मिति २०८२।०३।०२ गते देखि ऐ. ३ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०३
- A
- A-
- A+
सिन |
जिल्ला |
विवरण |
कै |
ज.ज.क./ज.ज.क.
उधोग |
|||
१. |
मनाङ |
जि.गोर्खा धार्चे
गा.पा.४ घर भई हाल जि.मनाङ नासो गा.पा.९ दानाक्यू स्थित सिनो हाईड्रोपावरको मेषमा
बिगत ४ महिना देखि काम गर्दै आएकी अं.१४ वर्षकी बालिकालाई सोही हाईड्रोपावरमा स्टोरकिपर
(सहायक) काम गर्ने जि. लमजुङ मर्स्याङदी गा.पा.३ टुनिखर्क बस्ने वर्ष ३१ को डुल बहादुर
गुरुङले आफु सुत्ने कोठामा मिति २०८२।०१।१२ गते २२:०० बजे निजलाई ललाई फकाई गरी लगि
जवरजस्ती करणी गरेको भनी ऐ.०२ गते जि.प्र.का.मा जाहेरी दरखास्त दिएकोमा प्र.ना.उ.को
कमाण्डमा टोली खटी गई ज.ज.क.गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई
अनुसन्धान कार्य भईरहेको । |
|
बालबिज्याईकर्ताहरु
बिच झै-झगडा तथा कुटपिट |
|||
१. |
भक्तपुर
|
मध्यपुर
ठिमी न.पा.२ सानोठिमी स्थित बालसुधार गृहमा कानुनी विवादमा परेका बालबिज्याईकर्ताहरु
बीच एक-आपसमा विवाद भई झै-झगडा तथा कुटपिट हुँदा जि.नुवाकोट बेलकोट गा.पा.१० घर भएको
वर्ष १९ को राहुल परियार (ज.ज.क.मुद्धा) टाउकोमा चोट, अवस्था
सामान्य), जि.सुनसरी भोक्राह नरसिंह गा.पा.५ घर भएको वर्ष १७
को साहेल मंसुरी (ज.ज.क.मुद्धा) ओठ, टाउको र निधारमा चोट,
अवस्था सामान्य, जि.खोटाङ ऐसेलुखर्क महेश्वरी
गा.पा.५ बस्ने वर्ष १८ को मेघराज बन (ज.ज.क.मुद्धा) दुबै आँखा सुन्निएको,
अवस्था मध्यम, तीनै जना घाईतेलाई उपचारको लागि कोरियन अस्पताल ठिमी लगेकोमा ऐ.१४:४० बजे
२ जना डिस्चार्ज भएको, मेघराज बनलाई थप उपचारको लागि वीर अस्पताल काठमाण्डौ लगी उपचार भईरहेको
। फ्लोप अप १. २
जना घाइते गरि ४ जनालाई बालसुधार केन्द्रबाट वृत ठिमीमा राखेको। २. घाइते
मेघराज बनलाइ काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा icu मा
राखि उपचार भैरहे ३. सिटी
स्क्यानको रिपोट Normal
र Blood रिपोट आउन बाँकी । |
|
हातहतियार
बरामद |
|||
१ |
बाजुरा |
खप्तड छेडेदह
गा.पा.६ नाइनालेक बस्ने रमेश बादी गन्धर्वको गोठ (छानो) मा अवैध बन्दुक रहेको भन्ने
गोप्य सुचनाको आधारमा जि.प्र.का.बाट प्र.स.ह.र अ.प्र.पोष्ट आटिचौरबाट प्र.स.नि.को
कमाण्डमा टोली खटी गई निजको गोठमा खानतलासी गर्दा लुकाई-छिपाई राखेको भरुवा बन्दुक
थान २ फेला पारी रमेश बादी गन्धर्वलाई नियन्त्रणमा लिएको, थप
अनुसन्धानको लागि जि.प्र.का.बाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको । |
|
ला.औ. |
|||
१. |
सुनसरी |
धरान उ.म.न.पा.१३
शिवधारा स्थित कोशी लोकमार्गमा स.प्र.बल, नेपाल सुरक्षा वेश धरानबाट स.प्र.ना.उ.को
कमाण्डमा खटिएको टोलीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख.०८४८
नं.को मिनि ट्रकलाई चेकजाँच गर्ने क्रममा २१३० के.जि.ला.औ.गाँजा फेला पारी उक्त ला.औ.गाँजा
र ट्रक नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागि ऐ.११:०० बजे जि.प्र.का.मा
बुझाएको, मिनि ट्रक चालक फरार, खो.त.भइरहेको
। |
|
२. |
सुनसरी
|
०१:३० बजेको
समयमा इटहरी उपमहानगरपालिका २० तरहरा जंगल नजिकै स्थित कोशी लोकमार्गमा गोप्य सुचनाको
आधारमा इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्र.नि. महेन्द्र पराजुली(९८४८१८४६९८)
को कमाण्डको प्रहरी टोलीले धरानबाट इटहरी तर्फ आउदै गरेको सबै सवारी साधन चेकजाँच
गर्ने क्रममा ना ५ ख ६११६ नं. प्लेट राखिएको सेतो कलरको मिनि ट्रकमा माथी सब्जि
(बन्दाकोबी ४८ बोरा,आलु १२ बोरा) लोड भएको तल ला.औ. गाँजा ७० बोरा तौल गर्न बाँकी सहित ट्रक,
ट्रक चालक जिल्ला धनकुटा सहिदभुमि गाँउपालिका ६ बस्ने बर्ष ३२ को राजेन्द्र
राई र ट्रकमा सवार ऐ.ऐ. बस्ने बर्ष ३३ को सुनिल राई र चेकिङ स्थानमा शंकास्पद रुपमा
आएका जिल्ला सुनसरी बराहक्षेत्र ९ बस्ने बर्ष ३४ को सुमन राई समेतलाई अनुसन्धानको
लागी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको
। |
|
३. |
झापा
|
मेचीनगर न.पा.६
काँकरभिट्टा स्थित नेपाल भारतको सिमा क्षेत्र पुरानो मेचीपुलमा लागू औषध नियन्त्रण
व्यूरो काँकरभिट्टाबाट प्र.ना.नि. को कमाण्डमा खटिएको टोलीले भाडाको सिटि सफारीमा
सवार भई आईरहेको ऐ.कन्काई न.पा.४ सुरुङगा बस्ने वर्ष ३३ को संञ्जित सिवा दर्जीलाई
शंकास्पद अवस्थामा फेला पारी शरीर तलासी लिने क्रममा लागू औषध खैरो हेरोईन जस्तो
देखिने लिसाईलो पदार्थ शुद्द तौल २१ ग्राम ९४० मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा
लिई इ.प्र.का.काँकरभिट्टा ल्याई राखिएको । |
|