मिति २०८२।०३।१२ गते देखि ऐ. १३ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-१३
- A
- A-
- A+
सिन |
जिल्ला |
विवरण |
कै |
ज.ज.क. |
|||
१ |
पाल्पा |
रिब्दिकोट गा.पा.४
रानिठाटि बस्ने वर्ष १७ को बालकले मिति २०८२।०२।०३ गते अं.१०:३० बजे ऐ.बस्ने वर्ष
११ की बालिकालाई ज.ज.क.गरेको भनी ऐ.१२ गते १८:३० बजे टे.फो.मार्फत जि.प्र.का.पाल्पामा
जानकारी गराउनासाथ प्र.चौ.हार्थोकबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई आरोपित बालकलाई
नियन्त्रणमा लिई जि.प्र.का.पाल्पामा राखी आ.अ.भइरहेको । |
|
२ |
सुर्खेत |
बिरेन्द्रनगर
नगरपालिका वडा न.४ कृष्णटोल बस्ने वर्ष १२ की बालिकालाई मिति २०८२।०३।०९ गते ११:३०
बजे देश भारत बिहार लोकेन्द्रपुर बस्ने वर्ष २२ को मन्टु कुमारले ज.ज.क.गरेको भनी
मिति २०८२।०३।१२ गते १०:०० बजे जि.प्र.का.सुर्खेतमा जानकारी गराए पश्चात जिल्ला प्रहरी
कार्यालय सुर्खेतबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडक मन्टु कुमारलाई नियन्त्रणमा
लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखी आ.अ.भइरहेको । |
|
कर्तब्य ज्यान |
|||
१ |
अर्घाखाँची |
शितगंगा न.पा.६
पाखापानी बस्ने वर्ष ४२ को बिष्णु बहादुर बादीले सामान्य बिवादको कारण आफ्नै भाई
वर्ष ३२ को बम बहादुर बादीलाई धारिलो हतियार (बञ्चरो) ले प्रहार गर्दा घाईते भई घाईतेलाई
उपचारको लागि ठाडा स्वास्थ्य चौकी लगेकोमा ऐ.२३:१० बजे उपचारको क्रममा चिकीत्सकले
चेकजाँच गर्दा मृत घोषणा गरेको, शव सोही स्वास्थ्य चौकीमा राखिएको,
उक्त स्थानमा प्र.चौ.जलुकेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको,
धारिलो हतियार (बञ्चरो) र धारिलो हतियार (बञ्चरो) प्रहार गर्ने बिष्णु
बहादुर बादी प्रहरीको नियन्त्रणमा रहेको |
|
सुन बरामद |
|||
१ |
काठमाडौं |
टोखा न.पा.९
गोंगबु शिवमन्दिर नजिक भित्री सडक खण्डमा नक्कली सुन बोकी हिँडेको भन्ने गोप्य सूचनाको
आधारमा प्रहरी प्रभाग गोँगबुबाट प्र.नि.को टोली, सादा पोशाकको टोली साथै
प्रहरी प्रभाग गोँगबुमा कार्यरत अपराध महाशाखाको टोली समेत खटी गई उक्त स्थानमा हिँडिरहेको
जि. गोरखा बारपाक सुलिकोट गा.पा.२ घर भई हाल हाल का.जि.लोलाङ बस्ने वर्ष ३० को मानव
घलेलाई फेला पारी चेकजाँच गर्दा निजको साथबाट निजले बोकेको रातो सानो ब्याग र ब्याग
भित्र (GOLD 1 KILO 9999 ECD 956052) लेखेको पहेंलो रङको आयातकार आकारको धातु सहित फेला पारी निजलाई नियन्त्रणमा
लिई प्रहरी प्रभाग गोँगबुमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको । |
|
हा.ह.बरामद |
|||
१ |
प्युठान |
गौमुखि गा.पा.५
ओख्रे बस्ने वर्ष १९ को बिक्रम पाण्डेले भरुवा बन्दुक लिई हिँडेको भन्ने खबर प्राप्त
हुनासाथ इ.प्र.का.पुजालिवासेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खो.त. गर्ने क्रममा
निजको घर भित्र लुकाई छिपाई राखेको अवस्थामा लाईसेन्स नभएको भरुवा बन्दुक थान १ फेला
पारी निज बिक्रम पाण्डेलाई नियन्त्रणमा लिएको, थप अनुसन्धानको लागि
जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको । |
|
अवैध रकम बरामद |
|||
१ |
रौतहट |
गौर न.पा.१
भन्सार कार्यालय अगाडि स्थित भन्सार सुरक्षा गार्ड रौतहटबाट प्र.स.नि.को कमाण्डमा
खटिएको चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR05AE 6705 नं.को मो.सा.लाई शंका लागी चेकजाँच
गर्दा उक्त मो.सा.को सिट मुनि र हेल्मेटमा
लुकाई छिपाई गरी ल्याउदै गरेको स्रोत नखुलेको रकम ने.रु.१०,०४,५००/-(दश लाख चार हजार पाच सय) सहित उक्त नं.को
मो.सा.र मो.सा.चालक ऐ.गौर न.पा.१ ट्रान्सफर्मर चोक बस्ने वर्ष ३० को मोहम्मद करमान
अलीलाई नियन्त्रणमा लिई गौर भन्सार कार्यालय
रौतहटमा बुझाउने पहल भईरहेको । |
|
शंकास्पद बस्तु
फेला |
|||
१ |
पाँचथर |
फिदिम न.पा.६
शिवा बस्ने वर्ष अं.४० को भुपाल तुम्रोकको ढुङ्गा माटोको गारो जस्ताको छानो रहेको
२ तले घरको माथिल्लो तलाको गारो सेपटीमा हेर्दा (गोलो डल्लो) ग्रिनेट जस्तो देखिने
शंकास्पद बस्तु फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नवमीडाँडाबाट प्र.ह.को
कमाण्डमा र जि.प्र.का.पाँचथरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई उक्त घरका मानिसहरु
लगायत अन्य मानिसहरुलाई १०० मिटर वरिपरि हटाई उक्त स्थान सुरक्षित राखेको, डिस्पोजको
लागि नेपाली सेनाको बिरदल गण ओदिन ब्यारेक पाँचथर संग समन्वयय गरी ऐ.१९:२० बजे डिस्पोजको
लागि नेपाली सेनाको उपसेनानीको कमाण्डमा टोली खटी गई उक्त स्थानमा पुगेको,
डिस्पोज हुन बांकि रहेको । |
|
ला.औ. |
|||
१ |
बारा |
जितपुर-सिमरा
उ.म.न.पा.१७ रामनगर चोक स्थित प्र.चौ.जैतापुरबाट प्र.स.निको कमाण्डमा खटिएको गस्ती
टोलीले रामनगरबाट मधुवन तर्फ जाँदै गरेको नम्बर नलेखेको कालो-खैरो हिरो सुपर स्पेलेन्डर
मो.सा.लाई रोक्न खोज्दा नरोकी भागेकोमा उक्त मो.सा.लाई लखेट्दै जाँदा मो.सा.चालक
र पछाडि सवार दुवै जना मो.सा. र निजहरुको साथमा रहेको पहेलो रङको बोरा छाडी फरार
भएको,
उक्त बोरामा चेकजाँच गर्दा अं.२० के.जि.लागु औषध गाँजा बरामद गरी मो.सा.र
लागु औषध गाँजा नियन्त्रणमा लिई प्र.चौ.जैतापुरमा ल्याई राखिएको, अन्य अनुसन्धान कार्य भईरहेको । |
|
२ |
सिन्धुली |
कमलामाई न.पा.९
भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्गमा इ.प्र.का.भिमानबाट प्र.नि.को कमाण्डमा खटिएको
चेकिङ टोलीले बर्दीबासबाट काठमाण्डौतर्फ जाँदै गरेको चालक जि.महोत्तरी बर्दीबास न.पा.१
बस्ने वर्ष ३१ को एमिनल भुजेलले चलाएको म.प्र.०४-००१ज ०१५५ नं. को यात्रुवहाक EV हायस
गाडीलाई चेकजाँच गर्दा सोही गाडीमा सवार जि.सर्लाही बरहथवा न.पा. ७ बस्ने वर्ष ३०
को विक्रम चौधरीले लुकाई छिपाई ल्याएको अवस्थामा लागु औषध नाईट्राभेट-१० (NITRAVET-10) - ९६ पत्ता (प्रति पत्ता ३० पिसको दरले जम्मा -२८८० पिस ) र गाडीको छतमा
राखेको जुटको बोराबाट लागुऔषध ट्रामाडोल (TRAMADOL) - १,४५० पत्ता (प्रति पत्ता २० पिसको
दरले जम्मा -२९,००० पिस ) फेला पारी नियन्त्रणमा लिई अनुसन्धान
कार्य भईरहेको । |
|