मिति २०८२।०३।२५ गते देखि ऐ. २६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२६
- A
- A-
- A+
ज.ज.क. उद्योग
उदयपुर जिल्ला बेलका न.पा. ०९ बस्ने वर्ष २१ की महिलालाई ऐ.९ माछापुच्छ्रे सामुदायिक बनमा बाख्रा चराउन गएको मौका पारी मिति २०८२।०३।२३ गते अं.११:३० बजे, ऐ.बेलका न.पा. ०८ भिमफेदी बस्ने वर्ष ४२ को धन्दे भन्ने तेज बहादुर राईले ज.ज.क.उद्योग गरेको भनि पिडितको आमाले इ.प्र.का.मा ऐ. २५ गते लिखित जाहेरी दिए पश्चात प्रहरी टोलि खटि गई निज पिडकलाई नियन्त्रणमा लिइएको साथै पिडितको अवस्था सामान्य रहेको ।
शंकास्पद मृत्यु
झापा जिल्ला बिर्तामोड न.पा.२ रामचौक स्थित सडक छेऊमा इ.प्र.का.अनारमनीबाट खटिएको प्र.स.नि.को टोलिले गस्ति गर्ने क्रममा तत्काल नामथर नखुलेको अ.बर्ष ४५ को पुरुष मानिस घाईते (टाउको लगायत शरिरको बिभिन्न भागमा चोट देखिएको) भई गम्भीर अबस्थामा फेला परी उपचारको लागी बिर्तासिटि अस्पताल पठाईएकोमा डाक्टरले चेकजाच गर्दा मृत्यु घोषणा गरेको, शव सोही अस्पतालमा रहेको ।
कैदी बन्दी मृत्यु
मोरङ जिल्ला विराटनगर म.न.पा.०५ घर भई जिल्ला कारागार मोरङमा रहेको ज.ज.क.मुद्दाको बन्दी वर्ष ४०को सन्तोष पाल लाई शरीर सुन्निएको, सास फेर्न गाह्रो हुने समस्या भएको कारण प्र.ह.को कमाण्डमा २ जनाले कोशी अस्पताल बिराटनगर लगी बेड भर्ना गरी उपचार भईरहेकोमा उपचारको क्रममा ऐ.२५ गते १८:२५ बजे कोशी अस्पतालमा मृत्यु भएको,मृतकको शव सोही अस्पतालमा रहेको ।
शिशु मृत फेला
काभ्रे जिल्ला बनेपा न.पा.६ घर भई हाल का.जि. सुकेधारा बस्ने वर्ष ३६ की सिता दाहाल मिति २०८२।३।२४ गते ०५:३० बजे पेट दुखेको भनी काठमाण्डौ म.न.पा.०७ चावहिल स्थित हेल्पिङ हेण्ड्स अस्पतालमा आई अस्पतालको ईमर्जेन्सीमा रहेको शौचालयमा अं.५ महिना गर्वमा रहेको नवजात शिशु (छोरी) लाई जन्म दिएकोमा निजको साथी जि. पाँचथर घर भई हाल का.जि. बसुन्धारा बस्ने वर्ष ४० की कविता सेवा (लिम्बु) ले सुरुवालमा पोको पारी उक्त शौचालयको डस्टविनमा फालेको अवस्थामा ऐ.२५ गते अस्पतालको कर्मचारीले फोहोर निकाल्ने क्रममा मृत्त अवस्थामा फेला परेको निजको साथी कविता सेवा (लिम्बु) अस्पतालमै रहेको,प्रहरीको निगरानीमा उपचार भईरहेको उपचार पश्चात निजहरुलाई नियन्त्रणमा लिइएको ।
ला.औ.
झापा जिल्ला झापा गा.पा. ०१ सुडुखुट्टु स्थितमा इ.प्र.का.कुमरखोदबाट देश भारत बिहार राज्य जिल्ला किसनगंज सिंगीमारी पञ्चायत वडा न.०५ बस्ने वर्ष ६० को गबरी साह भारत बाट नेपाल तर्फ साईकलमा आउदै गरेको अवस्थामा शंका लागि चेक जाँच गर्ने क्रममा निजले लागाएको ट्रयाक सुटको बायाँ साईडको गोजीमा लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने लिसाइलो खैरो पदार्थ प्लाष्टिक सहित १०० ग्राम फेला पारी साईकल सहित नियन्त्रणमा ।
मोरङ जिल्ला धनपालथान गा.पा.०१गदियाखोला फुटबल ग्राउन्ड नजिक उखुबारीमा ला.औ.गाजा रहेको भन्ने सुचनाको आधारमा इ.प्र.का.रंगेलीबाट प्र.नि.,प्र.चौ.गडेरियाबाट प्र.स.नि., र BOP नोचाबाट स.प्र.नि.को कमाण्डमा खटिएको सयुक्त टोलीले बेवारिसे अबस्थामा ला.औ.गाँजा ८ सय २ के.जि. १०० ग्राम रहेको,सो गाँजा इ.प्र.का.रंगेलीमा ल्याई राखिएको ।
झापा जिल्ला झापा गा.पा. ४ सुकुमबासी बस्ति स्थितमा भारतबाट नेपाल तर्फ साईकलमा सवार गरी आउदै गरेको जिल्ला झापा कनकाई न.पा.१ दुर्गापुर बस्ने अ.वर्ष ३० को पवन ऋषिदेबलाई गोप्य सुचनाको आधारमा जि.प्र.का.बाट खटिएको प्र.नि. र ला.औ. नियन्त्रण ब्युरो काकरभिट्टावाट प्र.ना.नि. समेतको संयुक्त टोलीले निजलाई चेकजाँच गर्दा निज चढि आएको साईकलको टायर भित्र रहेको ट्युबमा लुकाई छिपाई ल्याउदै गरेको ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक सहित अ.१५० ग्राम सहित नियन्त्रणमा ।