मिति २०८२।०३।१५ गते देखि ऐ. १६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-१६
- A
- A-
- A+
सिन |
जिल्ला |
विवरण |
कै |
कर्तव्य ज्यान |
|||
१. |
मोरङ
|
मिति २०८२।०३।१४
गते धनपालथान गा.पा.५ रंगपुर वैरिया बस्ने वर्ष ७ की नावालिका शरीरमा चोटपटक भएको
अवस्थामा घरबाट अं.१५० मिटर उत्तरतर्फ रहेको श्री दुर्गा आधारभुत विद्यालय नजिक मृत
अवस्थामा फेला परेकोमा अनुसन्धानको क्रममा शंकित वर्ष २२ का निज नावालिकाको काका
नाता पर्नेले कसुरको स्वीकार गरेको हुँदा ऐ.१५ गते १५:०० बजे निजलाई हाडनातामा जवरजस्ती
करणी र ज्यान सम्वन्धी कसुर (कर्तव्य ज्यान) मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतमा
म्याद थपको लागि उपस्थित गराईएको । |
|
फुटकर ज्यान |
|||
१. |
काभ्रेपलान्चोक
|
बनेपा न.पा.१०
पुल बजार स्थित ऐ.खानिखोला गा.पा.४ घर भई हाल बनेपा न.पा.८ चादनी चोकमा डेरा गरी
बस्ने पञ्च राम लोप्चनको छोरा वर्ष अं.४० को दिपक लोप्चनलाई ऐ.बनेपा न.पा.५ बस्ने
वर्ष अं.२८ को सविन कपाली समेत ४ जना मानिसहरुले रिक्सामा राखेर बनेपा न.पा.८ तिनधारा
तर्फ लैजाने क्रममा ई.प्र.का.बनेपाबाट खटिएको प्रहरी QRT टोलिले
चेकजाँच गरी सोधपुछ गर्दा ४ जनाबाट फरक-फरक कुरा खुल्न आएकोले शंका लागी ४ जनालाई
नै नियन्त्रणमा लिई इ.प्र.का.बनेपामा राखिएको, अचेत दिपक लोप्चनलाई
एम्बुलेन्स मार्फत शिर मेमोरियल अस्पताल बनेपा पठाएकोमा ऐ.२३:५५ बजे उपचारको क्रममा
डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको,
मृतकको शरिरमा निलडाम बाहिरी घाउ चोटपटक केहि नदेखिएको, घटनास्थल मुचुल्का तथा थप अनुसन्धानको लागि इ.प्र.का.बनेपाबाट प्र.नि.को
कमाण्डमा SOCO सहितको टोली खटी गएको |
|
ज.ज.क./यौन
दुर्वयवहार |
|||
१. |
दाङ |
मिति २०८२।०३।१२
गते अं.२०:०० बजे जिल्ला रोल्पा रोल्पा न.पा.१० भोकासिवाङ घर भई हाल जिल्ला दाङ राप्ती
गा.पा.८ पिपरी स्थित मामा घरमा बस्ने वर्ष १५ की बालिकालाई मेला हेर्न भनी जाँदै
गरेको अवस्थामा जि.दाङ गढवा गा.पा.५ बस्ने वर्ष नखुलेको मोहम्मद साहिल खान मो.सा.मा
आई मो.सा.पछाडी राखेर जि.दाङ राप्ती गा.पा.८ सिसहनिया पुल नजिक रहेको मोटर बाटोमा
लगेर धाक धम्कि त्रास देखाई ऐ.२२:४५ बजे ज.ज.क.गरेको भनी पीडितको बुवाले इ.प्र.का.भालुबाङमा
मिति २०८२।०३।१५ गते जबरजस्ति करणि मुद्दामा किटानी जाहेरी दरखास्त दिए पश्चात इ.प्र.का.भालुवाङबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडक मोहम्मद साहिल खानलाई नियन्त्रणमा लिई इ.प्र.का.भालुवाङमा
ल्याई अनुसन्धान कार्य भईरहेको, पीडित बालिकाको अवस्था सामान्य रहेको, |
|
२. |
कपिलवस्तु |
शुद्धोधन गा.पा.३
बस्ने वर्ष २५ की किशोरी मिति २०८२।०१।२२ गते अं.१०:१५ बजे बहिनीको विवाह भएकोले
म सँग भएको नगद रु.२७००००। र ३ तोला सुनहरु पुर्याउनु पर्ने भएकोले सो सामानहरु
सहित मलाई बहिनीको विवाहमा पुर्याउन बिहान प्रतिवादीहरु सुरेन्द्र यादव समेत ४ जनाको
मिलोमतमा भैरहवाको चिया पसलमा लगेर लठ्याउने चिजवस्तु खुवाई भारतको मुम्बईमा लगेर
डेरा कोठामा राखी बन्धक बनाई ४ जना नै प्रतिवादीहरुले मेरो इच्छा विपरीत कार्य गरेको
हुँदा निजहरुलाई पक्राउ गरी कानून बमोजिम कारवाही होस भन्ने समेत व्यहोराको जाहेरी
दरखास्त हुलाक मार्फत जि.प्र.का.कपिलवस्तुमा प्राप्त हुनसाथ जि.प्र.का.कपिलवस्तुको
मुद्दा नं.२३१ (२०८१/०८२) मा मुद्धा दर्ता भई थप अनुसन्धान भईरहेको, पीडितलाई
यौनजन्य स्वास्थ्य परिक्षण गरी आफन्तको जिम्मा लगाई पठाएको, अवस्था सामान्य रहेको, घटनामा संलग्न प्रतिबादी फरार,
खो.त.कार्य भईरहेको । |
|
३. |
इलाम
|
इलाम माई न.पा.
२ शितलि स्थित हरियालि रेसम शैक्षिक सार्वजनिक गुठी नाम रहेको स्कुलमा सोहि स्कुलका
संस्थापक ऐ.बस्ने वर्ष अ. ५२ को खेमराज ढकालले सोहि स्कुलमा कक्षा ६ र ७ मा अध्यनरत
बालिकाहरुलाई बिभिन्न किसिमको प्रलोभन, डर,
त्रास देखाई यौन दुर्ब्यवहार गरेको भनी प्र.चौ.लोदिया दानाबारीमा ऐ.२०:००
बजे जानकारी प्राप्त हुनासाथ प्र.चौ.दानाबारीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी
गई पिडकलाई नियन्त्रणमा लिई प्र.चौ.लोदिया
दानाबारीमा ल्याई राखिएकोमा स्थानीय पिडित पक्षका अं.१०० जना प्र.चौ.दानाबारी
आई कालो मोसो दल्नुपर्छ भनी बसेकोमा पीडितहरुको अभिभावकहरुलाई सम्झाई बुझाई गर्ने
कार्य भइरहेको, सुरक्षार्थ प्र.चौ.दानाबारीबाट प्र.ना.नि.को
कमाण्डमा १२ जना, प्र.चौ.महमाईबाट ३ जना, जि.प्र.का.इलामबाट प्र.नि.को कमाण्डमा १० जनाको र सशस्त्र प्रहरीको स.प्र.ना.नि.को
कमाण्डमा टोली खटी गएको, ऐ.१६ गते अं.००:५५ बजे पिडितहरुको
अभिभावकहरुलाई सम्झाई बुझाई गरी आ-आफ्नो घर तर्फ गएको, जि.प्र.का.इलामबाट
प्र.नि.को कमाण्डमा खटिएको टोलीले पिडक खेमराज ढकाललाई नियन्त्रणमा लिई जि.प्र.का.इलाममा
ल्याई राखिएको, |
|
ला.औ. |
|||
१. |
धनकुटा
|
धनकुटा न.पा.१
हिले स्थित ला.औ.कारोबार भईरहेको भन्ने सुचनाको आधारमा प्र.चौ.हिलेबाट प्र.ना.नि.को
कमाण्डमा टोली खटी गई ऐ.स्थित बस्ने वर्ष ३३ को राजेश तामाङको घर कोठा भित्र टेबलमा
राखेको प्लाष्टिकमा प्याक गरेको अवस्थामा रहेको ६ पोका (तौल गर्न बाँकी) ला.औ.खैरो
हिरोईन जस्तो देखीने लिसाईलो पदार्थ फेला पारी उक्त ला.औ.सहित सोही कोठा भित्र बसिरहेको
ऐ.धनकुटा न.पा.१ बस्ने वर्ष २८ को दिपेश राई, ऐ.बस्ने वर्ष ३३ को राजेश तामाङ,
ऐ.वर्ष २६ को सुजन तामाङ र ऐ.वर्ष २१ को सुमन तामाङलाई नियन्त्रणमा लिई जि.प्र.का.धनकुटामा राखी आवश्यक
अनुसन्धान भईरहेको |
|
२. |
सिरहा
|
सिरहा न.पा.१७
कमलाधार स्थितमा स.प्र.बल नेपाल नं.७ गण हे.क्वा.सिरहाबाट स.प्र.ना.नि.को कमाण्डमा
खटिएको गस्ति टोली ऐ.सिरहा न.पा.१७ पटेर्वा बस्ने वर्ष ४५ को राम कुमार मुखियाले
टाउकोमा नेपालबाट भारत तर्फ ९ पोका (तौल गर्न बाँकी) ला.औ. गाँजा लैजादै गरेको अवस्थामा
उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि ऐ.१६
गते ०१:५० बजे जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई बुझाईएको, |
|