिर निस्केकोमा फर्कि नआएकोले खोजतलास गर्दा मिति २०८३।०२।१९ गते विहान अं. ०५:०० बजेको समयमा पाल्हीनन्दन गा.पा. १ स्थित फेला परेकीले घरमा ल्याई निजलाई के भएको हो भनी सोधपुछ गर्दा मलाई जि.नवलपरासी प्रतापपुर गा.पा. ४ ननपुर बस्ने वर्ष अं. २५ को राज कुमार कम्करले एक्कासी समाती घर देखि केही पर पोखरीको छेउमा रहेको झुपडीमा लगि जवरजस्ती करणी गरेको भनी बताएकोले छोरीलाई साथमा ल्याई निज पीडकलाई आवश्यक कारबाही  गरी पाउँ भनी ऐ.२० गते ११:२० बजे जि.प्र.का. नवलपरासीमा आई पीडितको वुवाले जाहेरी दरखास्त दिएको हुँदा  इ.प्र.का. महेशपुरबाट प्र.नि.को कमाण्डमा टोली खटिगई निज राज कुमार कम्करलाई ऐ. १२:०० बजे नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । उदयपुर, मिति २०८३।०२।१९ गते अं.१५:०० बजे त्रियुगा न.पा. १५ बस्ने वर्ष अं. २२ की महिलालाई ऐ.ऐ. स्थित वरको छहारीमा बसिरहेको अवस्थामा जिल्ला सप्तरी बोदेबरसाईन न.पा. १० बस्ने अं. वर्ष ३० को ललित साहले ज.ज.क. उद्योग  गरेको भनि ऐ.२० गते १६५५ बजे जि.प्र.का. उदयपुरमा पीडितले लिखित जाहेरी दिनासाथ प्र.चौ. साउनेबाट प्र.स.नि. को कमाण्डमा २ जना टोली खटी गई निज ललित साहलाई नियन्त्रणमा लिई जि.प्र.का. उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको । कास्की, मिति २०८३।०२।१७ गते अं. १८:३० बजे पोखरा म.न.पा १४ मझेरीपाटन घर भई बस्ने वर्ष १३ की बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर ऐ.२० गते १३:०० बजे जि.प्र.का.मा जाहेरी प्राप्त हुनासाथ व.प्र.का.रामबजारबाट प्र.नि. को कमाण्डमा टोली खटी गई CCTV फुटेजको आधारमा जि.खोटाङ घर भई हाल.जि.कास्की पोखरा म.न.पा.१७ घारिपाटन बस्ने वर्ष २५ को सरोज राईलाई ऐ.१७ पर्वतीय संङ्गालय स्थित गणेश पौडेलको घरमा लुकी छिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । जाजरकोट, मिति २०८२।०७।११ गते अं.२३:०० बजे, जाजरकोट नलगाड न.पा.०७ स्थित बतलिया होटलको दोस्रो तलाको पश्‍चिमतर्फको कोठामा वर्ष ३० की महिलालाई  ऐ.३ कैना बस्ने वर्ष ३९ को काली बहादुर पुनले ज.ज.क.गरेको भनि मिति २०८३।०२।२० गते जि.प्र.का.जाजरकोटमा पीडीतले जाहेरी दिएको हुँदा निज पीडकलाई ऐ.२०:१० बजे नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । ला.औ.,मोरङ, सुनबर्सी न.पा ०१ गिरदलिया जोगिधाप भित्रि सडक खण्डमा अस्थाई प्रहरी पोष्ट केचनाबाट खटिएको प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ आँउदै गरेको BR37AH2831 नम्बरको मो.सालाई शंका लागी चेकजाँच गर्दा मो.सा. चालक जि. मोरङ सुनबर्सी न.पा.०२ अमरदह बस्ने वर्ष अं ३६ को रूष्तम मियाँले लगाएको खैरो रंगको बक्स पेन्टको बाँया पट्टिको गोजिमा कालो प्लाष्टिकको पोका थान १ फेला पारी खोली हेर्दा सो पोका भित्र लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ फेला पारी निजलाई नियन्त्रणमा लिई इ.प्र.का. रंगेलीमा ल्याई तौल गर्दा १५.३७० ग्राम(पन्द्र ग्राम तिनसय सत्तरी मिलि ग्राम ) रहेकोले  थप अनुसन्धान भईरहेको ।  चितवन, राप्ती न.पा.९ वान ग्रुप स्थित दूधकोशी नमुना सामुदायिक वनको वान ग्रुप बाँसघारी शाहीछाप भित्री सडक खण्डको पूर्व किनारामा रहेको जालीवालको फेदको कुनामा बेवारिसे अवस्थामा लागु औषध गाँजा फेला परेको छ भन्ने सूचना प्राप्त हुनासाथ इ.प्र.का. भण्डाराबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई उक्त ला.औ. गाँजा १५ पोकामा जम्मा ६३ किलो ५०० ग्राम बरामद गरी थप अनुसन्धान भईरहेको ।

मिति २०८३।०२।१९ गते ०५:०० बजे देखि २०८३।०२।२० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-२०

कर्तव्य ज्यान,दैलेख, मुख्य आपराधिक घटनाहरु ।नारायण न.पा.९ सालखर्क बस्ने अं.वर्ष ७० को कबिराज थापाले मा.प.से.गरी सामान्य बिबादको कारण आफ्नै छोरा अं.वर्ष ४५ को यादब थापालाई हसियाले शरीरको बिभिन्न भागमा प्रहार गरी घाईते भइ उपचारको लागि जिल्ला अस्पताल दैलेखमा ल्याइ डा.ले चेकजाँच गर्दा बाटोमा नै मृत्यु भएको भनी घोषणा गरेको, शव सोहि अस्पतालमा रहेको, निज कबिराज थापाको श्रीमती अं.वर्ष ६५ की पदम कुमारी थापालाई छुट्याउने क्रममा भित्रि चोट लागी घाईते भइ उपचारको लागि जिल्ला अस्पताल दैलेख पठाई उपचार भईरहेको, अवस्था सामान्य, उक्त स्थानमा जि.प्र.का.दैलेखबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई हसिँया प्रहार गर्ने कबिराज थापालाई हसिया (खुर्पा) सहित नियन्त्रणमा लिई जि.प्र.का.दैलेखमा राखिएको, । ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, बिर्तामोड न.पा.३ बिर्ताबजार बुद्ध टोल स्थितमा बर्ष १५ की सांकेतिक नाम " ४८ अनारमनी ०८२/०८३ "लाई बर्ष ३५ को सांकेतिक नाम " ४९ अनारमनी ०८२/०८३ ले बिगत ३ बर्ष देखी यौन शोषण गरि रहेको भनि जिल्ला झापा भद्रपुर न.पा. वडा नं.८ स्थाई घर भई साना हातहरु नेपाल शाखा भद्रपुरकी सेक्टर ईन्चार्ज सांकेतिक नाम " ४८ (क) ले मिति २०८३।०२।१९ गते १२;०० बजे इप्रका अनामरनीमा लिखित जाहेरी दिना साथ इप्रका अनामरनीबाट प्रनि प्रबिण श्रेष्ठको कमाण्डमा टोली खटि गई पिडकलाई नियन्त्रणमा लिई इप्रका अनारमनी अनुसंधान भइरहेको,स्वास्थ परिक्षणको लागि पिडित र पिडकलाई प्रदेशिक अस्पताल पठाउने पहल भइरहेको, । बर्दिया, गेरुवा गा.पा.६ मनाउ बस्ने बर्ष २६ को परिवर्तित नाम सं.न.६६ रामनगर (अ) ले आफ्नो श्रीमती वर्ष २२ कि परिवर्तित नाम सं.न.६६ रामनगर (य) लाई आफ्नै घरमा सुतिरहेको अवस्थामा कुटपिट गरी ज.ज.क.गरेको भनि आज मिति २०८३।०२।१९ गते ११:०० बजे निज पिडितले इ.प्र.का.पाताभार बर्दियामा जाहेरी दरखास्त दिना साथ उक्त स्थानमा इ.प्र.का.पाताभार बर्दियाबाट प्र.नि.(९८५८०९०१११) को कमाण्डमा ५ जनाको टोली खटिगएको,ज.ज.क.गर्ने ब्यक्ति फरार रहेको,खो.त.कार्य भईरहेको,। दाङ, मिति २०८२।०८।०९ गते अं.२०:३० बजे घोराही उ.म.न.पा. १३ स्थित जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१४ बनकट्टी घर भई हाल जिल्ला दाङ घोराही उ.म.न.पा. १३ डुम्मरगाँउ बस्ने वर्ष १७ को बालकले ऐ.स्थितमा रहेको आफु बस्ने गरेको डेराको कोठामा जिल्ला दाङ घोराही उ.म.न.पा.१३ डुम्मरगाँउ बस्ने बर्ष १७ की बालिकालाई जबरजस्ती करणी गरेको र सो करणीबाट पिडितको पेटमा गर्भ समेत रहेकोले निज कानूनको बिबादमा परेका बालकलाई कानून बमोजिम गरी पाँउ भनी पिडितको आमाले मिति २०८३।०२।१८ गते १८:०० बजे जि.प्र.का.दाङमा किटानी जाहेरी दरखास्त पेश गरे पश्चात तत्काल जि.प्र.का दाङबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटि गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी निज कानूनको बिबादमा परेका बालकलाई खोजतलास गरी निजकै डेराकोठाबाट ऐ.२०:३० बजे फेला पारी नियन्त्रणमा लिई मिति २०८३।०२।१९ गते सम्मानित दाङ जिल्ला अदालतबाट मिति २०८३।०३।१८ गते देखि लागु हुने गरी ५ (पाँच) को म्याद थप भई जि.प्र.का.दाङको बाल निग्रानी कक्षमा राखी जबरजस्ती करणी कसुर मुद्दामा थप अनुन्धान भई रहेको, पीडित बालिका लाई विस्तृत स्वास्थ्य परिक्षण गरी निजको आमाको जिम्मा लगाई पठाएको, अवस्था सामान्य, । उदयपुर, मिति २०८३।०१।०१ गते दिउँसो अं. १४:०० बजेको समयमा सांकेतिक वतन जिल्ला १४-RM-2 बस्ने सांकेतिक नाम ०८२/०८३ गाईघाट १५८ (ग) को श्रीमती वर्ष ४२ की सांकेतिक नाम ०८२/०८३ गाईघाट १५८ लाई जिल्ला उदयपुर रौतमाई गा.पा वडा नं २ करमकुसे बस्ने वर्ष ५५ को बाल कुमार खड्काले ऐ.ऐ. गाडाँ खोला भित्ताको जङ्गलमा घाँस काटी रहेको अवस्थामा एक्कासी समाई डर त्रास देखाई जबरजस्ती करणी गरेको भनी निज पिडितले जिप्रका उदयपुरमा आज मिति २०८३।०२।१९ गते १५:०० बजे लिखित जाहेरी दिन साथ इप्रका रौतामाई उदयपुरबाट प्रबह मनोज मण्डलको (९८४२८५१५७३) कमाण्डमा २ जना प्रहरी टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जिप्रकादयपुरमा उ ल्याई थप अनुसन्धान भइरहेको, चोरी / लुटपाट/ ठगी,काठमाडौँ, का.जि.ना.न.पा.३ गैरीगाउ स्थितमा रहेको प्रमिला रिजालको साढे तिन तले पक्की घरको भुँई तलामा डेरा गरी बस्ने जि.धादिङ त्रिपुरा सुन्दरी गा.पा.३ घर भई हाल का.जि.ना.न.पा ०३ गैरीगाँउ बस्ने वर्ष ४० को विष्णु थापाको कोठाबाट कोठामा कोहि नभएको अवस्थामा कोठाको ताल्चा फोडी कोठा भित्र अपरिचित मानिस प्रवेश गरी सुनको बिभिन्न गरगहना, IPHOne 12 pro र नगद रु २० हजार गरी जम्मा अं.मु.रु.१४ लाख ८७ हजार ९ सय बराबरको धनमाल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ वृत्त स्वयम्भुबाट प्र.ह.को कमाण्डमा प्रहरी टोली खटी गई चोरी गर्ने मानिसको खो.त.कार्य भइरहेको, महोत्तरी, सोनमा गा.पा.३ खखना दक्षिणबारी टोल बस्ने रामबिश्वास यादवको पक्की घरमा (हाल सबै परीवार जनकपुर बस्दै आएको) अं.५।६ जना अपरिचित्त ब्यक्तिहरुले घर अगाडीको झ्यालको ग्रिल निकाली घर भित्र प्रवेश गरी चोरी गर्ने क्रममा सामानहरु लिन खोज्दा निजको छोरी अं.वर्ष २२ की किरण यादव र ज्वाई जिल्ला महोत्तरी पिपरा गा.पा.२ अतरार बस्ने अं.वर्ष २७ को रामईश्वर यादव (१ महिना देखि सोहि ससुराली घरमा बस्दै आएको) संग हाँतपात हुँदा अपरिचित ब्यक्तीले निजहरुलाई गोलि हान्दा श्रामान/श्रीमती दुबै जना घाईते भई उपचाको लागि जानकी एकेडमी पर्सामा समान्य उपचार पश्चात थप उपचारको लागि जनकपुर तर्फ लगेको, किरण यादवको दाहिने खुट्टाको तिघ्रामा दुई ठाउमा घाउ, अवस्था सामान्य र रामईश्वर यादवको दाहिने हाँतको पाखुरामा एक ठाउमा घाउ भएको, अबस्था मध्यम रहेको भनी ऐ.०३:०० बजे प्र.चौ.रघुनाथपुरमा जानकारी प्राप्त हुनासाथ प्र.चौ.रघुनाथपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई थप बुझ्ने कार्य भईरहेको, निजको आँगन बाहिर गोलीको खोका थान १ फेला पारी स्थानियले प्रहरीलाई बुझाएको, थप अनुसंन्धानको लागि जि.प्र.का.महोत्तरीबाट प्र.ना.उ.को कमाण्डमा टोलि खटी गएको । मोरङ, बेलबारी न.पा.१० नारायण चोक बस्ने रमेश कार्कीको सुन पसलको पछाडीको चेन गेटको ताला फोडी पसलमा रहेको अं.६ तोला सुन, अं.२०० तोला चाँदी र Cctv हार्डडिक्स Cpu समेत चोरी गरी लगेको भन्ने खवर प्र.चौ.डागिहाटमा ऐ.१७:३० बजे जानकारी गराउनासाथ प्र.स.नि.र इ.प्र.का.बेलबारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई खो.त.तथा अनुसन्धान भईरहेको, । ला.औ., सुनसरी, बराहक्षेत्र न.पा.०५ अमाहा सिमसार वन स्थित कालाबन्जार धरान सडकखण्डमा कालाबन्जारबाट धरान तर्फ जादै गरेको BR 38 AF 2646 नं.मो.सा चालकले प्र.चौ भरोलबाट प्र.स.नि को कमाण्डमा खटिएको गस्ती टोलीलाई देख्नसाथ निजले बोकेको सेतो बोरा बाटोको छेउमा फाली भाग्न खोज्दा उक्त मो.सा.लाई शंका लागी नियन्त्रणमा लिई निजले फालेको बोरा चेकजाच गर्दा ला.औTRAMALDOL HYDROCHLORIDE CAPSULES I.P.१६९ पत्तामा १६९० पिस क्याप्सुल फेला परेको र निजको साथवाट नगद रू.२७,५००/-(सत्ताईस हजार पाच सय), मोबायल थान १ समेत फेला परेकोलेले बरामद गरी मो.सा.चालक देश भारत जिल्ला अररिया बेलाहा बस्ने वर्ष २० दयानन्द यादवलाई मो.सा.सहित नियन्त्रणमा लिई आ.अ.भइरहेको, ।

मिति २०८३।०२।१८ गते ०५:०० बजे देखि २०८३।०२।१९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-१९

ज.ज.क./बाल यौन दुर्व्यवहार,काठमाडौ, जि.बाजुरा स्वामीकार्तिक गा.पा.२ घर भई हाल का.जि.कागेश्वरी मनोहरा न.पा.६ मुलपानी बस्ने वर्ष अं.२४ की महिलालाई जि.पाल्पा रामपुर न.पा.३ स्थाई वतन भएको वर्ष ३४ को मदन अधिकारीले अमेरिकाको winchestr Varjina 22602 Main ST मा 22655 स्थित सन् २०२५।१०।०५ तारिख देखि अन्तिम पटक मिति २०८२।१२।१७ गते सम्म अमेरिकामा रहेको प्रतिबादिकै डेराकोठामा लगि रातिको समयमा ज.ज.क.गरेको भनि ऐ.१८ गते १६:०० बजे जि.प्र. परिसर,भद्रकाली महिला वालवलिका तथा जेष्ठ नागरीक सेवा केन्द्रमा जाहेरी दरखास्त प्राप्त हुनासाथ प्रतिबादी पक्राउ गर्न आदेश माग गर्दा सम्मानित काठमाडौं जिल्ला अदालतमा बाट पक्राउ अनुमति नदिएको,थप अनुसन्धान भईरहेको । झापा, जिल्ला इलाम  सुर्योदय न.पा. ३ स्थायी वतन भई हाल जिल्ला झापा भद्रपुर न.पा. १० स्थितमा कोठा भाडामा बस्ने बर्ष ४६ को पुरुष ब्यक्तिले आफ्नै झड्केली छोरी वर्ष १५ कि बालिकालाइ बिगत ३/४ बर्ष देखि पटक पटक र अन्तिम पटक मिति २०८२।०३।२७ गते अं.०१:०० बजे ऐ.भद्रपुर न.पा.-७ गैरीगाँउ स्थित स्थानिय व्यक्तिको कोठामा ज.ज.क.उद्योग गरेको भनि साना हातहरु नेपाल शाखा कार्यालय भद्रपुरमा कार्यरत कर्मचारी मार्फत मिति २०८३।०२।१८ गते १८:०० बजे जि.प्र.का.झापामा लिखित निवेदन प्राप्त हुनासाथ जि.प्र.का.झापाबाट प्रहरी टोली खटी गइ पिडकलाइ नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बिदेशी मुद्रा बरामद,काठमाडौं, बाटिक एयरको उडान नं. OD-181 द्वारा मलेसिया जाने यात्रु जि.सुनसरी गढी गा.पा-०१स्थायी ठेगाना भएको (राहदानी नं.PA3192940) वर्ष ५१को कमल नारायण विश्वास (नेपाल एयरको कर्मचारी) ले लैजान लागेको कालो रङको लगेजलाई प्रस्थान तर्फको पछाडि ब्यागेज चेकिङ एरिया (U-281) को X-ray मेसिनमा र एयरलाईन्स काउन्टर अगाडि छाडेको ह्याण्ड ब्यागलाई चेकजाँच गर्दा उक्त लगेज र ब्याग भित्र विभिन्न देशका मुद्रा नेपाली रूपैयाँ रू.११,०५,७००।-, जापानिज एन:-४१,०००।-, मलेसियन ringgits:-३१,७३२, U.S डलर:-१४,८५०, ओमन रियाल:-२,९७०, Swiss franc:-१०००, श्रिलंकन रुपैयाँ:-७,७७०, ) पाकिस्तानको रुपैयाँ:-३,५४ मुद्राहरु लुकाइछिपाई विदेश लैजान लागेको अवस्थामा फेला पारी निजलाई नियन्त्रणमा लिई  थप अनुसन्धान गर्नुपर्ने भएकोले निजलाई एक रात सुरक्षित राख्नको लागी प्रहरी वृत गौशाला पठाईएको, वरामद मुद्रा एयरपोर्टको लेखा शाखामा राखिएको । ला.औ.,ललितपुर, गोदावरी न.पा ०२ बिशङ्खुनारायण सामुदायिक वनमा बा.प्र.०१ ००२ ज ८८६३ नं को भाडाको ट्याक्सिमा १ हप्ता अगाडी ला.औ. ओसारपसार गर्न प्रयोग भएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग बाडेगाउबाट प्र.नि. को कमाण्डमा र सशस्त्रको २१ नं बटालियन खुमलटारबाट स.प्र.नि. को कमाण्डमा खटिएको संयुक्त टोलीले उक्त ट्याक्सी सहित चालक जिल्ला काभ्रे चौरिदेउराली गा.पा ०१ घर भइ हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. ०७ चाङगाथली बस्ने वर्ष अं. ३८ को सन्त बहादुर तामाङलाई अनुसन्धानको लागि  नियन्त्रणमा लिइ सोधपुछ गर्दा सार्वजनिक सडकखण्ड छेउ सल्लाको सल्लिपिरले लुकाइ छिपाइ राखेको Tramado Hydrochloride Capsulies लेखिएको ला.औ. २१,०६४ पत्तामा २,१०,६४० ट्यबलेट फेला पारी बरामद गरी थप अनुसन्धान भईरहेको ।  झापा, कचनकवल गा.पा. ६ बनियानी  स्थित देश भारत किसनगंज जिल्ला दलेगाँउ पञ्चातय वडा नं.१ बस्ने बर्ष अ.२० को युबेद राजालाई जि.प्र.का. झापा र ला.औ. नियन्त्रण कार्यालय काँकरभिट्टाबाट खटिएको  सादा पोशाकको प्रहरी टोलीले बिशेष सुराकीको आधारमा शंका लागी चेक जाँच गर्दा निजको साथबाट ६९ ग्राम ६०० मिलि ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

मिति २०८३।०२।१७ गते ०५:०० बजे देखि २०८३।०२।१८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-१८

ज.ज.क./बाल यौन दुर्व्यवहारचितवन, माडी न.पा.३ सिमराटोल बस्ने वर्ष अं.५५ की महिला मिति २०८३।०२।१६ गते १७:०० बजे घरमा एक्लै बसी बेलुकाको खाना बनाउनको लागि आफ्नो घरको माथिल्लो तलामा गई चामल निकाल्न लागेको अवस्थामा ऐ.बस्ने वर्ष १९ को पुरुष व्यक्ति आई ज.ज.क.गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.माडीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई ऐ.१७ गते १३:२५ बजे दुबै पक्षलाई आ.अ.को लागि जि.प्र.का.पठाइएको, । ला.औ.झापा लाब्युरो शाखा कार्यालय काँकरभिट्टा र इ.प्र.का काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली मेचीनगर न.पा.६ मेचिडाँडा स्थित भारतबाट मेचिखोलाको बाटो हुँदै पैदल नेपालतर्फ आउँदै गरेको जिल्ला काठमाण्डौ शंखरापुर न.पा.८ बस्ने वर्ष ३२ को रोशन कार्कीलाई चेकजाँच गर्दा निजको साथबाट ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ ४८  ग्राम ६० मिलिग्राम फेला परेकोले उक्त ला.औ.र IPhone 16 Promax थान -१ तथा नगद रु.८,०००।– सहित निजलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको, ।  कैदी बन्दी बिच झै-झगडा बाँकेथप अपडेट:- मिति २०८३/०२/१६ गते १९:३० बजे जि.बाँके बैजनाथ गा.पा.३ स्थित रहेको का.सु.गार्ड नौवस्ता बाँकेको B ब्लकमा रहेका कैदीहरू बीच एक आपसमा बिबाद हुँदा जि.कैलाली धनगढि उ.म.न.पा.३ बस्ने बर्ष २६(ला.औ.मुद्दा)को ओम प्रकास अवस्तीलाई आन्तरिक सरुवा गरी D ब्लकमा राखिएको बिषयलाई लिएर बिबाद हुँदा उक्त समुहका कैदि बन्दीहरुले मुल चेक नाइके जिल्ला बर्दिया बारबर्दिया न.पा.८ बस्ने वर्ष ३८ (ला.औ.मुद्धा)को डम्बर बहादुर थापासंग बिवाद तथा सामान्य हातपात भएकोमा उक्त झै-झगडा गर्ने अ.३५।४० जनाको टोलिले च्यानल गेट भित्रबाट बन्द गरी होहल्ला गरी बसेको नाईके सहित अन्य अ.२०।२५ जनाको टोलि बाहिर बसेको, उक्त स्थानमा प्र.ना.नि.गोपाल कुमार मल्लको कमाण्डमा २० जना स.प्र.नि.खडक बहादुर के.सी.को कमाण्डमा २० जना र इ.प्र.का.कोहलपुर बाँकेबाट प्र.नि.अच्युतराम आचार्यको कमाण्डमा ११ जनाको टोलि खटिएको, हालको अवस्था सामान्य रहेको, थपअपडेटः- ऐ. २१;३० बजेको समयमा इ.प्र.का. चिसापानी बाँकेबाट प्र.ह. तिलक खत्रीको कमाण्डमा ७ जनाको टोलि खटिगएको अन्य वि.वि. पछी । थप अपडेट:-मिति २०८३।०२।१७ गते २४:३० बजेको समयमा ३० नं.गण हे.क्वा.बागेश्वारी बाँकेबाट स.प्र.नि.हिरा धामीको कमाण्डमा २५ जना गरी सशस्त्र प्रहरी बलको ४५ जना र नेपाल प्रहरीको ३८ जना गरी जम्मा ८३ जनाको टोली खटि गई कैदीहरूलाई सम्झाई बुझाई गर्ने कार्य भई रहेको ।  थपअपडेः- ऐ.०३;१० बजे सम्झाइ बुझाई गरी बाहिर रहेको टोली लाई भित्र हाली ताला लगाएको अवस्था सामान्य रहेको । थप अपडेटः-ऐ.०८:२५ बजे का.सु.गार्ड नौवस्ता बाँकेमा बिवाद तथा सामान्य हातपात गर्ने एक पक्षका २० जना कैदीलाई कारागरा ब्यवस्थापन बिभागबाट का.सु.गार्ड नवलपरासी पश्चिम स्थानान्त्रण गर्ने भनि पत्र प्राप्त भएकोमा बिवाद तथा सामान्य हातपातको विषयमा अनुसन्धान हुनु पर्‍यो भनि का.सु.गार्ड नौवस्ता बाँकेमा रहेका कैदीहरुले कारागार भवनको भित्रवाट जुत्ता राख्ने सरीयाको क्याक तोडी कारागारको च्यानल गेटमा उक्त सरीयाको रडले लग गरेको हुदाँ थप अनुसन्धान तथा सोधपुछको लागी जि.प्र.का.बाँकेबाट प्र.नि.जिवराज थापा क्षेत्रीको कमाण्डमा २१ जना, इ.प्र.का.कोहलपुर बाँके प्र.ना.उ.चक्र बहादुर डम्मर पालको कमाण्डमा २५ जना र इ.प्र.का.चिसापानी बाँकेबाट प्र.ब.ह.तिला पुनको कमाण्डमा ९ जना गरी ५५ जनाको टोलि खटि गएको अन्य वि.वि.पछि ।थप अपडेटः-ऐ.१३:५० बजेको समयमा सहायक प्रमुख जिल्ला अधिकारी पुर्ण बहादुर खत्री ज्यु ,जि.प्र.का.बाँकेका प्रमुख प्र.उ.अंगुर जि.सी.को कमाण्डमा ८२ जना र ३० नं.गण हे.क्वा.बागेश्वारी बाँकेबाट स.प्र.उ.भिम बहादुर चन्दको कमाण्डमा ४१ जनाको गरी जम्मा १२३ जनाको टोली खटिएको कैदीहरूलाई सम्झाई बुझाई गर्ने कार्य भई रहेको । थप अपडेट;- मिति २०८३।०२।१७ गते १७:१५ बजेको समयमा B ब्लकको ताला फोडी बिवाद गर्ने कैदी बन्दीहरुलाई पहिचान गरि अन्य ब्लकमा सार्ने कार्य भई रहेको हालको अबस्था सामान्य रहेको, ऐ.१९:५५ बजे प्र.स.नि.को कमाण्डमा २० जनाकि प्रहरी टोलीले २० जना कैदी बन्दिलाई भे १ ख ३६६२ नं.को मिनि बस द्वारा आवश्यक हातहतियार सहित स्थानान्त्रण गरी पश्चिम नवलपरासी बर्दघाटको लागि लिई गएकोमा तालुक कार्यलयको मौखिक आदेशले तुल्सीपुर कारागार,घोराही कारागार, रुपन्देही कारागार, पश्चिम नवलपरासी बर्दघाटमा ५।५ जना गरी छोड्ने गरी लिई गएको, हालको अवस्था सामान्य रहेको, जि.प्र.का.बाँकेबाट प्र.उ.को कमाण्डमा खटिएको प्रहरी टोली कार्यलयमा फिर्ता भएको ।

मिति २०८३।०२।१५ गते ०५:०० बजे देखि २०८३।०२।१६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,संखुवासभा, करीव दुई महिना अगाडी देखि जिल्ला ताप्लेजुङ त्रिवेणी गा.पा १ निधुरादिन घर भई हाल जिल्ला संखुवासभा चैनपुर न.पा.-६ भञ्ज्याङखर्क बस्ने बर्ष .१५ कि परिवर्तित नाम चैनपुर (ध) ०८२।०८३ की लाई जिल्ला ताप्लेजुङ मौवाखोला गा.पा ६ फाकुम्वा घर भई हाल जिल्ला संखुवासभा चैनपुर न.पा.-६ भञ्ज्याङखर्क बस्ने बर्ष ५७ को फुपाजु पर्ने गम्बु शेर्पाले ललाइ फकाई गरी जबरजस्ती करणी गरेको भनि आज मिति २०८३।०२।१५ गते इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभामा ऐ. १३:५० बजे समयमा निजको बुवा परिवर्तित नाम चैनपुर (ध१) ०८२।०८३ ले जाहेरी दरखास्त दिएको हुँदा तत्काल इप्रका चैनपुर संखुवासभाबाट प्रनि धिराज राईको (९८४७२४०६६७) कमाण्डमा ५ जनाको टोली खटि गई निज पिडकलाई नियन्त्रणमा लिइ इप्रका चैनपुर संखुवासभामा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको ।बागलुङ २०८३।०२।१५ १०:००      बागलुङ न.पा.१३ पाउजा बस्ने वर्ष १५ की बालिकालाई ऐ.बस्ने वर्ष अं.२८ को को बिपिन रोकाले बालिकाको घर छेउमा रहेको मलखादमा ज.ज.क.गरी फरार भएको भनी पीडितको आमाले ऐ.१५ गते १०:०० बजे जि.प्र.का.मा ज.ज.क.सम्बन्धी जाहेरी दिएको हुँदा इ.प्र.का.बलेवाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा आ.अ.भइरहेको । ललितपुर, मिति २०८३।०१।०९ गते अं.१३:३० बजेदेखी ऐ.१५:०० बजेको समय सम्म ललितपुर म.न.पा.२२ भैसीपाटी स्थित कवाडी ब्यवसाय गरी बस्ने भारत देश मोतिहारी घर भएको वर्ष ५४ को रमेश साहले वर्ष १४ की बालिकालाई आफ्नो कवाडी पसल भित्र लगेर डर धाक धम्की देखाई पटक-पटक ज.ज.क.गरेको भनी मिति २०८३।०२।१५ गते १५:०० बजे जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा आई निवेदन दिए पश्चात प्रहरी प्रभाग सानेपाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडक रमेश साहलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा ल्याई राखिएको, पीडित बालीकालाई यौनजन्य स्वास्थ्य परिक्षन पश्चात निजको दिदिको जिम्मा लगाई पठाएको, । कञ्चनपुर, पुनर्वास न.पा.८ कंकड बस्ने बर्ष अं.२० कि परिवर्तित नाम कञ्चनपुर ७५ बेलौरी (थ) घर भई जिल्ला कञ्चनपुर बेलौरी न.पा.५ भुकण्डामा मेला हेर्न आएको हुदा उक्त मेला हेरी फर्किने क्रममा निजलाई ऐ.बेलौरी न.पा.वडा नं.४ शान्तीपुर स्थित उखुबारीमा ऐ.पुनर्वास न.पा.१ गणेशबस्ती बस्ने बर्ष अं.२८ को राज कुमार रानाले ज.ज.क.गरेको भनि मिति २०८३।०२।१५ गते ०६:४० बजेको समयमा इ.प्र.का.बेलौरीमा आई निजको दिदिले जाहेरी दिना साथ उक्त स्थानमा इ.प्र.का.बेलौरी बाट प्र.नि.कमल प्रसाद चौधरी (९८५८७९००६१) को कमाण्डमा ५ जनाको टोली खटिगई उक्त व्यक्तीको खो.त.कार्यको भईरहेको, । थप अपडेट :- ऐ. १०:०० बजेको समयमा यस कार्यालयबाट प्र.नि. को कमाण्डमा SOCO अधिकृत सहितको टोलीले पीडित सहित लगी घटनास्थल सेमेतको अनुसन्धान कार्यको लागी खटि गई स्थानिय, जनप्रतिनिधी, तथा जग्गा धनिलाई समेत बुझ्दा पुनर्वास न.पा. वडा न. १ गङ्ला तालको पश्चिम पर्ने, ऐ.ऐ. बस्ने बउला रानाको उखुबारीमा भएको भनि बुझीन आएको हुदा उक्त वारदात स्थान इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिको वडाएरियामा पर्ने भएकोले घटनाको थप अनुसन्धान इ.प्र.का. त्रिभुवन बस्तीबाट भइ रहेको । थप अपडेट;- आज मिति २०८३।०२।१५ गते अं.१७;०० बजे इ.प्र.का.त्रिभुवनबस्ती बाट प्र.ज.ऐकन्द्र कुवरको कमाण्डमा निज पीडित बर्ष अं.२० कि परिवर्तित नाम कञ्चनपुर ७५ बेलौरी (थ) लाई स्वास्थ्य परिक्षणको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको ।चोरी/लुटपाट/ ठगी,काठमाण्डौ, चन्द्रागिरी न.पा.१५ गैरी गाउँ घर हुने वर्ष ५३ को राजकुमार बस्नेतको निजी निवास ३ तल्लाको पक्कि घरमा पहिलो तल्लाको कोठामा कोही नभएको बेला ढोका ताला खोली दराजभित्र रहेको सुनको औठी १ वटा ( १ तोला ) अ.२,८५,००० मूल्य पर्ने,US 200 डलर ,नगद नेपाली रु.१४,००० गरी जम्मा रकम ३,२९,६०० चोरी भएको भनी वृत्त थानकोटमा जानकारी प्राप्त हुनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको । ला.औ., भक्तपुर, मध्यपुर ठिमी नगरपालिका ५ राधेराधे भाटभटेनि पछाडि राजकुमार राजभण्डारीको ३ तले घरको भुई तलामा डेरा गरी बस्ने जिल्ला जुम्ला कनका सुन्दरी गा.पा.८ घर भएको वर्ष ३४ को धन प्रसाद भट्टलाई निजको डेराकोठाबाट निम्न परिमाणको लागु औषध सहित वृत्त ठिमीबाट खटिएको प्र.ब.ना.नि.को ७ जनाको टोलीले नियन्त्रणमा लिई वृत्त ठिमीमा ल्याई राखिएको, उक्त स्थान वृत्त ठिमीबाट अं.२ कि.मि.पुर्व पर्ने । निम्न परिमाणहरुः- १. Tapentadol Tablets 100 mg- ३५,६०० वटा क्याप्सुल । २. Tramadol Hydrochloride IP Capsule 50 mg- १,८०० वटा क्याप्सुल । ३. Antikof - ५,९०० वटा क्याप्सुल । ४. Spaspain - २,००० वटा क्याप्सुल । ५. नगद रु. १,५१,०००/-(एक लाख एकाउन्न हजार ) ।

मिति २०८३।०२।१३ गते ०५:०० बजे देखि २०८३।०२।१४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-१४

कर्तव्य ज्यान,काठमाडौं,‍का.म.न.पा.३२ जडीबुटी साल्ट ट्रेडिङ नजिकै घरमा डेरा कोठा गरी बस्ने जि.उदयपुर कटारी न.पा ७ स्थायी वतन भएकी वर्ष ४० की निर्मला राईलाई मिति २०८३।०२।१२ गते १०:०० बजेतिर आफ्नै डेरा कोठामा आफ्नै श्रीमानले मा.प.से.गरी कुटपिट गर्दा घाइते बनाएको र घाइतेलाई उपचारको लागि १६:३० बजे सिभिल अस्पताल नयाँ बानेश्वर हुँदै थप उपचारको लागि ऐ.१७:०० बजे KMC अस्पताल सिनामंगल ल्याई पुन:थप उपचारको लागि ऐ.२०:०० बजे त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज रिफर भई उपचार भइरहेकोमा ऐ.१३ गते ०८:५० बजे डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, कुटपिट गर्ने श्रीमान वर्ष ४० को केदार बहादुर राई प्रहरीको नियन्त्रणमा, । ज.ज.क./बाल यौन दुर्व्यवहार,सप्तरी, छिन्नमस्ता गा.पा.४ स्थित बाँसघारीमा ऐ.बस्ने अ.वर्ष ५ की बालिकालाई जि.सप्तरी छिन्नमस्ता गा.पा.३ सखडा बस्ने रामचन्द्र यादवको छोरा अं.वर्ष १८ को राजिव यादवले ज.ज.क.गरेको भनी ऐ.१५:३० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.सखडाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको, जाजरकोट, पहिलो पटक मिति २०७९।१२।१३ गते जि.जाजरकोट भेरी न.पा.६ नेटाबजार स्थित भाडामा रहेको ऐ.वडाको वडा कार्यालयको भवनमा वर्ष अं.२० की महिलालाई जि.जाजरकोट भेरी न.पा.१३ बस्ने वर्ष अं.३२ को खिमराज बटालाले दोस्रो पटक मिति २०८२।०५।११/१२ गते काठमाडौंको कलङकी स्थित कोठामा, तेस्रो पटक मिति २०८२।१२।१० गते जि.बाँके नेपालगञ्ज उ.म.न.पा.१८ कारकाडौ स्थित कोठामा ज.ज.क.गरेको भनी मिति २०८३।०२।१३ गते १२:०० बजे जि.प्र.का.जाजरकोटमा जाहेरी दिएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई ऐ.भेरी न.पा.९ भुरबाट नियन्त्रणमा लिई आ.अ.भइरहेको, । बाँके, कोहलपुर न.पा.३ शान्ती टोल बस्ने वर्ष अं.९ की बालिकालाई जि.जाजरकोट भेरी न.पा.७ घर भई जि.बाँके कोहलपुर न.पा.३ स्थित मामा घर आएकोमा वर्ष अं.१६ को बालकले ज.ज.क.करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.कोहलपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणम लिई इ.प्र.का.कोहलपुर बाँकेमा ल्याई राखिएको, पिडित बालिकालाई उपचारको तथा बिस्तृत स्वास्थ्य परिक्षणको लागी भेरी अस्पताल नेपालगंज बाँकेमा पठाई उपचार भइरहेको, अवस्था मध्यम रहेको, । कास्की,पोखरा म.न.पा.१९ घार्मी स्थित नाबालिका माथी ज.ज.क.भएको भन्ने जाहेरी जि.प्र.का.कास्कीमा परेको आधारमा ऐ.१३ गते अं.२२:२० बजे  जि.प्र.का.बाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले जि.कास्की मादी गा.पा.३ यान्जाकोटबाट वर्ष ३० को लक्ष्मण सुनारलाई नियन्त्रणमा लिइ जि.प्र.का.मा ल्याई राखिएको, उक्त स्थान जि.प्र.का.कास्कीबाट अं.१४ कि.मि.उत्तर पर्ने । चोरी/लुटपाट/ ठगी,बर्दिया, बाँसगढी न.पा.३ गौरीचोक बस्ने वर्ष ३० की अस्मिता अधिकारीको घरमा कोही नभएको अवस्थामा घरको ढोकाको ताल्चा फोडेर उक्त घरको कोठाभित्र रहेको दराजको ताल्चा फोडेर उक्त दराजमा रहेको सुनको छड्के तिलहरी १२ आना १ थान ,माहिली तिलहरी ६ आना १ थान ,हातमा लगाउने बाला ८ आना १ थान ,कानमा लगाउने झुम्का ७ आना १ जोडी ,टपश १ आना १ जोडी ,औठी ५ आना १ थान ,सिक्री १ तोला १थान ,चाँदीको ब्रासलेट १ थान गरी अ.३ तोला ७ आना र अ.मूल्य रू.१०,०००००/-(दश लाख ) बराबरको सूनको गरगहना चोरी भएको भनी ऐ.१८:३० बजे इ.प्र.का.मोतिपुरमा जानकारी गराउनासाथ इ.प्र.का.मोतिपुरबाट प्र.ब.ना.नि.को कमाण्डमा खटी गएको । ला.औ., रुपन्देही, बुटवल उ.म.न.पा.वडा नं.६ सब्जिमण्डि स्थितमा ला.औ.कारोबार भईरहेको भन्रे खबर प्राप्त हुनासाथ इ.प्र.का.बुटवलबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई जि.पाल्पा रिब्दिकोट घा.पा.वडा नं ८ फेक घर भएका वर्ष ३२ को सुसान भन्ने सुसन रायमाझी र ऐ.बस्ने वर्ष २२ को उमेश रावतलाई चेकजाँच गर्दा निजहरुको साथबाट १० ग्राम ६७ मिलिग्राम ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला पारी उक्त ला.औ.सहित नियन्त्रणमा लिई इ.प्र.का.बुटवलमा ल्याई राखिएको ।