मिति २०८२।०३।२६ गते देखि ऐ. २७ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२७
- A
- A-
- A+
कर्तव्य ज्यान
अर्घाखाँची जिल्ला सन्धीखर्क न.पा.१२ बाँसखर्क बस्ने वर्ष ७२ को जंग बहादुर नेपालीको झड्केलो छोरा अं.वर्ष ४० को झुपे नेपालीले आफ्नै घरमा मा.प.से.गरी बाबुलाई कुटपिट गरी मृत्यु घटनास्थलमा भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. अर्घाबाट प्र.व.ह.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि जि.अ. सन्धिखर्क पठाईएको, कुटपिट गरी हत्या गर्ने झुपे नेपालीलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।
ज.ज.क. /ज.ज.क.उधोग/बाल यौन दुरुपयोग
रुपन्देही जिल्ला मिति २०८२।०३।२३ गते रातको समयमा कोटहीमाई गा.पा.४ तुनिहवा बस्ने वर्ष १७ की बालिकालाई निजकै घरको सुत्ने कोठामा गई ऐ.बस्ने वर्ष २३ को रहिस मुसलमानले ज.ज.क.गरेको भनी ऐ.२६ गते ०८:०० बजे इ.प्र.का.मझगाँवामा जानकारी प्राप्त हुनासाथ इ.प्र.का.मझगाँवाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडक रहिस मुसलमानलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का.मर्चवार रुपन्देही पठाएको ।
नवलपरासी पश्चिम जिल्ला रामग्राम न.पा. ११ रानीपाकड बस्ने अं.वर्ष १७ की बालिकालाई ऐ.०३।२५ गते राती अं.००:०० बजे ऐ. राप्तीसुनारी गा.पा.७ थपथली गाँउ स्थायी घर भई हाल ऐ. रामग्राम न.पा.११ जमुवाड स्थित प्लाई बोर्ड उद्योगमा काम गरी सोही उद्योग भित्र बस्ने अं.वर्ष ३५ को हरि थारुले पीडितको आफ्नै घर पछाडी रहेको शौचालयमा गएको अवस्थामा पिडक एक्कासी उक्त शौचालयभित्र प्रवेश गरी ज.ज.क.गरेको भनी ऐ.२६ गते १०:३० बजे जि.प्र.का.मा जाहेरी दरखास्त हुना साथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।
उदयपुर जिल्ला उदयपुरगढी गा.पा. वडा नं.७ मिति २०८२।०३।२५ गते अ.१६:०० बजेको समयमा सांकेतिक नाम गाईघाट १०३ (ग) को छोरी वर्ष १७ कि (नावालिका)सांकेतिक नाम १०३ लाई ऐ.ऐ. बस्ने वर्ष अ. २७ को धिरज मोतेले संवेदनशिल अंगमा समाति सुमसुम्याई बालयौन दुरुपयोग गरेको भनि पिडितको बाबुले आज मिति २०८२।०३।२६ गते अ.१५:०० बजेको जिल्ला प्रहरी कार्यालय उदयपुर जाहेरी दरखास्त दिएकोले अप्रपोष्ट नेपालटार उदयपुरमाबाट प्रसनि राम कुमार यादवको कमाण्डमा प्रहरी टोलि खटिगई निज धिरज मोतेलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याइ आवश्यक अनुसन्धान कार्य भइरहेको ।
कञ्चनपुर जिल्ला लालझाडी गाउपालीका वडा नम्बर ०६ चान्देब बस्ने बर्ष अ.५५ को प्रसादे ऐरले आफ्नो घरमा मोवाईल चार्ज गर्न आएकी ऐ.ऐ.ढक्का शिबिर बस्ने गोपाल सुनारकी छोरी बर्ष १० की परिवर्तित नाम कञ्चनपुर ७५बेलौरी(ढ )१ कुमारीलाई घरको कोठा भित्र शरिरका संबेदनशिल अंगमा छुने,समाउने,चलाउने,किस गर्ने र नाबालीकालाई समेत किस गर्न लगाएको भनि आज मिति २०८२।०३।२६ गते २१:०० बजेको समयमा पिडीतको आमा शान्ति सुनार ले इलाका प्रहरी कार्यालय बेलौरीमाबालयौन दुरुपयोग सम्बन्धी कसुरमा लिखित जाहेरी दिएको हुँदा तत्काल उक्त स्थानमा इलाका प्रहरी कार्यालय बेलौरीबाट प्र.ब.ना.नि को कमाण्डमा ७ जनाको टोली खटिगई, निज प्रसादे ऐरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलौरीमा राखीएको,अनुसन्धान भैरहेको ।
डोटी जिल्ला पुर्विचौकी गा.पा. वडा नं. २ कुडासैन बस्ने बर्ष ३३ को खगेन्द्र ठकुल्लाले ऐ.ऐ. बस्ने बर्ष १३ की परीवर्तित नाम ७० सिलगढी २३(क) आफ्नै घरमा सुतेको अवस्थामा झ्याल बाट भित्र पसी करणीका आसयले समात्ने क्रममा बालिकाले हो हल्ला गर्दा खगेन्द्र ठकुल्ला भागी गएको भनि आज मिति २०८२।०३।२६ गतेको १३;०० बजेको समयमा जानकारी प्राप्त हुना साथ प्र.ब.ना.नि. विरेन्द्र बहादुर चन्दको कमाण्डमा ७ जनाको टोली खटिई गई निज खगेन्द्र ठकुल्ला लाई नियन्त्रणमा लिई यस का. को हिरासतमा राखी सम्पूर्ण प्रक्रिया पुरा गरी आवश्यक अनुसन्धान कार्य भई रहेको ।
ईलाम जिल्ला सन्दकपुर गा.पा.१ आलुबारी स्थित बस्ने वर्ष ४२ को सांकेतिक नाम इलाम-आ १०(०८१/०८२) ले निजको भाई वर्ष ३० को सांकेतिक नाम इलाम-आ-१(०८१/०८२) को श्रीमती वर्ष १९ की सांकेतिक नाम इलाम-आ (०८१/०८२) लाई पिडितको घरमा ज.ज.क. प्रयास गर्न खोजेकोले पिडितको श्रीमानले देखि ऐ.०९;३० बजे प्रचौ बन्दुकेमा खबर प्राप्त हुनसाथ प्रचौ बन्दुकेबाट प्रनानि नागेन्द्र ब. बुढाथोकीको कमाण्डमा प्रहरी टोली खटि गई पिडक सांकेतिक नाम इलाम-आ १०(०८१/०८२) नियन्त्रणमा लिई ऐ. १२:४५ बजे जिप्रका ईलाममा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
झै-झगडा/कुटपिट
जुम्ला जिल्ला पातारासी गा.पा.४ तिर्खु बस्ने अं.वर्ष ४९ को मदन नाथ धिताल र ऐ. बस्ने अं.वर्ष ३५ को राम बहादुर बोहरा बीच एक आपसमा झै-झगडा भई कुटपिट हुँदा निज मदन नाथ धिताललाई छातिमा तथा शरिरको बिभिन्न भागमा चोट लागी उपचारको लागि निजको श्रीमती डिलमाया धितालले ऐ.२३:०० बजे कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ल्याई ICU मा राखि उपचार भईरहेको, अवस्था गम्भीर रहेको भनी ऐ. प्रतिष्ठानमा कार्यरत प्र.क.जि.प्र.का. जुम्लामा जानकारी गराएको र कुटपिट गर्ने व्यक्ति राम बहादुर बोहरालाई प्रहरी चौकी डिल्लिचौर जुम्लाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले पक्राउ गरी प्रहरी चौकी डिल्लिचौर जुम्लाको नियन्त्रणमा राखिएको ।
फुटकर ज्यान
काठमाडौं जिल्ला टोखा न.पा.९ मिलनटोल स्थित रामजी बुढाको ५ तले पक्की घर भाडामा लिई जि.सल्यान दार्मा गा.पा.५ घर हुने वर्ष ३६ को देवराज खड्काले संचालन गरेको न्यू भावना गेष्ट हाउसको तेस्रो तलाको ३०३ नम्बरको कोठामा मिति २०८२।०३।२५ गते अं.०६:०० बजे जि.धादिङ सिद्वलेख गा.पा.६ घर भई हाल का.जि.बौद्व बस्ने वर्ष २१ की सबिना मगर सहित ३ जना (केटी) साथीहरु गेष्टको रुपमा आई बसेकोमा निज सबिना मगर सुतेको बेडमा घोप्टो परी मृत अवस्थामा रहेको र उक्त कोठाको ढोका खुल्लै रहेको भन्ने खबर प्राप्त हुना साथ प्रभाग गोँगबुबाट प्र.नि.को कमाण्डमा ६ जना, जि.प्र.परिसर र वृत्त महाराजगंजबाट मुचुल्का टोली समेत खटी गई घटनास्थल लाशजाँच मुचुल्का कार्य भईरहेको,मृतकका साथी जि.मकवानपुर ईन्द्रसरोवर गा.पा.१ घर भई हाल का.जि.गोकर्णेश्वर बस्ने वर्ष २३ की डोल्मा बम्जन सहित २ जनालाई थप आ.अ.कार्यको लागि नियन्त्रणमा लिईएको ।