मिति २०८२।०३।०३ गते देखि ऐ. ४ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०४
- A
- A-
- A+
|
सिन |
जिल्ला |
विवरण |
कै |
|
फुटकर ज्यान |
|||
|
१. |
रसुवा
|
नौकुण्ड गा.पा.५
र कालिका गा.पा.५ घट्टेखोला स्थित हाल नामथर वतन नखुलेको अं.वर्ष १६ की र अं.वर्ष
१३ की २ जना बालिकाको शव खोलामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.कालिकास्थानबाट
प्र.नि.र जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा टोली पुगी बुझ्दा मृतकहरु ऐ.नौकुण्ड
गा.पा.५ सिस्नेरि बस्ने लाल बहादुर मोक्तानको छोरीहरु अं.वर्ष १४ की (माइली छोरी)
सर्गम मोक्तान र वर्ष १० की (कान्छी छोरी) सबिना मोक्तान रहेको, निजहरु
ऐ.२ गते १७:०० बजे आफ्नै घरबाट ऐ.कालिका गा.पा.५ जिबजिबे स्थित कोठामा जान्छु भनी
हिँडेको, निज मृतकहरुको हजुरआमा मंगली मोक्तान र ठुलो बुबा
धन बहादुर मोक्तानबाट सनाखत हुन आएको, शवको कानुनी प्रकृया
पश्चात पो.मा.को लागि त्रिशुली अस्पताल नुवाकोट पठाएको । - मिति २०८२।०३।०३
गते अं.१९:०० बजेको समयमा निज मृतकको दिदी जिल्ला रसुवा नौकुण्ड गा.पा. वडा नं.०५
बस्ने बर्ष १४ की सादना मोक्तान लाइ अनुसन्धानको शिलसिलामा आफन्त द्वारा आफै उपस्थित
गराएको र मिति २०८२।०३।०४ गते ०१:२५ बजेको
समयमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्र.ना.उ.हेम बहादुर शाहीको कमाण्डको
टोलिले आवश्यक सोधपुछको लागि जिल्ला रसुवा नौकुण्ड गा.पा. वडा नं.०६ किमारजुङ स्थित
नौकुण्ड फेमिलि रिसोटबाट निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नियन्त्रणमा लिइ इ.प्र.का.
कालिकास्थान रसुवामा ल्याइ राखेको १.जिल्ला रसुवा
नौकुण्ड गा.पा. वडा नं.०६ बस्ने बर्ष ४० को तेन्जेन थिङ तामाङ । २.ऐ.ऐ. बस्ने
बर्ष २५ को आरिया घिसिङ । ३.ऐ.ऐ. बस्ने
बर्ष ३८ को सिङ्गि वाङ्जु लामा । ४.ऐ.ऐ. बस्ने
बर्ष १६ की डोल्मा घिसिङ । ५.ऐ.ऐ. बस्ने
बर्ष १५ की सजिना नेगी । ६.ऐ.ऐ. बस्ने
बर्ष १६ की अनुसा घिसिङ । |
|
|
ज.ज.क./उद्योग |
|||
|
२ |
झापा |
झापा ३१ गते
रातको २४:०० बजेको समयमा जिल्ला झापा सांकेतिक वतन ‘०४-५-१७-च’
( बास्तविक वतन कमल गा.पा.-६ गुवाबारी) स्थित आफ्नै घर कोठामा सांकेतिक
नाम ‘ह’ लाई आफ्नै झडकेलो बुवा सांकेतिक
नाम ‘ह १’ ले ज.ज.क. गरेको भनी आज मिती
२०८२।०३।०३ गते अ.१९:३० बजेको समयमा इप्रका दमकमा जिल्ला झापा कमल गा.पा. वडा नं.६
स्थितमा रहेको श्री मंगलमय माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका बर्ष ४३ की लक्ष्मी
ढकालले लिखित जाहेरी दिएकोमा निज सांकेतिक नाम ‘ह १’
लाई इप्रका दमकबाट खटिएको प्रसनि बाबुराम न्यौपानेको समेतको टोलीले
निजलाई निजकै घरबाट नियन्त्रणमा लिई इप्रका दमकमा ल्याई थप अनुसन्धान भईरहेको । |
|
|
३ |
सुर्खेत |
बिरेन्द्रनगर
नगरपालिका वडा न.०२ कोलडाँडा बस्ने बर्ष ५८ की महिलालाई मिति २०८२।०३।०२ गते अ.८:३०
बजे ऐ.बिरेन्द्रनगर न.पा.वडा न.०२ कोलडाँडा बस्ने वर्ष ५० को राम चन्द्र सुनारले
जबरजस्ती करणी गरेको भनी मिति २०८२।०३।०३ गते १०:०० बजे जि.प्र.का.सुर्खेतमा जानाकारी
गराउनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्र.नि. को कमाण्डमा ४ जनाको प्रहरी
टोली खटी गई पिडक राम चन्द्र सुनारलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, । |
|
|
४ |
ईलाम |
देउमाई न.पा.०२
खाम्द्रुङ स्थित सांकेतिक वतन ०३-५-६ बस्ने सांकेतिक नाम इलाम क्ष-१(०८१/०८२) को
छोरी बर्ष अं.१९ की मानसिक सन्तुलन ठिक नभएको सांकेतिक नाम इलाम -क्ष (०८१/०८२) लाई
निजकै बहिनी सांकेतिक नाम इलाम -क्ष-३(०८१/०८२)को boyfriend जिल्ला इलाम फाकफोकथुम गा.पा.०६ सिमसार बस्ने सारु भन्ने राई जातिको साथी
तत्काल नाम थर वतन नखुलेको पुरुष मानिसले ज.ज.क गरेको भनी आज मिति २०८२।०३।०३ गते
अं.२०:३० बजे जि.प्र.का. इलाममा पिडितको बुबा सांकेतिक नाम इलाम क्ष-१(०८१/०८२) ले
जाहेरी दरखास्त दिन साथ तत्काल इ.प्र.का. मंगलबारेबाट प्र.नि.को कमाण्डमा प्रहरी
खटि गई पिडकको खो.त. कार्य भई रहेको । |
|
|
सुन वरामद |
|||
|
१ |
काठमाण्डौ |
एयर अरेवियाको
उडान नं. G9 530 को फ्लाईट द्वारा शार्जाहबाट काठमाडौं आगमन भएकी यात्रु भारतीय नागरिक
राहदानी नम्बर X73528851 वाहक वर्ष ५३ की MEENA
SURJEET SINGH KHEMANI (महिला) लाई आगमन भन्सार एरियाको भन्सार चेकजाँच
पश्चात टनेल गेट अगाडी निजको गतिबिधी शंकास्पद देखिएकोले उक्त स्थानमा डिउटी खटिएको
प्रहरीले चेकजाँच गर्दा निजको मलद्वारबाट बेलना आकारको प्लास्टिकले र्याप गरेको
३ (तिन) वटा डल्ला सुन जस्तो देखिने अर्धठोस पदार्थ जम्मा अन्दाजी तौल ११५९ ग्राम
सहित लुकाई छिपाई ल्याएकोले निजलाई नियन्त्रणमा लिई बरामद सामान त्रि.अ.बि.सु.का.गौचर
लेखा शाखामा राखी निज महिलालाई पत्र सहित एकरात सुरक्षित राख्न प्रहरी बृत्त गौसाला
पठाईएको, ऐ.०४ गते कार्यालय समयमा आवश्यक अनुसन्धान एवं कारबाहीको
लागी त्रि.अ.वि.भन्सार कार्यालय सिनामंगल बरामदि सामान सहित पठाईने । |
|
|
पक्राउ/नियन्त्रण |
|||
|
१ |
काठमाण्डौ |
अल्फावेट नखुलेको
९९७१ न.को गाडीमा मानिस अपहरण गरि लगेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त
स्वयम्भूबाट खटिएको प्रहरी टोलीले ऐ.००;४५ बजेको समयमा का.जि.नागार्जुन
न.पा.-०८ सहकारी चोक भिमढुङ्गाबाट बा १७ च ९९७१ नं.को स्कारपिओ गाडी र उक्त गाडीमा
सवार जि. कालिकोट रास्कोट न.पा. ५ घर भई
हाल का.जि.का.म.न.पा.३० रातो पुल कोठा गरी बस्ने वर्ष २४ को प्रशान्त शाहीले देश
भारत हैदराबाद काचिगौड स्थित एक घरमा चोरी गरेको भन्ने सूचनाको आधारमा हैदरावादबाट
Inspector K Raghu Kumar को कमाण्डमा खटिएको प्रहरी टोलिले
निजलाई मिति २०८२/०२/०३ गते १६:३० बजे जिल्ला ललितपुर, बंगलामुखीबाट
दुई जना र ऐ. मिति ०३/०३ गते अ. २३;३० बजे का.जि.का.म.न.पा
३० रातोपुलबाट निज प्रशान्त शाहीकी श्रीमतीलाई समेत नियन्त्रणमा लिएर जाँदै गरेको
अवस्थामा प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक कारबाही तथा
अनुसन्धानको लागी . जि.कालिकोट रास्कोट न.पा.-५ घर भई हाल का.जि.का.म.न.पा ३० रातो. पुल कोठा गरी
बस्ने वर्ष २४ को प्रशान्त शाही ,जि.कालिकोट रास्कोट न.पा.५
घर भई हाल ऐ. रातो पुल कोठा गरी बस्ने प्रशान्त
शाहीको श्रीमती वर्ष १९ की निकिता बुढा शाही, जि.कालिकोट पचाल
झरना गा.पा.०२ घर भई हाल का जि बुढानिलकण्ठ न.पा.०२ भंगाल बस्ने वर्ष २६ को युवराज
शाही, जि. कैलाली घोडाघोडी न. पा.०१ घर भई हाल का जि गाठाटार
कोठा गरी बस्ने वर्ष २५ को सागर शाही , जि. धादिङ नौविसे ०२
घर भई हाल का.जि.का.म.न.पा १४ स्युचाटार बस्ने वर्ष ४५ को सुवास रुपाखेती (चालक),
देश भारत भई हैदरावाद प्रहरी परीसरमा कार्यरत Inspector K Raghu Kumar, देश भारत भई हैदरावाद
प्रहरी परीसरमा कार्यरत Sub Inspector Suresh Kumar ,देश भारत
भई हैदरावाद प्रहरी परीसरमा कार्यरत Police Constable Shiva Kumar लाई नियन्त्रणमा लिई
प्रहरी वृत्त स्वयम्भूमा ल्याई राखिएकोमा भारतीय प्रहरीहरू र चालक लाई होटल
पिस जोनमा विहान सम्पर्क गर्ने आउने गरि राखिएको । |
|
|
ला.औ. |
|||
|
१ |
बारा
|
जितपुर सिमरा
उ.म.न.पा.८ ईम्लिप्रति स्थित फिल्डबाट बिशेष सुचनाको आधारमा जि.प्र.का.बाट खटिएको
सुचना संकलनको टोली र इ.प्र.का.सिमराबाट प्र.ह.को कमाण्डमा संयुक्त रुपमा खटिएको
टोलीले ऐ.८ लोसण्डा बस्ने अं.वर्ष ४५ को रामपुकार सहनीलाई २ वटा बोरामा गरी अं.२२
के.जी.लागु औषध गाँजा सहित नियन्त्रणमा लिई इ.प्र.का.सिमरा बारामा ल्याई राखिएको
। |
|
|
२ |
सुनसरी
|
भोक्राहा नरसिंह
गा.पा.६ ढलान रोड स्थित इप्रका लौकही र ला.औ.नि.ब्युरो बिराटनगरबाट खटिएको संयुक्त
टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आउदै गरेको जि. धनकुटा
छथर जोरपाटी गा.पा.१ बस्ने वर्ष २९ को दिलिप गजमेर (विश्वकर्मा) लाई चेकजाँच गर्दा
निजको साथबाट ला.औ.खैरो हेरोईन जस्तो देखिने पदार्थ २३.३६ ग्राम, OPPO कम्पनीको मोवाईल समेत फेला पारी निजलाई नियन्त्रणमा लिई जि.प्र.का. सुसनरीमा
ल्याई थप अनुसन्धान भईरहेको । |
|
|
३ |
कास्की
|
जि.प्र.का.
कास्कीबाट प्र.नि. राज कुमार कार्की (९८४११८५४४८) को कमाण्डमा र लागू औषध नियन्त्रण
ब्युरो पोखराको संयुक्त टोलिले जिल्ला कास्की पोखरा म.न.पा. ८ प्रतिभा मार्ग स्थित
निम्न मो.सा. हरुमा सवार निम्न मानिसहरुलाई शंका लागी निजहरु को शरीर खानतलासी गर्दा
निजहरुले बोकेको पछाडी भिर्ने कालो खैरो रंगको झोला भित्र लुकाइ छिपाइ राखेको अवैध
लागुऔषध tapantadol-१०० mg को १०५० ट्याब्लेट, निजहरुले
प्रयोग गरेको मो.सा. र मोबाइल ५ थान सहित नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जि.प्र.का.
कास्की ल्याई राखेको, जि.प्र.का. कास्कीबाट अं. १ कि.मि. दक्षिण
पर्ने, बि.बि. पछि । निम्न;- १) ग १७
प ७२३३ नं. को मो.सा. चालक जि. स्याङ्जा पुतलिबजार न.पा. ५ घर भई हाल जिल्ला कास्की
पोखरा म.न.पा.१७ घारिकुलो बस्ने बर्ष २५ को राजेश ब. पौडेल । २) ऐ. मो.सा. पछाडि
सवार जिल्ला चितवन घर भई हाल पोखरा ८ प्रतिभामार्ग बस्ने बर्ष २३ कि रोज कुँवर ।
३) ग १४ प ३३५९ नं. को मो.सा. चालक जि. स्याङ्जा पुतलिबजार न.पा. ५ घर भई हाल पोखरा
७ पुरानो एयरपोर्ट बस्ने बर्ष २८ को मनोज रेग्मी । ४) ऐ. मो.सा. पछाडी सवार जिल्ला
स्याङ्जा पुतलिबजार न.पा.२ घर भई हाल पोखरा १७ घारिकुलो बस्ने बर्ष २८ को राज ब.
पौडेल । |
|