मिति २०८२।०४।०३ गते देखि ऐ. ०४ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-०४
- A
- A-
- A+
बालयौन दुरुपयोग
सप्तरी सुरुङ्गा न.पा. वडा नं. ५ स्थित श्री मसिलाल जनता माध्यमिक विद्यालय कुशहामा कक्षा १० मा अध्ययनरत रहेकी बर्ष १६ कि बालिका पहिलो त्रैमासिक परीक्षामा नियमित रुपले सहभागी भई विज्ञान विषयको परीक्षा दिइरहेको अवस्थामा मिति २०८२।०३।३१ गते ११:०० बजे सोही कक्षा कोठाको परीक्षा निरीक्षक जि.सिरहा लहान न.पा.१ बस्ने श्री मसिलाल जनता माध्यमिक विद्यालय कुशहामा कार्यरत विज्ञान शिक्षक अं.वर्ष ३५ को सन्तोष कुमार पंजियारले प्रश्न पत्र बुझाउने क्रममा गलत मनसायले बालिकाको संवेदनशील यौन अंगहरु छोई यौनजन्य अस्वभाविक व्यवहार गरी बालयौन दुरुपयोग कसूर गरेकोमा निज शिक्षक सन्तोष कुमार पंजियारलाई मिति २०८२।०४।०२ गते ०९:१० बजे ऐ.सुरुङ्गा न.पा.५ स्थित श्री मसिलाल जनता माध्यमिक विद्यालय कुशहाबाट नियन्त्रणमा लिई सम्मानित सप्तरी जिल्ला अदालतबाट दिन ५ को म्याद थप भई अनुसन्धान भईरहेको ।
दाङ तुलसीपुर उ.म.न.पा.१७ फोर्टीनाइन चोक स्थित मोहनलाल नेपालीको घरमा डेरा गरी बस्ने ऐ.१७ बघौसी घर भएको अं.वर्ष ३१ को रबिन्द्र कुमार सार्कीले सोही घरमा डेरा गरी बस्ने जि.रोल्पा माडी गा.पा.२ घर वतन भएको संकेत नामथर ५६ तुलसीपुर ०८२-०१ को छोरी वर्ष ११ की संकेत नामथर ५६ तुलसीपुर ०८२-०१ (क) को संवेदनशिल अंग छोएको र कानून बमोजिम कारबाही गरी पाऊँ भनी पीडितको आमाले ऐ.१६:०० बजे इ.प्र.का.तुलसीपुर दाङमा आई लिखित जाहेरी दरखास्त दिए पश्चात इ.प्र.का.तुलसीपुर दाङबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई ऐ.१७:०० बजे निज रबिन्द्र कुमार सार्कीलाई नियन्त्रणमा लिई लिई इ.प्र.का. तुलसीपुर दाङको हिरासतमा राखिएको, पीडितलाई स्वास्थ्य परिक्षण पश्चात आफन्तको जिम्मा लगाइएको, पीडितको स्वास्थ्य अवस्था सामान्य ।
ज.ज.क.
दाङ घोराही उ.म.न.पा.३ रनघरा स्थित आफ्नै घरमा अन्यायी बर्ष ३६ को परिवर्तित नामथर ५६(०८२/०८३) घोराही ०५ (ख) ले आफ्नै छोरी बर्ष १८ की पिडित परिवर्तित नामथर ५६(०८२/०८३) घोराही ०५ लाई ज.ज.क.गरेको भनी निज पिडितले आफ्नो आमा परिवर्तित नामथर ५६(०८१/०८२) घोराही ०५ (क) लाई सो घटनाको बारेमा जानकारी गराएपछी निज पिडितको आमा जाहेरवाली परिवर्तित नामथर ५६(०८२/०८२) घोराही ०५ (क) ले आफ्नो श्रीमानको बिरुद्धमा हाडनाता जबरजस्ति करणी कसुर मुद्दामा मिति २०८२।०४।०३ गते अं.१९:०० बजे किटानी जाहेरी दरखास्त दिए पश्चात प्रहरी टोली खटी गई निज पिडकलाई आफ्नै घरमा फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।
धारिलो हतियार प्रहार
काठमाण्डौं म.न.पा.२६ ठमेल स्थित सम्झना गल्लीमा जि.धादिङ छत्रेदेउराली घर भई हाल का.जि.ठमेल एरियाको सडक पेटीमा बस्ने वर्ष ४४ को राजु थापालाई ऐ.एरियाको सडक पेटीमा बस्ने अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा घाइते भई निजको साथी संजय घर्तीले तत्काल राष्ट्रिय ट्रमा सेन्टर लगेर उपचार भइरहेको, बाँया कोखामा काटिएको घाउ, हल्का बोल्न सक्ने, अवस्था गम्भीर, धारिलो हतियार प्रहार गर्ने जि.काठमाण्डौं का.म.न.पा.१६ बस्ने वर्ष ४३ को को शहित अली प्रहरीको नियन्त्रणमा, अन्य फरार रहेको भन्ने बुझिएकोले खो.त.भइरहेको ।
ला.औ.
कैलाली कैलारी गा.पा.१ हसुलिया बजार स्थित जि.प्र.का.बाट प्र.ज.को कमाण्डमा खटिएको टोलीले पैदलयात्री भारत लखिमपुर चन्दनचौकी बस्ने वर्ष २३ को अन्सु गुप्तालाई शंका लागी चेजजाँच गर्दा निजको साथबाट १७ ग्राम ४६० मिलिग्रमा ला.औ.ब्राउन सुगर फेला परेकोले उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखिएको ।
बाँके नेपालगंज उ.म.न.पा.१४ उदयपुरमा ला.औ.कारोबार भैरहेको भन्ने गोप्य सुचनाको आधारमा ला.औ.नि.व्यूरो र व.प्र.का. नेपालगंजबाट खटिएको संयुक्त टोलीले ऐ.कुसुम पेट्रोलपम्प नजिकै शंकास्पद रुपमा हिँडिरहेको ऐ.बस्ने वर्ष २३ को अजय कुमार खटिकलाई चेकजाँच गर्दा निजको साथबाट ला.औ.ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल १६ ग्राम ५३० मिलिग्राम फेला परेकोले उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई आ.अ.को लागि जि.प्र.का.पठाइएको ।
सुनसरी ईनरुवा न.पा.६ हलेशी चोकस्थित पूर्व-पश्चिम लोकमार्गको छेउमा को ३३ प ३१४९ नं.को मो.सा.रोकी शंकास्पद रुपमा बसिरहेका २ जना मानिसहरूलाई खानतलासी गर्दा ऐ.इनरुवा न.पा.८ बस्ने वर्ष ३४ को मोहमद सफरुलको साथबाट Tramol-50 लेखिएको ३५५ पत्ता ३५५० पिस र Spasmo Proxyvon plus लेखिएको ६ पत्तामा १४४ पिस गरी जम्मा ४९४ पिस तथा ऐ.कोशी गा.पा.५ बस्ने वर्ष ४८ को अशोक कुमार यादवको साथबाट ला.औ.खैरो हेरोइन जस्तो देखिने पदार्थ शुद्ध तौल ४१.४४ ग्राम फेला परेकोले उक्त ला.औ., २ थान मोबाइल र १ थान मो.सा.सहित दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको ।