मिति २०८२।०३।१७ गते देखि ऐ. १८ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-१८
- A
- A-
- A+
सिन |
जिल्ला |
विवरण |
कै |
कर्तव्य ज्यान |
|||
१ |
रुकुम पश्चिम |
चौरजहारी न.पा.
०३ टाटागाँउ बस्ने अं.वर्ष ३२ को चन्द्र बहादुर बुढाथोकीले आफ्नै श्रीमती वर्ष ३०
की देविका बुढाथोकीलाई धारिलो हतियार खुकुरीले घाँटीमा प्रहार गरी मृत्यु भएको छ
भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. चौरजहारी रुकुम पश्चिमबाट प्र.नि.को कमाण्डमा
टोली खटी गई घटनास्थलमा पुगी खुकुरी सहित निज चन्द्र बहादुर बुढाथोकीलाई नियन्त्रणमा
लिई जि.प्र.का. रुकुम पश्चिम पठाईएको र थप अनुसन्धानको लागी जि.प्र.का. रुकुम पश्चिमबाट
प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा. को लागि जिल्ला
अस्पताल सल्ले रुकुम पश्चिम पठाईएकोमा ऐ.१८ गते ०४:१० बजे शव जिल्ला अस्पताल सल्लेको
शव गृहमा राखिएको,
पक्राउ गरेको चन्द्र बहादुर बुढाथोकीलाई मेडिकल गरी जि.प्र.का हिरासत
कक्षमा राखिएको ,, |
|
ज.ज.क./ज.ज.क.उद्योग |
|||
१ |
मकवानपुर
|
मनहरी गा.पा.१
मकरी बस्ने वर्ष अं. १४ कि बालिकालाई सोहि स्थान बस्ने वर्ष अं. २० को पुजन सिङ्ताङले
बालिकाको घरमा गई कोठा भित्र प्रबेश गरी ज.ज.क. गरेको भन्ने खबर प्राप्त हुनासाथ
प्र.चौ. पदमपोखरी मकवानपुरवाट प्र.ना.नि.को कमाण्डमा टोलि खटि गई निज पिडकलाई नियन्त्रणमा
र बालिकालाई स्वास्थ्य परिक्षणको लागि अभिभावकको साथमा जि.प्र.का.मकवानपुरमा ल्याउने
तयारी भईरहेको ,बालिकाको स्वास्थ्य अवस्था सामान्य |
|
फुटकर ज्यान |
|||
१ |
कैलाली |
जानकी गा.पा.९
अमरावति बस्ने वर्ष ८० की माता देवी शाही आफ्नै जस्तापाताले छाएको एक्लै बस्ने दुई
तले घरको माथिल्लो तलामा आफु सुत्ने कोठाको खटियामा मृत्त अवस्थामा (घाटिमा घाउ/चोट
भएको) रहेको भनी खबर प्राप्त हुनासाथ तत्काल इ.प्र.का.टिकापुर बाट प्र.ना.उ. को कमाण्डमा
७ जनाको प्रहरी टोलि खटि गई थप अनुसन्धान कार्य भई रहेको उक्त स्थानमा इ.प्र.का.टिकापुर
बाट अ.८ कि.मि. उत्तर-पुर्व पर्ने । थप अपडेट:-ऐ.०८:५० बजेको समयमा सुदुरपश्चिम प्रदेश
केनाईन शाखा धनगढी कैलालीबाट प्र.स.नि.को कमाण्डमा ४ जना प्रहरी र १ वटा DOG सहितको
टोली घटनास्थलको लागी खटिई गएको । थपटिपोट;-ऐ.१०;४०बजे DOG सहितको टोली घटनास्थल पुगेको ऐ.१२;००बजे घटनास्थल कार्य पुरा गरी लाश पो.मा.को लागी टिकापुर अस्पताल टिकापुर
पठाईएको । थप टिपोटः- ऐ. १२:५५ बजेको समयमा उक्त लाश टीकापुर अस्पतालको शब गृहमा
राखिएको र केनाईन शाखा धनगढी कैलालीबाट खटिएको DOG सहितको टोली
र टीकापुर अस्पतालबाट खटि गएको डा. बिपुल भट्ट र डा. लोकराज भण्डारी को टोली समेत
फिर्ता भईसकेको । |
|
ला.औ. |
|||
१ |
तनहुँ |
तनहुँ आँबुखैरेनी
गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा अ.प्र.पोष्ट मुग्लिन
पुलजिप तनहुँबाट प्र.स.नि.को कमाण्डमा खटिएको ५ जनाको चेकिङ टोलीले सवारी साधनहरु
चेकजाँच गर्ने क्रममा नारायणगढ तर्फबाट पोखरा तर्फ आउदै गरेको ग १ ज ८६३१ नं. को
यात्रुवाहक माइक्रो बसको अन्तिम सिटमा सवार जिल्ला बारा पचरौता नगरपालिका वडा नं.
३ बस्ने वर्ष १९ को मुकेश कुमार पटेलले पछाडी भिर्ने कालो रंगको झोला भित्र लुकाई
छिपाई ल्याएको अवस्थामा TRAMADOL
लेखिएको १३८ पत्तामा जम्मा १,३८० क्याप्सुल नियन्त्रित
लागु औषध सहित निजलाई नियन्त्रणमा लिई इ. प्र. का आबुँखैरेनी तनहुँमा ल्याई थप अनुसन्धान
भईरहेको माइक्रो बस आफ्नो गन्तब्य तर्फ गएको |
|
२ |
रुपन्देही
|
तिलोत्तमा न.पा
१७ पिपरहीया स्थित गोप्य सुचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय
भैरहवाबाट प्र.ना.नि.र इ.प्र.का मंगलापुरबाट प्र.नि.को कमाण्डमा संयुक्त टोली खटी
गई पिपरहीया देखि कोटिहवा तर्फ जाँदै गरेको लु ४९ प ४०० नं.को मो.सा.लाई शंकास्पद
लागी चेकजाँच गर्दा मो.सा. चालक ऐ.भरौलिया बस्ने वर्ष २७ को करन प्रसाद थारुको साथमा
सेतो प्लाष्टिक भित्र खैरो धुलो (ब्राउन सुगर ला.औ.जस्तो देखिने) सेतो प्लाष्टिक
सहित अं. ७ ग्राम ४०० मिलिग्राम फेला परेको र पछाडि सवार ऐ. बस्ने वर्ष २५ को कपिल
देव थारुको साथमा सेतो प्लाष्टिक भित्र खैरो धुलो (ब्राउन सुगर ला.औ.जस्तो देखिने)
सेतो प्लाष्टिक सहित अं. ३ ग्राम ३५० मिलिग्राम र ने.रु.३५ सय नगद फेला पारी मो.सा.
र निजहरुलाई इ.प्र.का. मंगलापुर रुपन्देहीमा नियन्त्रणमा राखिएकोमा ऐ.१९:१८ बजे थप अनुसन्धानको लागी दुवै जनालाई इ.प्र.का. बुटवल
पठाएको |
|