मिति २०८२।०४।०५ गते देखि ऐ. ०६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-०६
- A
- A-
- A+
कर्तव्य ज्यान
सिन्धुली, दुधौली न.पा २ लामिडाँडा घिसिङटोल बस्ने पदम
बहादुर घिसिङको घर नजिकै रहेको गाई गोठमा देश भारत चितामणी अंन्चल रिजा जिल्ला
भगबतीपुर वडा न ११ बस्ने दिपाराम अबतारको छोरा अन्दाजी बर्ष ३०को पंकज कुमार अबतार
उत्तानो लडिरहेको मृत अबस्थामा फेला परेको भनि जानकारी हुन साथ प्र.चौ हत्पतेबाट
प्र.स.नि, ई.प्र.का डकाहाबाट प्र.नि. र जि.प्र.का.सिन्धुलीबाट
प्र.उ.को कमाण्डमा टोली खटिगई घटनाको सम्बन्धमा अनुसन्धान भईरहेकोमा मृतकको छातीमा
धारिलो हतियारले प्रहार गरेको देखिएको, घटनास्थलमा फलामको
धारिलो हतियार चुप्पी र खुर्पा फेलापरेको, मृतक जिल्ला
सिन्धुली दुधौली स्थितमा रहेको दुधौली मधुगंगा माहादेव दर्शन गर्न आएको भन्ने
बुझिएको, शवको प्रारम्भिक कार्य पुरा गरी पो.मा.को लागि
जिल्ला अस्पताल सिन्धुली पठाइएको ।
ज.ज.क/बाल
यौन दुर्व्यवहार
इलाम, माईजोगमाई गा.पा.३ बस्ने वर्ष अं.१३ की बालिकालाई मिति २०८२।०४।०३ गते
१९:३० बजे ऐ.बस्ने दावा तामाङको छोरा वर्ष अं.२३ को पेम्बा तामाङले ललाई फकाई
रु.२०० रुपैयाँको दिन्छु भनी लोभलालच देखाई बालिकाको घरभन्दा १५० मिटरको दुरीमा
रहेको गोठमा लगेर ज.ज.क.गरेको हुदा निज, पीडक फरार रहेकोले
खो.त.भईरहेको।
मकवानपुर, मनहरी गा.पा.८ देबकोट स्थित सडक छेउ
मकैबारीमा जि.मकवानपुर मनहरी गा.पा. ८
देबकोट बस्ने वर्ष ४८ को गणेश भनेर चिनिने डन बहादुर सुनारले पिडित परिवर्तित नाम
३१ (०८२।०८३ देबकोट १) देवकोट बस्ने वर्ष ४५ की महिलालाई जवरजस्ती करणी गर्ने
मनासयले पछाडिबाट एक्कासी समाती मकै बारीमा लगी लडाई लछार पछार गरी संवेदनशिल
अंगहरुमा समाई जबरजस्ती करणी उद्योग गर्न खोजेको भनी पिडित महिलाले जाहेरी दिए प्रहरी
टोली खटी गई ङन बहादुर सुनारलाई मनहरी गा.पा.८ देबकोटबाट नियन्त्रणमा लिई
इ.प्र.का.मनहरी मकवानपुरमा ल्याई राखेको ।
काठमाण्डौ, जिल्ला जिल्ला नुवाकोट बिदुर न.पा.-०२ घर भई
हाल का.म.न.पा.-१७ ढल्कु चोक नजिकै आनन्द तुलाधरको साढे तिन तल्ले घरको भुँई
तल्लामा डेरा गरी बस्ने सुनिता गहतराजको छोरी वर्ष १२ की रोमिसा गहतराजलाई
का.जि.का.म.न.पा.-०२ लाजिम्पाट घर भई हाल का.जि.ढल्कु बस्ने वर्ष ६४ को लक्ष्मण
तुलाधरले दुर्व्यवहार गरेको भन्ने खबर ऐ.२३:३५ बजे प्राप्त हुनासाथ तत्काल वृत्त
लैनचौरबाट प्रनि बिरेन्द्र के.सि.को कमाण्डमा ५ जनाको प्रहरी टोली खटिई गई निज
लक्ष्मण तुलाधरलाई आवश्यक अनुसन्धानको लागि ऐ.०६ गते ००:३५ बजे नियन्त्रणमा लिई
वृत्त लैनचौरमा ल्याई राखिएको,अन्य अपराध अनुसन्धान कार्य
जारी।
हात हतियार बरामद
झापा, भद्रपुर न.पा.९ नहर टोल स्थित चन्द्रगढी-चारआली सडकको दाहिने साईटमा
वेवारिसे अवस्थामा १ नाल भरुवा बन्दुक फेला परेको भनी स्थानीयहरुले ऐ.१२:१५ बजे
प्र.चौ.घोडामारामा जानकारी गराउनसाथ प्र.चौ.घोडामाराबाट प्र.स.नि.को कमाण्डमा टोली
खटी गई उक्त स्थान सुरक्षित राखिएको, थप अनुसन्धानको लागि SOCO
सहितको टोली खटी गएको ।
ला.औ.
सर्लाही, चक्रघट्टा
गा.पा.२ बेल्ही स्थितमा प्र.चौ.सुन्दरपुरबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती
टोलीलाई देखि ना ५३ प १७९३ नं.को मो.सा.चालक,मो.सा.पछाडी
सवार ब्यक्तिहरु फरार रहेको र उक्त मो.सा. नजिक भुईमा रहेको २ वटा झोला चेकजाँच
गर्दा लागुऔषध गाँजा २ पोका (तौल गर्न बाँकी) र मो.सा.नियन्त्रणमा लिई
प्र.चौ.सुन्दरपुरमा ल्याई राखिएको, खो.त.लगायत थप अनुसन्धान
कार्य भईरहेको, आवश्यक कारवाहीको लागि जि.प्र.का.सर्लाही पाटइएको
,तौल गर्दा २१ के.जि. ६८० ग्राम रहेको ।
सुनसरी, धरान उ.म.न.पा. १३ निसाने डाँडा स्थित
अ.प्र.चौ. अमरहाटबाट प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोली राजारानीबाट धरान
तर्फ आउदै गरेको को१ ख ६०९० नं.को यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा बसको
डिकिमा २(दुई)ओटा पछाडी बोक्ने कालो रंगको झोलामा ला.औ. गाँजा ९ के.जी.फेला पारी
सोही गाडीमा सवार ऐ. ईटहरी उ.म.न.पा.७ बस्ने अं.वर्ष २४ को सुरेश खत्वे र ऐ.८
बस्ने अं.वर्ष २० को तुलसि पासवानलाई नियन्त्रणमा लिई इ.प्र.का.धरानमा राखिएको ।