मिति २०८२।०३।०८ गते देखि ऐ. ९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०९
- A
- A-
- A+
सिन |
जिल्ला |
विवरण |
कै |
कर्तब्य ज्यान |
|||
१ |
सुनसरी |
बराहक्षेत्र
न.पा.५ मुसहरी टोल बस्ने वर्ष ३० को सोनिया मुसहरले ऐ.७ गते २१:०० बजे मा.प.से.गरी
आफ्नै घरमा आफ्नै श्रीमती वर्ष २४ की ढलिसदा मुसहर संग वादविवाद हुँदा निजलाई कुटपिट
गर्दा घाईते भई घरमा नै राखेकोमा ऐ.८ गते ०९:२५ बजे मृत अवस्थामा रहेको भन्ने खबर
प्राप्त हुनासाथ प्र.चौ.भरोलबाट प्र.स.नि.र इ.प्र.का.महेन्द्रनगरबाट प्र.नि.को कमाण्डमा
टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान
घोपा धरान पठाएको,
सोनिया मुसहर नियन्त्रणमा । |
|
ज.ज.क. / बाल
यौन दुर्व्यवहार |
|||
१ |
उदयपुर |
त्रियुगा न.पा.१०
बस्ने परिवर्तित नाम गाईघाट ९७ (घ) की नातिनी
वर्ष १३ की परिवर्तित नाम गाईघाट ९७ लाई परिवर्तित नाम गाईघाट ९७ (क) ले आफ्नै
छोरीलाई आफ्नै घर कोठामा ललाई फकाई पटक पटक ज.ज.क गरेको भनि मिति २०८२।०३।०८ गते
अ.१६:०० बजे जिप्रका उदयपुरमा आई पिडितको हजुरआमाले जाहेरी दिन साथ जिप्रका उदयपुरबाट प्रहरी टोलि खटि गई गाईघाट ९७ (क) लाई
पक्राउ गरी जिप्रका उदयपुर ल्याई थप अनुसन्धान कार्य भइरहेको, पिडितलाई
सेफ हाउसमा लगी राखेको स्वास्थ्य अवस्था सामान्य रहेको, |
|
हा.ह.बरामद |
|||
१ |
रुकुम पूर्व
|
मिति २०८२।०३।०७
गते २१:३० बजे सिस्ने गा.पा.२ दल्लुगैरा बस्ने बम बहादुर कामीको श्रीमती वर्ष ४३
की तृष्णा कामीलाई ऐ.बस्ने वर्ष ३२ को शेर बहादुर कामी र ऐ.बस्ने वर्ष २६ को हिराजंग
कामीले निज बम बहादुर कामीको घरमा प्रवेश गरी निजको श्रीमती तृष्णा कामीलाई चक्कु
प्रहार गरी घाईते बनाएको भनी खबर प्राप्त भएकोले इ.प्र.का.प्वाङबाट प्र.ना.नि.को
कमाण्डमा टोली खटी गई तृष्णा कामीलाई प्रहार गरेको धारिलो हतियार (चक्कु) खोज्ने
क्रममा ऐ.८ गते ११:०० बजे ऐ.बस्ने बम बहादुर कामीको घरदेखि अं.३० मिटर उत्तर तर्फ
निजकै मकै बारीमा सिस्नोको झाडीमा बेवारिसे अवस्थामा लुकाई छिपाई राखिएको ३ नाल
(सावुत) भरुवा बन्दुक फेला पारी नियन्त्रणमा राखी बरामदी मुचुल्काको लागि जि.प्र.का.बाट
प्र.व.ह.को कमाण्डमा टोली खटी गई अनुसन्धान कार्य भईरहेको, घाईतेलाई
थप उपचारको लागि ऐ.१३:४५ बजे पोखरा तर्फ रिफर । चक्कु प्रहार
गर्ने शेर बहादुर कामी र हिराजंग कामी र तृष्णा कामीको श्रीमान बम बहादुर कामी समेत ३
जना प्रहरीको नियन्त्रणमा रहेको, |
|
२ |
कैलाली
|
धनगढी उप-महानगरपालिका
१२ पटरीघाट नेपाल भारत सिमाना स्थित पैदल हिडिरहेको अवस्थामा अ.प्र.पो.जुगेडा कैलालीबाट
खटिएको प्र.ब.ना.नि. र जि.प्र.का.कैलाली अ.अ.समुहबाट प्र.ना.नि.को कमाण्डमा खटिएको
संयुक्त प्रहरी टोलीले देश भारत लखिमपुर जिल्ला बेलावर्सी बस्ने बर्ष २४ को सौरब
सिंह र ऐ.ऐ.बस्ने बर्ष २० को विपिन कुमारको साथबाट कटुवा पेस्तोल नाल – १ र
ऐ.ऐ.मा लाग्ने गोली – १ राउण्ड बरामद गरि निजहरुलाई हतियार
सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि तालुक जि.प्र.का.कैलालीमा पठाईएको
। |
|
३ |
सुनसरी
|
बराहक्षेत्र
न.पा. ०५ अमहा सिमसार जंगल स्थित भित्रि सडक खण्डमा धरानबाट कालाबञ्जार तर्फ आउदै
गरेको बा ६ च ८४०३ नम्बरको कालो कार प्र.चौ. भरौलबाट प्र.स.नि.को कमाण्डमा खटी गएको
चेकिङ टोलीलाई देख्नसाथ उक्त कार रोकी चालक र ४/५ जना सवार मानिसहरू जंगल तर्फ भाग्नसाथ
प्रहरी टोलीले उक्त कारलाई चेकजाँच गर्ने क्रममा कारको बिचको सिटमा WEBLEY & SCOTT
LIT LONDON & BIPMINGHAM, MADE IN ENGLAND
नामक राइफल खाली बन्दुक (राउण्ड नभएको) फेला परेको,
उक्त कार र राइफल बन्दुक इ.प्र.का. महेन्द्रनगरमा ल्याई राखिएको,
तत्काल चालक र ४/५ जना सवार मानिसहरू फरार रहेकोले खो.त.कार्य भईरहेको,। |
|
धारिलो हतियार
प्रहार |
|||
१ |
ललितपुर |
ललितपुर म.न.पा.
४ बिष्णुदेवी मन्दिर स्थित अपरिचित २ जना ब्यक्तिहरुसंग बिवाद हुदां धारिलो हतियार प्रहार गर्दा जिल्ला
महोत्तरी घर भई हाल ल.पु.जि. म.न.पा. ३ धोबिघाट बस्ने बर्ष ३० को रंजित मगर र जिल्ला
कैलाली घर भई हाल ल.पु.जि. म.न.पा. ४ बिष्णुदेवी मन्दिर बस्ने बर्ष २४ को खगेन्द्र
वयक घाईते भएकोले उपचारको लागी पाटन अस्पतालअस्पताल
र अल्का अस्पताल लगी उपचार भईरहेको,१ जनाको अवस्था गम्भीर,
१ जना सामान्य, उक्त स्थानमा प्रहरी प्रभाग सानेपाबाट
प्र.नि.को कमाण्डमा टोली खटी गई धारिलो हतियार प्रहार गरी फरार व्यक्तिहरुको खो.त.
तथा अन्य अनुसन्धान कार्य जारी रहेको । थप अपडेट:-
ऐ. १९:५० बजेको समयमा जि.ल.पु.म.न.पा. ०४ बिष्णुदेवी मन्दिर नजिक बाट घटनामा शंकास्पद
निम्न २ जना ब्यक्तिहरुलाई प्र.बृ. सातदोबाटो बाट खटिएको सादा पोशाख (सिभिल) को टोलीले
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । निम्न:- १) जि.ल.पु.म.न.पा. १३ एकान्तकुना
बस्ने बर्ष २१ को मन्दिप खड्गी । २) जि.कैलाली जानकी गा.पा. ८ घर भई हाल जि.ल.पु.म.न.पा.
१८ नख्खु बस्ने बर्ष २६ को बिरेन्द्र सिंह बिष्ट । |
|
ला.औ. |
|||
१ |
उदयपुर |
बेलका न.पा.१
प्रहरी बिट आम्बासी अगाडि प्र.स.ह.को चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा रामपुरठोक्सिलाबाट फत्तेपुरतर्फ
जाँदै गरेको को १ ज ३६२८ नं. को म्याजिक भेनमा सवार ऐ.७ मैनामैनी बस्ने वर्ष ३१ को
धन बहादुर राईको साथबाट अं.१२ के.जि.लागुऔषध गाँजा फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.रामपुरठोक्सिलामा ल्याई
थप अनुसन्धान कार्य भईरहेको । |
|