मिति २०८२।०३।२२ गते देखि ऐ. २३ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२३
- A
- A-
- A+
|
सिन |
जिल्ला |
विवरण |
कै |
|
ज.ज.क./यौन दुर्व्यवहार |
|||
|
१. |
कञ्चनपुर |
जि.कैलाली धनगढी
उ.म.न.पा.४ पुरानो खानेपानी ट्याङकी डेरा गरी बस्ने वर्ष १५ की बालिका(तेक्वान्दो
प्रशिक्षार्थीलाई) ऐ.बस्ने वर्ष ३५ को पृथ्वी राज घिमिरे(तेक्वान्दो प्रशिक्षकले)
तेक्वान्दो खेल सामग्री मध्येको कि- प्याड लिन जाउँ भनी मो.सा.मा राखि जि.कञ्चनपुर
पुनर्वास न.पा.३ आफ्नो तेक्वान्दोको कार्यालय
भवनको दोस्रो तलाको कोठामा लगी मिति २०८२।०३।१२ गते १७:०० बजे र मिति २०८२।०३।१८
गते ११:०० बजे भिमदत्त न.पा.१८ को बसपार्क स्थित नाम थाहा नभएको होटलको कोठामा लगी
पुनः ज.ज.क.गरेको भनी ऐ.२० गते २१:०० बजे इ.प्र.का. त्रिभुवनबस्तीमा जाहेरी दरखास्त
दिएकोमा ऐ.२२ गते उक्त जाहेरी दर्ता गरी प्रतिबादी पृथ्बीराज घिमिरेको पक्राउ अनुमतिको
लागि सम्मानित अदालत समक्ष पेश भएको, निज बालिकालाई सेफ हाउस धनगढी
कैलाली पठाईएको, साथै उक्त ज.ज.क. गरी फरार रहेको पृथ्वी राज
घिमिरे (तेक्वान्दो प्रशिक्षकको) खो.त. कार्य भईरहेको । |
|
|
२. |
भोजपुर |
भोजपुर २३ गते
अन्दाजी ०१;०० बजेको समयमा जिल्ला भोजपुर रामप्रसाद राई गा.पा.८ बासिखोरा घर भई पौवादुङमा
गा.पा.३ च्याङग्रे मामालीमा आई बसेको बिकास राईको श्रीमती वर्ष अं.२१ की प्रभा राई(मानसिक
सन्तुलन ठिक नभएको) महिलालाई ऐ.पौवादुङमा गा.पा.३ तुसारे जंगल स्थित ऐ.गा.पा.३ बस्ने
वर्ष अं.२३ को रोशन बिक र ऐ.ऐ.बस्ने वर्ष अं.२२ को दिपेश राईले निज महिला मामाघर
तर्फ जाने क्रममा ज.ज.क. गरेको भनि पिडित महिला ऐ.०१;३० बजेको
समयमा प्रचौ च्याङग्रेमा आई जानकारी गराउना साथ तत्काल प्रचौ च्याङग्रेबाट प्रबह
ध्रुव कटुवाल(९८६२९४०२७७)को कमाण्डमा २ जना टोली खटिगई खोत गरी ऐ.०२;४० बजेको समयमा निजहरुलाई घरबाटै नियन्त्रणमा लिएको, थप अनुसन्धान तथा कारवाहीको लागि इप्रका तिवारीभञ्ज्याङबाट प्रसनि राधाकृष्ण
पौडेलको कमाण्डमा ४ जना टोली खटिगई इप्रका तिवारीभञ्जयाङ भोजपुरमा ल्याई सोधपुछ तथा
अनुसंन्धान कार्य भईरहेको,निज महिलाको दाहिने घुडामा सामान्य
चोट,अबस्था सामान्य रहेको |
|
|
ला.औ. |
|||
|
१. |
मोरङ |
नेपाल प्रहरी
केन्द्रीय लागु औषध अनुसन्धान ब्युरो काठमाण्डौबाट खटी आएको प्रनि राकेश यादब, लागु
औषध अनुसन्धान ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटीएको संयुक्त
प्रहरी टोलीले जिल्ला मोरंग रंगेली न पा वार्ड नं ८ स्थित डिल्लीराम श्रेष्ठको २
तले काठ ईटाले बनेको घरको मुनी तला दक्षीण पुर्ब तर्फको कोठामा रंगेली न पा ८ घर
भई भाडामा बस्ने बर्ष अ.५४ को कृत्यानन्द ठाकुरको कोठामा ला.औ. कारोबार भईरहेको भन्ने
सुचनाको आधारमा चेकजाँच गर्दा उक्त कोठाबाट प्लाष्टिक सहित ४२५ ग्राम ला.औ. खैरो
हेरोईन जस्तो देखिने पदार्थ सहित निज कृत्यानन्द ठाकुर, ऐ.
रंगेली ८ दर्बेशा बस्ने बर्ष ३० को शुशिल बुढाथोकी र देश भारत अररिया जिल्ला कुर्शा
कट्टा घर भएकी बर्ष अं.५० कि हसिना भन्ने बिजली खातुन समेतलाई पक्राउ गर्ने क्रममा
निजहरु भाग्न खोजेकोले नेपाल प्रहरी केन्द्रीय लागु औषध अनुसन्धान ब्युरो काठमाण्डौबाट
खटी आएको प्रनि राकेश यादबले बोकेको सानो चाईनिज पेस्तोलबाट १ (एक) राउण्ड हवाई फायर
गरी निजहरुलाई उक्त ला.औ. खैरो हेरोईन जस्तो देखिने पदार्थ, ४ थान आईफोन र नगद ने.रु.१,२१,०००।– ( एक लाख एक्काईस हजार ) सहित नियन्त्रणमा लीई इप्रका रंगेलीमा ल्याई आवश्यक अनुसन्धान भइरहेको
। |
|
|
२. |
उदयपुर |
त्रियुगा न.पा.
११ पुरानो गाईघाट स्थित ऐ.बस्ने वर्ष ३० को विनोद चौधरीले प्रतिबन्धित लागू औषध गाँजा
बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा अ.प्र.पोष्ट तरकारी बजारबाट प्र.ब.ह.को
टोली खटी गई निजलाई चेकजाँच गर्दा निजको साथबाट अं. २/३ खिल्लि गाँजा, १०० ग्राम
७५० मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र रु.३ हजार ४सय ३४ रुपैयाँ नगद
समेत फेला परेकोले नियन्त्रणमा लिई जि.प्र.का.ल्याई
आ.अ. कार्य भईरहेको । |
|
|
३. |
धादिङ |
बेनिघाट रोराङ
गा.पा. ९ मझिम्टार स्थित पृथ्वी लोकमार्गमा आदमघाटबाट चितवनतर्फ जाँदै गरेको जि.
धादिङ गजुरी गा.पा.७ किरान्चोक बस्ने वर्ष ३६ को राजेन्द्र खड्काले चलाएको बागमती
प्रदेश ०३-००१ ह. २१२६ नं. को अटोलाई प्र.चौ. जोगिमाराबाट प्र.स.नि.को कमाण्डमा खटी
गएको टोलिले चेकजाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई राखेको रातो निलो कलरको प्लास्टिकमा
पोका पारेको ११ पोका अं.१० के.जि.५०० ग्राम फेला पारी ला.औ.गाँजा सहित अटो र अटो
चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का.गजुरी पठाईएको । |
|
|
४. |
काठमाडौं |
लागु औषध नियन्त्रण
व्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचर काठमाडौंबाट खटिएका
प्रहरी कर्मचारीहरूले मिति २०८२।०३।२१ गते २३:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको
आगमन तर्फ भन्सार जाँच पास एरियामा Bangkok Airways को उडान नम्वर TG309
मार्फतBANGKOK SUVARNABHU बाट काठमाडौं आएका
भारतीय नागरिक पासपोर्ट नम्वर T7388935 बाहक वर्ष ६५ को RAKESH
WAHAB लाई लागु औषध सेतो हेरोईन ६ किलोग्राम ५०० ग्राम, १०० दरको अमेरिकन डलर थान-२ समेतका दसिहरु सहित पक्राउ गरी लागु औषध नियन्त्रण
व्यूरोमा प्रतिवेदन सहित दाखिला गरेका हुँदा पक्राउमा परेको व्यक्तिलाई काठमाडौं
जिल्ला अदालतबाट लागु औषध गाँजा मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको,ऐ.२२ गते २०:०२ बजे केन्द्रीय प्रहरी परीचालन कक्षमा जाहेरी प्राप्त भएको
। |
|