प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०४।१३ गते देखि ऐ. १४ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०४-१४

  • A
  • A-
  • A+
Share

जबरजस्ति करणी

काठमाण्डौ जिल्ला जि.डोल्पा त्रिपुरासुन्दरी न.पा.०९ घर भई हाल का.जि.का.म.न.पा.०६ बौद्ध बस्ने वर्ष १६ की नाम परिवर्तित ५६(२०८२।०८३ घोराही २० लाई जि.दाङ दगींशरण गा.पा.०६ घर भई बस्ने बर्ष २२ को रमेश खड्काले मिति २०८२।०४।०९ गते अं.१६:३० बजे का.म.न.पा.-१६ स्थित गोंगबु स्थित नाम नखुलेको होटेलमा लिई खाजा खाउ भनि खाजा मगाई ज.ज.क.गरेको भनि पिडितले ऐ.१३ गते १०:३० बजे जि.प्र.प.काठमाडौंमा जाहेरी दरखास्त दिएको,निज जाहेरवालालाई स्वास्थ्य जाँचको लागि प्रसुती गृह थापाथली प्रहरी कर्मचारीको जिम्मा लगाई पठाईएको र प्रतिवादीलाई पक्राउ गरी जि.प्र.प.काठमाडौंको हिरासतमा राखिएको।

 

इलाम जि.मोरङ मिक्लाजुङ गा.पा.८ तोरीबारी बस्ने वर्ष २७ को भेष राज दुलालले ऐ.११ गते २२:५० बजे जि.ईलाम चुलाचुली गा.पा.६ बस्ने वर्ष १९ की किशोरीलाई आफ्नै घर कोठामा ज.ज.क गरेको भनी ऐ.१२ गते १८:३० बजे जि.प्र.का.इलाममा जाहेरी दरखास्त दिनासाथ प्र.चौ.पेल्टिमारीबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई भेषराज दुलाललाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.१३ गते ११:३० बजे इलाम जिल्ला अदालत इलाम उपस्थित गराई दिन ७ म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको ।

 

थुनुवा मृत्यु

लमजुङ मिति २०८२।०४।१० गते अं.२३:३० बजे बेसिशहर न.पा.७ मनाङ चौतारा स्थित डिभिजन वन कार्यालयमा जिल्ला तनहुँ भिमाद न.पा.८ घर भई जिल्ला लमजुङ बेसिशहर न.पा.६ मालेबगरमा भिभा कन्ट्रक्सन प्रा.लि.काठमाण्डौ द्दारा (बिजुलीको काम) गर्ने  कामदार वर्ष ५१ को बावुराम भन्ने चेत बहादुर सुनारले अत्याधिक मा.प.से.गरी गेट हल्लाएर भित्र प्रवेश गरी हो-हल्ला गरको हुँदा पिकेटमा खटिएको प्रहरी टोलीले फेला पारी तत्काल नियन्त्रणमा लिई सो.पु.गर्दा संकास्पद व्यवहार देखाएको हुँदा अनुसन्धान एवं सोघपुक्षको लागि निजलाई नियन्त्रणमा लिई मेडिकल गरी जि.प्र.का.लमजुङको हिरासत कक्षमा राखिएकोमा मिति २०८२।०४।११ गते अं.११:३० बजे अचानक एकोहोरो बोलिरहने, झोक्राई रहेको कारण प्र.नि.को कमाण्डमा ५ टोलीले प्रदेश अस्पताल लमजुङमा लगेर उपचार भईरहेकोमा निजको अवस्था बिग्रिदै गएकोले ऐ.१४:४५ बजे निजको आफन्तलाई जानकारी गराई थप उपचारको लागि गण्डकी अस्पताल पोखरा कास्की  कास्की लगेर उपचार भईरहेकोमा ऐ.१३ गते अं.१९:४८ बजे थुनुवा बावुराम भन्ने चेत बहादुर सुनारको उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, ऐ.०९ गते अं.२२:०० बजे उक्त कन्ट्रक्सनमा सामान्य बिबाद हुँदा निज चेत ब.सुनारलाई ऐ.कन्ट्रक्सनमा काम गर्ने मानिसहरुले कुटपिट गरेको भन्ने बुझिएकोले कुटपिटमा संलग्न जि.मकवानपुर हेटौडा उ.म.न.पा.१५ बस्ने अं.वर्ष ६३ को चन्द्र बहादुर डिम्डुङ समेत ४ जनालाई नियन्त्रणमा लिई जि.प्र.का.लमजुङमा राखिएको ।


श्रोत नखुलेको रकम बरामद

बारा सिम्रौनगढ न.पा.९ पिठवा स्थित इ.प्र.का.सिम्रौनगढबाट प्र.स.ह.को कमाण्डमा खटिएको चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 05 A U 9909 नं.को मो.सा.लाई शंका लागी चेकजाँच गर्दा मो.सा.चालक देश भारत जिल्ला मोतिहारी झरोखर थाना ग्राम पञ्चायत विजवनी वडा नं.८ बस्ने कामेश्वर प्रसाद यादवको छोरा वर्ष अं.१८ को रवी कुमार यादवले आफ्नो कम्मरमा लुकाई छिपाई गरी ल्याउँदै गरेको श्रोत नखुलेको नगद ने.रु.२ लाख बरामद गरी उक्त नगद सहित निजलाई मो.सा.सहित नियन्त्रणमा लिई इ.प्र.का.सिम्रौनगढमा राखिएको ।

एयर गन फेला परेको

दाङ तुलसीपुर उ.म.न.पा.७ गणेशपुर पार्कको उत्तर तर्फको पर्खाल पछाडि झाडीमा एयर गन (MOD-35 लेखेको) बेवारीसे अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट गोठिखोलाबाट प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.तुलसीपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गइ बेवारीसे अवस्थामा रहेको एयर गन थान १ बरामद गरी इ.प्र.का.तुसलीपुरमा राखिएको ।

 

बन्दक बनाएको

काठमाण्डौ का.म.न.पा.२७  स्थित कमलाक्षीमा रहेको घरको छैटौ तलाबाट जिल्ला उदयपुर घर भई का.जि. बनस्थली बस्ने बर्ष २९ कि डम्बर कुमारी तामाङलाई अपहरण गरी बन्दक बनाएको भन्ने बिशेष सूचनाको आधारमा घटनाको अनुसन्धानको लागि डम्बर कुमारी तामाङ समेत ८ जनालाई  वृत्त जनसेवाबट खटिएको प्र.नि.को कमाण्डमा खटिएको टोलिले नियन्त्रंणमा लिई वृत्त जनसेवामा ल्याई राखिएको ।

सम्बन्धित समाचार
मिति २०८२।११।२६ गते ०५:०० बजे देखि २०८२।११।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-२८

ज.ज.क. बाल यौन दुर्व्यवहार,धनकुटा, मिति २०८२।११।२५ गते १६:२० बजे महालक्ष्मी न.पा.४ डाडाखर्क बस्ने वर्ष ५६ को गंगा वहादुर बिश्वकर्माले निजकै घर छेउमा रहेको तित्री जातको रुखको छेउ सडक बाटोमा वर्ष १४ की बालिकालाई बिभिन्न अश्वभाविक शब्दहरु बोली निज प्रतिवादीको हातले सम्बेदनशिल अंग छातीमा सुमसुम्याई वालयौन दुरुपयोगको वारदात घटाएको भन्ने जानकारी ऐ.२७ गते १४:०० बजे प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई गंगा वहादुर बिश्वकर्मालाई आफ्नै घरमा वसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी जि.प्र.का.मा ल्याई अनुसन्धान भई रहेको । झापा, मिति २०८२।११।२४ गते अं.१२:३० बजे भद्रपुर न.पा.४ बस्ने बर्ष ४ की  बालिकालाइ  ऐ.ऐ. बस्ने सानो धिमालको छोरा अं.बर्ष १३ को अनित धिमालले आफनै घरको पछाडी लगेर जवरजस्ती करणी गरी मिति २०८२।११।२७ गते अं. १०:५० बजे उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरमा ल्याई उपचार भरहेको अवस्था बोल्न सक्ने सामान्य उपचारमा निजको हजुरआमा संग्लन रहेको भनि सोही अस्पतालमा खटिएको प्र.क. मार्फत खबर प्राप्त हुनासाथ  प्र.चौ. महेशपुरबाट प्र.स.नि. को कमाण्डमा टोली खटीगई बालबिज्याई कर्तालाई नियन्त्रणमा लिइ जि.प्र.का. झापामा ल्याई अनुशन्धान भईरहेको । म्याग्दी, मिति २०८२।११।२६ गते अं.०१:०० बजे धवलागिरी गा.पा.७ धारापानी बस्ने वर्ष ४२ को प्रेम बहादुर दमाईले ऐ.बस्ने वर्ष ५२ की महिलालाई आफ्नो घरमा सुतीरहेको अवस्थामा एक्कासी समाती ज.ज.क. गरेको भनी निज महिलाले प्र.चौ मुनाताकममा खबर गर्नासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई प्रेम बहादुर दमाईलाई नियन्त्रणमा लिएको । गुल्मी, रुरु गा.पा. ३ थोर्गा बस्ने वर्ष १४ की बालिकाको महिनावारी रोकीएको भनी आफन्तले रुरु प्रा.स्वा.के.रिडीमा लगि चेकजाँच गर्दा १३ हप्ताको गर्भ रहेको भनी डाक्टरले मिति २०८२/११/२५ गते अं.१६:०० बजे इ.प्र.का.रिडीमा जानकारी गराउन साथ प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा वर्ष ४३ आफ्नै बुवाले मा.प.से.गरी मिति २०८२।०६।२७ गते देखि हालसम्म पटक पटक जबरजस्ती करणी  गरेको भनी पीडितको माईजुले ऐ.२६ गते १८:०० बजे जि.प्र.का.मा जाहेरी दिना साथ प्र.नि.को कमाण्डमा टोली खटी गई निजलाई  निजकै घरबाट नियन्त्रणमा लिई ऐ.२७ गते दिन ७ को म्याद थप समेत गरी हिरासत कक्षमा राखिएको, बालिकालाई स्वास्थ्य परिक्षण गरी निजको आमाको जिम्मा लगाई छाडिएको, अवस्था सामान्य रहेको । कञ्चनपुर, भिमदत्त न.पा. १० स्थित बैजनाथ सामुदायिक जङगलमा ऐ.ऐ. बस्ने बर्ष अं.४७ को नरेश गिरी र ऐ.ऐ.भिमदत्त न.पा.९ बस्ने बर्ष ४० को हिरा नाथले जि.अछाम साफेबगर न.पा.-५ बस्ने बर्ष १२  कि बालिकालाई ज.ज.क. गरेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का. कञ्चनपुरबाट प्र.नि.को कमाण्डमा Soco सहित टोली खटि गइ घटनास्थल मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी नरेश गिरी र हिरा नाथलाई नियन्त्रणमा लिएको । बर्दिया, मधुवन न.पा.५ गाउँ नं १७  चोक  बस्ने संकेत नं. ६६ C को छोरी बर्ष अं.१५ कि संकेत नं. ६६L लाई ऐ.मधुवन न.पा.५ गाउँ नं ९ .बस्ने बर्ष अं.३८ को यम प्रसाद शर्माले ऐ.मधुवन न.पा.५ स्थितमा रहेको आनन्द आ.वि.रातामाटेको  कक्षा कोठामा  बाल यौन दुरुपयोग प्रयास.गरेको भनि आज मिति २०८२।११।२७ गते २०:०० बजे पिडितको आमाले इ.प्र.का.ढोढरी बर्दियामा खबर गरे पश्चात उक्त स्थानमा प्र.स.नि.नन्द बहादुर नाथको  कमाण्डमा ५ खटिएको निज यम प्रसाद शर्मा फरार रहेको खो.त.कार्य जारी रहेको । कर्तव्य ज्यान,नुवाकोट, मिति२०८२।११।२३ गते अं.११:१५ बजे किस्पाङ गा.पा.३ गुन्सा स्थित ऐ.ऐ.बस्ने बर्ष अं.५२ को कामी तामाङलाई आफ्नै भाई ऐ.ऐ.बस्ने बर्ष अं.५१ को सेल बहादुर तामाङले लट्ठीले टाउकोमा प्रहार गरी घाईते भई उपचारको लागि त्रिशुली अस्पताल नुवाकोट पठाईएको, थप उपचारको लागी ऐ.१६:२५ बजे काठमाण्डौं न्युरो अस्पताल रिफर भइ उपचार भइरहेकोमा ऐ.२७ गते १८:०० बजे सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको,  कुटपिट गर्ने व्यक्ति फरार रहेकोमा ऐ. २४ गते १८:०० बजे ऐ. किस्पाङ २ चिलाउने स्थितबाट फेला पारी नियन्त्रणमा लिएको । सुनसरी, धरान उप-म.न.पा. १५ निराजन बस्ती स्थित कमल बि.क.को घरमा डेरा गरी बस्ने मनमाया पोखरेलको डेरामा पाहुना आएका ऐ.उप-म.न.पा. ५ देउराली बस्ने वर्ष अं. ७२ को सुरेन श्रेष्ठलाई ऐ.उप-म.न.पा. १५ बस्ने वर्ष ३२ को भरत बि.क.ले सामान्य वादविवादको कारणले कुटपिट समेत गरी घाईते भई उपचारको लागी वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको अवस्था गम्भीर रहेकोमा ऐ.२२:५० बजे उपचारको क्रममा डा.ले मृत घोषणा गरेको, कुटपिट गर्ने भरत बि.क. इ.प्र.का. धरानको नियन्त्रणमा । सवारी दुर्घटना बाट प्र.क.मृत्यु,मोरङ, विराटनगर म.न.पा.४ राजबंशीचौक नजिक भित्री सडकमा राजबंशीचोकबाट नोवेल तर्फ जाँदै गरेको स.७ प ९१५२ नं. को मो.सा.अनियन्त्रीत भई सडकमा लडि दुर्घटना हुँदा मो.सा.चालक जि.मोरङ विराटनगर म.न.पा.४ घर बस्ने हिरासत व्यवस्थापन शाखा झापा दरबन्दी भई कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत कम्प्युटर कोड नं.३६३७४ वर्ष अं.४० को प्र.ना.नि.मिनबहादुर बोहरा र मो.सा. पछाडि सवार जि.उदयपुर त्रियुगा न.पा.६ बस्ने वर्ष ४१ को पेशल कुमार बस्नेत घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि नोवेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा ऐ.०९:२५ बजे मो.सा.चालक प्र.ना.नि.मिन बहादुर बोहराको मृत्यु भएको, शव कानुनी प्रकृया पूरा गरी पो.मा.को लागि कोशी अस्पताल बिराटनगर पठाईएकोमा ऐ.१४:५५ बजे पो.मा.पश्चात मृतकको मामा दुर्गा बहादुर कटवालले बुझी लगेको,पछाडि सवार घाईतेको सोही अस्पतालमा उपचार भईरहेको, अवस्था मध्यम, मो.सा.प्रहरीको नियन्त्रणमा । ला.औ.,झापा, गा.पा. वडा न.५ बिरिङपुल स्थितमा BR 37 V 4212 नं.को कालो रंगको Super Splender मो.सा.मा लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो लिसाईलो पदार्थ भारतबाट नेपाल तर्फ ल्याई रहेको छ भन्ने बिशेष सुचना प्राप्त हुनासाथ इ.प्र.का. कुमरखोदबाट खटिएको QRT टोलीले मो.सा. नियन्त्रणमा लिने उद्देश्यले बिरिङपुलबाट पछ्याउने क्रममा मो.सा. तीब्र गतिमा गई बाह्रदर्शी गा.पा. ३ खड्गे बस्ति जाने बाटोमा मो.सा.छोडी लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो लिसाईलो पदार्थ प्लाष्टिक सहित ९५ ग्राम ९०० मिलीग्राम फाली, प्लाष्टिक बाहेक (तौल गर्न बाकी) मकै बारी तर्फ भागेको निजको खो.त.कार्य भईरहेको, मो.सा. र लागु औषध इ.प्र.का. कुमरखोदमा ल्याई राखिएको, अनुसन्धान कार्य भईरहेको ।  सुनसरी, हरिनगरा गा.पा. ३ स्थित भित्री सडक खण्डमा गौतमपुरबाट हरिनगरा तर्फ जादै गरेको प्र.१-०२-००४ ह ५६३९ न.को सिटि सफारीलाई प्र.स.नि. को कमाण्डमा खटिएको गस्ति टोलीले रोक्न खोज्दा उक्त सिटि सफारी नरोकी भगाएकोले शंका लागि इ.प्र.का.हरिनगराबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको संयुक्त टोलीले घेराहाली लखेट्ने क्रममा ऐ.गा.पा.३ स्थित वडा कार्यालय नजिकमा सिटि सफारी छाडी चालक फरार भएको, उक्त सिटि सफारी भित्र हेर्दा  त्रिपालले छोपेको अवस्थामा प्लाटिकको ८ वटा बोरामा लागु औषध गाँजा फेला पारी सिटिसफारी सहित ला.औ. गाँजा नियन्त्रणमा लिई इ.प्र.का.हरिनगरामा ल्याइ राखेको नापतौल गर्दा बोरा सहित २१७ के.जि. भएको, चालकको खो.त. कार्य भइरहेको ।

मिति २०८२।११।२६ गते ०५:०० बजे देखि २०८२।११।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-२७

ज.ज.क. बाल यौन दुर्व्यवहार,ओखलढुङ्गा, चिसंखुगढी गा.पा.४ सिम्ले टोल बस्ने जन्मजात सुस्त मनस्थितीकी भई अपाङ्गता परिचय पत्र समेत प्राप्त गरेकी अण.वर्ष १७ की बालिकालाई मिति २०८२।११।२६ गते बिहान निज पिडित एक्कासी बिरामी भई ऐ.सिद्धिचरण न.पा.११ रमाईलो डाँडा स्थित मेडिका पोलिक्लिनिक प्रा.लि.मा ल्याई चेकजाँच गराउने क्रममा निजको पेटमा २८ हप्ता ३ दिनको गर्भ रहेको भनी मेडिकल रिपोर्टबाट खुल्न आएकोले निजलाई वारदार सम्बन्धमा सोधपुछ गर्दा सुस्त मनस्थिती भएको कारण पीडितले वारदात तथा प्रतिवादी समेत खुलाउन नसकेको हुनाले के-कुन मिति, समय र कुन ठाउँमा को-कस्ले निजलाई ज.ज.क.गरी फरार भएको भनी ऐ.१७:०० बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी प्राप्त हुनासाथ जि.प्र.का.ओखलढुङ्गाबाट निज पिडितलाई यौनजन्य स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गा तर्फ पठाएको । ईलाम, देउमाई न.पा.९ मादिबुङ स्थित बस्ने वर्ष अं.४८ को डम्बर बहादुर मगरले मिति २०८२।११।२५ गते अं.१६.४५ बजे ऐ.बस्ने वर्ष १२ की बालिकालाई देउमाई न.पा.७ स्थितमा रहेको खान्द्रुङ मा.बि.खान्द्रुङ कक्षा ६ मा अध्ययन गर्दै आइरहेकी र बिद्यालय छुट्टी भई घर तर्फ जादै गर्ने क्रममा बाटोमा ललाई फकाई बाल यौन दुर्ब्यवहार गरेको भनी पीडितको आफन्तले इ.प्र.का.मंगलबारेमा लिखित जाहेरी दिनासाथ इ.प्र.का.मंगलबारेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडक डम्बर बहादुर मगरलाई नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको । भरुवा बन्दुक पड्किन गई मानिस मृत्यु,डडेल्धुरा, मिति २०८२।११।२६ गते १७:५५ बजे जिल्ला डडेल्धुरा परशुराम न.पा. वडा नं. २ बसौटी स्थित गणेश बहादुर बोहराको घरमा जिल्ला बैतडी शिवनाथ गा.पा. वडा नं. ४ घर भइ दिदि जानकी बोहराको घरमा आएको बर्ष अ. १७ को सुबास महरा र ऐ.ऐ. बस्ने बर्ष अ. १७ को केशव महरा घर भित्र राखेको अवैध भरुवा बन्दुक समाती फोटो खिच्ने क्रममा बन्दुक पड्किन गई सुवास महराको दाँहिने आखाँ माथी लागी घाइते भएको  अवस्था सिरियस रहेको भनि  परशुराम न.पा. वडा नं. २ का वडा अध्यक्ष रमेश बोहराले टे.फो. मार्फत इलाका प्रहरी कार्यालय जोगबुढा डडेल्धुरामा जानकारी गराउना साथ प्र.नि. देव बहादुर चौधरी ९८५८४९०२०९ को कमाण्डमा SOCO सहायक सहित ७ जनाको प्रहरी टोली खटिगएको ।  उक्त घट्ना स्थलमा पुगी निज घाईतेलाई उपचारको लागी जोगबुढा अस्पताल जोगबुढाको एम्बुलेन्स द्वारा जोगबुढा अस्पताल जोगबुढा पठाएको, अवस्था सिरियस, थप अनुसन्धान भईरहेको । थप अपडेट:- ऐ.२०:४५ बजे निज घाईते सुबास महरा जोगबुढा अस्पताल जोगबुढामा पुगी डाक्टरले चेक जाँच गर्दा मृत घोषणा गरेको र गणेश बोहरा, केशव महरा र उक्त बन्दुक प्रहरीको नियन्त्रणमा लिई सोधपुछ कार्य भईरहेको, बन्दुक बिना लाईसेन्सको रहेको । लाऔ., बारा, निजगढ न.पा.११ रतनपुर स्थित अ.प्र.पोष्ट रतनपुरबाट अं.२ कि.मि.उत्तर पूर्व जंगल एरिया भित्री बाटोमा प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा सोही जंगलमा सेउला (घाँस) लोड गरेको ग.६ प.८८५१ नं.को मो.सा.चालक जि.बारा जितपुर सिमरा उ.म.न.पा.१९ ईनर्वा सिरहा बस्ने अं. वर्ष ३५ को फिरोज देवानले घाँस लोड गरेको मो.सा.मा लुकाई छिपाई राखेको प्लाष्टिकमा प्याक गरेको ला.औ.तौल गर्दा ६ के.जि.४५० ग्राम र मधेश प्रदेश०३-०३८प.१२०९ नं.को मो.सा.चालक जि.रौतहट गौर न.पा.९ बस्ने अं.वर्ष १९ को तरबेज आलमले घाँस लोड गरेको मो.सा.मा लुकाई छिपाई राखेको प्लाष्टिकमा प्याक गरेको ला.औ तौल गर्दा ५ के.जी.७८० ग्राम ला.औ.गाँजा बरामद भएकोले दुबै मो.सा. र चालकहरु समेतलाई नियन्त्रणमा लिई अ.प्र.पोष्ट रतनपुरमा ल्याई कानुनी प्रकृया पुरा गरी आवश्यक कारबाहीको लागि इ.प्र.का.निजगढमा बुझाएको ।

मिति २०८२।११।११ गते ०५:०० बजे देखि २०८२।११।१२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-१२

ज.ज.क./बाल यौन दुर्व्यवहारपर्सा, देश भारत बिहार राज्य जिल्ला मोतिहारी परेवा कोठी ३ घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं १० मा डेरा गरी बस्ने बाला साह तुरहाको छोरी अं.वर्ष अं १३ की बालिकालाई जिल्ला पर्सा छिपहरमाई गा.पा.वडा नं १ घर भई हाल ऐ.वीरगंज महानगरपालिका वडा नं १० लालबङ्गला स्थित तरकारी बजारमा तरकारी बेच्ने र ऐ.स्थित कोठा भाडा लिई बस्ने मेघराज साह तुरहाको छोरा वर्ष अं.१९ को सुजित साह तुरहाले निजको कोठाभित्र गई जबरजस्ती करणी गर्न खोज्दा निज नाबालिका रोई कराई तथा हो-हल्ला गर्दा नाबालिकाको आमाले थाहा पाई निज पिडितलाई उद्दार गरी पिडकलाई समातेर राखेको भनी ऐ.२०:१० बजे जानकारी प्राप्त हुनासाथ व.प्र.का.श्रीपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज (पिडक) सुजित साह तुरहालाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा राखिएको, महोत्तरी, बर्दिबास न.पा.१ गालटार डेरा गरी बस्ने वर्ष अं.३२ को पुरुषले कोठामा कोही नभएको अवस्थामा आफ्नै छोरी अं.वर्ष १४ की बालिकालाइ ज.ज.क.गरी भाग्ने क्रममा बालिकाकी आमा र स्थानीयले नियन्त्रण लिइ राखेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.बर्दिबासबाट प्र.ना.नि.को कमाण्डमा टओली खटी गई पिडकलाइ नियन्त्रणमा लिइ इ.प्र.का.बर्दिबासमा ल्याई थप अनुसन्धान कार्य भईरहेको  चोरी,मोरङ, बिराटनगर म.न.पा.१० शान्तिचोक स्थित बस्ने सीता श्रेष्ठको घर भित्रको स्टिलको दराज भित्र राखेको सुन, चादीको बिभिन्न प्रकारका गरगहनाहरु र  रेडमि नोट ९ कम्पनीको मोबाइल थान एक, समेत गरी अं.मु.रु.१२ लाख जतिको चोरी गरी लगेको भन्ने जानकारी  ऐ.१९:५५ बजे व.प्र.का.बिराटनगरमा जानकारी प्राप्त हुनासाथ CRV गोघापुलबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई चोरी गर्ने मानिसको खो.त.कार्य भईरहेको, सवारी दुर्घटना(प्र.क.मृत्यु/घाईते),धनुषा, जनकपुर उ.म.न.पा.४ स्थित विश्वकर्माचोकमा मुरली चोकबाट जिरोमाईल तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ क ०१०४ नं.को ट्रिपरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश २-०२-००२ प ७३५२ नं.को मो.सा.लाई पछाडिबाट ठक्कर दिँदा  मो.सा. चालक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा दरबन्दी भई सोही कार्यालयमा लेखा प्रमुखको रूपमा कार्यरत कम्प्युटर कोड १२५१६७ को प्र.नि.बिजय कुमार यादव सामान्य घाईते भई जि.प्र.का.धनुषाको सम्पर्कमा रहेको  र सोही मो.सा.मा पछाडी सवार जि.महोत्तरी बर्दिबास न.पा.९ बस्ने रामकेवल महतोको छोरी  इ.प्र.का. हरिपुर, सर्लाही दरबन्दी भई हाल जि.ट्रा.प्र.का. बर्दिबास महोत्तरीमा  कार्यरत कम्प्युटर कोड  नं. ४८१५०० को अं.वर्ष २६ की प्र.ज.चन्द्रकला कुमारी महत्तो घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकोमा चिकित्सकले चेकजाँच गरी  ऐ.१४;४५ बजे की प्र.ज.चन्द्रकला कुमारी महत्तोलाई मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, (मृतक सरकारी कामकाजको सिलसिलामा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषामा गएको भन्ने बुझिएको) घटनास्थलमा प्र.चौ. जिरोमाईलबाट प्र.व.ना.नि.र जि.प्र.का. धनुषाबाट प्र.ना.उ.को कमाण्डमा टोली खटि गएको, दुवै सवारी साधन र ट्रिपर चालक जि.धनुषा मिथिला न.पा.२ आनन्दपुर बस्ने अं.वर्ष ३० को सुनिल रविदास जि.प्र.का.धनुषाको नियन्त्रणमा रहेको । निर्वाचन प्रहरी मृत्यु, बैतडी, इ.प्र.का.तश्वदेहीमा कार्यरत गैह्रआवासिय रुपमा बस्दै आएको दर्ता न.५७३ को निर्वाचन प्रहरी जिल्ला बैतडी मेलौली न.पा.६ हतरङ्गा बस्ने वर्ष अ.३८ को राजेन्द्र प्रसाद भट्ट आफ्नै घरमा अचानक बिरामी भई बेहोस भएकोमा निजलाई उपचारको लागि केशरपुर प्रथामिक स्वास्थ्य केन्द्र मेलौली बैतडी पठाएकोमा ऐ.१२ गते ००:०५ बजे उपचारको क्रममा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा इ.प्र.का.तश्वदेहीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको,

मिति २०८२।११।१० गते ०५:०० बजे देखि २०८२।११।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-११

ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, भद्रपुर न.पा ९ पोकापाडा चोक स्थित सिताराम उप्रतीको घर पसल पछाडी आँगनको कुनामा जिल्ला झापा भद्रपुर न.पा १० सत्रविघे बस्ने बर्ष ५० को सन्तोष रिजालले भद्रपुर न.पा ९ पोकापाडा बस्ने सांकेतिक नाम "ज्ञ-२" को छोरी पीडित बर्ष ७ की सांकेतिक नाम "ज्ञ-१" लाई ललाई फकाई संवेदनसिल अंग योनीमा छामी (सुम्सुमाई) बालयौन दुरुपयोग गरेको भनि पिडितको आमा सांकेतिक नाम "ज्ञ(०८२/०८३)ले जि.प्र.का झापा आई मिति २०८२।१०।१० गते १५:बजे जाहेरी दिना साथ जि.प्र.का झापाबाट प्र.ना.नि को कमाण्डमा टोली खटि गई सन्तोष रिजाललाई नियन्त्रणमा लिई पिडित र पिडकको स्वास्थ्य परीक्षण गरी पिडकलाई जि.प्र.का झापामा राखिएको पिडितलाई आफन्तको जिम्मा लगाईएको अवस्था समान्य रहेको कर्तव्य ज्यान,धनुषा, मिथिला बिहारी न.पा. वडा नं. ३ मिथिलेश्वर स्थितमा ऐ.ऐ.बस्ने लक्ष्मी मण्डलको श्रीमती अं. वर्ष ९० की संझा देवी मण्डललाई ऐ.ऐ.बस्ने निजकै नाति नथु मण्डलको छोरा अं.वर्ष ३३ को धिरज मण्डलले घरायसि विवादका कारण निज संझा देवी मण्डलको सुत्ने कोठामा रहेको हाँसको चल्ला निकाल्ने अं. २०० किलो ग्रामको हयाच्री मेसिन निज संझा देवी मण्डलको शरीर माथि लडाई सोहि मेसिनले च्यापी निजलाई उक्त स्थानबाट घिसारी घर कोठा बाहिर निकाली मृत अवस्थामा आंगनमा ल्याई राखेको भन्ने खबर ऐ.०७;०० बजेको समयमा इ.प्र.का.तारापट्टी धनुषामा प्राप्त हुन साथ इ.प्र.का.तारापट्टी धनुषाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटि गई घटना स्थल सुरक्षित साथ राखि निज धिरज मण्डललाई खो.त.गर्ने क्रममा ऐ.घटनास्थल देखि अं. १ कि.मि.दक्षिण पूर्व स्थित घर बाहिरबाट  नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य भईरहेको, उक्त स्थानमा तालुक जि.प्र.का.धनुषाबाट प्र.उ.रुगम बहादुर कुँवरको कमाण्डमा SOCO सहितको मुचुल्का टोली खटि गएको । लागु औषध, मोरङ, सुचनाको आधारमा कोशी प्रप्रका विराटनगर (PIT) र प्रहरी चौकी गछियाबाट खटिएको संयुक्त  टोलीले ऐ. बस्ने बर्ष २८ को मनोज खड्काको घर कोठामा खानतलासी गर्ने क्रममा घर कोठाभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागु औषध Tramadol hydrochloride capsules(Tramol-50) लेखिएको १५० पत्तामा प्रतिपत्ता १० (दश) क्याप्सुलको दरले १५०० (एक हजार पाँच सय) क्याप्सुल, SPASPAIN लेखिएको १५० पत्तामा प्रतिपत्ता १० (दश) ट्याब्लेटको दरले १५००(एक हजार पाँच सय) ट्याब्लेट र कागजमा सानो सानो पोका पारी विक्री गर्न तयार गरेको अवैध लागु औषध गाँजा जस्तो देखिने तौल गर्दा ३६२ (तिन सय बैसठ्ठी) ग्राम समेत फेला पारी निज मनोज खड्कालाई नियन्त्रणमा लिई ईप्रका बेलबारी, मोरङ पठाईएको ।

मिति २०८२।११।०९ गते ०५:०० बजे देखि २०८२।११।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-१०

ज.ज.क./बाल यौन दुर्व्यवहार,न.प.पश्चिम, प्रतापपुर गा.पा. ४ पर्सा बस्ने अं.वर्ष ५ की बालिकालाई ऐ.८ नर्सही बस्ने वर्ष २५ को मिथुन चमारले उखु खेतमा लगी ज.ज.क.उद्योग गरेको निजको दिदिले देखि घरमा आइ भनि निज मिथुन चमारलाई गाउँलेहरुले नियन्त्रणमा लिई राखेको र निजलाई कुटपिट गर्दा खुट्टामा सामान्य चोट लागेको भन्ने खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई दुबै पिडित र पिडकलाई  जि.प्र.का.नवलपरासी पश्चिममा राखी आ.अ.भईरहेको । पाल्पा, २०८२।११।०५ गते अं. १३:०० बजे माथागढी गा.पा.वडा नं.७ रहबास चिर्तुङ स्थित थामडाँडा सामुदायिक जंगलमा जि.पाल्पा माथागढी गा.पा.वडा नं.७ रहबास चिर्तुङ बस्ने वर्ष १९ को रेम बहादुर ठाडाले ऐ.वर्ष ३२ की महिलालाई ज.ज.क. गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलालाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । दैलेख, भगवतिमाई गा.पा.वडा नं.५ कट्टी बस्ने बर्ष अं.२२ को पदम टमटाले मा.प.से.गरी घरमा कोही नभएको अवस्थामा ऐ.बस्ने वर्ष १२ की बालिकालाई ज.ज.क.प्रयास गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. बेस्तडा प्र.ह.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.दैलेख पठाईएको । चोरी,काठमाण्डौ, म.न.पा.२६ सारकारी धारा नजिक हरिदाश शर्माको साँडे ३ तले घरको भुई तलामा डेरा गरी बस्ने जि. बाग्लुङ बडिगार्ड न.पा.०७ घर हुने वर्ष ३५ की कालिका रोका मगरको कोठा फोडी चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट प्र.ना.उ.को कमाण्डमा १० जनाको टोली खटी गई बुझ्दा सुनको गरगहना(हार,कण्ठे माला,बाला,जनतर) लगायत नगद रु.५० हजार गरी जम्मा मुल्य रु ५६ लाख ५० हजार बराबरको चोरी भएको, चोरी गर्ने व्यक्ति फरार रहेको, उक्त व्यक्तिको खोजतलास तथा अन्य अपराध अनुसन्धान भईरहेको । कैदी मृत्यु,काठमाण्डौ, का.म.न.पा.वडा नं.११ जगन्नाथदेवल स्थित केन्द्र बन्दी सुधार गृहमा जि.संखुवासभा खादवारी न.पा.०२ स्थायी वतन भएका वर्ष ७२ को ला.औ मुद्दाका सजाय (१२ कैद/६ लाख जरिवाना) कैदी जय बहादुर चापागाई मुटु र फोक्सो सम्बन्धी बिरामी भई मिति २०८२।११।०५गते उपचारको लागि वि.पी स्मृती अस्पतालमा  भर्ना भई उपचार गराई रहेकोमा उपचारको क्रममा निज कैदीको ऐ.१० गते ०२:२० बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको । धारिलो हतियार प्रहार,मोरङ, सुन्दरहरैचा नपा ९ चित्रेटोल बस्ने वर्ष ३६ को राजन कुमार अधिकारी आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक अपरिचित मानिस आई के कुन धारिलो हतियार प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.बेलबारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि स्थानिय सुकुना सामुदायिक अस्पताल मबिराटचौकमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएको,अवस्था गम्भीर,धारिलो हतियार प्रहार गर्ने व्यक्तिको खो.त.भईरहेको  लागु औषध, धनुषा, जनकपुरधाम उ.म.न.पा.वडा नं.४ शान्ति टोल स्थितमा रहेको इसु धोवीको खाली जग्गामा ना.७ ख २२३७ नं.को टिपर गाडीबाट ला.औ.गाँजा अन लोड गरी रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.उ.को कमाण्डमा टोली खटी गई ला.औ.गाँजा अनलोड गरी रहेका व्यक्तिहरु प्रहरी टोलीलाई देखि फरार भएकोमा उक्त गाडीबाट ओराली भुईमा राखी राखेको अवस्थामा ला.औ.गाँजा ३४ पोकामा अं.३५७ किलो ग्राम फेला पारी ला.औ.गाँजा र ना.७ ख २२३७ न.को टिपर गाडी जि.प्र.का.धनुषामा ल्याई राखिएको र ला.औ.गाँजा ओसारपसार गर्ने व्यक्तिहरुको खो.त.भईरहेको

मिति २०८२।११।०८ गते ०५:०० बजे देखि २०८२।११।०९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०९

ज.ज.क./बाल यौन दुर्व्यवहार,सोलुखुम्बु, परिवर्तित वतन जिल्ला ११ बस्ने वर्ष १२ को बालकले मिति २०८२।११।०७ गते अं.१३:०० बजे परिवर्तित जिल्ला ११ बस्ने वर्ष ४ की नाबालिकालाई चकलेट दिन्छु भनी फकाएर पीडितको आफ्नै गोठमा लगी जबरजस्ती करणी गरेको भनी मिति २०८२।११।०८ गते अं.०५:०० बजे प्र.चौ. सुकेपोखरी जानकारी प्राप्त हुनसाथ प्र.चौ.सुकेपोखरीबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोलि खटी गई पीडकलाई नियन्त्रणमा लिई स्वास्थ्य परक्षण गरी जि.प्र.का.सोलुखुम्बुमा राखिएको, पीडित नाबालिकालाई आफन्तको जिम्मा बुझाएको । निर्वाचन प्रहरी मृत्यु,बैतडी, दशरथचन्द न.पा.०४ बबेत बस्ने वर्ष ३८ को ( दर्ता नम्बर १३२५ को निर्वाचन प्रहरी ) महादेव ओड आफ्नै घरको कोठाभित्र अचेत अवस्थामा रहेको भनी स्थानीयले टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.चौ.थालिगडाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजलाई उपचारको लागि जिल्ला अस्पताल बैतडी पठाएकोमा ऐ.१५:०५ बजे चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको, अवस्थाम अचेत । स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा,सिरहा, औरही गापा ५ औरही चोक स्थितमा प्र.चौ. औरहीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा बरियारपट्टीबाट औरहीतर्फ आउँदै गरेको स.१० प ४०५ नं.को मो.सा.लाई शंका लागि चेकजाँच गर्दा मो.सा.चालक जि. सिरहा बरियारपट्टी गा.पा.३ शिवनगर बस्ने अं.वर्ष २१ को संजित कुमार यादवले लगाएको ज्याकेटको गोजीबाट स्रोत नखुलेको नगद ने.रु.१००० को नोट १४०० वटा भएको रू.१४,००,०००।-र मोबाईल थान-१ फेला परेकोले निजलाई नगद, मोबाईल र मो.सा.सहित नियन्त्रणमा लिई आ.अ.को लागि जि.प्र.का.सिरहा पठाएको । हातहतियार बरामद,बागलुङ, काठेखोला गा.पा.०३ धम्जा खानिखोला स्थित जंगलको गोरेटोबाटो देखी अं.१० मिटर तल जंगलको झाडीमा बेवारिसे अवस्थामा भरुवा बन्दुक नाल ५ (पाँच) ( ४ साबुत  १ बेसाबुत) फेला परेको भन्ने खबर हुनासाथ प्र.चौ.बिहु बागलुङबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई हा.ह.नियन्त्रणमा  लिईएको,उक्त हतियार को कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको ।           चोरी,काठमाण्डौ, मिति २०८२।११।०८ गते अं.०८:०० बजेदेखि ०९:३० बजे का.जि.तारकेश्‍वर न.पा.१० हिलेटोल पुरानो इमेज स्कुल नजिक जिल्ला धादिङ रुवी भ्याली गाँउपालिका वडा नं. ३ घर भई हाल तारकेश्‍वर न.पा.१० हिलेटोल पुरानो इमेज स्कुल नजिक लि लामा तामाङको २ तले घरको भुइँतलामा बस्ने रेली माया तामाङ्को फल्याटमा कोही नभएको समयमा अपरिचित मानिसले कोठाको ताला फुटाली भित्र प्रवेश गरी दराज भित्र रहेको निम्न धनमाल चोरी गरी फरार रहेको, अन्य उक्त घटनाको बारेमा थप अनुसन्धान तथा CCTV फुटेज हेर्ने र चोरी गर्ने संकित व्यक्तीको खोजी कार्य जारी रहेको, खबर प्राप्त १०:४५ बजे प्रहरी पुगेको समय १०:५० बजे, प्र.ना.नि.मंगल घले (९८५१२८८९१६) को कमाण्डमा ४ जना। निम्नः- १- सुनको तिलहरी २ थान अं. १ तोला अं. मुल्य रु. ३,००,०००।– २- सुनको औठी १ थान आधा तोला अं. मुल्य रु. १,५०,०००।– ३- सुनको सिक्री १ थान १ तोला अं. मुल्य रु. ३,००,०००।– ४- सुनको नौगेडी १ थान १ तोला अं. मुल्य रु. ३,००,०००।– ५- चादीको बाला ३ थान ५ तोला अं. मुल्य रु. २४,१७५।– ६- चादीको सिक्री ५ वटा १० तोला अं. मुल्य रु. ४८,३५०।– ७- लेनेभो कम्पनीको ल्यापटप १ थान मुल्य खुल्न नआएको । ८- Vivo मोबाइल १ थान मुल्य खुल्न नआएको । जम्मा चोरी भएको अन्दाजी मुल्य रु.११,२२,५२५।– लागु औषध,काठमाण्डौ, मिति २०८२/११/०८ गते अं.०६:३० बजे Air India को उडान नं. AI 215 द्वारा दिल्लीबाट काठमाडौं आगमन भएका यात्रु भारतीय नागरिक MOHD JUNAID (पुरुष) र सोही दिन अं.०८:५८ बजे Air Arabia को उडान नं. G9536 द्वारा सारजहाबाट काठमाडौं आगमन भएकी भारतीय नागरिक SAMEENA AKHTAR BAIG MIRZA (महिला) र भारतीय नागरिक AFSANA AMIR HUSSAIN SHAIKH (महिला) को गतिविधि शंकास्पद देखिएकोले त्रि.अ.बि.सु.का.गौचरबाट प्रहरी टोली र लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र पश्‍चात टनेल गेटबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा भारतीय नागरिक राहदानी नं.P4393533 वाहक वर्ष ४३ की SAMEENA AKHTAR BAIG MIRZA (महिला) ले लिई आएको लगेजलाई भारतीय नागरिक VOTER ID No. MDW0944603 वाहक वर्ष २४ को MOHD JUNAID (पुरुष) ले संकलन गरी लैजान लागेको अवस्थामा चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागू औषध गाँजा जस्तो देखिने बस्तु अं.३ के.जी. ८७० ग्राम (प्लाष्टिक सहित) र भारतीय नागरिक राहदानी नं. R5584245 वाहक वर्ष ४४ को AFSANA AMIR HUSSAIN SHAIKH (महिला) को साथबाट प्रतिबन्धित लागू औषध गाँजा जस्तो देखिन बस्तु अं.७ के.जी. ४०० ग्राम (प्लाष्टिक सहित) लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारेकोले थप अनुसन्धानको लागि ला.औ.नियन्त्रण ब्यूरो कोटेश्वर पठाएको ।  काठमाण्डौ, मलेसियन एयरको उडान नं.MH 170 द्वारा मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आगमन भएको यात्रु भारतीय पुरुष नागरिक SHAHZEB AHMED को गतिविधि शंकास्पद देखिएकोले त्रि.अ.वि.सु.का.गौचरबाट खटिएको प्रहरी टोली र लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतीय नागरिक राहदानी नम्बर P9239003 वाहक वर्ष २९ को SHAHZEB AHMED (पुरुष) को साथबाट लुकाई छिपाई लैजान लागेको अवस्थामा प्रतिबन्धित लागू औषध गाँजा जस्तो देखिने वस्तु अं.३ के.जी.३०० ग्राम (प्लाष्टिक सहित) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र पश्‍चात टनेल गेटबाट नियन्त्रणमा लिई लागू औषध नियन्त्रण ब्यूरोको टोलीलाई पत्र सहित  जिम्मा लगाई पठाएको ।