मिति २०८२।०४।११ गते देखि ऐ. १२ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-१३
- A
- A-
- A+
शंकास्पद मृत्यु
जिल्ला जाजरकोट जुनिचाँदे गा.पा.५
पाँगा बस्ने अं.वर्ष ७५ को गंगाराम शाहीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ
इ.प्र.का.गर्खाकोटबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई उक्त घटनास्थलमा पुगी
बुझ्दा घर नजिकै सिडिको छेउमा मृत अवस्थामा रहेको र लाश को छेउमा हसिया समेत फेला
परेको साथै मृतकको बाँया पट्टिको घाँटीको भागमा काटिएको, निज
मृत्तको घरमा अरु परिवारका सदस्य कोहि नभएको, मृत्तको घरमा एक्लै भएको थप अनुसन्धान कार्य
भईरहेको ।
ज.ज.क.
जिल्ला भक्तपुर भक्तपुर न.पा. ६ महाकाली
स्थित नारायण मन्दिर भित्र रहेको पोखरी छेउमा बर्ष ४ की बालिकालाई जि.सप्तरी
हनुमान न.पा. ५ घर भई हाल भक्तपुर २ ब्यासी औधोगिक क्षेत्र बस्ने अं.वर्ष ४८ को बेचैन यादवले ज.ज.क गरेको
भनि पीडित बालिकाको हजुरआमा परिवतिर्त नाम भक्तपुर २७ (छ२) ले परिसर भक्तपुरमा दिएको
जाहेरीको आधारमा प्रभाग ब्यासीबाट खटिएको प्र.ह.को टोलिले नियन्त्रणमा लिई परिसर
भक्तपुरमा ल्याई थप अनुसन्धान भइरहेको ।
जिल्ला पाल्पा रामपुर न.पा. १० कुमाल गाउ बस्ने वर्ष २१
को रबिन कुमालले ऐ.बस्ने वर्ष १९ की महिलालाई ज.ज.क. गरेको भनि ऐ.११ गते १९:०० बजे पीडित स्वंयमले जि.प्र.का.मा लिखित जाहेरी
दिनासाथ प्र.ह. को कमाण्डमा टोलि खटी गई निज पिडकलाई नियन्त्रणमा लिएको ।
जिल्ला सुर्खेत बर्दिया गुलरिया
न.पा.०९ घर भई हाल जि.सुर्खेत
बिरेन्द्रनगर न.पा.०१ डेराकोठा गरी बस्ने अं.वर्ष १६ की बालिकालाई अं.वर्ष २२ को कृष्णा
लोधले ज.ज.क. गरेको भनि ऐ.११ गते १०:०० बजे खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट
प्र.नि.को कमाण्डमा ४ जनाको प्रहरी टोली खटी गएको,प्रतिवादी कृष्णा लोध
फरार रहेको ।
जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर
गा.पा. ८ स्थित परिवर्तित नाम बर्ष अं.४ कि बेलाटारी (१) घरमा एक्लै बसेको
अवस्थामा ऐ.ऐ. बस्ने बर्ष अं १८को गोबिन्द राजभरले करणी गरेको भन्ने खबर १९:४० मा
टे.फो. मार्फत जानकारी प्राप्त हुना साथ प्र.चौ. गुठिप्रसौनीबाट प्र.स.नि. को
कमाण्डमा प्रहरी टोली खटि गई गोबिन्द राजभरलाई नियन्त्रणमा लिई अनुसन्धान जारी।
जिल्ला सुर्खेत बिरेन्द्रनगर
न.पा. १३ बस्ने वर्ष १६ की बालिकालाई जि.दैलेख गुराँस गा.पा.०५ गोगनपानी घर भई
बिरेन्द्रनगर न.पा.१३ अमित ढकालको गाडी चलाई बस्ने वर्ष ३१ को उत्तम चन्दले
ज.ज.क.गरेको भन्ने जाहेरी ऐ.११ गते १०:०० बजे जि.प्र.का. सुर्खेतमा प्राप्त
हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आबश्यक
अनुसन्धान भईरहेको ।
धरिलो हतियार प्रहार
जिल्ला मोरङ बिराटनगर म.न.पा.११ बस्ने वर्ष २५ को
कनैया साहले धारिलो हतियारले आफैले बाँया कोखा र छातीमा प्रहार गर्दा गम्भीर घाइते
भई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर ल्याएकोमा ऐ.१२:२० बजे मृत्यु भएको
भन्ने खबर प्राप्त हुनासाथ व.प्र.का.बिराटनगरबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई
कानूनी प्रकृया पूरा गरी शव पोष्टमाटमको लागि कोशी अस्पताल बिराटनगर पठाइएको, मृतकको
दाजु अं.वर्ष २७ को सन्तोष साहलाई अनुसन्धानको लागि नियन्त्रणमा लिई
व.प्र.का.बिराटनगरमा राखिएको ।
ला.औ.
जिल्ला
महोत्तरी एकडारा गा.पा.३ भटौलिया
स्थित सशस्त्र प्रहरी बल नेपाल चेकपोष्ट एकडाराबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको
गस्ति टोलीलाई देखी अजमरपट्टी तर्फबाट भटौलिया तर्फ जाँदै गरेको ४-५ जनाको समुहले
रातो प्लाष्टिकमा बाँधिएको ४ वटा पोका छाडेर भागेको हुँदा उक्त पोका नियन्त्रणमा
लिई चेकपोष्टमा ल्याई खोली हेर्दा ला.औ.गाँजा जस्तो देखिने १५/१५ के.जि.का दरले
अं.६० के.जि.रहेको भनी ऐ.११ गते ०६:०० बजे प्र.चौ.हल्खोरीमा जानकारी प्राप्त
हुनासाथ प्रहरी टोली खटी गएको, उक्त गाँजा आवश्यक
अनुदन्धानको लागि पत्र साथ प्रहरी चौकी हल्खोरीमा बुझाएको ।