मिति २०८२।०४।०४ गते देखि ऐ. ०५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-०५
- A
- A-
- A+
कर्तव्य ज्यान
कास्की जिल्ला मिति
२०८२।०३।२० गते अन्नपूर्ण गा.पा.८ विरेठाँटी स्थित बाटो ढलानको काम गर्ने क्रममा
ऐ.पोखरा म.न.पा.२ बागलुङ बसपार्क बस्ने बर्ष १८ को रोहित नेपाली र जि.सर्लाही घर
भई हाल जि.कास्की पोखरा म.न.पा.३ नालामुख बस्ने वर्ष ३० की गौरी परियारबीच सामान्य
विवाद भई दुवै जनाले एकआपसमा कुटाकुट गर्दा गौरी परियार घाइते भई उपचारको लागि
मणिपाल शिक्षण अस्पताल पोखरा लगेर उपचार भइरहेकोमा ऐ.०४।५ गते ०४:५० बजे उपचारको
क्रमामा चिकित्सकले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको,
उक्त स्थानमा व.प्र.का.बगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको,
कुटपिट गर्ने रोहित नेपालीलाई नियन्त्रणमा लिई जि.प्र.का.कास्कीमा
राखी थप अनुसन्धान भइरहेको ।
ज.ज.क./ज.ज.क.उधोग/बाल यौन दुर्व्यवहार
बझाङ जिल्ला केदारस्यु
गा.पा. वडा नं. २ कोटीगाउँ बस्ने बर्ष ३६ को धन बहादुर बिष्टले ऐ.ऐ.वर्ष १४ की
पिडित परिवर्तित नाम चैनपुर १(क) लाई फोन बाट यौन दुव्यबहार जस्ता कुरा गरी
बारम्बार फोन गर्ने र फोनमा यौन जन्य कुरा गरी दुःख दिने गरेको भनि निजको वुवा
प्रेम बहादुर बिष्टले जि.प्र.का.बझाङमा आज मिति २०८२।०४।०४ गते बेलुकी १८:०० बजे
जाहेरी दरखास्त दिएकोले जि.प्र.का.बझाङबाट प्र.ना.नि. को कमाण्डमा खटिईएको प्रहरी
टोलीले निज धन बहादुर बिष्टलाई नियन्त्रणमा लिई ऐ.१९;००
बजेको समयमा मेडिकल पश्चात जि.प्र.का.बझाङको हिरासतमा राखेर अनुसन्धान कार्य गर्दै
।
धादिङ जिल्ला निलकण्ठ न.पा.३ पुच्छारबजार स्थितमा ऐ.ऐ.बस्ने
किरण गुरुङको घरको अन्डर ग्राउण्डमा रहेको स्टोर रुममा जाहेरवाला परिवर्तित नाम
धादिङ २४ (०१) ०८२/०८३ को छोरी परिवर्तित
नाम धादिङ २४ (०२) ०८२/०८३ बर्ष १७ कि बालिकालाई निम्न स्थान बस्ने निम्न
मानिसहरुले ज.ज.क.गरेको भन्ने खबर जाहेरवालाले मिति २०८२/०३/०३ गते
जि.प्र.का.धादिङमा जाहेरी दरखास्त दिना साथ जि.प्र.का.धादिङबाट प्र.ना.नि.पशुपति
पाठक (९८४१३६९९७२) को कमाण्डमा टोली खटिई गई घटनामा संलग्न निम्न स्थान बस्ने
मानिसहरुलाई पक्राउ गरी मिति २०८२/०३/०४ गते सम्मानित धादिङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई
रहेको साथै उक्त घटनामा संलग्न ऐ. बस्ने वर्ष अं.२७ को निरज नौबाघ फरार रहेको र खोज
तलास कार्य भई रहेको
निम्न:-
१) जि.धादिङ निलकण्ठ न.पा.वडा नं.३ पुछारबजार बस्ने राम
कुमार मल्लको छोरा वर्ष १९ को अमृत जंग मल्ल
२) जि.झापा विर्तामोड स्थायी वतन भई हाल जिल्ला धादिङ
नीलकण्ठ न.पा.वडा नं.३ बस्ने वर्ष १८ को विश्वास अधिकारी
सुर्खेत भैरबी गाउँपालिका वडा न.४ बस्ने वर्ष १७ की
बालिकालाई ऐ.भैरबी गाउँपालिका वडा न.०४ बस्ने वर्ष २४ को हिक्मत बि.क.ले
ऐ.बिरेन्द्रनगर न.पा.१० भेरी कर्णाली होटेल एण्ड रेस्टुरेन्टमा लगेर जबरजस्ती करणी
गरेकोले कानुन बमोजिम गरिपाउँ भनी मिति २०८२।०४।०४ गते १०:०० बजे जि.प्र.का.सुर्खेतमा
जाहेरी दरखास्त प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्र.नि.को
कमाण्डमा टोली खटी गएको,
प्रतिवादी हिक्मत बि.क फरार, खोजतलास कार्य
भइरहेको ।
कैदी बन्दी बिच झै-झगडा तथा कुटपिट
सिरहा
जिल्ला सिराहा न.पा.७ स्थितमा रहेको सिरहा कारागारमा
मिति २०८२।०४।०३ गते भएको अनुगमनमा कारागार भित्र देखिएको फलामको रड, दाउरा, ईट्टा र फलाम काट्ने मेसिनहरु देखिएको हुँदा
सुरक्षाको दृष्टिकोणले हटाउने निर्देशन भएकोमा आज उक्त बस्तुहरु हटाउने तर्फ र
अस्थाई चौकीदार बिजय कुमार महतोले कारागारभित्र कैदी बन्दीहरुलाई डर, त्रास देखाई ज्यादति गरेको बिषयमा जि. धनुषा गोबिन्दपुर गा.बि.स. २ बस्ने
अं. वर्ष ३५ को बिजय कुमार महतो लगायत १३ कैदी बन्दीहरु
एकआपसमा झै- झगडा कुटपिट हुँदा बिजय कुमार महतो लगायत १३ जना घाईते (२ जना गम्भीर,
११ जना मध्यम) भई प्रादेशिक अस्पताल सिरहामा लगि प्रहरीको
निग्रानीमा उपचार भईरहेकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि १३ जनालाई नै
केन्द्रिय कारागार जगरनाथदेवल काठमाडौ पठाएको, उक्त स्थानमा
जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा ३० जना टोली र प्रादेशिक अस्पताल सिरहामा
प्र.नि.को कमाण्डमा १५ जनाको टोली खटी गई सम्झाई-बुझाई गर्ने कार्य भईरहेको,
ऐ.१७:०० बजे देश भारत बिहार जिल्ला मधुवनी ग्रामपन्चायत भतै ७ बस्ने
अं.वर्ष ३८ को दिपक ठाकुर समेत ५ जना घाईतेलाई सामान्य उपचार पश्चात थप उपचारको
लागि धरान घोपाको लागि पठाउने पहल भईरहेको ।
कारागारमा
नाराजुलुश
कास्की
जिल्ला पोखरा म.न.पा.७ पार्दी स्थित कारागार कार्यालय
कास्कीमा बल्क A मा रहेका ३६६ जना र बल्क B मा ३७३ जना बल्क C मा ३५ जना (नाबालक २ जना सहित)
जम्मा ७७४ जना कैदी/थनुवा रहेकोमा ब्लक A मा नयाँ चौकीदार
अजय गुरुङलाई नियुक्ति पत्र आएकोमा बल्क A का कैदी / थुनुवाले
नयाँ चौकीदार स्वीकार नगर्ने र पुरानो चौकीदार प्रकाश गुरुङलाई स्वीकार गर्ने
भन्ने बिषयलाई लिई बिरोध स्वरुप भेलाजम्मा भई नारा जुलुश गरेको, उक्त स्थानमा व.प्र.का.बैदामबाट प्र.ना.उ.को कमाण्डमा टोली खटिएको र
जि.प्र.का.कास्कीबाट प्र.ना.उ.को कमाण्डमा ६५ जनाको टोली खटी गएको, ऐ.१९:५० बजेबाट कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ज्यु,
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ज्यु र जिल्ला कारागार
कार्यालय कास्कीका प्रमुख र चौकीदार बिच छलफल भइरहेको, नाराबाजी
भईरहेको, हालसम्म मानवीय तथा भौतिक क्षति नभएको, ऐ.२३:३० बजे पुरानो चौकीदार
प्रकाश गुरुङ र नयाँ नियुक्ति भएका अजय गुरुङलाई जि.प्र.का.कास्कीमा ल्याई राखिएको,
अजय गुरुङको समर्थक मनु परियार, सुरज श्रेष्ठ,लक्ष्मण ढकाललाई A ब्लकबाट सारी B ब्लकमा लगेर राखिएको, हालको अवस्था सामान्य रहेको, उक्त स्थानमा सशस्त्र
प्रहरी बल नेपाल ४ नं.मुक्तिनाथ बाहिनी मुख्यालयबाट स.प्र.नि.को कमाण्डमा ३१ जनाको
थप टोली खटी गएको ।
ला.औ.
झापा जिल्ला दमक न.पा. ५ स्थित प्रतिबन्धित लागुऔषध
बिक्री वितरण कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. दमकबाट
खटिएको प्रह राज कुमार श्रेष्ठको टोलिले ऐ. दमक न.पा. ५ मेची स्टोर अगाडी सडकमा
शंकास्पद अबस्थामा हिडिरहेको देश भारत विहार राज्य कटिहार जिल्ला बस्ने अ.बर्ष २८
को सुरज कुमार साह लाई चेकजाँच गर्ने क्रममा निजले ब्याग भित्र प्लाष्टिकको
बट्टामा प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अबस्थामा खैरो हेरोईन जस्तो
देखिने पदार्थ प्लाष्टिक सहित ४६ ग्राम ७६ मिलिग्राम र प्लाष्टिक बाहेक ४२ ग्राम
१७ मिलिग्राम विभिन्न दरका नेपाली रुपैया जम्मा रु. ३७,९००/- (सईतीस हजार नौ सय), डिजिटल तराजु थान-१ (एक),
मोवाईल नं. ९८०८०७७४२५ सिमकार्ड प्रयोग भएको oppo कम्पनीको मोवाईल थान-१, अगाडीको सिसाको भाग फुटेको ViVO
मोवाईल थान-१ र निजको परिचयपत्र खुल्ने कागजात भारतिय आधार कार्ड
थान-१ समेत फेला पारी उक्त सम्पुर्ण दशीका सामानहरु बरामद गरी निज सुरज कुमार
साहलाई समेत पक्राउ गरी इप्रका दमकमा ल्याई राखि थप अनुसन्धान भई रहेको ।
सप्तरी
जिल्ला राजगढ गा.पा.३ नर्घो स्थित बस्ने अं.वर्ष ४५ को
रामकेबल मण्डलको घरमा ला.औ.गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचना प्राप्त भए
पश्चात इ.प्र.का.कल्याणपुरबाट प्र.नि.को कमाण्डमा, सशस्त्र
प्रहरी बल बेश पातोबाट स.प्र.ना.उ.को कमाण्डमा सशस्त्र प्रहरी बल बेश बैनिनियाबाट
स.प्र.नि.को कमाण्डमा र प्र.चौ.झुटकीबाट प्र.व.ना.नि.को कमाण्डमा संयुक्त रुपमा
टोली खटी गई खानतलासी गर्ने क्रममा निर्माणाधिन घरको शौचालयबाट २ बोरा, गाई गोठबाट १ बोरा र घर नजिकको बाँस झ्याङबाट ९ बोरा गरी जम्मा १२ बोरा
अं.३८८ के.जि.७३० ग्राम ला.ओै.गाँजा जस्तो देखिने पदार्थ कानुन बमोजिम बरामद गरी
रामकेबल मण्डलको श्रीमती अं.वर्ष ४१ की रेखा कुमारी मण्डललाई समेत नियन्त्रणमा लिई
इ.प्र.का.कल्याणपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।