मिति २०८२।०४।०७ गते देखि ऐ. ०८ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-०८
- A
- A-
- A+
कर्तब्य
ज्यान
सुनसरी देवानगंज गा.पा.३ बस्ने अं.वर्ष ६० को सबिब अंसारीलाई जग्गाको विषयमा
वादबिबाद हुंदा निजकै छोरा अं.वर्ष ४० को मोहम्मद रियाज अंसारीले छाती र ढाडमा
छुरा प्रहार गरी घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ. मोतिटप्पुबाट
प्र.ह.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि गोल्डेन अस्पताल पुर्याउना साथ
चिकित्सकले मृत घोषणा गरेको,शव सोही अस्पतालमा रहेको, छुरा प्रहार गर्ने मोहम्मद रियाज अंसारी छुरा सहित नियन्त्रणमा लिई इ.प्र.का.देबानगंजमा
ल्याई राखिएको ।
विदेशी नागरिक मृत्यु
काठमाडौ बुढानिलकण्ठ न.पा.११
कपन स्थित घर भई बस्ने वर्ष ६२ को दोर्जे लामाले आफ्नै तिन तल्ले घरमा संचालन
गरेको होटल ग्रिण मण्डलाको भुँई तल्लाको कोठाबाट अस्वभाविक गन्ध आईरहेको भनि
प्रहरी बिट आकाशेधारामा खबर प्राप्त हुन साथ प्रहरी वृत्त बौद्धबाट प्र.ना.उ. र
प्रहरी प्रभगा कपनबाट प्र.नि.सहितको टोली खटी गई गन्ध आईरहेको कोठा खोली हेर्दा
ईटालियन नागरीक वर्ष ५६ को जोभानी रिजाँ पासपोर्ट नं. YA8444626
भएको मानिस मृत्त अवस्थामा फेला पारी प्रहरी वृत्त बौद्धबाट खटी आएको टोलीले
लासजाँच मुचुल्का कार्य सम्पन्न गरी पो.मा.को लागि टिचिङ अस्पताल लगिएको ।
ज.ज.क.
धनकुटा महालक्ष्मी न.पा.३
चानुवा डाँडागाँउ टोल बस्ने वर्ष २३ को खड्ग वहादुर भुजेलले ऐ.०४।०६ गते अं.१५:००
बजे ऐ.बस्ने वर्ष १९ की बालिकालाई ज.ज.क.उ.गरेको भनी जाहेरी प्राप्त हुन आएको हुदा
निज प्रतिबादीलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी
अनुसन्धान कार्य भईरहेको ।
मकवानपुर मनहरी गा.पा.६ सुनाचुरी
बस्ने वर्ष अं.१६ की बालिकालाई आफ्नै घरमा सुत्ने गरेको कोठामा जि.बारा जितपुर
न.पा ३ बस्ने वर्ष अं.१७ को बालकले मिति २०८२।०४।०६ गते अं.२२:३० बजे ज.ज.क.गरेको
भनी पिडितको बालिकाको बुवाले इ.प्र.का.मनहरीमा लिखित जाहेरी दिएको हुँदा
इ.प्र.का.मनहरीबाट प्रहरी टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.मनहरीमा
ल्याई आ.अ.भइरहेको ।
हा.ह.बरामद
सर्लाही मलंगवा न.पा.८ स्थित
प्र.चौ. गोरखकालीको चेक पोष्ट अगाडी ट्राफिक सहित संयुक्त टोलीले चेकिङ गर्ने
क्रममा जिल्ला सर्लाही मलंगवा न.पा.-६ सुखनिया बस्ने मोहन पासवानले चलाएको BR30A
1071 भारतीय नं प्लेटको मो.सा.को का.प.खोज्दा का.प.साथमा नरहेको
मोबाईलमा भनी मोबाईल देखाउन खोज्दा निजको छोरा अं.वर्ष १२ को नवल पासवानले कटुवा
पेस्तोल ताकेको फोटो मोबाईलमा रहेको आधारमा निज नवल पासवानलाई ऐ.६ सुखनिया टोल
स्थित निजकै घरबाट फेला पारी नियन्त्रणमा लिई प्र.चौ.खुटौनामा लगेर सोधपुछ गर्दा
ऐ.बस्ने धनिवत पासवानको छोरा अं.वर्ष २३ को हुलास पासवान समेतले ल्याएको भनी
प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हुँदा उक्त स्थानमा जि.प्र.का.सर्लाहीबाट
प्र.नि.को कमाण्डमा टोली खटी गई ऐ.२१:३० बजे ऐ.६ सुखनिया टोल स्थित निज नवल
पासवानको घरको नजिकै गल्लीमा रहेको काठको बलोको साईडमा कपडाले बेरिएको अवस्थामा
कटुवा पेस्तोल १ थान फेला पारी बरामद गरी निज नवल पासवान र हुलास पासवानलाई
नियन्त्रणमा लिई जि.प्र.का.सर्लाहीमा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।
नक्कली नोट सम्बन्धी
नुवाकोट दुप्चेश्वर गा.पा.६ स्थित रामती बजार स्थित हिरालाल श्रेष्ठको कपडा पसलमा आएका ऐ.७ शिखरबेशी बस्ने बुद्धिमान तामाङको छोरा वर्ष १३ को सुदीप तामाङ समेत ५ जनाको साथमा नक्कली नोट रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्र.चौ.समुन्द्रटार र इ.प्र.का.खरानीटारबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निजहरूसँग रहेको रू.१,०००/-(एक हजार) को नेपाली नक्कली नोट १९ थान फेला परेकोले उक्त नोटहरू सहित पाँचै जनालाई नियन्त्रणमा लिएकोमा अनुसन्धानको क्रममा ऐ.२२:०० बजे ऐ.स्थित झाडीमा १०००/-(हजार) दरको नेपाली नक्कली नोट थप ५० थान फेला परेकोले बरामद गरिएको साथै ऐ.७ बस्ने भगवान पण्डितको छोरा अं.वर्ष १२ को राजकुमार पण्डित समेत जम्म ६ जनालाई जम्मा नक्कली नोट रू.६९,०००।- सहित इ.प्र.का.खरानीटारमा राखी आ.अ.भईरहेकोमा ऐ.०७ गते अं.१५:०० बजे ऐ.दुप्चेश्वर गा.पा.७ भेडाबारी बस्ने वर्ष अं.४२ को नर ब.तामाङ र ऐ.सिमटाङ बस्ने वर्ष अं.३५ को भिम ब.तामाङलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धानको क्रममा भिम बहादुर तामाङको घरमा खानतलासी गर्दा १०००/-(हजार) को नेपाली नक्कली नोट २४ थान थप फेला पारी जि.प्र.का.नुवाकोटमा ल्याएको र नियन्त्रणमा रहेको ६ जना बालकहरुलाई निजहरुको अभिभावकको जिम्मा लगाई पठाएको, थप अनुसन्धान कार्य भईरहेको ।
ला.औ.
उदयपुर कटारी न.पा.८ बबला स्थितमा ऐ.बस्ने वर्ष ४५ की देव कुमारी
थापा मगरले आफ्नै घरमा लागु औषध गाँजा भण्डारण गरी बिक्री वितरण गरिरहेको भन्ने
सुचनाको आधारमा इ.प्र.का.कटारीबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई लुकाई छिपाई
राखेको ३० के.जि.३६० ग्राम लागु औषध गाँजा फेला पारी उक्त ला.औ.सहित निज देव
कुमारी थापा मगरलाई नियन्त्रणमा लिई इ.प्र.का.कटारीमा ल्याई थप अनुसन्धान कार्य
भईरहेको ।
काठमाण्डौ चन्द्रागिरी न.पा.११
सतुङ्गल स्थित नं.९ पशुपतीनाथ बाहीनी मुख्यालय बलम्बु काठमाडौबाट ऐ.स्थित मुख्य
सडक-खण्डमा रहेको गेटमा खटिएको डियुटीलाई सोही सडक-खण्डमा हिडी रहेका महिला माथी
शंका लागी प्रभाग बलम्बुमा जानाकरी गराए पश्चात प्र.प्र.बलम्बुबाट प्र.स.नि.को
कमाण्डम टोली खटि गई जि.मकवानपुर थाहा न.पा.२ घर भई हाल का.जि.चन्द्रागिरी न.पा.९
मच्छेगाँउ डेरा गरी बस्ने वर्ष ३९ की पार्वती मगरलाई रितपुर्वक खानतलासी गर्दा
निजको साथमा रहेको जेब्रा झोला भित्र लुकाई छिपाई ल्याएको चरेश जस्तो देखिने कालो
पदार्थ १२ वटा पिस अं.६ के.जि.फेला पारी उक्त ला.औ.सहित निज महिलालाई
पक्राउ गरी प्रभाग बलम्बुमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।