प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०४।०१ गते देखि ऐ. ०२ गते सम्मको मुख्य आपराधिक घटनाहरु

२०८२-०४-०२

  • A
  • A-
  • A+
Share

कर्तब्य ज्यान 


सिरहा जिल्लाकल्याणपुर न.पा.९ डुमरी स्थित ऐ.बस्ने अं.वर्ष ७० को करीया राय यादब (बि.पि.को बिरामी रहेको) र ऐ.बस्ने निजकै बुहारी अं.वर्ष ३५ कि श्रीबती देवी यादब बिच घरायसी बिषयमा बादविवाद भई श्रीबती देवी यादबले आफ्नो ससुरालाई लाठिले कुट्दा हुँत्तीदा निज करीया राय यादबको खुट्टा चिप्ली घरको आङगनमा लडि घटनास्थलमै मृत्यु भएको प्रहरी टोली खटिगई लाश जाँच मुचुल्का कार्य पुरा गरी शव पो.मा.को.लागि प्रादेशिक अस्पताल सिरहा पठाईएको, थप अनुसन्धानको लागि निज श्रीबती देवि यादवलाई नियन्त्रणमा लिई इ.प्र.का.मिर्चैया पठाईएको ।
    
कैलाली जिल्ला धनगढी उपमहानगरपालिका १४ बस्ने बर्ष ३५ को गणेश गिरिले निजकै सहोदर भान्जा ऐ.ऐ. १८ बस्ने बर्ष १८ को प्रदिप बोहराको ऐयरफोन चोरी गरेको भनि निज प्रदिप बोहराले कुटपिट गरेको र निज गणेश गिरि घर तर्फ गएकोमा मिति २०८२।०३।३० गते १२;३० बजे निज गणेश गिरिको मृत्यु भई  आफन्त र स्थानियले सदगत समेत गरि सकेको र मिति २०८२।०४।०१ गते १५;०० बजे आफन्तहरु बाट निज प्रदिप बोहराले कुटपिट गरि निज गणेश गिरिको मृत्यु भएको हो भनि जानकारी गराए पश्चात प्रहरी टोली खटी गई उक्त लाश खाडल बाट निकाली घटना स्थल कार्य पुरा गरि लास पो.मा.को लागि ऐ.१८:३५बजे सेति प्रादेशीक अस्पताल धनगढीको लास घरमा राखिएको, कुटपिट गर्ने प्रदिप बोहरा र (अनुसन्धानको लागि) मृतकको भाई ऐ.ध.उ.म.न.पा. १४ बस्ने बर्ष ३६ को पदम गिरि समेत दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जि.प्र.का.कैलालीमा ल्याई राखिएको ।

                                     
डडेल्धुरा जिल्ला डडेल्धुरा गन्यापधुरा गा.पा. ३ डिल बस्ने बर्ष अ.५४ को  करन भुलले आफ्नै घरमा निजकी श्रीमती बर्ष अ. ४० की खिमा देबी भुललाई हंसियाले घाँटीमा प्रहार गरी हत्या गरी निज करन भुल फरार रहेको भनि आज मिति २०८२।०४।०२ गते ०६:५५ बजेको समयमा ऐ. गा.पा. वडा न. ३ का वडा अध्यक्ष चक्र देउवाले खबर गरे पश्चात प्रहरी चौकी सकायलबाट प्र.स.नि. डम्बर बहादुर कार्कीको कमाण्डमा ३ जनाको प्रहरी टोली र जि.प्र.का. डडेल्धुराबाट प्र.नि. डम्बर बिष्टको कमाण्डमा ७ जनाको प्रहरी टोली नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा राखेको ।

रुपन्देही जिल्ला सियारी गा.पा.३ कुरमार बस्ने वर्ष २८ को नागेश्वर चौधरीलाई कुटपिट भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.बेथरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई हेर्दा निज नागेश्वर चौधरीलाई खेतमा घाइते अवस्थामा फेला पारी उपचारको लागि सिटी अस्पताल भैरहवा पठाइएकोमा ऐ.०४।०२ गते ०६:३० बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, साथमा मृतकको श्रीमती सुमित्रा थारु रहेको, कुटपिट गर्ने ऐ.८ गठुवा बस्ने वर्ष २४ को पाहलद थारु जि.प्र.का.रुपन्देहीको नियन्त्रणमा ।
                                                   

ज.ज.क.


इलाम चुलाचुली गा.पा.४ बस्ने श्याम राईको छोरा अं.वर्ष २१ को उदय राई र सांकेतिक वतन ०३-६-५ बस्ने सांकेतिक नाम इलाम-क-१(०८२/०८३) को छोरी अं.वर्ष १७ की सांकेतिक नाम इलाम-क(०८२/०८३) बिगत ३/४ वर्ष अगाडी देखी प्रेम सम्बन्धमा रही भेटघाट बोलचाल गर्दै आएकोमा उदय राईले सांकेतिक नाम इलाम-क(०८२/०८३) लाई ललाई फकाई मिति २०८२।०२।२५ गते राती अं.२३:०० बजे पिडितको घर नजिकै रहेको खोलाको डिलमा जबरजस्ती करणी  गरी अश्लिल फोटो, भिडियो सामाजिक संजालमा राखी दिन्छु भनि धम्काएकोले निज बालिकाको बुवाले मिति २०८२।०३।३२ गते ११:३० बजे टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.चौ.पेल्टिमारीबाट प्र.ब.ह.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई पिडितको बुवाले ऐ.०४।०१ गते ११:४० बजे जि.प्र.का.इलाममा जाहेरी दरखास्त दिएकोले पिडकलाई जि.प्र.का.मा राखि थप आ.अ.भईरहेको ।

मोरङ जिल्ला सुन्दरहरैचा न.पा.७ नयाँबस्ति टोल बस्ने भिम बहादुर श्रेष्ठको छोरा वर्ष ३८ को बालकृष्ण श्रेष्ठले ऐ.७ बस्ने वर्ष १३ की बालिकालाइ ललाई फकाई ऐ.स्थित बाँसघारीमा लगि रु.५००।– ( पाच सय ) रुपैया दिई ज.ज.क.गरेको भनी मिति २०८२।०४।०१ गते अं.१७:०० बजे इ.प्र.का.बेलबारीमा जाहेरी सहित जानकारी गराउनसाथ प्रहरी टोली खटी गई निज बालकृष्ण श्रेष्ठलाई नियन्त्रणमा लिईएको।
                                

विदेशी नागरीक  झुण्डी मृत्यु
 
काठमाडौ जिल्ला का.म.न.पा.०२ लाजिम्पाट स्थित अम्बिका गल्लिमा रहेको २.५ तल्लाको पक्की घरको भुई तल्लाको किचेन कोठाको सिलिङ पंखाको हुकमा मल्टिपल्गको तारले घाँटिमा पासो लगाई पाकिस्तानी नागरिक अं. बर्ष ४३  को सन्तोष माइकल झुण्डी मृत अवस्थामा रहेको भनि निज संगै बस्ने जि.बाँके बैजनाथ गा.पा.६ घर भई बस्ने वर्ष २० को दिपेन्द्र गुरुङले प्रहरी वृत्त दरबारमार्गमा जानकारी गराए पश्चात प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि त्रि.बि.शिक्षण अस्पताल महारागंज पठाइएको।


श्रोत नखुलेको रकम बरामद

रौतहट जिल्ला गौर न.पा. २ दश गंजा स्थित अ.प्र.पोष्ट,महादेवपट्टीबाट प्र.स.नि.को कमाण्डमा खटिगएको गस्ति टोलीले गस्ति गर्दै जाने क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको देश भारत जि. मोतिहारी बैरगनिया-१३ बाबालाल दास मठ टोल बस्ने अं. वर्ष ४३ को महेश कुमार माथी शंका लागी चेकजाँच गर्दा निजले तिघ्रामा प्लाष्टिकले बेरी ल्यादै गरेको नेपाली नोट रु ३,००,००० ।-( तिन लाख) फेला पारी उक्त नगद सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी गौर भंसार कार्यालय,रौतहटमा पठाईएको ।
                                       

हा.ह.बरामद
  
रुकुम (पूर्वी भाग) रुकुम (पूर्वी भाग)बाट खटिएका प्र.स.नि.को कमाण्डमा गस्ति टोलीले गस्ती गर्ने क्रममा जि. रुकुम (पूर्वी भाग) सिस्ने गा.पा.८ झाक्री खोला स्थित ओदारमा लुकाई - छिपाई राखिएको वेवारिसे भरुवा बन्दुक नाल १ (एक) सावुत  फेला पारि अ.प्र.पो. धपे रुकुम (पूर्वी भाग) मा ल्याई राखेको।


ला.औ.
सुनसरी रामधुनि नपा-७ क्वाटर डाडा स्थित बासको झ्याङमा लुकाई छिपाई राखेको केहि संकास्पद पोकाहरु फेला परेको भन्ने खबर प्राप्त हुँनासाथ  अ.प्र.पोष्ट पंचायनबाट प्र.स.नि.र इ.प्र.का. पकलिबाट प्र.नि.को कमाण्डमा टोली खटीगई हेर्दा कालो प्लाष्टिकले बेरिएको १० पोका लागुऔषध गाँजा जस्तो देखिने पदार्थ प्लास्टिक सहित तौल गर्दा ३०० के.जी रहेको, अन्य अनुसन्धान कार्य भईरहेको ।

मोरङ जिल्ला ईलाका प्रहरी कार्यालय रंगेली र लागु औषध व्युरो बिराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला मोरङ सुनबर्षी नगरपालिका वार्ड नं.९ डायनिया स्थित हुलाकी सडक खण्डमा झपडतलबाट डाईनिया तर्फ आइरहेको BR37AC6795 नं.को मोटर साईकल शंका लागी रोकि सोहि मोसामा  सवार चालक देश भारत बिहार प्रदेश सिक्टी ग्राम पंचायत वार्ड नं.१३ सहिदाबार बस्ने वर्ष अ.३२ को सद्दाम हुसेन र सोही मो.सा.पछाडी सवार देश भारत अररिया जिल्ला सिक्टी ग्राम पंचायत वार्ड नं.६ ऱहनीकट्टा बस्ने बर्ष अ.३२ को शेर मोहमदलाई नियन्त्रणमा लिई चेकजॉच गर्दा शेर मोहमदको ६३.१० ग्राम साथबाट ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरी निजहरु दुबै जना मानिस र मोटर साईकल समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थप अनुसन्धानको कार्य भइरहेको ।

पर्सा जिल्ला पकहामैनपुर गा.पा.२ सुर्जाहाकट्टि स्थितमा बिषेश सुचनाको अधारमा जि.प्र.का.पर्साबाट र इ.प्र.का.पोखरियाबाट खटिएको संयुक्त टोलीले गाउको नजिकै रहेको खुल्ला ठाँउमा परालले छोपेर राखिएको अवस्थामा ६ ओटा बोरामा १२ पोका गरी जम्मा १५७ किलो ला.औ.गाजा बरामद गरी ई.प्र.का.पोखरियामा ल्याई अनुसन्धान भइरहेको ।
        


सम्बन्धित समाचार
मिति २०८२।०४।०३ गते देखि ऐ. ०४ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-०४

बालयौन दुरुपयोग सप्तरी सुरुङ्गा न.पा. वडा नं. ५ स्थित श्री मसिलाल जनता माध्यमिक विद्यालय कुशहामा कक्षा १० मा अध्ययनरत रहेकी बर्ष १६ कि बालिका पहिलो त्रैमासिक परीक्षामा नियमित रुपले सहभागी भई विज्ञान विषयको परीक्षा दिइरहेको अवस्थामा मिति २०८२।०३।३१ गते ११:०० बजे सोही कक्षा कोठाको परीक्षा निरीक्षक जि.सिरहा लहान न.पा.१ बस्ने श्री मसिलाल जनता माध्यमिक विद्यालय कुशहामा कार्यरत विज्ञान शिक्षक अं.वर्ष ३५ को सन्तोष कुमार पंजियारले प्रश्न पत्र बुझाउने क्रममा गलत मनसायले बालिकाको संवेदनशील यौन अंगहरु छोई यौनजन्य अस्वभाविक व्यवहार गरी बालयौन दुरुपयोग कसूर गरेकोमा निज शिक्षक सन्तोष कुमार पंजियारलाई मिति २०८२।०४।०२ गते ०९:१० बजे ऐ.सुरुङ्गा न.पा.५ स्थित श्री मसिलाल जनता माध्यमिक विद्यालय कुशहाबाट नियन्त्रणमा लिई सम्मानित सप्तरी जिल्ला अदालतबाट दिन ५ को म्याद थप भई अनुसन्धान भईरहेको ।दाङ तुलसीपुर उ.म.न.पा.१७ फोर्टीनाइन चोक स्थित मोहनलाल नेपालीको घरमा डेरा गरी बस्ने ऐ.१७ बघौसी घर भएको अं.वर्ष ३१ को रबिन्द्र कुमार सार्कीले सोही घरमा डेरा गरी बस्ने जि.रोल्पा माडी गा.पा.२ घर वतन भएको संकेत नामथर ५६ तुलसीपुर ०८२-०१ को छोरी वर्ष ११ की संकेत नामथर ५६ तुलसीपुर ०८२-०१ (क) को संवेदनशिल अंग छोएको र कानून बमोजिम कारबाही गरी पाऊँ भनी पीडितको आमाले ऐ.१६:०० बजे इ.प्र.का.तुलसीपुर दाङमा आई लिखित जाहेरी दरखास्त दिए पश्चात इ.प्र.का.तुलसीपुर दाङबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई ऐ.१७:०० बजे निज रबिन्द्र कुमार सार्कीलाई नियन्त्रणमा लिई लिई इ.प्र.का. तुलसीपुर दाङको हिरासतमा राखिएको, पीडितलाई स्वास्थ्य परिक्षण पश्चात आफन्तको जिम्मा लगाइएको, पीडितको स्वास्थ्य अवस्था सामान्य ।  ज.ज.क. दाङ घोराही उ.म.न.पा.३ रनघरा स्थित आफ्नै घरमा अन्यायी बर्ष ३६ को परिवर्तित नामथर ५६(०८२/०८३) घोराही ०५ (ख) ले आफ्नै छोरी बर्ष १८ की पिडित परिवर्तित नामथर ५६(०८२/०८३) घोराही ०५ लाई ज.ज.क.गरेको भनी निज पिडितले आफ्नो आमा  परिवर्तित नामथर ५६(०८१/०८२) घोराही ०५ (क) लाई सो घटनाको बारेमा जानकारी गराएपछी निज पिडितको आमा जाहेरवाली परिवर्तित नामथर ५६(०८२/०८२) घोराही ०५ (क) ले आफ्नो श्रीमानको बिरुद्धमा हाडनाता जबरजस्ति करणी कसुर मुद्दामा मिति २०८२।०४।०३ गते अं.१९:०० बजे किटानी जाहेरी दरखास्त दिए पश्चात प्रहरी टोली खटी गई निज पिडकलाई आफ्नै घरमा  फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।धारिलो हतियार प्रहारकाठमाण्डौं म.न.पा.२६ ठमेल स्थित सम्झना गल्लीमा जि.धादिङ छत्रेदेउराली घर भई हाल का.जि.ठमेल एरियाको सडक पेटीमा बस्ने वर्ष ४४ को राजु थापालाई ऐ.एरियाको सडक पेटीमा बस्ने अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा घाइते भई निजको साथी संजय घर्तीले तत्काल राष्ट्रिय ट्रमा सेन्टर लगेर उपचार भइरहेको, बाँया कोखामा काटिएको घाउ, हल्का बोल्न सक्ने, अवस्था गम्भीर, धारिलो हतियार प्रहार गर्ने जि.काठमाण्डौं का.म.न.पा.१६ बस्ने वर्ष ४३ को को शहित अली प्रहरीको नियन्त्रणमा, अन्य फरार रहेको भन्ने बुझिएकोले खो.त.भइरहेको । ला.औ.कैलाली कैलारी गा.पा.१ हसुलिया बजार स्थित जि.प्र.का.बाट प्र.ज.को कमाण्डमा खटिएको टोलीले पैदलयात्री भारत लखिमपुर चन्दनचौकी बस्ने वर्ष २३ को अन्सु गुप्तालाई शंका लागी चेजजाँच गर्दा निजको साथबाट १७ ग्राम ४६० मिलिग्रमा ला.औ.ब्राउन सुगर फेला परेकोले उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखिएको ।    बाँके नेपालगंज उ.म.न.पा.१४ उदयपुरमा ला.औ.कारोबार भैरहेको भन्ने गोप्य सुचनाको आधारमा ला.औ.नि.व्यूरो र व.प्र.का. नेपालगंजबाट खटिएको संयुक्त टोलीले ऐ.कुसुम पेट्रोलपम्प नजिकै शंकास्पद रुपमा हिँडिरहेको ऐ.बस्ने वर्ष २३ को अजय कुमार खटिकलाई चेकजाँच गर्दा निजको साथबाट ला.औ.ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल १६ ग्राम ५३० मिलिग्राम फेला परेकोले उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई आ.अ.को लागि जि.प्र.का.पठाइएको ।    सुनसरी ईनरुवा न.पा.६ हलेशी चोकस्थित पूर्व-पश्‍चिम लोकमार्गको छेउमा को ३३ प ३१४९ नं.को मो.सा.रोकी शंकास्पद रुपमा बसिरहेका २ जना मानिसहरूलाई खानतलासी गर्दा ऐ.इनरुवा न.पा.८ बस्ने वर्ष ३४ को मोहमद सफरुलको साथबाट Tramol-50 लेखिएको ३५५ पत्ता ३५५० पिस र Spasmo Proxyvon plus लेखिएको ६ पत्तामा १४४ पिस गरी जम्मा ४९४ पिस तथा ऐ.कोशी गा.पा.५ बस्ने वर्ष ४८ को अशोक कुमार यादवको साथबाट ला.औ.खैरो हेरोइन जस्तो देखिने पदार्थ शुद्ध तौल ४१.४४ ग्राम फेला परेकोले उक्त ला.औ., २ थान मोबाइल र १ थान मो.सा.सहित दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको ।

मिति २०८२।०३।३२ गते देखि ऐ. ०१ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-०१

कर्तब्य ज्यानईलाम जिल्ला सुर्योदय न.पा.१ भालुखोप स्थित काजी तामाङको घरमा ऐ.माईजोगमाई गा.पा.२ तारसिंङ गाउँ बस्ने अं.वर्ष ३२ को निरोज चापागाई आफ्नो भाई अं.वर्ष २१ को प्रकाश चापागाईलाई लिई ससुराली घर आई बसेकोमा ऐ.सुर्योदय न.पा.१ सिरिसे बस्ने वर्ष अं.३३ को किरण शेर्पासँग के-कुन विषयमा झगडा भई किरण शेर्पाले प्रकाश चापागाईलाई धारिलो हतियारले प्रहार गर्दा प्रकाश चापागाईँको घटनास्थलमै मृत्यु भएको र निरोज चापागाईँको पेटमा चोट लागी गम्भीर घाईते भई उपचारको लागि फिक्कल अस्पताल पठाईएको, घटनास्थलमा प्र.चौ.गोर्खेबाट प्र.ह.को कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखेको, धारिलो हतियार प्रहार गर्ने किरण शेर्पा प्रहरीको नियन्त्रणमा, थप अनुसन्धानको लागि इ.प्र.का.पशुपतिनगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।                                                                                                          ज.ज.क./बल यौन दुर्व्यवहारडोल्पा    जिल्ला त्रिपुरासुन्दरी न.पा.६  स्थित  चुपेल्ला भन्ने ठाउँमा ऐ. बस्ने वर्ष २२ की महिलालई ऐ.५ खदाङबाट घरतर्फ जाँदै गरेको अवस्थामा बाटोमा रोकी बहिनी एकछिन काम छ भनि  एक्कासी ऐ. बस्ने अं.वर्ष ४० को यादव बि.क.ले ज.ज.क.गरेको भनी ऐ.०३/३१ गते जि.प्र.का.मा जाहेरी दिएकोले ऐ.०३।३२ गते इ.प्र.का.करबगार्डबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजको घर, ठेगानामा खटी गई निजलाई नियन्त्रणमा लिएको ।ओखलढुंगा जिल्ला सांकेतिक वतन जिल्ला १३ गाउँपालिका ३ वडा नं.ङ स्थित अं.वर्ष २३ की सांकेतिक नाम य लाई ऐ.बस्ने अं.वर्ष-१७ को सांकेतिक नाम Q ले ज.ज.क.गरेको भनी सांकेतिक नाम य १ ले ऐ.३२ गते १८:०० बजे जि.प्र.का.मा लिखित जाहेरी दिएको हुँदा प्र.चौ.हर्कपुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखिएको, पीडक र पीडित दुवैजनालाई यौनजन्य स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको ।बर्दिया जिल्ला गुलरीया न.पा.४ बस्ने वर्ष १४ की परिवर्तित नामथर ६४ वीरेन्द्रनगर (क) ९६ लाई मिति २०८१।१२।०१ गते ११:०० बजे ऐ.बागेश्वरी फाँट घर भई हाल बिरेन्द्रनगर न.पा.१० डेरा कोठा गरी बस्ने वर्ष २२ को शिव रैदासले ज.ज.क.गरेकोले कानुन बमोजिम गरी पाऊँ भनी मिति २०८२।०३।३२ गते १०:०० बजे जि.प्र.का.सुर्खेतमा जाहेरी दरखास्त प्राप्त भएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको, पीडक फरार रहेकोले खो.त.भइरहेको ।काठमाण्डौं जिल्ला नागार्जुन न.पा.६ तल्लो टौखेल डेरा गरी बस्ने जि.मकवानपुर ईन्द्रसरोवर गा.पा.१ घर भएकी वर्ष ८ की बालिकालाई दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग सितापईलाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घटनामा संलग्न जिल्ला भक्तपुर चाँगुनारायण न.पा.९ घर भई हाल का.जि.नागार्जुन न.पा.६ तल्लो टौखेल बस्ने वर्ष ३७ को दिपक राउतलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको, बालिकालाई स्वास्थ्य परीक्षणको लागि थापाथली अस्पाताल पठाइएको ।                                              शंकास्पद मृत्यु रोल्पा जिल्ला गंगादेव गा.पा.७ उपल्लो जाय बस्ने वर्ष २२ को ज्ञानेन्द्र ओलीको श्रीमती वर्ष अं.२० की लक्ष्मी मल्ल (ओली) श्रीमानसँग सामान्य विवाद हुँदा मिति २०८२।०३।३२ गते २२:०० बजे घरबाट आफूखुसी हिँडेकीमा आफन्तहरूले खो.त.गर्ने क्रममा घरदेखि अं.२०० मिटर दक्षिणमा रहेको गोरेटो बाटोमा मृत अवस्थामा फेला परेको भनी ऐ.०४।०१ गते ००:५० बजे निजको ससुरा पर्शुराम ओलीले इ.प्र.का.जिनावाङमा खबर गरेपश्चात प्र.स.नि.को कमाण्डमा टोली खटी गई ऐ.०४:०५ बजे घटस्थलमा पुगी बुझ्दा शव बाटोमा उत्तानो अवस्थमा रहेको, घाँटीमा हल्का डाम देखिएको बाहिरी चोट नदेखिएको, मृतकको श्रीमान ज्ञानेन्द्र ओली श्रीमतीको खो.त.गर्न जादाँ श्रीमतीलाई मृत अवस्थामा देखेपछि सम्पर्कविहीन भएकोमा निजको खो.त.गर्ने क्रममा ऐ.०६:२५ बजे स्थानीयबासीहरुले घरदेखि अं.२०० मिटर दक्षिण पूर्वतर्फ रहेको जुकेखोला वनको गुराँसको रुखमा नाम्लोको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको,शव झुण्डिएकै अवस्थामा रहेको, उक्त स्थानमा ऐ.०५:०० बजे इ.प्र.का.घर्तिगाउँबाट प्र.नि.को कमाण्डमा थप टोली खटी गई आ.अ.भइरहेको, उक्त स्थान इ.प्र.का.जिनावाङबाट अं.१५ कि.मि.पर्ने ।धादिङ जिल्ला त्रिपुरा सुन्दरी गा.पा.६ ढलेको पिपल तल्लो कास्टे स्थितमा ऐ|.ऐ.बस्ने शम्भु अधिकारीको श्रीमती बर्ष अं.२१ कि कबिता भट्टराई आफ्नै घरको आफु सुत्ने कोठामा कोठा भित्रबाट ढोकाको चुकुल लगाई भुईमा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुँनासाथ उक्त स्थानमा अ.प्र.पोष्ट आगिञ्चोकबाट प्र.ह.को कमाण्डमा २ जना,इ.प्र.का.सल्यानटारबाट प्र.ना.नि.को कमाण्डमा २ जनाको टोलि खटिई गई घटनास्थल सुरक्षित राखिएको र जि.प्र.का धादिङबाट प्र.ना.उ को कमाण्डमा ५ जनाको टोलि खटिई गएको,मृतकको श्रीमान रोजगारीको शिलशिलामा विदेश गएको र घरमा सासु,ससुरा र जेठानिसंग-संगै बस्दै आएको भन्ने बुझिएको ।ला.औ.सुनसरी जिल्ला देवानगंज गा.पा.७ डेढ नम्बर पुल स्थितमा छिटहाबाट देवानगंज तर्फ जाँदै गरेको नं. नखुलेको २२० सिसिको कालो रङ्को पल्सर मो.सा.मा ला.औ.गाँजा बोकी आउँदै गरेको अवस्थामा इ.प्र.का.हरिनगराबाट प्र.व.ह.को कमाण्डमा खटिएको गस्ति टोलीलाई देख्नासाथ उक्त मो.सा.मा लोड भएको ला.औ.गाँजा अं.५० के.जि. फाली मानिस मो.सा.लिई फरार भएको, उक्त ला.औ.गाँजा नियन्त्रणमा लिई इ.प्र.का.हरिनगरामा ल्याई राखि तौल गर्दा गाँजा ४९ के.जि.२९० ग्राम रहेको, फरार भएको मो.सा. र मो.सा.चालकको खो.त.कार्य भईरहेको ।

मिति २०८२।०३।३० गते देखि ऐ. ३१ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-३१

ज.ज.क./ज.ज.क.उधोग सुर्खेत जिल्ला बारेकोट गा.पा. ५ तोलखोला घर भई बिरेन्द्रनगर न.पा. ०३ मुलपानी बस्ने वर्ष १६ कि परिवर्तित नाम ६४ वीरेन्द्रनगर (क) ९३ लाई जाजरकोट भेरी न.पा. ०५ घर भई हाल बिरेन्द्रनगर न.पा. ३ बस्ने वर्ष ३६ को उदय चन्दले जबरजस्ती करणी गरेकोले कानुन बमोजिम गरिपाउँ भन्ने व्यहोराको जाहेरी दरखास्त मिति २०८२-०३-३० गते १०:०० बजेको समयमा जि.प्र.का. सुर्खेतमा प्राप्त भएको, आवश्यक अनुसन्धान तथा घटना स्थलको लागी उक्त स्थानमा जि.प्र. का. सुर्खेतबाट प्रतिवादी उदय चन्द पक्राउ परेको ।हात हतियार बरामदकैलाली जिल्ला भजनि नगरपालिका ९ आमबाडि स्थित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्र.ना.नि. गजेन्द्र बहादुर चन्द(९८५८४२३६४२) को प्रहरी टोली र तालुक सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्र.स.नि. लोकेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको सयुक्त टोलीले ऐ.ऐ.९ बस्ने बर्ष ५० को दिलिप कार्कीको घरमा खान तलासि गर्दा निम्न स्थान बस्ने निम्न मानिसहरु र निम्नानुसारको हात हतियार गोलि गठ्ठा सहित फेला पारि नियन्त्रणमा लिई इ.प्र.का.भजनी कैलालीवाट प्र.नि.युवन कुमार चौधरी (९८५८४९०३०५) को कमाण्डमा ७ जनाको टोली खटी गई थप अनुशन्धान कार्यको लागी इ.प्र.का.भजनी कैलालीमा राखिएको । निम्न पक्राउ गरिएका मानिसहरु १.जिल्ला कैलाली भजनि नगरपालिका ९ बस्ने बर्ष ५० को दिलिप कार्की । २.ऐ.ऐ. बस्ने निजको छोरा बर्ष २२ को बिकास कार्की । ३.ऐ.ऐ. ५ बस्ने बर्ष ३० को सुरेश बिक । बरामद गरीएका हा.ह.,गो.ग.,अन्य सामानहरु १.NF BABY लेखिएको पेस्तोल थान-१,ऐ.को गोलि राउण्ड – ११,म्यागजिन थान-१ । २. नबिकरण नभएको ०,२२ बोर (हर्नेट) थान-१,ऐ.को गोली राउण्ड -२४ । ३.कटुवा पेस्तोल थान-१ । ४.भरुवा बन्दुकको काठ मात्र थान-१,छर्रा १ डिब्बा, भरुवा बन्दुकको घोडा थान-१ । ५.मयुरको प्वाख २ गुच्चा । ६. जरायोको सिङ थान-३ ।ला.औ.सुर्खेत जिल्ला जि.प्र.का. सुर्खेतबाट प्र.ना.उ.को कमाण्डमा प्रहरी टोली खटि गई जिल्ला जाजरकोट कुशे गा.पा.५ खुर्पा घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा.१० शान्तीनगर टोल स्थित डेरा गरी बस्ने वर्ष २२ की दिलमाया सिंह ठकुरीको कोठामा चेकजाँच गर्दा निजको कोठामा रहेको दराज भित्र नेपाली नक्कली रुपैया रु.१२,४९,०००।– (बार्ह लाख उन्पचास हजार) फेला परेको र जिल्ला सुर्खेत भेरीगंगा न.पा.१२ ठकुरीटोलमा डेरा गरी बस्ने जिल्ला जाजरकोट कुशे गा.पा.७  समकोट गमौडी बस्ने बर्ष ३५ को कृष्ण ब.वली, ऐ.५ बस्ने बर्ष ३८ को प्रेम ब. बि.क. र ऐ.बस्ने बर्ष ३३ को राम ब.सिंहको कोठामा गई चेकजाँच गर्दा कालो भिर्ने झोलामा अ.११ किलो ला.औ.अफिम जस्तो देखिने गिलो पदार्थ (नापतौल नगरेको) सहित निजहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.सुर्खेतमा राखी थप अनुसन्धान भईरहेको ।धादिङ जिल्ला    बेनिघाट रोराङ गा.पा.२ आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढी बाट मलेखु तर्फ आउदै गरेको BR 06 Pc1167 नं.को इन्डियन महेन्द्रा गाडि लाई प्र.चौ.ताल्ति बाट खटिएको प्र.ह.यम प्रसाद न्यौपानेको टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार (पृथ्वी चम्पारण)थाना रक्सोल नोइपाढीह वडा.न.४ सहदेवा बस्ने अ.बर्ष ४५ को सरहज मियाँ लाई समेत नियन्त्रणमा लिई प्र.चौ.ताल्तिमा राखिएकोमा ऐ.०८:५३ बजे उक्त गाडी इ.प्र.का.गजुरीमा ल्याई गाडीको सम्पुर्ण पाटपुर्जा चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट (३१) वटा सानो ठुलो पोकामा अ.(१४३ के.जि. ८४० ग्राम) ला.औ.गाजा नियन्त्रणमा लिई आ.अ.भईरहेको ।उदयपुर जिल्ला कटारी न.पा.-०२ शस्त्र प्रहरी बल नेपाल कटारी सुरक्षा बेस कटारी उदयपुरबाट खटिएको स.प्र.नि. को कमाण्डमा खटिएको टोलीले जिल्ला उदयपुर कटारी न.पा.-०२ खोक्सा स्थित सिद्दिचरण लोकमार्गमा कटारीबाट मिर्चैया सिरहा तर्फ जादै गरेको को १ ज १२७५ नम्बरको तरकारी बोकेको बोलेरो गाडीलाई रोकी चेक गर्दा उक्त गाडीमा लुकाई छिपाई लैजादै गरेको अवस्थामा (१२ बोरामा) ४३६ के.जी. १४० ग्राम ला.औ. गांजा फेला परेकोले उक्त ला.औ.गांजा, बोलेरो गाडी र बोलेरो गाडी चालक जि.धनकुटा सहिदभुमी गा.पा.-२ बस्ने कुल बहादुर राईको छोरा बर्ष-२९ को तेज राईलाई नियन्त्रणमा लिई कार्यालयको पत्रसाथ ऐ. २०:२० बजेको समयमा अनुसन्धान तथा आबश्यक कार्वाहीको लागी इ.प्र.का.कटारी उदयपुरमा ल्याई बुझाएकोले उक्त ला.औ.गांजा, बोलरो गाडी र चालक बुझी लिई अनुसन्धान कार्य भईरहेको ।                                          

मिति २०८२।०३।३१ गते देखि ऐ. ३२ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-३१

कर्तब्य ज्यान प्युठान जिल्ला सरुमारानी गा.पा. ३ गोठेरी बस्ने अं.वर्ष २७ को दिपक परियारको श्रीमती अं.वर्ष २८ की रुकमनि बराललाई ऐ.स्थित डिला परियारको घरमा गई बसेको अवस्थामा निजको पहिलो श्रीमान(सम्बन्ध विच्छेद नभएको)ऐरावती गा.पा.२ कात्तिके बस्ने अं.वर्ष ३० को लिला बहादुर बरालले एक्कासी आई निज रुकमनि बराललाई धारिलो हतियार चक्कुले घाँटी रेटी मारेको  प्रहरी टोली खटी गई निजलाई नियन्त्रणमा लिएको।ज.ज.क.भोजपुर जिल्ला टेम्केमैयुङ गा.पा.७ कट्वल गाँउ बस्ने वर्ष ०७ की बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई गरी ऐ.बस्ने नाबालक वर्ष १६ को पिडकले आफ्नै घरमा लगि ज.ज.क.गरेको भनि ऐ.३१ गते निज नावालिकाले आफ्नो आमालाई जानकारी गराएको हुदा प्रहरी टोली खटी गई निज पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।    इलाम जिल्ला माई न.पा.४ बस्ने अं.वर्ष ५४ को ले आफ्नै घरमा भेट्न आईकी आफ्नै छोरी अं.वर्ष १४ की लाई संबेदनसिल अंग छोई चलाई यौन दुरुपयोग गरेको भनि ऐ.३१ गते अं.११:३० बजे निज पिडित आफै  प्र.चौ. दानाबारीमा आई मौखिक जानकारी गराउना साथ प्रहरी टोली खटी गई १७:४५ बजे पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, पिडितको अवस्था सामान्य रहेको ।धारीलो हतियार प्रहार सुर्खेत जिल्ला सिम्ता गा.पा. ०५ बजेडाआली स्थित ऐ. बस्ने वर्ष ४६ को राम बहादुर कामीलाई ऐ.बस्ने वर्ष ४९ को हुकुम बहादुर खत्रीले मा.प.से. गरी वादविवाद हुदाँ बन्चरोको पछाडी भागले छातीमा प्रहार गरी घाईते भएको भनि ऐ.२१:३० बजे स्थानियले खबर गरे पश्चात प्र.चौ. आलिबाट प्र.स.नि.को कमाण्डमा  टोली खटी गएको ऐ.२३:०० बजे कुटपिटमा संलग्न हुकुम बहादुर खत्रीलाई निजकै घर नजिकैबाट नियन्त्रणमा लिई आ.अ.भईरहेको,घाईतेलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्‍चात थप उपचारको लागि मेहलकुना अस्पताल सुर्खेत पठाईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी  नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल दश बिघा कोहलपुर बाकेको लागी रिफर भएको,अवस्था गम्भीर, साथमा निज घाईतेको श्रीमती रिता कामि रहेको ।ला.औ.कञ्चनपुर जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा नम्बर ४ बजार स्थित गल्लि न. १ मा रहेको राम सिह भण्डारीको घर अगाडीको सडक पेटीमा बेवारीशे अवस्थामा फेला पारेको झोला भित्र शुद्ध तौल गर्दा १६४ ग्राम लागू औषध चरेष जस्तो कालो पदार्थ फेला परेकोमा उक्त चिज बस्तु र झोला बरामद गरी यस कार्यालयमा ल्याएकोमा ऐ.३१ राती अ . ०४;३० बजेको समयमा जिल्ला कञ्चनपुर भि.न.पा. वडा न. ४ गल्लि न. ४ मा रहेको सडकमा मादक पदार्थ सेवन गरी मेरो झोला हरायो भनि हो हल्ला गर्दै पैदल हिडिरहेको अवस्थामा जिल्ला बझाङ दुर्गाथली गा. पा. वडा न. ०६ बस्ने ३८ को शेर बहादुर सिह लाइ जि.प्र.का. कञ्चनपुर बाट खटि गएको प्र.ना.नि. को प्रहरी टोलीले फेला पारी यस का. ल्याइ प्रारम्भिक सोधपुछ गर्दा गल्लि न. १ मा रहेको राम सिह भण्डारीको घर अगाडीको सडक पेटीमा बेवारीशे अवस्थामा फेला पारेको झोला मेरै हो भनि निज शेर बहादुर सिहले बताएको हुदा निजलाइ नियन्त्रणमा लिइएको । कैलालि जिल्ला धनगढी उ.म.न.पा. १० गणपति ईटा भट्टा नजिक चालक ऐ.१२ डि.गाउ बस्ने बर्ष २५ को धर्मेन्द्र सिंहले चलाएको बा.प्र.०२०३४ प ८०१९ नं.को स्कुटिलाई जि.प्र.का.कैलालीको अ.अ.समुहबाट प्र.ह.को कमाण्डमा खटि गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट २ ग्राम ४४० मिलिग्राम ला.औ.ब्राउन सुगर फेला पारी बरामद गरी स्कुटी सहित निजलाई नियन्त्रणमा लिइएको ।

मिति २०८२।०३।२९ गते देखि ऐ. ३० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-३०

कर्तब्य ज्यानसुनसरी जिल्ला हरिनगर गा.पा. वडा नं ६  महरम चौक बस्ने गफार मियाँ को छोरी अं. वर्ष १८ की अरसी खातुनलाई निजकै भिनाजु देश भारत पत्रहा पंचायत वडा नं. १६ घुर्ना बस्ने सौकात मियाँको छोरा अं. बर्ष २९ को अजाद मियाँ जटले गोली प्रहार गरि घट्ना स्थलमै मृत्यु भएको गोलि प्रहार गर्ने निजको भिनाजु अजाद मियाँ जट तत्काल फरार रहेको थप बुझ्ने कार्य भइरहेको ,गोली हान्ने व्यक्तिको खो.त.जारी ।                                                    ज.ज.क.इलाम जिल्ला ताप्लेजुङ सिदिङवा गा.पा.४ साब्लाखुमा घर भई हाल जि.इलाम सुर्योदय न.पा.११ तिनघरे माईति घर बस्दै गरेको वर्ष २१ की महिलालाई  ऐ.केराबारी बस्ने वर्ष २५ को सोवित राई (JCB चालकको रुपमा काम गर्दै आईरहेको)ले डर त्रास देखाई मिति २०८१।०७।२५ गते बाट पटक पटक जवरजस्ती करणी गरेको भनी ऐ.०३।२९ गते १३:०० बजे इ.प्र.का.पशुपतिनगरमा पीडित उपस्थित भई जाहेरी दरखास्त दिनासाथ प्रहरी टोली खटी गई पिडकको घर वतनमा गई खो.त गर्दा फेला नपरेकोले खो.त.कार्य भईरहेको।भोजपुर जिल्ला साल्पासिलिछो गा.पा.५ मातेल बस्ने वर्ष १२ की बालिकालाई ऐ. बस्ने पीडितको काका वर्ष ३० को पुरूष र वर्ष १७ को सांकेतिक नाम (०८१/८२)०७-K ले ज.ज.क. गरेको भनी पीडितले मिति २०८२।०३।२६ गते प्र.चौ.दोभानेमा जानकारी गराउनासाथ तत्काल प्रहरी टोली खटी गई निज पीडकहरूलाई ऐ.२७ गते पक्राउ गरी ऐ.२८ गते जि.प्र.का.भोजपुरमा ल्याई अनुसन्धान कार्य भईरहेकोमा निज पीडितले जि.प्र.का.भोजपुरमा जाहेरी दरखास्त दिएको हुँदा ऐ.२९ गते निज सांकेतिक नाम (०८१/८२)०७-J र सांकेतिक नाम (०८१/८२)०७-K लाई सम्मानित भोजपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको । पाँचथर जिल्ला फिदिम न.पा.१ फिदिम बजार स्थित बाटिका होटलमा देश भारत सिकिम घरभई हाल ऐ.बजारमा डेरा गरी बस्ने वर्ष २१ की महिलालाई मिति २०८२।०३।२८ गते २४:०० बजे ऐ. कुम्मायक गा.पा.४ बस्ने वर्ष २३ को उमेश तामाङ लगायत ५ जनाले सामुहिक ज.ज.क गरेको भन्ने ऐ.२९ गते १५:०० बजे खबर प्राप्त हुनासाथ जि.प्र.का पाँचथरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पिडक ५ जनालाई नियन्त्रणमा लिई दिन ५(पाँच)को म्यादथप गरी आ.अ भइरहेको ।                               अवैध (श्रोत नखुलेको) रकम बरामद                    मोरङ जिल्ला बिराटनगर म.न.पा.४ स्थित बिराटनगर बिमानस्थल सुरक्षा गार्ड बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिमानस्थलको टर्मिनल भवनमा चेकजाँच गर्ने क्रममा देश भारत बिहार राज्य फसियार घर बताउने अं.वर्ष ३२ को महमद रौनक जमिरलाई निजले बोकेको कालो झोलाभित्र श्रोत नखुलेको रु.५००/- दरका भारतीय नोट थान ५२७ (भा.रू.२ लाख ६३ हजार ५ सय) फेला पारी उक्त नगद ( ने.रू.४ लाख २१ हजार ६ सय) सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाएको ।                                                          ला.औ. मोरङ जिल्ला बिराटनगर म.न.पा.१६ हुलास चोक स्थित ला.औ.नि.ब्युरो बिराटनगरबाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको जि. मोरङ सुन्दरहरैचा न.पा.७ बस्ने वर्ष २१ को आविश उरावलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १६ मिलिग्राम फेला पारी ला.औ.सहित नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको।                                                          

मिति २०८२।०३।२८ गते देखि ऐ. २९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२९

धारीलो हतियार प्रहार उदयपुर    त्रियुगा न.पा. १० आँखा अस्पताल नजिक ऐ. बस्ने वर्ष अ. २३ को राजेश मल्लिकलाई ऐ. बस्ने वर्ष अ.२४ को राकेश वि.क ले के कुन कारण चक्कुले प्रहार गर्दा निजको छाती, कुममा चोट लागी घाइते भएकोले उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगरमा लगी उपचार भइरहेको भन्ने खबर सोही अस्पतालमा खटिएको प्र.क मार्फत ऐ.०३/२९ गते राती ०२ :४० बजे जि.प्र.का.उदयपुरमा जानकारी प्राप्त भएको,उपचारमा निजको आमा संलग्न रहेको, अवस्था बोल्न नसक्ने गम्भीर रहेको, कुट्ने व्यक्ती तत्काल फरार रहेको,जि.प्र.का.बाट प्रहरी टोली खटि गई थप बुझ्ने कार्य भइरहेको, कुट्ने व्यक्तीको खो.त.कार्य भइरहेको ।झै-झगडा/कुटपिटधनुषा    जिल्ला    बटेश्वर गा.पा.४ स्थित क्रिकेट ग्राउण्डमा क्रिकेट खेल्ने क्रममा खेलाडीहरू बिच झै-झगडा हुँदा ऐ.बटेश्वर गा.पा.३ कटानी टोल बस्ने वर्ष २३ को राजेश कुशवाहा समेत ५ जना घाईते भई १ जनालाई काठमाण्डौ तर्फ,२ जनालाई जानकी मेडिकल कलेज रमदैया र २ जनालाई ओम दिर्घायु हस्पिटल जनकपुर पठाएको,१ जनाको अवस्था गम्भीर, ४ जना मध्यम,  उक्त स्थानमा प्र.चौ.बटेश्वरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, झै-झगडामा संग्लन ऐ.४ बस्ने वर्ष २१ को भाग्यनरायण साह प्र.चौ.बटेश्वरको नियन्त्रणमा ।कैलाली जिल्ला    धनगढी उ.म.न.पा.१ स्थित कारागार कार्यालय कैलालीमा मिति २०८२।०३।२७ गते कारागार कार्यालयको भित्री ग्यालरिमा वेल्डिङ गरि दुई भागमा ब्लक बिभाजन गरेको भनी उक्त कारागार भित्र रहेका कैदि/थुनुवा बन्दीहरुले हो-हल्ला गरिरहेकाले सम्झाई बुझाई गर्ने कार्य भईरहेको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा ५१ जनाको टोली खटी गएको, थप बुझ्नका लागि जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल ज्यु समेत खटी जानु भएको, हो-हल्ला भएको अवस्थामा उक्त कारागारमा रहेका ज्यान मार्ने उद्दोग मुद्दाको कैदि जि.कैलाली टिकापुर न.पा.९ बस्ने बर्ष ३२ को खगेन्द्र बोगटीलाई नाकमा सामान्य चोट लागि उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढी कैलाली पठाएको, अवस्था सामान्य ।ला.औ.सिन्धुली जिल्ला कमलामाई न.पा.९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्गमा इ.प्र.का.भिमानबाट प्र.नि.को कमाण्डमा ला.औ.नियन्त्रण व्युरो शाखा कार्यालय बर्दीबास र अस्थाई ट्राफिक प्रहरी पोष्ट भिमान सहितको टोलीले विराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक जि.सर्लाही बाग्मती न.पा.५ बस्ने वर्ष ४८ को निर बहादुर बूढाथोकीले चलाएको बा.५ ख ५०७५ नं. को हायस  गाडीलाई चेकजाँच गर्ने क्रममा सोही हायसको १० नं.सिटमा सवार जि.रुपन्देही मायादेवी गा.पा.४ बस्ने वर्ष ४७ को भगवान दास लोनियाको साथबाट लागुऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ९५.०५० ग्राम र नगद रकम रु.५६,०००।–(छपन्न हजार) फेला पारी नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।मोरङ    बिराटनगर म.न.पा.१४ मलाया रोड स्थितमा इप्रका रानी र ला.औ.नि.ब्युरो बिराटनगर बाट प्रह  को कमाण्डमा खटिएको संयुक्त टोलिले सडकको साईडमा को ३० प ४१० नम्बरको मो.सा.मा अडेस लागी गफ गरी रहेको जि.मोरङ बिराटनगर म.न.पा.१२ बस्ने बर्ष २३ को रोशन लाल महत्तो र देश भारत बिहार राज्य,अररिया जिल्ला,फुल्का थाना नं.पा. २ बस्ने बर्ष २१ को पवन कुमार यादवलाई संका लागी चेकजाँच गर्दा निजहरु मध्ये रोशन लाल महत्तोको साथ वाट ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ १७४.३१ ग्राम सहित फेला पारी मो.सा. सहित दुबै जनालाई नियन्त्रणमा लिई राखेको ।मोरङ    कटहरी गा.पा.०३ कटहरी चोक स्थितमा प्र.चौ.कटहरीबाट खटिएको प्र.ब.ना.नि.को टोलीले चेकिङ गरी रहेको अवस्थामा चेकिङ टोली लाई देखी को. १ ख ४५१८ न.को ट्रक सोहि स्थानमा छाडि चालक फरार भएकोमा उक्त ट्रक चेकजाच गर्दा ला.औ.गाँजा १०५ बोरा ( अ.३१५० के.जी ) फेला पारी सुरक्षित साथ जि.प्र.का.मा ल्याई राखिएको ट्रक चालकको पहिचान तथा खो.त.भईरहेको ।