मिति २०८२।०३।२९ गते देखि ऐ. ३० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-३०
- A
- A-
- A+
सुनसरी जिल्ला हरिनगर गा.पा. वडा नं ६ महरम चौक बस्ने गफार मियाँ को छोरी अं. वर्ष १८ की अरसी खातुनलाई निजकै भिनाजु देश भारत पत्रहा पंचायत वडा नं. १६ घुर्ना बस्ने सौकात मियाँको छोरा अं. बर्ष २९ को अजाद मियाँ जटले गोली प्रहार गरि घट्ना स्थलमै मृत्यु भएको गोलि प्रहार गर्ने निजको भिनाजु अजाद मियाँ जट तत्काल फरार रहेको थप बुझ्ने कार्य भइरहेको ,गोली हान्ने व्यक्तिको खो.त.जारी ।
इलाम जिल्ला ताप्लेजुङ सिदिङवा गा.पा.४ साब्लाखुमा घर भई हाल जि.इलाम सुर्योदय न.पा.११ तिनघरे माईति घर बस्दै गरेको वर्ष २१ की महिलालाई ऐ.केराबारी बस्ने वर्ष २५ को सोवित राई (JCB चालकको रुपमा काम गर्दै आईरहेको)ले डर त्रास देखाई मिति २०८१।०७।२५ गते बाट पटक पटक जवरजस्ती करणी गरेको भनी ऐ.०३।२९ गते १३:०० बजे इ.प्र.का.पशुपतिनगरमा पीडित उपस्थित भई जाहेरी दरखास्त दिनासाथ प्रहरी टोली खटी गई पिडकको घर वतनमा गई खो.त गर्दा फेला नपरेकोले खो.त.कार्य भईरहेको।
भोजपुर जिल्ला साल्पासिलिछो गा.पा.५ मातेल बस्ने वर्ष १२ की बालिकालाई ऐ. बस्ने पीडितको काका वर्ष ३० को पुरूष र वर्ष १७ को सांकेतिक नाम (०८१/८२)०७-K ले ज.ज.क. गरेको भनी पीडितले मिति २०८२।०३।२६ गते प्र.चौ.दोभानेमा जानकारी गराउनासाथ तत्काल प्रहरी टोली खटी गई निज पीडकहरूलाई ऐ.२७ गते पक्राउ गरी ऐ.२८ गते जि.प्र.का.भोजपुरमा ल्याई अनुसन्धान कार्य भईरहेकोमा निज पीडितले जि.प्र.का.भोजपुरमा जाहेरी दरखास्त दिएको हुँदा ऐ.२९ गते निज सांकेतिक नाम (०८१/८२)०७-J र सांकेतिक नाम (०८१/८२)०७-K लाई सम्मानित भोजपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको ।
पाँचथर जिल्ला फिदिम न.पा.१ फिदिम बजार स्थित बाटिका होटलमा देश भारत सिकिम घरभई हाल ऐ.बजारमा डेरा गरी बस्ने वर्ष २१ की महिलालाई मिति २०८२।०३।२८ गते २४:०० बजे ऐ. कुम्मायक गा.पा.४ बस्ने वर्ष २३ को उमेश तामाङ लगायत ५ जनाले सामुहिक ज.ज.क गरेको भन्ने ऐ.२९ गते १५:०० बजे खबर प्राप्त हुनासाथ जि.प्र.का पाँचथरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पिडक ५ जनालाई नियन्त्रणमा लिई दिन ५(पाँच)को म्यादथप गरी आ.अ भइरहेको ।
अवैध (श्रोत नखुलेको) रकम बरामद
मोरङ जिल्ला बिराटनगर म.न.पा.४ स्थित बिराटनगर बिमानस्थल सुरक्षा गार्ड बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिमानस्थलको टर्मिनल भवनमा चेकजाँच गर्ने क्रममा देश भारत बिहार राज्य फसियार घर बताउने अं.वर्ष ३२ को महमद रौनक जमिरलाई निजले बोकेको कालो झोलाभित्र श्रोत नखुलेको रु.५००/- दरका भारतीय नोट थान ५२७ (भा.रू.२ लाख ६३ हजार ५ सय) फेला पारी उक्त नगद ( ने.रू.४ लाख २१ हजार ६ सय) सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाएको ।
मोरङ जिल्ला बिराटनगर म.न.पा.१६ हुलास चोक स्थित ला.औ.नि.ब्युरो बिराटनगरबाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको जि. मोरङ सुन्दरहरैचा न.पा.७ बस्ने वर्ष २१ को आविश उरावलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १६ मिलिग्राम फेला पारी ला.औ.सहित नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको।