मिति २०८२।०३।२४ गते देखि ऐ. २५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२५
- A
- A-
- A+
कर्तव्य ज्यान
झापा अर्जुनधारा न.पा. ४ भाङवारी घर भइ हाल ऐ.८ शनिश्चरे क्याम्पस नजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने वर्ष २२ की गरिमा राई भन्ने गंगा सार्कीको कोठामा जिल्ला भोजपुर रामप्रसाद राई गा.पा.वडा नम्वर ६ वैकुण्ठे घर भई ऐ.अर्जुनधारा न.पा.वडा न.८ वस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने वर्ष ३१ को रमेश भुसाल गएको भनी निजको श्रीमती वर्ष ३२ की सुस्मिता भुसालले ऐ.बस्ने वर्ष ५४ की मैया श्रेष्ठ, ऐ. बस्ने बर्ष ३८ की बबिता बिक, ऐ.बस्ने बर्ष २४ की मेनुका पाँचकोटे र ऐ. बस्ने बर्ष ६० की नर्बदा सुनदास समेतलाई साथमा लिई गई निज गंगा सार्कीलाई कुटपिट गरी घाईते भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्र.चौ.शनिश्चरेबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि शंखर अस्पताल शनिश्चरे लगेर सामान्य उपचार पश्चात थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा ऐ.२५ गते ०१:२० बजे चिकित्सकले मृत घोषणा गरेको, शव सोहि अस्पतालमा रहेको, कुटपिटमा संलग्न ५ जना महिला र सुस्मिता भुसालको श्रीमान रमेश भुसाल समेतलाई नियन्त्रणमा, मृतकको आफन्त अस्पतालमा आई सकेको ।
ज.ज.क./ज.ज.क.उधोग
खोटाङ-१९ गते दिउँसो १६:०० बजेको समयमा हलेसी तुवाचुङ न.पा. वडा नं. ०६ मंगलटार स्थित पिपलडाँडा मूनि बाटाघरे भन्ने ठाँउको विशाल क्षेत्रीको मकैबारी भित्र कानूनको विवादमा परेको वालक जिल्ला खोटाङ हलेसी तुवाचुङ न.पा.-६ बस्ने वर्ष १६ को सांकेतिक नाम ”६२” ले जिल्ला खोटाङ रावाबेशी गा.पा.-२ वतन भई हाल ऐ.हलेसी तुवाचुङ न.पा.-६ बस्ने वर्ष २४ की सांकेतिक नाम”६१” लाई जवरजस्ती करणी गरेको भनि पीडितले आज मिति २०८२।०३।२४ गते जि.प्र.का.खोटाङमा जाहेरी दरखास्त दिएको हुँदा घटनामा संलग्न सांकेतिक नाम ”६२” लाई आजै नियन्त्रणमा लिई यस कार्यालयको निगरानी कक्षमा राखी अनुसन्धान भई रहेको ।
चितवन जिल्ला इच्छाकामना गा.पा. ३ खानी खोला तातुङ भन्ने स्थानमा ऐ.बस्ने वर्ष ३५ की महिलालाई घरमा कोही नभएको अवस्थामा घरको ढोका खोली कोठामा सुतिरहेको अवस्थामा जि.सिन्धुली दुधौली न.पा.५ घर भई हाल ऐ.बस्ने अं.२१ को पुरुषले ज.ज.क.गरेको भनि आज २४ गते १६:४५ बजे, अ.प्र.चौ.फिस्लिङमा जानकारी प्राप्त हुनासाथ प्र.स.नि. को कमाण्डमा टोली खटी गई ज.ज.क.गर्ने पुरुष व्यक्तिलाई नियन्त्रणमा लिएको ।
धादिङ थाक्रे गा.पा.२ बस्ने वर्ष १७ की बालिकालाई ऐ.बस्ने वर्ष ६० को (काका नाता पर्ने) ले ज.ज.क.गरेको भनि ऐ.थाक्रे गा.पा.३ भुमेस्थान स्वास्थ्य चौकीमा उपचारको लागि आएको भनी उक्त स्वास्थ्य चौकीबाट ऐ.१६:०० बजे अ.प्र.पोष्ट सिम्लेमा खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट सिम्लेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.गजुरीमा राखिएको ।
कैदी मृत्यु
काठमाडौ जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत महिला बन्दी सुधार गृहमा देश पाकिस्तान (लाहोर वाल्टन) स्थायि वतन भएकी वर्ष ५७ को ला.औ. मुद्दामा थुनामा रहेकी कैदी AYESHA HUSSAIN नसा सम्बन्धी बिरामी भई मिति २०८२।०३।२१ गते वीर अस्पतालमा भर्ना भई उपचार गराई रहेकोमा उपचारकै क्रममा निज कैदीको ऐ.२४ गते अं.१०:५३ बजे मृत्यु भएको, कानुनी प्रकृयाको लागी प्रहरी वृत्त जनसेवाबाट प्र.नि.को कमाण्डमा टोली खटिई गई शव पो.मा.को लागी टिचीङ अस्पताल पठाईएको । थप विवरण कारागार दाखिला मिति:- २०७१।०५।१० गते, सजाय:- १५ वर्ष, १० लाख जरिवाना मुद्दा चलाउने निकाय :- काठमाडौं ।
हा.ह.बरामद
झापा इ.प्र.का.काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सिमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले जिल्ला झापा मेचिनगर न.पा.६ स्थित मेचि भन्सार कार्यालयको परिसर भित्र सवारी साधन तथा यात्रु समेतको चेकजाँच गर्ने क्रममा देश भारत पश्चिम बंगाल जिल्ला दार्जिलिङ जलपाईगुडी थाना भक्तिनगर सेवक रोड सिलिगुडी बस्ने बर्ष २५ को प्रतिक अग्रवालले चलाई लिई आएको WB74AJ0400 नम्बरको स्कुटरको डिकी भित्र लुकाई छिपाई राखेको अवस्थामा एयर पेस्तोल जस्तो देखिने चालु अवस्थामा रहेको हतियार थान १ र निजले बोकेको साईड ब्याग भित्र प्लास्टिकको पोकोमा १८ थान उक्त हतियारमा लाग्ने मेटल बुलेट, मोबाईल थान ४ फेला परेकोले, उक्त अवैध हतियार, मोबाईल र सवारी साधन सहित निजलाई नियण्त्रणमा लिई इ.प्र.का.काँकरभिट्टामा ल्याई अनुसन्धान कार्य भईरहेको ।
दाङ जिल्ला सल्यान कपुरकोट गा.पा.३ फलाटे घर भई हाल जिल्ला दाङ घोराही उ.म.न.पा.१५ बि.पी. चोक नजिक रहेको लोटस ट्रेनिङ सेन्टर (सिङगपुर आर्मी, ब्रिटिस आर्मी, ईन्डियन आर्मी, नेपाल आर्मी, नेपाल प्रहरीको ट्रेनिङ दिने भन्ने बुझिएको, निज अजय बि.क.ले ब्रिटिस आर्मी सम्बन्धि ट्रेनिङ गरिरहेको) मा ट्रेनिङ गरी (सोही ट्रेनिङ सेन्टरको होस्टेलमा) बस्ने वर्ष १९ को अजय बि.क.ले अवैध हतियार तथा गोली गठ्ठा गोप्य रुपमा लुकाई छिपाई राखेको भनी व.प्र.का.घोराहीमा जानकारी प्राप्त हुनासाथ व.प्र.का.घोराहीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज सुत्ने खाट मुनी राखेको कालो रंगको JORDAN लेखेको पछाडी भिर्ने र्याग्जिनको झोला भित्र राखेको 0.32pistol civil INGSF1902134300.32 Indian ord nance Factury लेखेको पेस्तोल थान-१ (एक), ऐ.ऐ.मा लाग्ने गोली थान-४ (चार), ऐ.ऐ.मा लाग्ने ७ राउण्ड क्षमता भएको म्याग्जिन थान-१ वरामद गरी हतियार सहित निज अजय बि.क.लाई नियन्त्रणमा लिई जि.प्र.का.दाङमा ल्याई थप अनुसन्धान भईरहेको ।
ला.औ.
झापा भद्रपुर न.पा.वडा न.७ चिँया पसल नजिक हुलाकी लोकमार्गमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्र.नि. बिजय चौहान र ला.औ.नियन्त्रण ब्युरो काकरभिट्टावाट प्र.ना.नि.कुमार सोमेश लामिछाने समेतको ७ जनाको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा देश भारत बिहार राज्य, किशनगञ्ज जिल्ला बस्ने बर्ष ३५ को मनिसुर आलम र जिल्ला झापा कचनकवल गा.पा. वडा नं. ५ बस्ने बर्ष ५५ को नशरुदिन मिँयालाई शंकास्पद रुपमा रहेको अवस्थामा चेकजाँच गर्न खोज्दा प्रहरी माथी हातपात गरी भाग्न खोज्दा नियन्त्रणमा लिनको लागी चाईनिज ठुलो तथा सानो पेस्तोलवाट ३/३ गरी जम्मा ६ राउण्ड गोली फायर गरी जिल्ला झापा कचनकवल गा.पा. वडा नं. ५ बस्ने बर्ष ५५ को नशरुदिन मिँया । (निजको दाहिने खुट्टाको पिड्युलामा १ राउण्ड गोली लागी सामान्य घाईते भई ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा सामान्य उपचार पश्चात डिस्चार्ज भई कार्यालयमा ल्याईएको, निजको साथबाट १०२ ग्राम १० मिलि ग्राम ला.औ.ब्राउन सुगर जस्तप पदार्थ फेला परेको र देश भारत बिहार राज्य, किशनगञ्ज जिल्ला बस्ने बर्ष ३५ को मनिसुर आलमको साथबाट ७० मिलि ग्राम ला.औ.ब्राउन सुगर बरामद गरी आवश्यक अनुशन्धान तथा कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालाय झापामा ल्याई राखीएको ।