मिति २०८२।०३।०४ गते देखि ऐ. ५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०५
- A
- A-
- A+
|
सिन |
जिल्ला |
विवरण |
कै |
|
कर्तव्य
ज्यान |
|||
|
१. |
सर्लाही |
मिति
२०८२।०३।०३ गते १९:३० बजे गोडैता न.पा. ६ बगदह बस्ने वर्ष २७ को राम अधिन राय र ऐ.बस्ने विलास रायको श्रीमती वर्ष ६८ की राम
दुलारी राय बीच गोरेटो बाटोको बिषयलाई लिई झै-झगडा तथा कुटपिट हुँदा राम दुलारी राय
र निजको बुहारी वर्ष ३५ की पबिता देवी घाईते भई प्रदेशिक अस्पताल मलंगवामा उपचार
भईरहेकोमा राम दुलारी रायलाई थप उपचारको लागि काठमाडौं तर्फ लैजाने क्रममा जि.सिन्धुली
माझिटार स्थित घाईतेको अवस्था बिग्रि जिल्ला सरकारी अस्पताल सिन्धुलीमा लगी चेकजाँच
गर्दा डाक्टरले ऐ.०४ गते १५:३५ बजे मृत घोषणा
गरेको भनी सोही अस्पतालमा खटिएको प्र.क.मार्फत
खबर प्राप्त भएको,
शव सोही अस्पतालमा रहेको, कुटपिट गर्ने राम अधिन
राय नियन्त्रणमा, पबिता देवीको अवस्था सामान्य । |
|
|
ज.ज.क.,
बालयौन दुर्व्यवहार |
|||
|
१ |
मोरङ
|
उर्लाबारी
न.पा.७ स्कुलडाँडा स्थित राधिका मा.वि.उर्लाबारी मोरङको कम्प्युटर कक्षा कोठामा ऐ.विद्यालयमा
सामाजिक विषय पढाउने शिक्षक जि.झापा दमक बजार बस्ने वर्ष ५५ को तीर्थ कुमार श्रेष्ठले
मिति २०८२।०२।२६ गते १४:०० बजे सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत सांकेतिक नाम
२०८१ उर्लाबारी ३० क लाई बाल यौन दुरूपयोग गरेको भनी पीडितको दिदी सांकेतिक नाम २०८१
उर्लाबारी ३० ले ऐ.०३।०४ गते १७:०० बजे इ.प्र.का.उर्लाबारीमा जाहेरी दरखास्त दिएको
हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई पीडितलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि
कोशी अस्पताल विराटनगर पठाइएको, पीडक फरार रहेकोले खो.त.भइरहेको । |
|
|
शंकास्पद बस्तु
फेला |
|||
|
१ |
कञ्चनपुर
|
कृष्णपुर
न.पा.९ चप्परखोला स्थित भगवती चौधरीको खेतमा रहेको केराको बोट उखेल्ने क्रममा उक्त
बोट मुनी तारले बेरेको नट बोल्टले कसेको बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको
भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.रैकवारबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई
घटनास्थल सुरक्षित राखिएको,ऐ.१९:३० बजे श्री बराह दल गुल्म भगतपुर ब्यारेक
महेन्द्रनगर कञ्चनपुर बाट नेपाली सेनाका सह-सेनानी सुरज कटुवालको कमाण्डमा ७ जनाको
टोली घटनास्थल तर्फ खटी गई हेरी फर्केको, ५ गते पुन: सेनाको टोलि जाने, घट्ना स्थलमा नेपाल प्रहरी र सशस्त्र
प्रहरीको टोलि रहेको । |
|
|
धारिलो हतियार
प्रयोगद्वारा आत्महत्या ( आत्महत्या) |
|||
|
१. |
काठमाण्डौ
|
बुढानीलकण्ठ
न.पा.१ तौलुन स्थित निरशा श्रेष्ठको आमा वर्ष ६८ की बिन्दु कुमारी श्रेष्ठले धारिलो
हतियार खुकुरी प्रयोग गरी आत्महत्या गरेको भनी प्रभाग बूढानीलकण्ठमा जानकारी गराउनासाथ
प्रभाग बूढानीलकण्ठबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निज मृतक महिला आफ्नै
छोरी ज्वाईको घरमा बसी मधुमेह,प्याराल्याईसिस्को उपचार गराई रहेको र आज
छोरी र ज्वाई काममा गएको अवस्थामा ११:०० बजेदेखी १५:५५ बजेसम्ममा घरमा कोही नभएको
अवस्थामा निज मृत्तक बृद्व महिलाले धारिलो हतियार खुकुरी प्रयोग गरी आफ्नै शरीरमा
चोट लगाई खाना खाने कोठाबाट रगतहरू चुहाउँदै शौचालयमा शव फेला परेको, थप अनुसन्धानको लागि बृत्त महाराजगंजबाट प्र.ना.उ.को कमाण्डमा SOCO
अधिकृत सहितको टोली खटी कानुनी प्रकृया पश्चात शव पो.मा.का लागि त्रि.वि.शि.अ.महाराजगंज
पठाएको, घटनास्थलबाट धारिलो हतियार खुकुरी समेत फेला परेको
। |
|
|
ला.औ. |
|||
|
१. |
काठमाण्डौ
|
का.जि.काठमाण्डौ
म.न.पा.१५ अजिमा हल नजिक जि.धनुषा जनकपुर उ.म.न.पा.घर भई हाल ऐ.१५ अजिमा हल नजिक
सोनाम शेर्पाको साढे दुई तले घरको भुई तलामा डेरा गरी बस्ने वर्ष २० की मनिषा ठाकुरको
कोठामा ला.औ.वेचविखन भन्ने गोप्य सुचनाको आधारमा वृत्त स्वयम्भुबाट प्र.ना.उ.उद्वव
सिंह भाटको कमाण्डमा खटिएको प्रहरीले उक्त स्थानबाट निम्न ला.औ.,मोबाईल
फोन थान-२ र नेपालि रुपैयाँ २,२५,८००।-(
दुई लाख पच्चिस हजार आठ सय) समेत बरामद गरी निज मनिषा ठाकुरलाई पक्राउ गरी वृत्त
स्वयम्भुमा ल्याई राखिएको।घटनास्थल वृत्त स्वयम्भुबाट अं.६०० मिटर उत्तर पर्ने ।
निम्न ; १) ट्रमाडोल २१५० पत्ता ( २१५०० पिस ट्याब्लेट )। २)
( फेनारागन -२६० पिस ,डाईजापाम -२६०,नुर्फिन
-२६० पिस ) गरी जम्मा ७८० एम्पुल |
|