मिति २०८२।०३।०६ गते देखि ऐ. ८ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०८
- A
- A-
- A+
सिन |
जिल्ला |
विवरण |
कै |
कर्तव्य ज्यान |
|||
१. |
रुपन्देही |
बुटवल उ.म.न.पा.९
फाईनाईसचोक आईसिआई पथ स्थित गणेश पौडेलले संचालन गरेको हिमालय स्टोरको बाहिरपट्टि
पेटीमा मागी खाई हिड्नेजस्तो देखिने अं.वर्ष ४५ को पुरुष व्यक्ति तन्नाले मुख छोपेको
अवस्थामा मृत फेला परेको भनी प्रहरी बिट राजमार्ग चौराहामा जानकारी प्राप्त हुनासाथ
व.प्र.का.बुटवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पो.मा.को
लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको, मृतकको साथमा जि.गुल्मी
मालिका गा.पा.६ बस्ने वर्ष २९ को ज्योति वि.क.को नामको भोटर कार्ड समेत फेला परेको,
विगत ४ वर्षदेखि ऐ.सैनामैना न.पा.६ रामापुर बस्ने वर्ष ३७ को बालकृष्ण
न्यौपानेसँग बुटवल बजारको एरियामा कवाड संकलन गरी हिँड्ने भन्ने बुझिएकोले शंकास्पद
निज बालकृष्ण न्यौपानेलाई इ.प्र.का.बुटवलबाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले
ऐ.बुटवल उ.म.न.पा.७ श्रवण पथमा फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा आफूले ढुङ्गा
प्रहार गरी मारेको भनी स्वीकार गरेको । |
|
२. |
कैलाली
|
थप अपडेट:-मिति
२०८२।०३।०६ गतेको बिहान अ.०६:०० बजे, गौरीगंगा न.पा.०७ कैलाशपुर बस्ने
लक्ष्मण नाथको श्रीमती बर्ष २५ को तुलसी नाथ आफ्नो घर नजिकै रहेको सडकको नालामा मृत
अवश्थामा फेला परी आफन्तले घरको आँगनमा ल्याई राखेको खबर इ.प्र.का. मसुरिया कैलालीमा
प्राप्त हुनासाथ प्र.ब.ना.नि.को कमाण्डमा प्रहरी टोली खटिई घटनास्थल सुरक्षित राखी
इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट प्र.ना.उ. को कमाण्डमा SOCO को टोली खटी गई ऐ. ११:०० बजेको समयमा घटनास्थल कार्य पुरा गरी लास पो.मा.
को लागी से. १ च ४५७ नं. को एम्बुलेन्स द्वारा सेती प्रादेशिक अस्पताल धनगढी,
कैलाली पठाएको, मृतकको सुत्ने कोठामा निजको १६
दिनको बच्चा रहेको, मृतकको श्रीमान रोजगारीको शिलशिलामा भारतमा
रहेको, ऐ. ०७ गते १९:०० बजे मृतक तुलसी नाथ लाई कर्तव्य गरी
हत्या गर्ने मृतककै देवर बर्ष २० को नबिन नाथ लाई पक्राउ गरी निजको साथ बाट मृतकले
कानमा लगाउने गरेको सुनको रिङ थान – ८ (आठ) वटा र चाँदीको रिङ
थान – ४ (चार) वटा
निज नबिन नाथको साथ बाट रीतपूर्वक बरामद गरिएको । |
|
ज.ज.क. |
|||
१. |
झापा
|
मिति २०८२।०२।३१
गते अं. १८:३० बजेको समयमा जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं.७ डाँफे चौक स्थित
सुन्दरलाल राजवंशीको चिया बगान स्थितमा सांकेतिक वतन ०४-१-११-छ बस्ने वर्ष १९ को
सांकेतक नाम "A
(081/082)" काका नाता पर्ने ऐ.बस्ने वर्ष १७ की सांकेतिक नाम
"अं-१"लाई मिति २०८१।११।०३ गते अं. २३:०० बजेको समय देखी पटक पटक गरी अन्तिम
पटक गरी ज.ज.क गरेको भनि मिति २०८२।०३।०५
गते अं.१९:०० बजे जि.प्र.का झापामा जाहेरी निवेदन दिइएको हुदाँ उक्त स्थानमा
जि.प्र.का झापाबाट प्रसनि संजय माझीको कमाण्डमा प्रहरी खटि गई निज दुबै जनालाई नियन्त्रणमा
लिई जिप्रका झापामा ल्याई सोधपुछ तथा अनुशन्धान कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको,उक्त स्थान जिप्रका झापाबाट
२ किमि दक्षिण पश्चिम । जानकारीको लागि
–पीडित जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. ७ सालमारा बस्ने बर्ष ३५ को
संजय राजवंशीको छोरी वर्ष १७ की स्वास्तिका राजवंशी । पिडकः- ऐ. बस्ने
सोमलाल राजवंशीको छोरा वर्ष १९ को अर्जुन राजवंशी । |
|
२. |
प्यूठान |
मिति २०८२।०२।२२
गते अं.०९:०० बजे अर्घाखाची सितगंगा न.पा. ७ घर भई जि.प्युठान सरुमारानि गा.पा.२
मैदान खारा स्थित मामा घर गएकी वर्ष ४ की बालिकालाई ऐ.बस्ने (कानुनको बिबादमा परेको
बालक) वर्ष १३ को बालकले ज.ज.क.गरेको भन्ने ऐ.०६ गते १९:१५ बजे,खबर
प्राप्त हुनासाथ जि.प्र.का.प्युठानबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई पिडकलाई नियनम्त्रणमा
लिई जि.प्र.का.प्युठानमा ल्याई राखिएको । |
|
धारिलो हतियार(खुकुरी)
प्रहार |
|||
१. |
मकवानपुर |
हेटौडा उ.म.न.पा.७
हरीयाली बस्ने वर्ष ३२ को कृष्ण क्षेत्रीलाई सोही स्थान बस्ने वर्ष ४२ को मिन बहादुर
लोप्चनले एक्कासी आई धारिलो हतियार(खुकुरी) प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त
हुनासाथ अ.प्र.पोष्ट हरियालीबाट प्र.ह. र इ.प्र.का.पशुपतिनगरबाट प्र.नि.को कमाण्डमा
टोली खटी गई घाईतेलाई उपचारको लागि हेटौडा अस्पताल मकवानपुरमा ल्याई उपचार भईरहेको, अवस्था
मध्यम, कुटपिट गर्ने
मिन बहादुर लोप्चन फरार खो.त. कार्य भईरहेको । |
|
सुन बरामद |
|||
१. |
कास्की |
पोखराको विभिन्न
स्थानहरुमा अवैध रुपमा विक्री वितरणको लागि भारतबाट सुन ल्याएको भन्ने गोप्य सूचनाको
आधारमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ. पोखरा म.न.पा.२२
पुम्दी भुम्दीबाट भारत घर भएको अं. वर्ष ४९ को कुलदिप सिंह र जि. रुपन्देही तिलोत्तमा
न.पा.५ बस्ने वर्ष ४७ को राम बहादुर बि.क.समेत २ जनालाई सुन जस्तो देखिने पहेँलो
रङको धातुबाट बनेका पत्थर सहितको गरगहना (मुन्द्रा, मंगलसुत्र
लगायत) अं.८२ तोला सहित फेला पारी नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको । |
|
हात हतियार
बरामद |
|||
१. |
झापा |
मेचीनगर न.पा.
वडा न.६ काँकरभिट्टा बसपार्क स्थित इ.प्र.का. काँकरभिट्टाकाबाट प्र.ना.उको कमाण्डमा
खटिएको प्रहरी टोलीले चेकजांच गर्दा देश भारत दुर्गानगर सिलिगुडि बस्ने वर्ष अं.
३५ को जय प्रकाश कुमार पाठकलाई WB 70
G 3232 नं.को गाडि सहित नियन्त्रणमा लिई इ.प्र.का काँकरभिट्टामा ल्याई
चेकजाँच गरि हेर्दा उक्त गाडीको चालक बस्ने सिटमुनी राखेको STAR RX ( IN
XAMPL CO2 001907 4.5 MM) MAKE IN INDIA लेखिएको
एयर पेस्तोल जस्तो देखिने चालु अस्थामा रहेको हतियार १ थान र उक्त हतियारमा भएको
म्याग्जिनमा एयर वुलेट जस्तो देखिने ५ थान राउण्ड, चालक बस्ने
सिटदेखि वाँयातर्फको सिटको मुनी दुवै साईडमा १-१ थान दाव सहितको खुकुरी जम्मा २ थान
फेला परेको र जय प्रकाश कुमार पाठकको शरीरबाट REDMI मोवाईल
१ थान, SAMSUNG कम्पनीको मोवाईल १ थान गरी जम्मा २ थान मोवाईल
सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का. काँकरभिट्टामा ल्याई थप अनुसन्धान कार्य भई
रहेको । |
|
ला.औ. |
|||
१. |
मकवानपुर |
मनहरी गा.पा.९
रजैया स्थित पूर्व-पश्चिम सडकखण्डमा नेपाल सुरक्षा बेश कत्ले खोला मकवानपुरबाट स.प्र.ना.नि.को
कमाण्डमा खटिएको टोलीले ऐ.०३।०५ गते अं.२१:३० बजे गस्ती गर्दै जाने क्रममा ऐ. मनहरी
गा.पा.९ स्थितमा रहेको ज्यामिरे कालिका सामुदायिक बनभित्र मानिसहरुको आवाज बोलेको
जस्तो सुनि जंगलभित्र गई हेर्दा उक्त टोलीलाई देख्नासाथ मानिसहरू भागेको, निजहरुले
पिठ्युमा बोकी लिई हिडेको प्लाष्टिकको दुई वटा बोराभित्र लुकाई छिपाई ल्याएको ला.औ.गाँजा.नियन्त्रणमा
लिई नेपाल सुरक्षा बेश कत्ले खोला मकवानपुरमा ल्याई राखेकोमा ऐ.०३।०६ गते १०.५० बजे
इ.प्र.का.मनहरीमा ल्याई बुझाई तौल गर्दा ला.औ. गाँजा १२ के.जी.७७० ग्राम भएकोले थप
अनुसन्धान कार्य भईरहेको । |
|
२. |
झापा
|
काकरभिट्टाबाट
प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर न.पा.वडा नं. ५ स्थित
भन्सार चोकमा भारतबाट नेपाल तर्फ आई रहेको चालक जि. काठमाण्डौ म.न.पा. वडा नं.२६
बस्ने वर्ष २४ को निवेश कुँवरले चलाई लिई आई रहेको बा.प्रदेश ०१-०३० च ७७९३ नं.को
नेटाकम्पनीको ब्लु रंगको कार रोकी चेक जाँच गर्ने क्रममा चालक निवेश कुँवरले कालो
प्लाष्टिकमा प्याक गरि चालकबस्ने सिटमा राखेर त्यसमाथि बसेर लुकाईछिपाई ल्याई रहेको
अवस्थामा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ फेला परेकोले उक्त
लागू औषध जस्तो देखिने खैरो लिसाइलो पदार्थलाई तत्कालै मान्यताप्राप्त डिजिटल तराजुमा
तौल गर्दा प्लाष्टिक सहित ५१ (एकाउन्न) ग्राम ९९० (नौ सय नब्बे) मिली ग्राम रप्लाष्टिकं
बाहेक ४७ (सडचालिस) ग्राम ६९० (छ सय नब्बे) मिलि ग्राम लागू औषध ब्राउन सुगर जस्तो
देखिनेलिसाइलो पदार्थ र कारलाई नियमानुसार बरामद गरि कार चालक निवेश कुँवर र कारमा
सवार जि.लमजुङ कोलासोतार गा.पा.वडा नं.७ बस्ने वर्ष २२ की नोजिना रानामगरलाई समेत
नियन्त्रणमा लिई जि.प्र.का. झापामा ल्याई थप अनुसन्धान भई रहेको। |
|