प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०३।०१ गते देखि ऐ. २ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०३-०२

  • A
  • A-
  • A+
Share

सिन

जिल्ला

विवरण

कै

कर्तव्य ज्यान

अर्घाखाँची

छत्रदेव गा.पा.३ शिख्र बस्ने वर्ष ३८ को रामु कुमाललाई निजकै श्रीमती वर्ष २७ की मेखमाया कुमालले आफ्नै घरमा घरायसी सामान्य विषयलाई लिई वाद विवाद गरी झै-झगडा गर्दा निजको श्रीमानले धारिलो हतियार (दाउ)ले श्रीमतीलाई प्रहार गर्दा श्रीमतीले सोही हतियार खोसी श्रीमानलाई टाउकोको पछाडीको भागमा प्रहार गरी हत्या गरेको भन्ने ऐ. ०६:३० बजे खबर प्राप्त हुनासाथ प्र.चौ.बल्कोट र जि.प्र.का.अर्घाखाँचीबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई धारिलो हतियार प्रहार गर्ने मेखमाया कुमाललाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, शव पोष्टमार्टम पश्चात दाहसस्कारको लागी आफ्नतले बुझी लगेको ।

 

सुनसरी

रामधुनि न.पा.-२ शिवनगर बस्ने बर्ष ४० को सन्तोष चौधरीको घरमा बाधेको खसि-१ वटा र पाठि-१ वटा जिल्ला सुनसरी रामधुनि न.पा.-४ लालपुर बस्ने बर्ष अ.४२ को राकेश चौधरीले चोरी गर्दै गरेको निज घरधनिले देखि हो-हल्ला गर्ने क्रममा उक्त खसि र पाठि छोडी निज चोरी गर्ने मान्छे भागेकोमा निजलाई उक्त घरधनिले खेदाई खुकुरीले हातमा हान्द निज राकेश चौधरीको दाहिने हातमा काटि घाईते भई उपचारको लागि साई हस्पिटल झुम्कामा ल्याई उपचार पश्चात ऐ. ०४:४० बजे थप उपचारको लागि नोबेल हस्पिटल बिराटनगरको लागि लगेको र खुकुरी प्रहार गर्ने ब्याक्ति र खुकुरी नियन्त्रणमा लिई प्रस्तावित इप्रका रामधुनिमा ल्याई राखेको ।घाईतेको उपचारको क्रममा ऐ. ०५:१५ बजे मृत्यु भएको भनि ऐ. हस्पिटलको प्र.क.मार्फत जानकारी प्राप्त भएको ।

 

ज.ज.क.

पाल्पा

मिति २०८२।०२।३० गते १६:३० बजे, निस्दी गा.पा. ३ झिरुबास हलुवा बस्ने वर्ष ५१ को पुरुषले आफ्नै नातिनी २८ महिनाकी नाबालीकालाई ज.ज.क.गरेको भनि निज नाबालिकाको आमाले जि.प्र.का.पाल्पामा जबरजस्ती करणी कसूर अन्तर्गत कारवाही गरी पाउँ भनि ऐ.३।०१ गते १६:०० बजे जि.प्र.का.मा लिखित जाहेरी दिएको हुँदा प्र.चौ. रुक्सेभन्ज्याङबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज पिडकलाई नियन्त्रणमा लिएको, बालिकाको स्वास्थ्य परिक्षण पश्चात निजकै आमाको जिम्मा लगाएको, अवस्था सामान्य ।

 

इलाम

सांकेतिक वतन ०३-३-७ बस्ने सांकेतिक नाम इलाम-स-२(०८१/०८२) छोरी वर्ष १३ की सांकेतिक नाम इलाम-स(०८१/०८२) लाई मिति २०८२।०२।३० गते २०:०० बजे सांकेतिक वतन ०३-३-८ बस्ने सांकेतिक नाम-ह-१(०८१/०८२) को छोरा वर्ष १७ को सांकेतिक नाम इलाम-ह(०८१/०८२) ले ललाई फकाई गरी माई न.पा.८ चेपेखोलाको छेउमा लगी ज.ज.क.गरेको भनी ऐ.३१ गते १७:०० बजे पीडितको आमाले प्रचौ महमाई इलाममा जानकारी प्राप्त हुनसाथ प्र.व.ह.को कमाण्डमा टोली खटी गई पीडकलाई ऐ.१९:४५ बजे ऐ.माई न.पा.७ लक्ष्मी खोला स्थित फेला पारी नियन्त्रणमा लिई पीडक र पीडित दुबैलाई जि.प्र.का.इलाममा ल्याई राखिएको, पीडितको आमाले जि.प्र.का.इलाममा जाहेरी दरखास्त दिएको, पीडकलाई जिल्ला अदालत इलामबाट दिन ५ म्याद लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको,

 

धारिलो हतियार प्रहार

ताप्लेजुङ

फुङलिङ न.पा. ११ फावाखोला बस्ने लाल बहादुर काङ्लिवा लिम्बुको छोरा अं बर्ष १९ को राजु लिम्बु सुरज भट्टराईको दाउरा वोक्ने जाने क्रममा निजलाई माईला भन्ने लक्षुमण लिम्बु (भरीया) ले मा.प.से.गरी निज राजु लिम्बुलाई पछाडी बाट चिरपटले प्रहार गर्दा निजको वाँया पट्टीको टाउकोमा गहिरो चोट लागी उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुमा पठाएको, अवस्था गम्भिर रहेको, चिरपट प्रहार गर्ने मानिसलाइ नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखेको,उक्त स्थानमा पर्यटक प्रहरी सहायता डेक्स काफ्लेपाटी बाट प्रनानि को टोली खटी गएको,

 

ओखलढुङ्गा

सिद्धिचरण न.पा.- ०१ नाल्सु बस्ने अ.बर्ष ६० को मानबिर थापा मगरलाई निजको आफ्नै छोरा अं. बर्ष २३ को  सन्दिप थापा मगरले खुर्मिले घाँटीमा रेटी घाइते बनाएको छ भनि ऐ.२०.१० बजेको समयमा ऐ. वडाका वडा सदस्यले प्रहरी चौकी निशंखेमा जानकारी गराउन  साथ प्रहरी चौकी निशंखेबाट प्र.स.नि.को टोली खटि गई निज घाईतेलाई उपचारको लागि सामुदायिक मिसन अस्पताल ओखलढुगा तर्फ पठाएको घाँटीमा चोट, अबस्था मध्यम ,खुर्मि बरामद गरि खुर्मिले रेट्ने मानिसलाई नियन्त्रणमा लिई जि.प्र.का. ओखलढुङगामा राखेको ,

 

ला.औ.

बांके

मिति २०८२।०३।०१ गते अं.२०:०० बजे को समयमा जि.बाँके नेपालगंज उ.म.न.पा.१ प्रगतीनगर टोल स्थित ला.औ.नि.ब्युरो नेपालगंज बाँकेबाट र अ.प्र.पोष्ठ बसपार्क नेपालगंज बाँकेबाट प्र.ना.नि.बिष्णु शाहीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलिले ऐ.ऐ.बस्ने वर्ष २९ को चुनकुन पासीको घरमा ला.औ.ब्राउन सुगरको कारोबार भई रहेको छ भन्ने गोप्पे सुचनाको आधारमा निजलाई घर अगाडी सडक खण्डमा फेलापारी सोध पुछ तथा निजको शरीर समेत चेक जाँच गर्दा निजको दाहिने हातको मुठ्ठि भित्र सेतो रंगको प्लास्टिकको १ पुडिया र सोही आगनमा रहेको काठको पिर्का को खुट्टामा लुकाई राखेको स-साना ३५ वटा पुडिया ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेलापारी शुद्ध तौल १०६ ग्राम ८१० मिलि ग्राम र निजले लगाएको पाईन्टको गोजिमा १ थान मोबाईल र ला.औ.ब्राउन सुगर तौल गर्ने डिजिटल तराजु सहित निजलाई र निज को बहिनि बर्ष २५ की अन्जु पासीले महिला प्र.क.लाई धकलपकल गरेको हुदा निजलाई समेत सोध पुछको लागी नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का.बाँकेमा पठाएको,

 

सम्बन्धित समाचार
मिति २०८२।०३।१२ गते देखि ऐ. १३ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-१३

सिन जिल्ला विवरण कै ज.ज.क. १ पाल्पा रिब्दिकोट गा.पा.४ रानिठाटि बस्ने वर्ष १७ को बालकले मिति २०८२।०२।०३ गते अं.१०:३० बजे ऐ.बस्ने वर्ष ११ की बालिकालाई ज.ज.क.गरेको भनी ऐ.१२ गते १८:३० बजे टे.फो.मार्फत जि.प्र.का.पाल्पामा जानकारी गराउनासाथ प्र.चौ.हार्थोकबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई आरोपित बालकलाई नियन्त्रणमा लिई जि.प्र.का.पाल्पामा राखी आ.अ.भइरहेको ।   २ सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा न.४ कृष्णटोल बस्ने वर्ष १२ की बालिकालाई मिति २०८२।०३।०९ गते ११:३० बजे देश भारत बिहार लोकेन्द्रपुर बस्ने वर्ष २२ को मन्टु कुमारले ज.ज.क.गरेको भनी मिति २०८२।०३।१२ गते १०:०० बजे जि.प्र.का.सुर्खेतमा जानकारी गराए पश्चात जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडक मन्टु कुमारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखी आ.अ.भइरहेको ।   कर्तब्य ज्यान १ अर्घाखाँची शितगंगा न.पा.६ पाखापानी बस्ने वर्ष ४२ को बिष्णु बहादुर बादीले सामान्य बिवादको कारण आफ्नै भाई वर्ष ३२ को बम बहादुर बादीलाई धारिलो हतियार (बञ्चरो) ले प्रहार गर्दा घाईते भई घाईतेलाई उपचारको लागि ठाडा स्वास्थ्य चौकी लगेकोमा ऐ.२३:१० बजे उपचारको क्रममा चिकीत्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको, शव सोही स्वास्थ्य चौकीमा राखिएको, उक्त स्थानमा प्र.चौ.जलुकेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, धारिलो हतियार (बञ्चरो) र धारिलो हतियार (बञ्चरो) प्रहार गर्ने बिष्णु बहादुर बादी प्रहरीको नियन्त्रणमा रहेको   सुन बरामद १ काठमाडौं टोखा न.पा.९ गोंगबु शिवमन्दिर नजिक भित्री सडक खण्डमा नक्कली सुन बोकी हिँडेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग गोँगबुबाट प्र.नि.को टोली, सादा पोशाकको टोली साथै प्रहरी प्रभाग गोँगबुमा कार्यरत अपराध महाशाखाको टोली समेत खटी गई उक्त स्थानमा हिँडिरहेको जि. गोरखा बारपाक सुलिकोट गा.पा.२ घर भई हाल हाल का.जि.लोलाङ बस्ने वर्ष ३० को मानव घलेलाई फेला पारी चेकजाँच गर्दा निजको साथबाट निजले बोकेको रातो सानो ब्याग र ब्याग भित्र (GOLD 1 KILO 9999 ECD 956052) लेखेको पहेंलो रङको आयातकार आकारको धातु सहित फेला पारी निजलाई नियन्त्रणमा लिई प्रहरी प्रभाग गोँगबुमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।   हा.ह.बरामद १ प्युठान गौमुखि गा.पा.५ ओख्रे बस्ने वर्ष १९ को बिक्रम पाण्डेले भरुवा बन्दुक लिई हिँडेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.पुजालिवासेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खो.त. गर्ने क्रममा निजको घर भित्र लुकाई छिपाई राखेको अवस्थामा लाईसेन्स नभएको भरुवा बन्दुक थान १ फेला पारी निज बिक्रम पाण्डेलाई नियन्त्रणमा लिएको, थप अनुसन्धानको लागि जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।   अवैध रकम बरामद १ रौतहट गौर न.पा.१ भन्सार कार्यालय अगाडि स्थित भन्सार सुरक्षा गार्ड रौतहटबाट प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR05AE 6705 नं.को  मो.सा.लाई शंका लागी चेकजाँच गर्दा उक्त  मो.सा.को सिट मुनि र हेल्मेटमा लुकाई छिपाई गरी ल्याउदै गरेको स्रोत नखुलेको रकम ने.रु.१०,०४,५००/-(दश लाख चार हजार पाच सय) सहित उक्त नं.को मो.सा.र मो.सा.चालक ऐ.गौर न.पा.१ ट्रान्सफर्मर चोक बस्ने वर्ष ३० को मोहम्मद करमान अलीलाई नियन्त्रणमा लिई  गौर भन्सार कार्यालय रौतहटमा बुझाउने पहल भईरहेको  ।   शंकास्पद बस्तु फेला १ पाँचथर फिदिम न.पा.६ शिवा बस्ने वर्ष अं.४० को भुपाल तुम्रोकको ढुङ्गा माटोको गारो जस्ताको छानो रहेको २ तले घरको माथिल्लो तलाको गारो सेपटीमा हेर्दा (गोलो डल्लो) ग्रिनेट जस्तो देखिने शंकास्पद बस्तु फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नवमीडाँडाबाट प्र.ह.को कमाण्डमा र जि.प्र.का.पाँचथरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई उक्त घरका मानिसहरु लगायत अन्य मानिसहरुलाई १०० मिटर वरिपरि हटाई उक्त स्थान सुरक्षित राखेको, डिस्पोजको लागि नेपाली सेनाको बिरदल गण ओदिन ब्यारेक पाँचथर संग समन्वयय गरी ऐ.१९:२० बजे डिस्पोजको लागि नेपाली सेनाको उपसेनानीको कमाण्डमा टोली खटी गई उक्त स्थानमा पुगेको, डिस्पोज हुन बांकि रहेको ।   ला.औ. १ बारा जितपुर-सिमरा उ.म.न.पा.१७ रामनगर चोक स्थित प्र.चौ.जैतापुरबाट प्र.स.निको कमाण्डमा खटिएको गस्ती टोलीले रामनगरबाट मधुवन तर्फ जाँदै गरेको नम्बर नलेखेको कालो-खैरो हिरो सुपर स्पेलेन्डर मो.सा.लाई रोक्न खोज्दा नरोकी भागेकोमा उक्त मो.सा.लाई लखेट्दै जाँदा मो.सा.चालक र पछाडि सवार दुवै जना मो.सा. र निजहरुको साथमा रहेको पहेलो रङको बोरा छाडी फरार भएको, उक्त बोरामा चेकजाँच गर्दा अं.२० के.जि.लागु औषध गाँजा बरामद गरी मो.सा.र लागु औषध गाँजा नियन्त्रणमा लिई प्र.चौ.जैतापुरमा ल्याई राखिएको, अन्य अनुसन्धान कार्य भईरहेको ।   २ सिन्धुली कमलामाई न.पा.९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्गमा इ.प्र.का.भिमानबाट प्र.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले बर्दीबासबाट काठमाण्डौतर्फ जाँदै गरेको चालक जि.महोत्तरी बर्दीबास न.पा.१ बस्ने वर्ष ३१ को एमिनल भुजेलले चलाएको म.प्र.०४-००१ज ०१५५ नं. को यात्रुवहाक EV हायस गाडीलाई चेकजाँच गर्दा सोही गाडीमा सवार जि.सर्लाही बरहथवा न.पा. ७ बस्ने वर्ष ३० को विक्रम चौधरीले लुकाई छिपाई ल्याएको अवस्थामा लागु औषध नाईट्राभेट-१० (NITRAVET-10) - ९६ पत्ता (प्रति पत्ता ३० पिसको दरले जम्मा -२८८० पिस ) र गाडीको छतमा राखेको जुटको बोराबाट लागुऔषध ट्रामाडोल (TRAMADOL) - १,४५० पत्ता  (प्रति पत्ता २० पिसको दरले जम्मा -२९,००० पिस ) फेला पारी नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।  

मिति २०८२।०३।११ गते देखि ऐ. १२ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-१२

सिन जिल्ला विवरण कै ज.ज.क./ज.ज.क.उद्योग १ झापा मिती २०८१।१२।१३ गते १०:०० बजेको समयमा जिल्ला झापा दमक न.पा. वडा न.१ स्थितमा रहेको गम्भिरजंग लावतिको घरमा डेरा लिई बस्ने जिल्ला ईलाम चुलाचुली गा.पा. वडा  न.५ पोखरीटोल बस्ने रण बहादुर राईको छोरा बर्ष २५ को नबिन राईले सांकेतिक वतन ‘३c-५ बस्ने बर्ष १७ कि सांकेतिक नाम क्ष लाई ललाई फकाई डेराकोठामा लगी चुकुल लगाई धाक धम्की दिई जबर जस्ति करणी गरी फरार भएकोमा निज सांकेतिक नाम क्ष ले मिति २०८२।०२।२० गते अ.०८:३० बजे बिषादी सेवन गरी उपचार पश्चात मिति २०८२।०३।११ गते अ.१८:०० बजे इप्रका दमकमा जाहेरी प्राप्त हुन साथ इप्रका दमकबाट प्रनानि जित ब.कार्कीको कमाण्डमा टोली खटीगई निज नबिन राईलाई लाई खोज तलास भईरहेको पिडितलाई स्वास्थ्य परिक्षणको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाईएको,   शंकास्पद मृत्यु १ सिन्धुपाल्चोक भोटेकोशी गा.पा.५ कोलगाउँ बस्ने पदम तामाङको छोरी कक्षा ७ पढ्ने अं.वर्ष १५ की निशा तामाङ आफ्नै घरबाट अं.४०० मिटर पूर्व तर्फ रहेको छ्यादीखोला जंगलको खोल्सामा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.हिन्दीबाट प्र.व.ना.नि. र इ.प्र.का.बाह्रबिसेबाट प्र.नि.र जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गएको, मृतक बालिकाको शरीरका भागहरुमा निलडाम, चोटपटक तथा शरीर नग्न अवस्थामा रहेको, थप अनुसन्धानको लागि ऐ.१२:०० बजे प्रहरी प्रधान कार्यालय केनाइन महाशाखा महाराजगंजबाट प्र.नि.को कमाण्डमा २ वटा Dog सहितको टोली खटी गएको, आरोपीत ४ जना मध्ये ३ जिल्लाको नियन्त्रणमा, अन्या आवश्यक कार्य जारी,   बन्दक बनाई राखेका नेपालीहरुको उद्धार १ कञचनपुर भारतको उत्तराखण्ड प्रदेश, उधम सिंह नगर जिल्लाका रुद्रपुर, कासीपुर लगातयका बिभिन्न स्थानका घरहरुमा कामगर्ने सिलसिलामा बन्धक बनाई राखिएको अवस्थामा नेपाल सरकार, भारत सरकार, नेपाली राजदुतावास नयाँ दिल्ली, KIN INDIA, शुभ अवसर ग्राम नेपाल समेतको पहलमा ५८ (अन्ठाउन्न) जना नेपाली नागरिकहरुलाई आज मिति २०८२।०३।११ गते १७:५० बजेको समयमा कञ्चनपुर जिल्लाको गड्डाचौकी नाकाबाट सु.प.प्र.प्र.का. धनगढीका प्रदेश प्रमुख प्र.ना.म.नि. डम्बर बहादुर बि.क. ज्यू, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्र.जि.अ. लक्ष्मण ढकाल ज्यू, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख खड्क बहादुर खत्री र अन्य सरोकारवाला निकायहरुको सहकार्यमा यस कञ्चनपुर जिल्लासम्म सकुसल ल्याएको र सम्बन्धित घर ठेगानासम्म पुर्‍याउने पहल भईरहेको ।   ला.औ. १ झापा भद्रपुर न.पा.७ आनी मार्ग स्थित व.प्र.का.भद्रपुरबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले बा.प्र.-०१-०२५ च ०८७७ नं.को कारलाई शंका लागी चेकजाँच गर्दा कारमा लुकाई छिपाई ल्याउदै गरेको लागु औषध (ब्राउन सुगर) जस्तो देखिने लिसाईलो पदार्थ शुद्ध तौल २०० ग्राम ३९० मिलिग्राम फेला पारी कार चालक कार र जि.नुवाकोट वेलोरवडि न.पा.१३ बस्ने वर्ष ३० को  सजिन लामा समेत ४ जनालाई नियन्त्रणमा लिई व.प्र.का.भद्रपुरमा ल्याई राखिएको, थप अनुसन्धान तथा कानूनी कारवाहीको लागि जि.प्र.का.पठाईएको,   २ सिरहा भगवानपुर गा.पा.४ ठाडी बजार स्थित जि.प्र.का., इ.प्र.का.लहान र प्र.चौ.ठाडीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 32 AD 6993 को मो.सा.र BR32AK 6301 नं.को मो.सा.शंका लागी चेकजाँच गर्दा BR 32 AD 6993 नं.को मो.सा.चालक देश भारत बिहार राज्य मधुबनी जिल्ला ग्राम पञ्चायत राज मझौरा पथराही बस्ने वर्ष ४० को राम नारायण साह , BR32AK 6301 नं.को मो.सा.चालक ऐ. ग्राम पञ्चायत गोईत प्रसाही बस्ने वर्ष २७ को राजन बाबु साहको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ४० ग्राम ( गिलो पदार्थ भएकोले प्लाष्टिक बाहेक तौल हुन बाँकी) फेला पारी दुवै मो.सा.सहित दुवै जनालाई नियन्त्रणमा लिई प्र.चौ.ठाडीमा ल्याई राखिएको   ३ पर्सा पर्सा बिरगंज म.न.पा.२१ परवानिपुर चौक स्थित प्रहरी चौकी सिर्सिया,पर्साबाट प्र.ब.ना.नि.को कमाण्डमा खटी गएको टोलीले बिशेष सुचनाको आधारमा परवानिपुर बाट ड्राईपोट तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ६३४८ नं.को ट्रकलाई शंका लागि चेकजाँज गर्ने क्रममा उक्त ट्रकको पछाडीको ढालामा ला.औ.चरेश जस्तो देखिने पदार्थ फेला परेकोमा तौल गर्दा अं.३ क्विन्टल १७ के.जी. ५०० ग्राम रहेको  र ३ के.जी. ला.औ.चरेश जस्तो देखिने धुलो पदार्थ सहित ट्रक, ट्रक चालक  जि. मकवानपुर थाह न.पा.१२ बस्ने अं. वर्ष ३६ को बुद्धी बहादुर स्याङ्तानको साथबाट नगद ने.रु.१ लाख ९२ हजार बरामद गरी नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको  

मिति २०८२।०३।१० गते देखि ऐ. ११ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-११

सिन स्थान, मिति र समय विवरण कै ज.ज.क./ज.ज.क.उद्योग १ धनकुटा मिति २०८२।०३।०८ गते २१:०० बजे धनकुटा न.पा.८ सान्ताङ बस्ने वर्ष ५२ को खड्ग बहादुर राईले ऐ.बस्ने वर्ष ५० की महिलाको घर कोठामा प्रवेश गरी निज प्रतिवादीले साथमा बोकी ल्याएको धारिलो हतियार खुकुरी देखाई डर त्रासमा पारी जवरजस्ती करणी गरेको भनी जि.प्र.का.मा जानकारी प्राप्त हुन आएकोले निज प्रतिवादीलाई ऐ.९ गते १७:०० बजे नियन्त्रणमा लिई ऐ.१० गते सम्मानित धनकुटा जिल्ला अदालतमा म्याद थप गर्ने प्रकृया भईरहेको ।   आत्महत्या/आत्महत्या प्रयास (हामफालेर) १ चितवन राप्ती न.पा.४ चौकी डाँडा बस्ने वर्ष ४७ को लीला बहादुर प्रजाको श्रीमती वर्ष ४२ की कुमारी प्रजा घरमा श्रीमानसँग झगडा गरी मर्छु भनी घरबाट श्रीमान/श्रीमतीसँगै गई खहरे खोलाको भिरबाटसँगै हामफाल्दा निज श्रीमती कुमारी प्रजाको मृत्यु भएको र श्रीमान लिलाबहादुर प्रजाको बायाँ कानबाट रगत बगेको र कुममा चोट लागी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.भण्डाराबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि भरतपुर सरकारी अस्पताल तर्फ पठाएको, अवस्था गम्भीर, घटनास्थल मुचुल्काको लागि इ.प्र.का.खैरहनिबाट प्र.नि.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पो.मा.को लागि भरतपुर सरकारी अस्पताल पठाईएको ।   धारिलो हतियार प्रहार १ भोजपुर षडानन्द न.पा.४ दिङलाबजार स्थित मिल टोलमा धन बहादुर बि.क.को घरमा कोठा बस्दै आएको ऐ.८ बस्ने वर्ष २४ की सफला रसाइलीलाई निजको कोठामा पुगी ऐ.वडा नं.७ सालबोटे वर्ष २३ को अन्जन रसाइलीले के कुन कारण सामान्य  बिवाद हुँदा अन्जन रसाईलीले खुकुरी प्रहार गरी सफला रसाईलीलाई घाइते बनाएको, घाईतेको टाउको पछाडि, टाउकोको बाया भागमा, चिउडो मुनी, पेट लगायत शरीरको बिभिन्न भागमा काटिएको, अवस्था बोल्न नसक्ने, उपचारको लागि  प्राथामिक स्वास्थ्य केन्द्र मुलपानीमा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल खाँदवारी संखुवासभा पठाएकोमा उपचार हुन नसकी थप उपचारको लागि बि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान रिफर भएको, अन्जन रसाईलीलाई नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गराउँदा निजको दुवै खुट्टामा चोट देखिएकोले एक्सरे गरी हेर्दा दुवै खुट्टा फ्याक्चर देखिएको, निजसँग बुझ्दा उक्त घटना घटाई घटनास्थलबाट हामफाली भाग्ने क्रममा दुवै खुट्टामा चोट लागेको, निजलाई स्वास्थ्य केन्द्र मुलपानी भोजपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि इ.प्र.का.दिङलामा कार्यरत प्र.स.ह.कृष्ण कार्कीको जिम्मा लगाई बि.पि.कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएको ।   ला.औ. १ सुनसरी   सुनसरी ०३/१० गते अं. २२;०० बजेको समयमा धरान उप-मनपा ५ देउरालीचोक घर भई हाल ऐ. झर्नाचोक स्थित कला खत्रीको घरमा डेरा गरी बस्ने हरीचन्द्र राईको छोरा वर्ष १९ को सुदिप भन्ने मुन्सन राईले ला.औ. कारोबार गरी रहेको छ भन्ने गोप्य सुचनाको आधारमा इप्रका धरानबाट सादा पोषाक र अप्रचौ देउरालीबाट प्रसनि विष्णु राजवंशी (९८४८४५६४२६ ) को कमाण्डमा प्रहरी टोली खटि गई निजको कोठामा रहेको जेब्रा झोला भित्र लुकाई छिपाई राखिएको अवस्थामा ट्रामाडोल -८,८७६ क्याप्सुल, Mefenic spas -७,८९० ट्याब्लेट, Nitrazepam -२० ट्याब्लेट, sparest-२९५ ट्याब्लेट र कोलिवन-३१२ ट्याब्लेट जम्मा १७३९० ट्याब्लेट  फेला पारी निजलाई समेत नियन्त्रणमा लिई गरी इप्रका धरानमा ल्याई अनुसन्धान भई रहेको, ।   २ मकवानपुर हेटौडा उ.म.न.पा.१० बसपार्क स्थित जि.प्रका.बाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ.१२ पदमपोखरी बस्ने वर्ष १८ को प्रितम बल, जिचितवन भरतपुर म.न.पा.२ बस्ने वर्ष २२ को विजय सुनार र जि.मकवानपुर हेटौडा उ.म.न.पा.८ कमाने बस्ने वर्ष ३१ को राजकुमार खड्का(मो.सा.चालक) समेतलाई शंका लागी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.खेरो हिरोईन जस्तो देखिने पदार्थ १६ ग्राम ४०० मिलिग्राम फेला परेकोले उक्त ला.औ.र निजहरुले प्रयोग गरेको बागमती प्रदेश ०३-००६ प १०१७ नं.को मो.सा.सहित निजहरूलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको ।  

मिति २०८२।०३।०९ गते देखि ऐ. १० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-१०

सिन जिल्ला विवरण कै बिदेशी नागरिक मृत्यु १ रसुवा मिति २०८२/०३/०३ गते (17 Jun 2025) गोसाईकुण्ड गा.पा.२ रसुवागढी नाका हुँदै चीनको कैलाश मानसरोवर घुम्न गएका फिजी, लाबासाका नागरिक पासपोर्ट नं.1136760 भएको वर्ष अं.५५ को DALIP SINGH मिति २०८२/०३/०७ (21 jun 2025) गते राती अं.२०:०० बजे लेक लागेर मृत्यु भई ऐ.९ गते १०:०५ बजे ऐ.गोसाईकुण्ड गा.पा.२ रसुवागढी नाकामा ल्याई ना १ ज ३६०२ नं.को गाडीद्वारा घट्टेखोला स्थित हेलिप्याडमा ल्याई राखिएको, काठमाण्डौं ल्याई सकेको, हे.क.आउन बाँकी, साथमा नेपाली गाइड श्याम काजी गुरुङ(९८४१४४३९५२)  रहेको   ज.ज.क. / बाल यौन दुर्व्यवहार १ पर्वत बिहादी गा.पा.६ कोलडाँडा स्थित मकै बारीमा ऐ.६ शालिग्राम बस्ने बर्ष २२ को वसन्त बि.क.ले जिल्ला पर्वत पैँयु गा.पा.७ भोर्ले बस्ने बर्ष १३ की बालिकालाई ज.ज.क.गरेको भन्ने खबर पिडितको आफन्तले मिति २०८२।०३।०९ गते बिहान ११:०० बजे इ.प्र.का.हुवास पर्वतमा जानकारी गराउन साथ प्र.नि.को. कमाण्डमा ६ जनाको प्रहरी टोली खटि गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.पर्वतमा ल्याई बिस्तृत स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान कार्य भईरहेको,निज पिडितको स्वास्थ्य परीक्षण गरीएको,   कैदी थुनुवा फरार १ मोरङ सम्मानित मोरङ जिल्ला अदालत विराटनगरको चलानी नम्बर ३०९९ मिति २०८१।१२।१७ गतेको पत्रादेशानुसार २ बर्ष कैद तोकिएको विराटनगर म.न.पा.१३ बस्ने वर्ष ४० को बिजय संकर झा चेक अनादार मुद्दाको फरार प्रतिबादी जि.मोरङ विराटनगर म.न.पा.७ स्थित रहेको सम्मानित मोरङ जिल्ला अदालतमा उपस्थितिको लागि लगेकोमा अदालत परिसरबाट भागी फरार रहेको भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई खो.त.कार्य भईरहेको ।   फुटकर ज्यान १ रुपन्देही बुटवल उ.म.न.पा.१४ मोतिगन्ज स्थित कुलोमा नामथर, वतन नखुलेकोअं.वर्ष ५० को जस्तो देखीने महिला मृत अवस्थामा रहेो भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.बिट बेलभरीयाबाट प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.बुटवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, मृतक महिलाको टाउकोमा चोट देखिएको, थप अनुसन्धान कार्य भईरहेको,   ला.औ. १ मोरङ सुनवर्षी न.पा.८ हर्सजगडी नजिक प्र.चौ.सिक्टीबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले सिक्टी डाईनिया भित्री सड्क खण्डमा सिक्टीबाट डाईनिया तर्फ जाँदै गरेको KTM 200 C.C.को चेचिस नं.MD2JPCXK6PC013282#, ईन्जिन नं.P-936*05474* भएको नं.प्लेट नभएको मो.सा.शंका लागी चेकजाँच गर्दा मो.सा.चालक ऐ.सुनवर्षी न.पा.८ सिक्टी बस्ने अनवर मियाको छोरा वर्ष अ.१९ को अकमल मियाको साथबाट ४२ ग्राम ४४० मिलिग्राम ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारी उक्त ला.औ. र मो.सा.मानिस निजलाई नियन्त्रणमा लिई इ.प्र.का.रंगेलीमा राखी आ.अ.भइरहेको,  

मिति २०८२।०३।०८ गते देखि ऐ. ९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०९

सिन जिल्ला विवरण कै कर्तब्य ज्यान १ सुनसरी बराहक्षेत्र न.पा.५ मुसहरी टोल बस्ने वर्ष ३० को सोनिया मुसहरले ऐ.७ गते २१:०० बजे मा.प.से.गरी आफ्नै घरमा आफ्नै श्रीमती वर्ष २४ की ढलिसदा मुसहर संग वादविवाद हुँदा निजलाई कुटपिट गर्दा घाईते भई घरमा नै राखेकोमा ऐ.८ गते ०९:२५ बजे मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.भरोलबाट प्र.स.नि.र इ.प्र.का.महेन्द्रनगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएको, सोनिया मुसहर नियन्त्रणमा ।   ज.ज.क. / बाल यौन दुर्व्यवहार १ उदयपुर त्रियुगा न.पा.१० बस्ने परिवर्तित नाम गाईघाट ९७ (घ) की नातिनी  वर्ष १३ की परिवर्तित नाम गाईघाट ९७ लाई परिवर्तित नाम गाईघाट ९७ (क) ले आफ्नै छोरीलाई आफ्नै घर कोठामा ललाई फकाई पटक पटक ज.ज.क गरेको भनि मिति २०८२।०३।०८ गते अ.१६:०० बजे जिप्रका उदयपुरमा आई पिडितको हजुरआमाले जाहेरी दिन साथ जिप्रका  उदयपुरबाट प्रहरी टोलि खटि गई गाईघाट ९७ (क) लाई पक्राउ गरी जिप्रका उदयपुर ल्याई थप अनुसन्धान कार्य भइरहेको, पिडितलाई सेफ हाउसमा लगी राखेको स्वास्थ्य अवस्था सामान्य रहेको,   हा.ह.बरामद १ रुकुम पूर्व   मिति २०८२।०३।०७ गते २१:३० बजे सिस्ने गा.पा.२ दल्लुगैरा बस्ने बम बहादुर कामीको श्रीमती वर्ष ४३ की तृष्णा कामीलाई ऐ.बस्ने वर्ष ३२ को शेर बहादुर कामी र ऐ.बस्ने वर्ष २६ को हिराजंग कामीले निज बम बहादुर कामीको घरमा प्रवेश गरी निजको श्रीमती तृष्णा कामीलाई चक्कु प्रहार गरी घाईते बनाएको भनी खबर प्राप्त भएकोले इ.प्र.का.प्वाङबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई तृष्णा कामीलाई प्रहार गरेको धारिलो हतियार (चक्कु) खोज्ने क्रममा ऐ.८ गते ११:०० बजे ऐ.बस्ने बम बहादुर कामीको घरदेखि अं.३० मिटर उत्तर तर्फ निजकै मकै बारीमा सिस्नोको झाडीमा बेवारिसे अवस्थामा लुकाई छिपाई राखिएको ३ नाल (सावुत) भरुवा बन्दुक फेला पारी नियन्त्रणमा राखी बरामदी मुचुल्काको लागि जि.प्र.का.बाट प्र.व.ह.को कमाण्डमा टोली खटी गई अनुसन्धान कार्य भईरहेको, घाईतेलाई थप उपचारको लागि ऐ.१३:४५ बजे पोखरा तर्फ रिफर । चक्कु प्रहार गर्ने शेर बहादुर कामी र हिराजंग कामी र  तृष्णा कामीको श्रीमान बम बहादुर कामी समेत ३ जना  प्रहरीको नियन्त्रणमा रहेको,   २ कैलाली   धनगढी उप-महानगरपालिका १२ पटरीघाट नेपाल भारत सिमाना स्थित पैदल हिडिरहेको अवस्थामा अ.प्र.पो.जुगेडा कैलालीबाट खटिएको प्र.ब.ना.नि. र जि.प्र.का.कैलाली अ.अ.समुहबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले देश भारत लखिमपुर जिल्ला बेलावर्सी बस्ने बर्ष २४ को सौरब सिंह र ऐ.ऐ.बस्ने बर्ष २० को विपिन कुमारको साथबाट कटुवा पेस्तोल नाल – १ र ऐ.ऐ.मा लाग्ने गोली – १ राउण्ड बरामद गरि निजहरुलाई हतियार सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि तालुक जि.प्र.का.कैलालीमा पठाईएको ।   ३ सुनसरी   बराहक्षेत्र न.पा. ०५ अमहा सिमसार जंगल स्थित भित्रि सडक खण्डमा धरानबाट कालाबञ्जार तर्फ आउदै गरेको बा ६ च ८४०३ नम्बरको कालो कार प्र.चौ. भरौलबाट प्र.स.नि.को कमाण्डमा खटी गएको चेकिङ टोलीलाई देख्नसाथ उक्त कार रोकी चालक र ४/५ जना सवार मानिसहरू जंगल तर्फ भाग्नसाथ प्रहरी टोलीले उक्त कारलाई चेकजाँच गर्ने क्रममा कारको बिचको सिटमा WEBLEY & SCOTT LIT LONDON & BIPMINGHAM, MADE IN ENGLAND  नामक राइफल खाली बन्दुक (राउण्ड नभएको) फेला परेको, उक्त कार र राइफल बन्दुक इ.प्र.का. महेन्द्रनगरमा ल्याई राखिएको, तत्काल चालक र ४/५ जना सवार मानिसहरू फरार रहेकोले खो.त.कार्य भईरहेको,।   धारिलो हतियार प्रहार १ ललितपुर ललितपुर म.न.पा. ४ बिष्णुदेवी मन्दिर स्थित अपरिचित २ जना ब्यक्तिहरुसंग  बिवाद हुदां धारिलो हतियार प्रहार गर्दा जिल्ला महोत्तरी घर भई हाल ल.पु.जि. म.न.पा. ३ धोबिघाट बस्ने बर्ष ३० को रंजित मगर र जिल्ला कैलाली घर भई हाल ल.पु.जि. म.न.पा. ४ बिष्णुदेवी मन्दिर बस्ने बर्ष २४ को खगेन्द्र वयक  घाईते भएकोले उपचारको लागी पाटन अस्पतालअस्पताल र अल्का अस्पताल लगी उपचार भईरहेको,१ जनाको अवस्था गम्भीर, १ जना सामान्य, उक्त स्थानमा प्रहरी प्रभाग सानेपाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई धारिलो हतियार प्रहार गरी फरार व्यक्तिहरुको खो.त. तथा अन्य अनुसन्धान कार्य जारी रहेको । थप अपडेट:- ऐ. १९:५० बजेको समयमा जि.ल.पु.म.न.पा. ०४ बिष्णुदेवी मन्दिर नजिक बाट घटनामा शंकास्पद निम्न २ जना ब्यक्तिहरुलाई प्र.बृ. सातदोबाटो बाट खटिएको सादा पोशाख (सिभिल) को टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । निम्न:- १) जि.ल.पु.म.न.पा. १३ एकान्तकुना बस्ने बर्ष २१ को मन्दिप खड्गी । २) जि.कैलाली जानकी गा.पा. ८ घर भई हाल जि.ल.पु.म.न.पा. १८ नख्खु बस्ने बर्ष २६ को बिरेन्द्र सिंह बिष्ट ।   ला.औ. १ उदयपुर बेलका न.पा.१ प्रहरी बिट आम्बासी अगाडि प्र.स.ह.को चेकिङ टोलीले चेकजाँच  गर्ने क्रममा रामपुरठोक्सिलाबाट फत्तेपुरतर्फ जाँदै गरेको को १ ज ३६२८ नं. को म्याजिक भेनमा सवार ऐ.७ मैनामैनी बस्ने वर्ष ३१ को धन बहादुर राईको साथबाट अं.१२ के.जि.लागुऔषध गाँजा फेला पारी  नियन्त्रणमा लिई इ.प्र.का.रामपुरठोक्सिलामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  

मिति २०८२।०३।०६ गते देखि ऐ. ८ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०८

सिन जिल्ला विवरण कै कर्तव्य ज्यान १. रुपन्देही बुटवल उ.म.न.पा.९ फाईनाईसचोक आईसिआई पथ स्थित गणेश पौडेलले संचालन गरेको हिमालय स्टोरको बाहिरपट्टि पेटीमा मागी खाई हिड्नेजस्तो देखिने अं.वर्ष ४५ को पुरुष व्यक्ति तन्नाले मुख छोपेको अवस्थामा मृत फेला परेको भनी प्रहरी बिट राजमार्ग चौराहामा जानकारी प्राप्त हुनासाथ व.प्र.का.बुटवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पो.मा.को लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको, मृतकको साथमा जि.गुल्मी मालिका गा.पा.६ बस्ने वर्ष २९ को ज्योति वि.क.को नामको भोटर कार्ड समेत फेला परेको, विगत ४ वर्षदेखि ऐ.सैनामैना न.पा.६ रामापुर बस्ने वर्ष ३७ को बालकृष्ण न्यौपानेसँग बुटवल बजारको एरियामा कवाड संकलन गरी हिँड्ने भन्ने बुझिएकोले शंकास्पद निज बालकृष्ण न्यौपानेलाई इ.प्र.का.बुटवलबाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले ऐ.बुटवल उ.म.न.पा.७ श्रवण पथमा फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा आफूले ढुङ्गा प्रहार गरी मारेको भनी स्वीकार गरेको ।   २. कैलाली   थप अपडेट:-मिति २०८२।०३।०६ गतेको बिहान अ.०६:०० बजे, गौरीगंगा न.पा.०७ कैलाशपुर बस्ने लक्ष्मण नाथको श्रीमती बर्ष २५ को तुलसी नाथ आफ्नो घर नजिकै रहेको सडकको नालामा मृत अवश्थामा फेला परी आफन्तले घरको आँगनमा ल्याई राखेको खबर इ.प्र.का. मसुरिया कैलालीमा प्राप्त हुनासाथ प्र.ब.ना.नि.को कमाण्डमा प्रहरी टोली खटिई घटनास्थल सुरक्षित राखी इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट प्र.ना.उ. को कमाण्डमा SOCO को टोली खटी गई ऐ. ११:०० बजेको समयमा घटनास्थल कार्य पुरा गरी लास पो.मा. को लागी से. १ च ४५७ नं. को एम्बुलेन्स द्वारा सेती प्रादेशिक अस्पताल धनगढी, कैलाली पठाएको, मृतकको सुत्ने कोठामा निजको १६ दिनको बच्चा रहेको, मृतकको श्रीमान रोजगारीको शिलशिलामा भारतमा रहेको, ऐ. ०७ गते १९:०० बजे मृतक तुलसी नाथ लाई कर्तव्य गरी हत्या गर्ने मृतककै देवर बर्ष २० को नबिन नाथ लाई पक्राउ गरी निजको साथ बाट मृतकले कानमा लगाउने गरेको सुनको रिङ थान – ८ (आठ) वटा र चाँदीको रिङ थान – ४ (चार) वटा  निज नबिन नाथको साथ बाट रीतपूर्वक बरामद गरिएको  ।   ज.ज.क. १. झापा   मिति २०८२।०२।३१ गते अं. १८:३० बजेको समयमा जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं.७ डाँफे चौक स्थित सुन्दरलाल राजवंशीको चिया बगान स्थितमा सांकेतिक वतन ०४-१-११-छ बस्ने वर्ष १९ को सांकेतक नाम "A (081/082)" काका नाता पर्ने ऐ.बस्ने वर्ष १७ की सांकेतिक नाम "अं-१"लाई मिति २०८१।११।०३ गते अं. २३:०० बजेको समय देखी पटक पटक गरी अन्तिम पटक गरी ज.ज.क गरेको भनि मिति २०८२।०३।०५  गते अं.१९:०० बजे जि.प्र.का झापामा जाहेरी निवेदन दिइएको हुदाँ उक्त स्थानमा जि.प्र.का झापाबाट प्रसनि संजय माझीको कमाण्डमा प्रहरी खटि गई निज दुबै जनालाई नियन्त्रणमा लिई जिप्रका झापामा ल्याई सोधपुछ तथा अनुशन्धान कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको,उक्त स्थान जिप्रका झापाबाट २ किमि दक्षिण पश्चिम । जानकारीको लागि –पीडित जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. ७ सालमारा बस्ने बर्ष ३५ को संजय राजवंशीको छोरी वर्ष १७ की स्वास्तिका राजवंशी । पिडकः- ऐ. बस्ने सोमलाल राजवंशीको छोरा वर्ष १९ को अर्जुन राजवंशी ।   २. प्यूठान मिति २०८२।०२।२२ गते अं.०९:०० बजे अर्घाखाची सितगंगा न.पा. ७ घर भई जि.प्युठान सरुमारानि गा.पा.२ मैदान खारा स्थित मामा घर गएकी वर्ष ४ की बालिकालाई ऐ.बस्ने (कानुनको बिबादमा परेको बालक) वर्ष १३ को बालकले ज.ज.क.गरेको भन्ने ऐ.०६ गते १९:१५ बजे,खबर प्राप्त हुनासाथ जि.प्र.का.प्युठानबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई पिडकलाई नियनम्त्रणमा लिई जि.प्र.का.प्युठानमा ल्याई राखिएको ।   धारिलो हतियार(खुकुरी) प्रहार १. मकवानपुर हेटौडा उ.म.न.पा.७ हरीयाली बस्ने वर्ष ३२ को कृष्ण क्षेत्रीलाई सोही स्थान बस्ने वर्ष ४२ को मिन बहादुर लोप्चनले एक्कासी आई धारिलो हतियार(खुकुरी) प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट हरियालीबाट प्र.ह. र इ.प्र.का.पशुपतिनगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि हेटौडा अस्पताल मकवानपुरमा ल्याई उपचार भईरहेको, अवस्था मध्यम,  कुटपिट गर्ने मिन बहादुर लोप्चन फरार खो.त. कार्य भईरहेको ।   सुन बरामद १. कास्की पोखराको विभिन्न स्थानहरुमा अवैध रुपमा विक्री वितरणको लागि भारतबाट सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ. पोखरा म.न.पा.२२ पुम्दी भुम्दीबाट भारत घर भएको अं. वर्ष ४९ को कुलदिप सिंह र जि. रुपन्देही तिलोत्तमा न.पा.५ बस्ने वर्ष ४७ को राम बहादुर बि.क.समेत २ जनालाई सुन जस्तो देखिने पहेँलो रङको धातुबाट बनेका पत्थर सहितको गरगहना (मुन्द्रा, मंगलसुत्र लगायत) अं.८२ तोला सहित फेला पारी नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।   हात हतियार बरामद १. झापा मेचीनगर न.पा. वडा न.६ काँकरभिट्टा बसपार्क स्थित इ.प्र.का. काँकरभिट्टाकाबाट प्र.ना.उको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजांच गर्दा देश भारत दुर्गानगर सिलिगुडि बस्ने वर्ष अं. ३५ को जय प्रकाश कुमार पाठकलाई  WB 70 G 3232 नं.को गाडि सहित नियन्त्रणमा लिई इ.प्र.का काँकरभिट्टामा ल्याई चेकजाँच गरि हेर्दा उक्त गाडीको चालक बस्ने सिटमुनी राखेको STAR RX ( IN XAMPL CO2 001907 4.5 MM) MAKE IN INDIA लेखिएको एयर पेस्तोल जस्तो देखिने चालु अस्थामा रहेको हतियार १ थान र उक्त हतियारमा भएको म्याग्जिनमा एयर वुलेट जस्तो देखिने ५ थान राउण्ड, चालक बस्ने सिटदेखि वाँयातर्फको सिटको मुनी दुवै साईडमा १-१ थान दाव सहितको खुकुरी जम्मा २ थान फेला परेको र जय प्रकाश कुमार पाठकको शरीरबाट REDMI मोवाईल १ थान, SAMSUNG कम्पनीको मोवाईल १ थान गरी जम्मा २ थान मोवाईल सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का. काँकरभिट्टामा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।   ला.औ. १. मकवानपुर मनहरी गा.पा.९ रजैया स्थित पूर्व-पश्चिम सडकखण्डमा नेपाल सुरक्षा बेश कत्ले खोला मकवानपुरबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले ऐ.०३।०५ गते अं.२१:३० बजे गस्ती गर्दै जाने क्रममा ऐ. मनहरी गा.पा.९ स्थितमा रहेको ज्यामिरे कालिका सामुदायिक बनभित्र मानिसहरुको आवाज बोलेको जस्तो सुनि जंगलभित्र गई हेर्दा उक्त टोलीलाई देख्नासाथ मानिसहरू भागेको, निजहरुले पिठ्युमा बोकी लिई हिडेको प्लाष्टिकको दुई वटा बोराभित्र लुकाई छिपाई ल्याएको ला.औ.गाँजा.नियन्त्रणमा लिई नेपाल सुरक्षा बेश कत्ले खोला मकवानपुरमा ल्याई राखेकोमा ऐ.०३।०६ गते १०.५० बजे इ.प्र.का.मनहरीमा ल्याई बुझाई तौल गर्दा ला.औ. गाँजा १२ के.जी.७७० ग्राम भएकोले थप अनुसन्धान कार्य भईरहेको ।   २. झापा   काकरभिट्टाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर न.पा.वडा नं. ५ स्थित भन्सार चोकमा भारतबाट नेपाल तर्फ आई रहेको चालक जि. काठमाण्डौ म.न.पा. वडा नं.२६ बस्ने वर्ष २४ को निवेश कुँवरले चलाई लिई आई रहेको बा.प्रदेश ०१-०३० च ७७९३ नं.को नेटाकम्पनीको ब्लु रंगको कार रोकी चेक जाँच गर्ने क्रममा चालक निवेश कुँवरले कालो प्लाष्टिकमा प्याक गरि चालकबस्ने सिटमा राखेर त्यसमाथि बसेर लुकाईछिपाई ल्याई रहेको अवस्थामा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ फेला परेकोले उक्त लागू औषध जस्तो देखिने खैरो लिसाइलो पदार्थलाई तत्कालै मान्यताप्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक सहित ५१ (एकाउन्न) ग्राम ९९० (नौ सय नब्बे) मिली ग्राम रप्लाष्टिकं बाहेक ४७ (सडचालिस) ग्राम ६९० (छ सय नब्बे) मिलि ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिनेलिसाइलो पदार्थ र कारलाई नियमानुसार बरामद गरि कार चालक निवेश कुँवर र कारमा सवार जि.लमजुङ कोलासोतार गा.पा.वडा नं.७ बस्ने वर्ष २२ की नोजिना रानामगरलाई समेत नियन्त्रणमा लिई जि.प्र.का. झापामा ल्याई थप अनुसन्धान भई रहेको।