मिति २०८२।०३।३० गते देखि ऐ. ३१ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-३१
- A
- A-
- A+
ज.ज.क./ज.ज.क.उधोग
सुर्खेत जिल्ला बारेकोट गा.पा. ५ तोलखोला घर भई बिरेन्द्रनगर न.पा. ०३ मुलपानी बस्ने वर्ष १६ कि परिवर्तित नाम ६४ वीरेन्द्रनगर (क) ९३ लाई जाजरकोट भेरी न.पा. ०५ घर भई हाल बिरेन्द्रनगर न.पा. ३ बस्ने वर्ष ३६ को उदय चन्दले जबरजस्ती करणी गरेकोले कानुन बमोजिम गरिपाउँ भन्ने व्यहोराको जाहेरी दरखास्त मिति २०८२-०३-३० गते १०:०० बजेको समयमा जि.प्र.का. सुर्खेतमा प्राप्त भएको, आवश्यक अनुसन्धान तथा घटना स्थलको लागी उक्त स्थानमा जि.प्र. का. सुर्खेतबाट प्रतिवादी उदय चन्द पक्राउ परेको ।
हात हतियार बरामद
कैलाली जिल्ला भजनि नगरपालिका ९ आमबाडि स्थित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्र.ना.नि. गजेन्द्र बहादुर चन्द(९८५८४२३६४२) को प्रहरी टोली र तालुक सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्र.स.नि. लोकेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको सयुक्त टोलीले ऐ.ऐ.९ बस्ने बर्ष ५० को दिलिप कार्कीको घरमा खान तलासि गर्दा निम्न स्थान बस्ने निम्न मानिसहरु र निम्नानुसारको हात हतियार गोलि गठ्ठा सहित फेला पारि नियन्त्रणमा लिई इ.प्र.का.भजनी कैलालीवाट प्र.नि.युवन कुमार चौधरी (९८५८४९०३०५) को कमाण्डमा ७ जनाको टोली खटी गई थप अनुशन्धान कार्यको लागी इ.प्र.का.भजनी कैलालीमा राखिएको । निम्न पक्राउ गरिएका मानिसहरु १.जिल्ला कैलाली भजनि नगरपालिका ९ बस्ने बर्ष ५० को दिलिप कार्की । २.ऐ.ऐ. बस्ने निजको छोरा बर्ष २२ को बिकास कार्की । ३.ऐ.ऐ. ५ बस्ने बर्ष ३० को सुरेश बिक । बरामद गरीएका हा.ह.,गो.ग.,अन्य सामानहरु १.NF BABY लेखिएको पेस्तोल थान-१,ऐ.को गोलि राउण्ड – ११,म्यागजिन थान-१ । २. नबिकरण नभएको ०,२२ बोर (हर्नेट) थान-१,ऐ.को गोली राउण्ड -२४ । ३.कटुवा पेस्तोल थान-१ । ४.भरुवा बन्दुकको काठ मात्र थान-१,छर्रा १ डिब्बा, भरुवा बन्दुकको घोडा थान-१ । ५.मयुरको प्वाख २ गुच्चा । ६. जरायोको सिङ थान-३ ।
ला.औ.
सुर्खेत जिल्ला जि.प्र.का. सुर्खेतबाट प्र.ना.उ.को कमाण्डमा प्रहरी टोली खटि गई जिल्ला जाजरकोट कुशे गा.पा.५ खुर्पा घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा.१० शान्तीनगर टोल स्थित डेरा गरी बस्ने वर्ष २२ की दिलमाया सिंह ठकुरीको कोठामा चेकजाँच गर्दा निजको कोठामा रहेको दराज भित्र नेपाली नक्कली रुपैया रु.१२,४९,०००।– (बार्ह लाख उन्पचास हजार) फेला परेको र जिल्ला सुर्खेत भेरीगंगा न.पा.१२ ठकुरीटोलमा डेरा गरी बस्ने जिल्ला जाजरकोट कुशे गा.पा.७ समकोट गमौडी बस्ने बर्ष ३५ को कृष्ण ब.वली, ऐ.५ बस्ने बर्ष ३८ को प्रेम ब. बि.क. र ऐ.बस्ने बर्ष ३३ को राम ब.सिंहको कोठामा गई चेकजाँच गर्दा कालो भिर्ने झोलामा अ.११ किलो ला.औ.अफिम जस्तो देखिने गिलो पदार्थ (नापतौल नगरेको) सहित निजहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.सुर्खेतमा राखी थप अनुसन्धान भईरहेको ।
धादिङ जिल्ला बेनिघाट रोराङ गा.पा.२ आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढी बाट मलेखु तर्फ आउदै गरेको BR 06 Pc1167 नं.को इन्डियन महेन्द्रा गाडि लाई प्र.चौ.ताल्ति बाट खटिएको प्र.ह.यम प्रसाद न्यौपानेको टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार (पृथ्वी चम्पारण)थाना रक्सोल नोइपाढीह वडा.न.४ सहदेवा बस्ने अ.बर्ष ४५ को सरहज मियाँ लाई समेत नियन्त्रणमा लिई प्र.चौ.ताल्तिमा राखिएकोमा ऐ.०८:५३ बजे उक्त गाडी इ.प्र.का.गजुरीमा ल्याई गाडीको सम्पुर्ण पाटपुर्जा चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट (३१) वटा सानो ठुलो पोकामा अ.(१४३ के.जि. ८४० ग्राम) ला.औ.गाजा नियन्त्रणमा लिई आ.अ.भईरहेको ।
उदयपुर जिल्ला कटारी न.पा.-०२ शस्त्र प्रहरी बल नेपाल कटारी सुरक्षा बेस कटारी उदयपुरबाट खटिएको स.प्र.नि. को कमाण्डमा खटिएको टोलीले जिल्ला उदयपुर कटारी न.पा.-०२ खोक्सा स्थित सिद्दिचरण लोकमार्गमा कटारीबाट मिर्चैया सिरहा तर्फ जादै गरेको को १ ज १२७५ नम्बरको तरकारी बोकेको बोलेरो गाडीलाई रोकी चेक गर्दा उक्त गाडीमा लुकाई छिपाई लैजादै गरेको अवस्थामा (१२ बोरामा) ४३६ के.जी. १४० ग्राम ला.औ. गांजा फेला परेकोले उक्त ला.औ.गांजा, बोलेरो गाडी र बोलेरो गाडी चालक जि.धनकुटा सहिदभुमी गा.पा.-२ बस्ने कुल बहादुर राईको छोरा बर्ष-२९ को तेज राईलाई नियन्त्रणमा लिई कार्यालयको पत्रसाथ ऐ. २०:२० बजेको समयमा अनुसन्धान तथा आबश्यक कार्वाहीको लागी इ.प्र.का.कटारी उदयपुरमा ल्याई बुझाएकोले उक्त ला.औ.गांजा, बोलरो गाडी र चालक बुझी लिई अनुसन्धान कार्य भईरहेको ।