मिति २०८२।०३।२३ गते देखि ऐ. २४ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२४
- A
- A-
- A+
कर्तव्य ज्यान-
मोरङ, रतुवामाई न.पा.
६ शनिश्चरे बजार बस्ने अं.वर्ष ६० की टिकामाया कार्की मिति २०८२।०३।२१ गते ०८:०० बजे
घाँस काट्न भनि हिंडेकोमा घर नफर्के पछि खोज्दै जाँदा ऐ. न.पा. ६ केशरवारी छेउ आफ्नै
खेतमा ऐ.१६:०० बजे मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सिजुवाबाट
प्र.नि.को कमाण्डमा टोली खटी कानूनी प्रकृया पूरा गरी शव पो.मा.को.लागि कोशी अस्पताल
बिराटनगर पठाई पो.मा.प्रश्चात निजको छोराले शव बुझी लगेकोमा ऐ.२३ गते १६:०० बजे अनुसन्धान
गर्ने क्रममा ऐ.बस्ने आफ्नै देवर नाता पर्ने
अं.वर्ष ६९ को टंक बहादुर बस्नेतलेनिज टिकामाय कार्कीलाई हँसियाको बिडले टाउकोको पछाडी
घुच्चुकमा प्रहार गरी मारेको भन्ने खुल्न आएको,निजलाई हँसिया सहित नियन्त्रणमा लिई
इ.प्र.का.सिजुवा ल्याई आ.अ.भईरहेको ।
धनकुटा न.पा. ९ खुरिला
बस्ने वर्ष १६ को प्रमिश राईलाई आ.अ.को लागि
जि.प्र.का.बाट प्र.ह.को कमाण्डमा प्रहरी टोली खटी गई घरबाटै नियन्त्रणमा लिई
बाल निगारनी कक्षमा राखी अनुसन्धान कार्य भईरहेकोमा, निजले मिति २०८१।१२।०३ गते
ऐ. धनकुटा न.पा.७ चुलिबनमा र २०८२।०३।१७ गते त्रिवेणि मा.बि.को साईन्स ल्याब तर्फ भवनको
सिंढीमा ऐ.बस्ने अं. वर्ष १३ की बालिकालाई
ज.ज.क. गरेको भनि पिडितको आमाले जि.प्र.का. धनकुटामा जाहेरी दिएकोले उक्त अरोपित बालकलाई दिन ५ म्याद थप भई आ.अ. भईरहेको, पिडित बालिकाको अवस्था सामान्य रहेको ।
ललितपुर, महाङ्काल गा.पा.
३ गोटीखेल धामीडाँडा स्थित ऐ.बस्ने वर्ष ६ की बालिकालाई ऐ.बस्ने वर्ष १४ को र ऐ. बस्ने
वर्ष १५ को बालकहरूले ललाई फकाई ऐ. स्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर
पीडितको आमाले मिति २०८२/०३/२३ गते २१:०० बजे प्रहरी वृत्त चापागाउँमा निवेदन दिए पश्चात
ई.प्र.का. टुङ्गुनबाट प्र.ना.नि. सहितको टोली खटी गई निजहरुकै घरबाट नियन्त्रणमा लिई
दुवै जनालाई प्रहरी वृत्त चापागाउँमा बुझाएको, निज पीडित बालिकाको मेडिकल पश्चात
आमाको जिम्मा लगाई पठाईएको ।
जलि मृत्यु-
काठमाडौं, जि.काभ्रे बनेपा
न.पा.८ भोलाखा बस्ने वर्ष ५२ को हेमराज शाही मिति २०८२/३/१७ गते अं.०६:०० बजे, आफ्नै घरको भान्सा
कोठामा खाजा बनाउने क्रममा एक्कासी ग्याँस लिग भई आगलागी हुँदा शरीरको विभिन्न
भागहरु (७०-७५%) जलि घाइते भई स्थानीय अस्पताल सामान्य उपचार पश्चात थप उपचारको लागि
ऐ. १०:०० बजे जि. काठमाडौं कीर्तिपुर न.पा.२ देवढोका स्थित रहेको कीर्तिपुर वर्न अस्पतालमा
ल्याई उपचार भईरहेकोमा ऐ.२३ गते अं. २०:५३ बजे उपचारको क्रममा मृत्यु भएको,शव सोही अस्पतालमा रहेको, सोही अस्पतालमा खटिएको प्र.क.मार्फत
जानकारी प्राप्त भएको, उक्त स्थान प्रहरी वृत्त कीर्तिपुरबाट
३ कि.मि.पश्चिम पर्ने ।
हा.ह.बरामद-
तनहुँ, इ.प्र.का.बन्दीपुरबाट
प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले
ऐ.बन्दिपुर गा.पा.३ शेराटार स्थित बेलौती गैरा बाटोमा बेबारिसे अवस्थामा १ नाले
भरुवा बन्दुक (साबुत) थान १ फेला पारी नियन्त्रणमा लिएको, आ.आ.कार्य
भईरहेको ।
ला.औ.-
चितवन, खैरहनी न.पा.९
स्थित खुरखुरे चोक नजिकै पूर्व-पश्चिम महेन्द्र राजमार्गमा लागु औषध गाँजा ओसार पोसार
भइरहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.खैरहनीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले
बागमती प्रदेश ०६-०१ प ६९९६ नं.मो.सा.मा लुकाई छिपाई ल्याउँदै गरेको ५ किलो ८०० ग्राम
गाँजा सहित ऐ. खैरहनी न.पा.१३ बस्ने वर्ष २४ को रोजन तिमल्सिना र ऐ.बस्ने वर्ष २५ को
करण चौधरीलाई नियन्त्रणमा लिई इ.प्र.का.खैरहनीमा ल्याई आ.अ.कार्य भईरहेको|
मोरङ, धनपालथान गा.पा
०२ पैटामा स्थित प्र.चौ. अमाहि बरियातीबाट प्र.स.नि. को कमाण्डमा खटिएको प्रहरी टोलीले
नेपालबाट भारत तर्फ जादै गरेको BR 38 Q 5686 नम्बरको भारतिय
सुपर स्पलेण्डर मो.सा.लाई रोकी चेकजाँच गर्दा मो.सा चालक देश भारत जिल्ला अररिया पहुँसी
ग्राम पंचायत -२ बस्ने बर्ष २२ को मोहमद ईर्सादले बोकेको प्लास्टिकको जेब्रा झोलाभित्र
राखेको अन्दाजी २५ केजी गाँजा सहित मोसा र चालकलाई पक्राउ गरी थप अनुसन्धानको लागी
इ.प्र.का.. रंगेलीमा ल्याएको ।