मिति २०८२।०४।०६ गते देखि ऐ. ०७ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-०७
- A
- A-
- A+
ज.ज.क/ज.ज.क.उधोग/बाल यौन दुर्व्यवहार
ओखलढुंगा, जिल्ला मिति
२०८२।०४।०१ गते अं.१५:०० बजे मोलुङ गा.पा.२ ढुस्केको ढिकुरे स्थित सार्वजनिक
जङ्गलमा वर्ष २० की महिलालाई ऐ. सिद्धिचरण
न.पा.७ धनेपु बस्ने अं.वर्ष ५२ को तेन्जी शेर्पाले ज.ज.क.गरेकोले कानुन बमोजिम
कारवाही गरी पाउँ भनि पीडितले ऐ.०६ गते १४:३० बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित
जाहेरी दिएकोले अ.प्र.पोष्ट ठाडेबाट प्र.ह.को कमाण्डमा खटिएको प्रहरी टोली खटी गई
पिडकलाई ऐ. सिद्धिचरण न.पा.७ धनेपुमा फेला पारी नियन्त्रणमा लिई
जि.प्र.का.ओखलढुङ्गामा ल्याई आवश्यक अनुसन्धान भईरहेको, पिडक र
पीडित दुबै जनालाई यौनजन्य स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार
पठाएको ।
धनकुटा, जिल्ला इनरुवा न.पा. ७ चाँदवेला बस्ने वर्ष २६ को महमद सुबजानले
साँगुरीगढी गा.पा ६ नाम्जे स्थित कर्ण वहादुर मगरको घरको डेरा कोठामा परिवर्तित
जि. १० अन्तर्गत बस्ने वर्ष १४ की पीडित परिवर्तित नाम धनकुटा -२ (०८२/८३) लाई
विवाह गर्छु भनि ललाई फकाई बिभिन्न प्रलोभन देखाई पटक-पटक जवरजस्ती करणी गरेको भनि
पिडितको परिवारबाट जाहेरी प्राप्त हुन आएको हुदाँ निज प्रतिवादी महमद सुबजानलाई
ई.प्र.का दुहवी सुनसरी बाट प्रहरी टोली खटी गई ऐ.०५ गते अं. १७:३० बजे जि. सुनसरी
दुहवी न.पा.४ मलहट्टीबाट पक्राउ गरी राखी आज मिति २०८२।०४।०६ गते जि.प्र.का धनकुटा
अड्डासार गरी ल्याई राखी अनुसन्धान कार्य भईरहेको ।
धनकुटा, जिल्ला चौँविसे गा.पा.५ चौबाटे बस्ने वर्ष २८ को रोशन
तामाङको घरको कोठामा ऐ.बस्मे वर्ष १८ की बालिकालाई ललाई फकाई विवाह गर्छु भनी
प्रलोभन देखाई निज रोशन तामाङले ज.ज.क.गरेको भनी ऐ.६ गते १७:०० बजे अ.प्र.पोष्ट
फलामेटारमा जानकारी प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई
प्रतिवादीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको ।
कैलाली, जिल्ला लम्कीचुहा न.पा.४ बलिया स्थित
चन्द्र प्रसाद ढकालले संञ्चालन गरेको बिबु होटल एण्ड लजको तेस्रो तलाको कोठामा
मिति २०८२।०४।१०४ गते १९:०० बजे ऐ.७ खरौलाड बस्ने वर्ष २५ को तपेन्द्र भुलले ऐ.१
थकालिपुर बस्ने वर्ष २३ की महिलालाई ललाई फकाई लगेर ज.ज.क.गरेको भनी पीडितको दाईले
ऐ.६ गते १७:४० बजे इ.प्र.का.लम्कीमा
जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई प्रतिवादी तपेन्द्र भुललाई
नियन्त्रणमा लिई पीडित समेतलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि टीकापुर अस्पताल
टीकापुर पठाइएकोमा स्वास्थ्य परीक्षण पश्चात तपेन्द्र भुललाई इ.प्र.का.लम्कीको
हिरासतमा राखिएको, पीडितलाई आफन्तको जिम्मा लगाई
पठाइएको ।
कैदी मृत्यु
काठमाण्डौ, जिल्ला
काठमाण्डौ म.न.पा.११ जगन्नाथदेवल स्थित केन्द्रिय कारागार अन्तर्गत भद्र बन्दी
सुधार गृहमा जिल्ला चितवन राप्ती न.पा.१ स्थायी वतन भई क.ज्यान मुद्दामा थुनामा
रहेका प्रतिवादी वर्ष ७२ को दल बहादुर तामाङ घाँटीको क्यान्सर सम्बन्धी बिरामी भई
मिति २०८२।०४।०५ गते वी.पि.स्मृती अस्पतालमा भर्ना भई उपचार गराईरहेकोमा उपचारकै
क्रममा ऐ.०६ गत अं.१२:१५ बजे निज प्रदिवादीको मृत्यु भएको, (पक्राउ मिति:-२०७८।११।२१ गते, सजाय: २५ वर्ष कैद,
मुद्दा चलाउने निकाय: जिल्ला अदालत चितवन ।)
सुनसरी,
जिल्ला झुम्का कारागार सुनसरीमा डाँका मुद्दामा कैद भुक्तान गरिरहेका जि.सुनसरी
दुहबी ३ बस्ने वर्ष ४५ को उमेश उराउलाई श्वास फेर्न गाह्रो भएकोले उपचारको लागि
प्र.ब.ह.को कमाण्डमा खटिएको टोलीले बा.प्र.०१-००२ झ ७१२५ नं.को भ्यानमा
वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर उपचार भइरहेकोमा ऐ.०१:४५ बजे
उपचारको क्रममा मृत्यु भएको, शव सोही हस्पतालमा रहेको ।
विदेशी नागरिकको मृत्यु
काठमाण्डौं, जिल्ला
नागार्जुन न.पा.३ रानिवन रातो गुम्बा नजिकै ऐ.रानिवन घरहुने सन्जिता कार्कीले
संन्चालन गरेको सुभी होमस्टेमा विगत १० दिनदेखि बस्दै आएका चीनियाँ नागरिक वर्ष ४७
को QIN
XUJUN अचानक बिरामी भई का.म.न.पा.१५ ढुङगेधारा नजिकै रहेको ओम
साईबाबा अस्पताला ल्याई उपचार गराउने क्रममा ऐ.१८:४५ बजे डाक्टरले मृत घोषणा गरेको
भनी अस्पतालबाट जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भुबाट प्र.ना.उ.को
कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पो.मा.को लागि त्रि.वि.शिक्षण
अस्पताल महाराजगञ्ज पठाइएको ।
ला.औ.
झापा, जिल्ला भद्रपुर न.पा.७ डाँफेचोक स्थित व.प्र.का.भद्रपुरबाट प्र.नि.को कमाण्डमा
खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा ऐ.स्थित बाटोमा हिडिरहेको पैदल यात्रीहरु जि.नुवाकोट
तादी गा.पा.६ बस्ने अं.वर्ष ३० को मन कुमार दर्जी, निजको
श्रीमती अं.वर्ष २६ की शशी खत्री र ऐ.भद्रपुर न.पा.७ डाँफेचोक बस्ने अं.वर्ष ३० को
सुनिल चापागाईलाई चेकजाँच गर्दा निजहरुको साथबाट ३७ ग्राम ४९० मिलिग्राम
ला.औ.ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित निजहरु तिनै जनालाई
नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय झापाम राखिएको ।
रौतहट, जिल्ला गरुडा
न.पा.४ नापी कार्यालय स्थित चपुर गौर सडकखण्डमा चपुरबाट गौर तर्फ जाँदै गरेको ग.३
च.६८९६ न.को कारको पछाडी अ.ट्रा.प्र.पो.गरुडाबाट प्र.स.नि.को कमाण्डमा चेकिङको
लागि शिवनगर तर्फ जाने क्रममा कारको चालकले प्रहरीलाई देखी उक्त स्थानमा रहेको
बाटोको पश्चिम साईड खाल्टोमा अं.१० फिट तल उक्त कार झारी चालक फरार भएको, उक्त स्थानमा इ.प्र.का.गरुडाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई उक्त कार
इ.प्र.का.गरुडा रौतहटमा ल्याई चेकजाँच गर्दा गाडीको डिक्कीमा प्लाष्टिकको १३ वटा
पोकामा बेरी लुकाई छिपाई राखेको ला.औ.गाँजा जस्तो देखिने पदार्थ अं.१३३
के.जि.बरामद गरी गाडी सहित इ.प्र.का.गरुडाको नियन्त्रणमा राखी आवश्यक अनुसन्धान
कार्य भईरहेको, चालक फरार, खो.त.भईरहेको
।