मिति २०८२।०३।२८ गते देखि ऐ. २९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२९
- A
- A-
- A+
धारीलो हतियार प्रहार
उदयपुर त्रियुगा न.पा. १० आँखा अस्पताल नजिक ऐ. बस्ने वर्ष अ. २३ को राजेश मल्लिकलाई ऐ. बस्ने वर्ष अ.२४ को राकेश वि.क ले के कुन कारण चक्कुले प्रहार गर्दा निजको छाती, कुममा चोट लागी घाइते भएकोले उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगरमा लगी उपचार भइरहेको भन्ने खबर सोही अस्पतालमा खटिएको प्र.क मार्फत ऐ.०३/२९ गते राती ०२ :४० बजे जि.प्र.का.उदयपुरमा जानकारी प्राप्त भएको,उपचारमा निजको आमा संलग्न रहेको, अवस्था बोल्न नसक्ने गम्भीर रहेको, कुट्ने व्यक्ती तत्काल फरार रहेको,जि.प्र.का.बाट प्रहरी टोली खटि गई थप बुझ्ने कार्य भइरहेको, कुट्ने व्यक्तीको खो.त.कार्य भइरहेको ।
झै-झगडा/कुटपिट
धनुषा जिल्ला बटेश्वर गा.पा.४ स्थित क्रिकेट ग्राउण्डमा क्रिकेट खेल्ने क्रममा खेलाडीहरू बिच झै-झगडा हुँदा ऐ.बटेश्वर गा.पा.३ कटानी टोल बस्ने वर्ष २३ को राजेश कुशवाहा समेत ५ जना घाईते भई १ जनालाई काठमाण्डौ तर्फ,२ जनालाई जानकी मेडिकल कलेज रमदैया र २ जनालाई ओम दिर्घायु हस्पिटल जनकपुर पठाएको,१ जनाको अवस्था गम्भीर, ४ जना मध्यम, उक्त स्थानमा प्र.चौ.बटेश्वरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, झै-झगडामा संग्लन ऐ.४ बस्ने वर्ष २१ को भाग्यनरायण साह प्र.चौ.बटेश्वरको नियन्त्रणमा ।
कैलाली जिल्ला धनगढी उ.म.न.पा.१ स्थित कारागार कार्यालय कैलालीमा मिति २०८२।०३।२७ गते कारागार कार्यालयको भित्री ग्यालरिमा वेल्डिङ गरि दुई भागमा ब्लक बिभाजन गरेको भनी उक्त कारागार भित्र रहेका कैदि/थुनुवा बन्दीहरुले हो-हल्ला गरिरहेकाले सम्झाई बुझाई गर्ने कार्य भईरहेको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा ५१ जनाको टोली खटी गएको, थप बुझ्नका लागि जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल ज्यु समेत खटी जानु भएको, हो-हल्ला भएको अवस्थामा उक्त कारागारमा रहेका ज्यान मार्ने उद्दोग मुद्दाको कैदि जि.कैलाली टिकापुर न.पा.९ बस्ने बर्ष ३२ को खगेन्द्र बोगटीलाई नाकमा सामान्य चोट लागि उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढी कैलाली पठाएको, अवस्था सामान्य ।
ला.औ
.
सिन्धुली जिल्ला कमलामाई न.पा.९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्गमा इ.प्र.का.भिमानबाट प्र.नि.को कमाण्डमा ला.औ.नियन्त्रण व्युरो शाखा कार्यालय बर्दीबास र अस्थाई ट्राफिक प्रहरी पोष्ट भिमान सहितको टोलीले विराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक जि.सर्लाही बाग्मती न.पा.५ बस्ने वर्ष ४८ को निर बहादुर बूढाथोकीले चलाएको बा.५ ख ५०७५ नं. को हायस गाडीलाई चेकजाँच गर्ने क्रममा सोही हायसको १० नं.सिटमा सवार जि.रुपन्देही मायादेवी गा.पा.४ बस्ने वर्ष ४७ को भगवान दास लोनियाको साथबाट लागुऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ९५.०५० ग्राम र नगद रकम रु.५६,०००।–(छपन्न हजार) फेला पारी नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।
मोरङ बिराटनगर म.न.पा.१४ मलाया रोड स्थितमा इप्रका रानी र ला.औ.नि.ब्युरो बिराटनगर बाट प्रह को कमाण्डमा खटिएको संयुक्त टोलिले सडकको साईडमा को ३० प ४१० नम्बरको मो.सा.मा अडेस लागी गफ गरी रहेको जि.मोरङ बिराटनगर म.न.पा.१२ बस्ने बर्ष २३ को रोशन लाल महत्तो र देश भारत बिहार राज्य,अररिया जिल्ला,फुल्का थाना नं.पा. २ बस्ने बर्ष २१ को पवन कुमार यादवलाई संका लागी चेकजाँच गर्दा निजहरु मध्ये रोशन लाल महत्तोको साथ वाट ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ १७४.३१ ग्राम सहित फेला पारी मो.सा. सहित दुबै जनालाई नियन्त्रणमा लिई राखेको ।
मोरङ कटहरी गा.पा.०३ कटहरी चोक स्थितमा प्र.चौ.कटहरीबाट खटिएको प्र.ब.ना.नि.को टोलीले चेकिङ गरी रहेको अवस्थामा चेकिङ टोली लाई देखी को. १ ख ४५१८ न.को ट्रक सोहि स्थानमा छाडि चालक फरार भएकोमा उक्त ट्रक चेकजाच गर्दा ला.औ.गाँजा १०५ बोरा ( अ.३१५० के.जी ) फेला पारी सुरक्षित साथ जि.प्र.का.मा ल्याई राखिएको ट्रक चालकको पहिचान तथा खो.त.भईरहेको ।