मिति २०८२।०४।०८ गते देखि ऐ. ०९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-०९
- A
- A-
- A+
कर्तब्य ज्यान
सिराहा गोलबजार न.पा.०३
पुराण्डी टोल बस्ने अं.वर्ष २५ को श्याम सदा आफ्नै श्रीमती अं.बर्ष १९ की कौसिला
देवी सदा बिच घरायसी बादबिवादको कारण झै-झग्डा तथा कुटपिट भई रहेकोमा श्यामको दाई
अं.बर्ष ३५ को लेला भन्ने मोतिराम सदा झै-झग्डा छुट्याउन जादा निज मोतिराम सदालाई
निजको भाई श्याम सदाले धारिलो हतियार प्रहार गर्दा निज मोतिराम सदाको छाती काटेको
अबस्था गम्भीर रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.गोलबजारबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई घाईतेलाइ उपचारको लागी प्रदेशिक अस्पताल लहान सिरहाको लागि
पठाईएकोमा ऐ.२३:०५ बजे चिकित्सकले चेकजाच गर्दा निज लेला मोतिराम सदाको मृत्यु
भएको,शव सोही अस्पतालमा रहेको, धरिलो हतियार प्रहार गर्ने
मानिस हतियार सहित फरार रहेको खो.त.कार्य भईरहेको ।
बर्दिया बारबर्दिया न.पा.३
खुरखुरे घर भई हाल जि.बाँके नेपालगंज उ.म.न.पा.१२ बेलासपुरमा डेरा गरी बस्दै आएका
बर्ष ३२ को प्रकाश सुनारले जि.प्र.का.बाँकेमा कार्यरत प्र.ह.राजेन्द्र रानालाई फोन
गरी मैले बिहान ०५:०० बजे एकजना मानिसको हत्या गरेको र जि.प्र.का.मा सम्पर्क गर्ने
आइरहेको भनि टेलिफोन मार्फत ऐ.२३:१७ जानकारी गराउनासाथ जि.प्र.का.बाँकेबाट
प्र.ना.उ.को कमाण्डमा १५ जनाको टोली खटी गई खो.त.गर्ने क्रममा ऐ.०१ जुम्लीटोलबाट
नियन्त्रणमा लिइ सोधपुछ गर्दा ऐ.पंकज चिडीमगरको घर कोठा भाडामा बस्दै गरेको निजको
श्रीमती बर्ष १९ कि निर्मला थापाको मृत अवस्थामा फेला परेको हुदाँ निज प्रकाश
सुनारलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,शव घट्नास्थलमै रहेको ।
ज.ज.क./ वैवाहिक जजक / यौन दुर्व्यवहार
पर्वत जलजला गा.पा. ८ फर्स
स्थित मानिस नबस्ने खाली घर भित्र ऐ. बस्ने बर्ष २० को समुन्द्र जि.सी. ले ऐ. बर्ष
१३ की परिवर्तित नामथर कालिगण्डकी (१०) (०८२।०८३) लाई ज.ज.क. गरेको भन्ने खबर निज
पिडितको आफन्तले मिति २०८२।०४।०८ गते बिहान ०९:०० बजे जानकारी गराउना साथ
जि.प्र.का. पर्वतबाट प्र.स.नि.को कमाण्डमा ३ जनाको टोली खटिगई पिडक व्यक्तीलाई
नियन्त्रणमा लिई जि.प्र.का.पर्वतमा ल्याई बिस्तृत स्वास्थ्य परीक्षण गरी थप
अनुसन्धान कार्य भईरहेको,निज पिडितको स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाईएको ।
मकवानपुर बकैया गा.पा.५ श्रीपुर
बस्ने परिवर्तित नाम ३१ (०८२/०८३) हेटौडा १९ कि महिलालाई ऐ.हेटौडा उ.म.न.पा.१५
रातोमाटे बस्ने बर्ष अ.५२ को भरत बहादुर भोलनले काममा लगाईदिन्छु भनी घरबाट ल्याई
ऐ.हेटौडा उ.म.न.पा.१५ रातोमाटे स्थित जंगलमा लगी ज.ज.क.गरेको भनी पिडित महिलाले
मिति २०८२।०४।०८ गते १६;०० बजे जि.प्र.का.मकवानपुरमा आई लिखित जाहेरी दिएको हुदा प्र.ह. को
कमाण्डमा प्रहरी टोली खटी गई पिडकलाई घर नजिकैबाट नियन्त्रणमा लिई
जि.प्र.का.मकवानपुर ल्याएको,महिलाको स्वास्थ अवस्था सामान्य
रहेको,सेफ हाउसमा लगी राखेको ।
डडेल्धुरा नवदुर्गा गा.पा.५ बस्ने अं.वर्ष ३० की सुन्दरी लुहारले आफ्नै श्रीमान बर्ष ३३ को हिमाल लुहारले पटक पटक इच्छा बिपरित जबरजस्ति शारीरिक सम्पर्क गर्दै आएको भनि जि.प्र.का.मा जाहेरी दिए पश्चात प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज हिमाल लुहारलाई पक्राउ गरी आ.अ.कार्य भइरहेको ।
कैलाली गौरीगंगा न.पा.५
अण्डैया घरभई हाल ऐ.घोडाघोडी न.पा.१० घुम्नी भाकल स्थित मामा गोपाल दमाईको घरमा
बस्दै आएकी डवल नेपालीको छोरी बर्ष अं.११ की बच्चीलाई ऐ.ऐ.बस्ने गोपाल दमाईको छोरा
बर्ष अं.१८ को केटाले आफ्नै घरमा कोही नभएको समयमा जबर जस्ती करणी गरेको भनी ऐ.२०;२० बजे
निज केटीको बुवाले प्र.चौ.पहलमानपुरमा जानकारी गराउना साथ तत्काल उक्त स्थानमा
प्र.चौ.पहलमानपुर बाट प्र.स.नि.को कमाण्डमा ३ जनाको प्रहरी टोली खटिई गई निज
ब्यक्तीलाई घरमै फेलापरी नियन्त्रणमा लिएको र थप अनुस्धानको लागी इ.प्र.का.सुखडबाट
प्र.ना.उ.को कमाण्डमा soco सहित ७ जनाको प्रहरी टोली घटना
स्थलमा खटिएको ।
हा.ह.बरामद
कैलाली बिशेष सुचनाको
आधारमा इ.प्र.का. मालाखेतीको अपराध अनुसन्धान समुहबाट प्र.स.ह., अ.प्र.
बिट स्याउलेबाट प्र.स.नि.को कमाण्डमा खटी गएको प्रहरी टोलीले जि. कैलाली गोदावरी
न.पा. ०८ स्याउले बस्ने रजमान चौधरी को छोरा बर्ष २६ को राजु चौधरी को घर खान
तलासी गर्दा घर भित्र लुकाइ छिपाइ राखेको भरुवा बन्दुक(अनलोड) नाल-१(एक) , चित्तलको सिंङ,चित्तलको खुट्टाको आधा भाग र ऐ. बस्ने
राम ब. चौधरी को छोरा बर्ष २३ को चन्द्र ब.चौधरी को घर खान तलासी गर्दा घर भित्र
लुकाइ छिपाइ राखेको भरुवा बन्दुक (लोड गरेको छर्रा भरेको) नाल-१ फेलापारी बरामद
गरी,उक्त भरुवा बन्दुक नाल -२(दुइ), माथी
उल्लेखित दुबैजनालाइ नितन्तणमा लिइ इ.प्र.का. मालाखेती अत्तरिया पठाइएको ।