मिति २०८२।०३।१८ गते देखि ऐ. १९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-१९
- A
- A-
- A+
सिन |
जिल्ला |
विवरण |
कै |
कर्तव्य ज्यान |
|||
१. |
धनुषा |
जनकपुर उ.म.न.पा.१५
कुवारामपुर बस्ने अं.वर्ष ६५ को बासुदेव साहलाई निजकै ज्वाई ऐ.न.पा.२१ कुर्था बस्ने
अं.वर्ष ४८ को बेचन महासेठले घरायसी,जग्गा विवादको कारणले चक्कुले
निजको पेटमा प्रहार गर्दा गम्भीर घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा
पठाएकोमा डाक्टरले चेकजाँच गर्दा ऐ.१०:३० बजे मृत घोषणा गरेको,शव सोही अस्पतालमा रहेको,उक्त स्थानमा प्र.चौ.हनुमाननगरबाट
प्र.ना.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको
टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल जनकपुर
पठाएकोमा शव पो.मा. पश्चात आफन्तले बुझी लगेको,चक्कु प्र.चौ.हनुमाननगरमा
ल्याई राखेको,चक्कु प्रहार गर्ने बेचन महासेठ फरार खो.त.कार्य
भईरहेको । |
|
२. |
झापा |
मिति २०८२।०३।११
गते ०६:४० बजे शिवसताक्षी न.पा.९ संगम चौक बस्ने अमर तामाङको छोरा राष्ट्रिय रमणीय
मा.वि.दुधेमा कक्षा ८ मा अध्यनरत वर्ष १५ को आदित्य तामाङ स्कुलबाट ट्युसन पढी घर
तर्फ फर्कदै गर्दा ध्रुब तारा बोडिङ स्कुल दुधेमा अध्यनरत आयुस राई समेत ६ जनाले
ऐ.११ स्थित प्लटिङमा बोलाई के कुन कारण कुटिपट गरी घाईते भई B&C अस्पताल बिर्तामोडमा ल्याई उपचारको क्रममा ऐ.१८ गते १३:४५ बजे मृत्यु भएको, कुटपिट गर्ने ६ जनालाई ऐ.१६ गते
नियन्त्रणमा लिई ज्यान मार्ने उद्योगमा ३ दिन म्याद थप भएको । थप टिपोट :-
मृत्यु पश्यत कर्तव्यमा जाहेर । |
|
३. |
बारा |
कलैया उ.म.न.पा.१०
मटिअर्वा बस्ने वर्ष ३५ को बच्चा मियाँले घरायसी समस्याको कारण आफ्नै श्रीमती वर्ष
२३ की सहिना खातुनलाई मासु काट्ने दाउले टाउको र घाँटीमा प्रहार गरी घटनास्थलमै मृत्यु
भएको,शव घरमै रहेको,उक्त स्थानमा प्र.चौ.मटिअर्वाबाट प्र.ह.को
कमाण्डमा टोली खटी गई बच्चा मियाँलाई दाउ सहित नियन्त्रणमा लिई राखिएको । |
|
ज.ज.क./यौन
दुर्वयवहार |
|||
१ |
कपिलबस्तु |
मिति २०८२।०३।१७
गते अं १०:०० बजे बुद्धभुमी न.पा.१ बिरपुर बस्ने वर्ष ४ की बालिकालाई निजको घरमा कोही नभएको मौका छोपी निज
नावालिकालाई नाताले मामा ठुलो हजुरबुवा पर्ने जि.अर्घाखाँची शितगंगा न.पा.३ झिर्राथुम
बस्ने वर्ष ३० को पुरुषले यौन दुर्व्यवहारगरेको भनीर ऐ.१८ गते ०९:०० बजे इ.प्र.का.गोरुसिंगेमा
खबर प्राप्त हुनसाथ इ.प्र.का. गोरुसिङगेबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई
नियन्त्रणमा लिई इ.प्र.का.गोरुसिङमा राखी मुद्दा दर्ता गरी अनुसन्धान भई रहेको, पीडितलाई
ऐ.१८:३० बजे यौनजन्य स्वास्थ्य परिक्षण पश्चात आफन्तको जिम्मा लगाईएको । |
|
ला.औ. |
|||
२ |
मकवानपुर |
कैलाश गा.पा.९
खनचौर स्थित ऐ.बस्ने वर्ष अं.५५ को अर्जुन रूम्बाको गाई पाल्ने गोठमा ला.औ.गाँजा
लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई रितपुर्वक गोठ खानतलासी गर्दा निज अर्जुन रूम्बाले गाई पाल्ने
गरेको गोठमा लुकाई छिपाई बोरामा बाँधी राखेको अवस्थामा १६८ किलो ३० ग्राम ला.औ.गाँजा
फेला पारी बरामद गरी उक्त ला.औ.सहित निज अर्जुन रूम्बालाई नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुरमा
राखिएको, । |
|