मिति २०८२।०३।३१ गते देखि ऐ. ३२ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-३१
- A
- A-
- A+
कर्तब्य ज्यान
प्युठान जिल्ला सरुमारानी गा.पा. ३ गोठेरी बस्ने अं.वर्ष २७ को दिपक परियारको श्रीमती अं.वर्ष २८ की रुकमनि बराललाई ऐ.स्थित डिला परियारको घरमा गई बसेको अवस्थामा निजको पहिलो श्रीमान(सम्बन्ध विच्छेद नभएको)ऐरावती गा.पा.२ कात्तिके बस्ने अं.वर्ष ३० को लिला बहादुर बरालले एक्कासी आई निज रुकमनि बराललाई धारिलो हतियार चक्कुले घाँटी रेटी मारेको प्रहरी टोली खटी गई निजलाई नियन्त्रणमा लिएको।
ज.ज.क.
भोजपुर जिल्ला टेम्केमैयुङ गा.पा.७ कट्वल गाँउ बस्ने वर्ष ०७ की बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई गरी ऐ.बस्ने नाबालक वर्ष १६ को पिडकले आफ्नै घरमा लगि ज.ज.क.गरेको भनि ऐ.३१ गते निज नावालिकाले आफ्नो आमालाई जानकारी गराएको हुदा प्रहरी टोली खटी गई निज पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।
इलाम जिल्ला माई न.पा.४ बस्ने अं.वर्ष ५४ को ले आफ्नै घरमा भेट्न आईकी आफ्नै छोरी अं.वर्ष १४ की लाई संबेदनसिल अंग छोई चलाई यौन दुरुपयोग गरेको भनि ऐ.३१ गते अं.११:३० बजे निज पिडित आफै प्र.चौ. दानाबारीमा आई मौखिक जानकारी गराउना साथ प्रहरी टोली खटी गई १७:४५ बजे पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, पिडितको अवस्था सामान्य रहेको ।
धारीलो हतियार प्रहार
सुर्खेत जिल्ला सिम्ता गा.पा. ०५ बजेडाआली स्थित ऐ. बस्ने वर्ष ४६ को राम बहादुर कामीलाई ऐ.बस्ने वर्ष ४९ को हुकुम बहादुर खत्रीले मा.प.से. गरी वादविवाद हुदाँ बन्चरोको पछाडी भागले छातीमा प्रहार गरी घाईते भएको भनि ऐ.२१:३० बजे स्थानियले खबर गरे पश्चात प्र.चौ. आलिबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको ऐ.२३:०० बजे कुटपिटमा संलग्न हुकुम बहादुर खत्रीलाई निजकै घर नजिकैबाट नियन्त्रणमा लिई आ.अ.भईरहेको,घाईतेलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि मेहलकुना अस्पताल सुर्खेत पठाईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल दश बिघा कोहलपुर बाकेको लागी रिफर भएको,अवस्था गम्भीर, साथमा निज घाईतेको श्रीमती रिता कामि रहेको ।
ला.औ.
कञ्चनपुर जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा नम्बर ४ बजार स्थित गल्लि न. १ मा रहेको राम सिह भण्डारीको घर अगाडीको सडक पेटीमा बेवारीशे अवस्थामा फेला पारेको झोला भित्र शुद्ध तौल गर्दा १६४ ग्राम लागू औषध चरेष जस्तो कालो पदार्थ फेला परेकोमा उक्त चिज बस्तु र झोला बरामद गरी यस कार्यालयमा ल्याएकोमा ऐ.३१ राती अ . ०४;३० बजेको समयमा जिल्ला कञ्चनपुर भि.न.पा. वडा न. ४ गल्लि न. ४ मा रहेको सडकमा मादक पदार्थ सेवन गरी मेरो झोला हरायो भनि हो हल्ला गर्दै पैदल हिडिरहेको अवस्थामा जिल्ला बझाङ दुर्गाथली गा. पा. वडा न. ०६ बस्ने ३८ को शेर बहादुर सिह लाइ जि.प्र.का. कञ्चनपुर बाट खटि गएको प्र.ना.नि. को प्रहरी टोलीले फेला पारी यस का. ल्याइ प्रारम्भिक सोधपुछ गर्दा गल्लि न. १ मा रहेको राम सिह भण्डारीको घर अगाडीको सडक पेटीमा बेवारीशे अवस्थामा फेला पारेको झोला मेरै हो भनि निज शेर बहादुर सिहले बताएको हुदा निजलाइ नियन्त्रणमा लिइएको ।
कैलालि जिल्ला धनगढी उ.म.न.पा. १० गणपति ईटा भट्टा नजिक चालक ऐ.१२ डि.गाउ बस्ने बर्ष २५ को धर्मेन्द्र सिंहले चलाएको बा.प्र.०२०३४ प ८०१९ नं.को स्कुटिलाई जि.प्र.का.कैलालीको अ.अ.समुहबाट प्र.ह.को कमाण्डमा खटि गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट २ ग्राम ४४० मिलिग्राम ला.औ.ब्राउन सुगर फेला पारी बरामद गरी स्कुटी सहित निजलाई नियन्त्रणमा लिइएको ।